Monday, September 8, 2014

एक रातको ४० हजार पाउन्डको प्रस्ताव

इंग्लिस टेलिभिजन पर्सनालिटी, ग्ल्यामर मोडल, ब्यिुटीसियन र गायिका लोरेन गुडगरले आफूलाई एक रातको ४० हजार पाउन्ड अर्थात नेपाली ६२ लाख रुपैयाँको प्रस्ताव आएको खुलासा गरेकी छिन् ।

लोरेनले एक चर्चित कार्यक्रम ‘बिग ब्रदर’ को दौरान यो कुराको खुलासा गरेकी हुन् । २७ वर्षीया लोरेनका अनुसार दुबईमा बस्ने उनका एक प्रशंसकले उनलाई भने, ‘यदि मसँग एक रात बिताउँछौ भने म ४० हजार पाउन्ड दिन तयार छु तर यो कुराको बारेमा कसैलाई पनि केहि बताउन पाउने छैनौ ।

आफ्नो प्रशंसकको यस्तो प्रस्तावलाई उनले स्विकार नगरेको समेत उनले जानकारी दिइन् । स्मरण रहोस्, यो वर्षको सुरुमा नै लोरेनको एउटा सेक्स टेप लिक भएको थियो जसमा उनले निकै आलोचना खेप्नु पर्यो । उक्त भिडियामा लोरेन आफ्नो प्रेमीसँग अन्तरंग पलहरु साटिरहेकी देखिएकी थिइन् । (एजेन्सी)

0 comments:

Post a Comment