Saturday, September 27, 2014

खर्चिलो दशैं मनाउने क्रममा धक्क्याउने र हप्ता उठाउने बढे

काठमाडौं, आश्विन १२ - खर्चिलो दशैं मनाउने क्रममा राजधानीका बिभिन्न स्थानमा स्थानीय ब्यापारी, बस काउन्टर र रेष्टुरेन्टहरुमा धम्क्याउदैं अबैध रकम असुल्ने क्रम पनि बढेको छ ।

राजधानीको नयाँबसपार्क, रानीबारी र बौद्ध क्षेत्रमा सर्वसाधारणलाई धम्क्याउदैं कुटपिट समेत गरेर रकम असुल्नेहरु बढेका हुन् । नशालु पदार्थ खुवाएर लुटने समेत यसमा समावेस छन् । प्रहरीले यसरी अबैध रुपमा धम्क्याउदैं रकम असुल्ने आधा दर्जनलाई पक्राउ गरेको छ । बौद्ध क्षेत्रमा एक रेष्टुरेन्ट ब्यावसायीलाई त्यहाँका केहि ब्यक्तिलाई फिरौती रकम नदिएको भन्दै कुटपिट समेत गरेका छन् ।

उनीहरुले नारायणटारको बागमारे चोक नजिकका एक रेष्टुरेन्ट मालिकलाई कुटपिट गरिरहेका थिए । त्यसरी कुटपिट गर्नेलाई महानगरीय प्रहरी बृत बौद्धबाट गएको प्रहरी टोलीले चक्कु सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं दक्षिणढोकाका २७ बषिर्य किरण तामाङ र २४ का बिशाल तामाङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंको मुखमा  सर्वसाधारणलाई अपहरण गर्ने धम्की दिदै अबैध रकम असुल्ने उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेम्ा बाग्लुङका बाबुराम भुषाल, काजी हमाल र सोनी गुरुङ छन् । प्रहरीका अनुसार यिनीहरुले दशैंका लागि भन्दै चन्दा संकलन गरेका थिए । यस्तै नयाँबसपार्क क्षेत्रतिर ब्यापारीबाट हप्ता असुल्ने एक जना पक्राउ परेका छन् । बस काउन्टरबाट चन्दा लिने र यात्रुलाई नै लुटपाट गरेको अभियोगमा प्रहरीले काठमाडौं मनमैजुका दीपक श्रेष्ठलाई समातेको हो । प्रहरीले कसैलाई जबरजस्ती धक्क्याए वा रकम असुल्न खोजे प्रहरीलाई तुरुन्त खबर गर्न भनेको छ । काठमाडौं प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक उत्तम कुमार कार्कीले सर्वसाधारणलाई धम्क्याउने वा अवान्छित गतिविधी गर्नेका बारेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरे । उनले चाडबाडका बेला  प्रहरी २४ घण्टा नै सुरक्षामा खटिएको जनाउँदै खबर गरिदिन अनुरोध गरेका हुन् ।

यस्तै कालिमाटी क्षेत्रमा नशालु पदार्थ खुवाएर लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत कालिमाटीले पिडीतहरुले दिएको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ५७ बषिर्य कुमार बस्नेत र धादिङ महादेबस्थानका ३१ बषिर्य पुर्णबहादुर तामाङ छन् । यिनीहरुले मकवानपुर चित्लाङ घर भएकी राधिका महतलाई नशालु पदार्थ खुवाई तिलहरी, सुनको झुम्का, मोबाईल र नगद सहित झण्डै २ लाख रुपैंया बराबरको सामान लुटेका थिए ।

यस्तै ललितपूरका एक स्थानीयको घरमा राती कोही नभएका बेला चोरले घरको मुल ताल्चा फोडेर साढे तीन लाख रुपैंया बराबरको चोरी गरेका छन् । ललितपूर ईमाडोलका हंशराज वाग्लेको घरको मुल ताल्चा फोडेर चोरहरुले ल्यापटप, सुनका गरगहनाहरु र नगद ८० हजार रुपैंया सहित ३ लाख ३५ हजार रुपैंया बराबरको चोरी गरेका छन् । सर्वसाधारणलाई निर्धक्कका साथ गाउँ जान सुझाएको प्रहरीले सुरक्षामा भने खासै वास्ता नगरेको सर्वसाधारणको आरोप छ ।

पुरानो बानेश्वरमा रहेको एउटा कम्प्युटर सेन्टरमा समेत चोरहरुले ताल्चा फोडेर चोरी गरेका छन् । पुरानोबानेश्वर स्थित राम बराईलीको घरमा ललितपूरका राजेश कुमार थापाले सञ्चालन गरेको नेपाल कम्प्युटर सेन्टरमा लगाएको सटरको ताला फोडेर महङगो मुल्यका ८ वटा ल्यापटपहरु चोरी गरेका छन् । प्रहरीका अनुसार चोरले डेल, एचपी, लिड र र्‍याम कम्पनीको ल्यापटप चोरी गरेका हुन् । प्रहरीले चोरहरुको खोजी भईरहेको जनाएको छ ।

बढि भिडभाड हुने स्थानमा प्रहरीले सुरक्षा अझ कडा पारेको जनाएको छ । दशैंको मुखमा सर्वसाधारण सामान खरिद गर्न जाने स्थानमा समेत सुरक्षा कडा बनाएको छ । बिशेष गरी न्युरोड, असन लगायतमा स्थानमा सुरक्षा बढाइएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरिएको काठमाडौं परिसरले जनाएको छ । 

0 comments:

Post a Comment