Monday, September 22, 2014

जम्मा ७५ ००० क्यानेडिएन डलरमा क्यानाडा को स्थाई भिसा सजिलै पाईने

टोरोन्टो, १२ डिसेम्बर । आफ्नै ब्यापार–व्यवशाय संचालन गरेका अथवा अन्य सरकारी तथा निजी कम्पनीहरुमा प्रबन्धक भई कामको अनुभव प्राप्त गरेका व्यक्तिहरुले क्यानडा सरकारको खातामा दुई बर्षभित्र फिर्ताहुने गरी करिब ७ लाख रुपैंया (क्यानेडिएन डलर ७५ हजार) जम्मा गर्न सकेमा स–परिवार क्यानडाको स्थायी भिसा पाउन सकिने देखिएको छ ।

क्यानडाको Saskatchewan र Manitoba प्रान्तीय सरकारको इम्मिग्रेशन प्रणालीद्धारा यस प्रकारको स्थायी भिसा पाउनको लागि कम्तीमा ३ करोडको कुल पुँजी हुनुपर्ने, व्यापार–व्यवशाय संचालन गरेको अथवा अन्य कम्पनीको मेनेजर वा सो भन्दा बढी ओहदामा काम गरेको हुनेपर्नेजस्ता प्राबधान रहेका छन् ।
उमेरको हदबन्दी नरहेको यो प्रणालीअनुसार आवेदन गर्नको लागि उक्त प्रान्तमा गएर के कसो व्यापार गर्ने भन्ने बिषयको Business Plan भने जरुरी रहेको छ ।

आवेदन स्वीकृत भइसकेपश्चात क्यानेडिएन डलर ७५,००० यहाँको सरकारको खातामा धरौटीस्वरुप जम्मा गरेपश्चात सपरिवार क्यानडाको स्थायी भिसा पाउन सकिने छ ।
यसरी भिसा पाएर आइसकेपश्चात जुन प्रान्तमा आएको हो त्यहि प्रान्तमा करिब १५०,००० क्यानेडिएन डलर लगानी गरेर व्यापार प्रारम्भ गरेपश्चात उक्त ७५,००० डलर सरकारले फिर्ता गरिदिनेछ । तर क्यानडा आएको २ बर्षभित्रमा डेढ लाख डलर लगानी गरेर व्यापार गर्न नसकेमा भने उक्त पचहत्तर हजार डलर फिर्ता नहुन पनि सक्दछ ।

पहिले यस प्रकारको स्थायी भिसा आवेदन गर्नु अगाडी सोही प्रान्तमै गएर एक हप्ता भ्रमण गर्नुपर्ने बाध्यात्मक स्थिती रहेकोमा हाल उक्त भ्रमण गर्नुपर्नेछैन । सिंधा आवेदन दर्ता गर्न सकिनेछ ।
उमेरको कुनैपनि हदबन्दी नरहेको यस प्रणाली अन्तर्गत छनौट हुनको लागि बिषेशगरी व्यापारीक सम्पर्क, व्यापार योजना, केही मात्रामा अंग्रेजी भाषाको ज्ञान, आदी रहेका छन् । यसमा पढाईको डिग्रीको पनि आवश्यकता पर्दैन ।

यस प्रकारको भिसा आवेदन २०१४ को जनवरीदेखि गर्न सकिने छ । हरेक बर्ष करिब ५०० वटा मात्र आवेदन लिइने भएकोले छिट्टै आवेदन गर्नुपर्ने अवस्था देखिन्छ ।

0 comments:

Post a Comment