|
कानुनतः नेपालमा यौन व्यापार वर्जित छ। तर, सबै प्रमुख शहरमा सेक्सको किनबेच चलिरहेको छ। पर्यटकीय नगर पोखरामा प्रकृतिको स्वाद लिन मात्रै होइन, देहसुख भोग्न पनि पर्यटकहरू जाने गर्छन्। प्रहरीको कडाइपछि यहाँका स–साना होटलमा हुने यौन व्यवसाय सुकेको छ। प्रहरी यहाँबाट यौन व्यापारको जरोमुरो उखेल्न चाहन्छ भने यहाँका व्यवसायीहरू यौन पर्यटन सुरु गर्नुपर्ने धारणा राख्छन्। अम्मर जिसीले पोखरा पुगेर यहाँको सेक्स बजारका विभिन्न आयाम बुझ्न खोजेका छन्।नानी, तिमी–हामी मिलेर त्यो मोरो लामा भन्नेलाई यहाँबाट लखेट्नुपर्यो!
पोखराको बाग्लुङ बसपार्कस्थित जमुना रेस्टुरेन्टकी साहुनी भन्दै थिइन्। पिठ्यूँमा सानो छोरा बोकेर आँशु झार्दै सरापी पनि हालिन्, ‘हाम्लाई भोकै मार्ने भो त्यसले। हामी दुःखीको आँशु लागिजाओस्।’
विगत दुई दशकदेखि बसपार्क छेउमा रेस्टुरेन्टका नाममा ढुक्कले यौनधन्दा चलाएकी उनले यसपटक भने जिल्ला प्रहरी प्रमुख एसपी वसन्त लामाको ‘विशेष सक्रियता’का अगाडि झुक्नैपर्योआ। ‘पहिलाका प्रहरीहरूलाई अलिअलि दामपानी चढाएर खुशी पार्न सकेकै थियौँ। यसले त मान्दैन रैछ,’ उनले भनिन्, ‘अब त यत्रो महँगो घरभाडा तिरेर सकिन्न यहाँ बस्न।’
त्यहीँको ‘न्यु फ्रेन्डसिप’ होटलकी सञ्चालक टोल सुधार समितिसँग आक्रोश पोख्दै थिइन्, 'जस्तासुकै एसपीलाई तह लाइएकै थियौँ। यसपटक त त्यो टोल सुधार समितिका गुण्डाहरूसँग मिलेर प्रहरीले उठीबास लायो।’ अर्का होटल सञ्चालक जंगबहादुर तामाङ अहिले फुर्सदमा छन्। ‘पहिला त यतिबेला पूरा व्यस्त भइन्थ्यो। अचेल फुस्सा!’ उनले भने। उनका अनुसार दिन ढल्किनेबित्तिकै त्यहाँ 'सेक्सको हाटबजार' लाग्थ्यो।
सुन्दर पर्यटकीय नगरी पोखरा घुम्न भनी आएका देश–विदेशका पर्यटकहरू छानीछानी रोमान्स गर्न पाउँथे। ‘विशेषगरी इन्डियनहरू धेरै आउँथे,’ तामाङले भने। सेक्सका भोकाहरू जति पनि खर्चन तयार हुने गरेको भेट्थे, तामाङ जस्ता व्यवसायीहरू। त्यहाँका पुराना व्यवसायी पदमसिंह गुरुङलाई आफ्नो मेडिकल र होटल एक्कासि सुकाइएको देख्दा वैराग लागेर आउँछ। उनको मेडिकल कन्डम, पिल्स, इकोनलगायत अस्थायी साधनको व्यापारबाटै चम्केको थियो। ‘व्यापार ठप्पै भइसक्यो।
अब त अन्तै सार्नुपर्ला,’ उनले सुस्केरा हाले। निराश उनी मात्र छैनन्, बाग्लुङ बसपार्कका करिब ७५ वटै होटल बन्द हुने क्रममा छन्। ‘६० वटा जति बन्द भइसके। अरू पनि केहीले नयाँ टेक्निक लाएर धन्दा चलाउने प्रयास गर्दै छन्। तिन्लाई पनि छाडिन्न,’ टोल सुधार समितिका अध्यक्ष सुरेश बजिमया टोलले नयाँ रूप लिँदै गरेकोमा दंग छन्। छाप्रा, सटर, घर भाडामा लिएर खुलेका होटल, रेस्टुरेन्टहरू अहिले सैलुन, फेन्सी, किराना पसलको रूप धारण गर्दै छन्। सुनसान हुँदै छ बजार। पहिला यौनकर्मी राखिने ठाउँमा अहिले कुखुरा राखेर फार्म चलाइएको छ।
यो त भयो, पोखराको मुख्य यौन अखडा बाग्लुङ बसपार्कको निराशा। एकातिर प्रहरी यसैगरी सेक्स बजार सुकाउँदै हिँडेको छ भने अर्कातिर त्यही शहरमा ‘सेक्स टुरिजम’लाई वैधानिकता दिन नसके नेपालको पर्यटन उद्योग कहिल्यै फस्टाउन नसक्ने बहस चल्दै छ। पोखरामा सेक्स बजारको मुख्य स्रोत त्यही बाग्लुङ बसपार्क हो। अन्य ठाउँका यौनकर्मीबाट ‘सेक्स डिमान्ड’ पूर्ति नभए विकल्प त्यही बसपार्क बन्ने गर्थ्यो।
के हो सेक्स टुरिजम?
‘पर्यटकलाई अरू मज्जासँगै सेक्सको आनन्द पनि दिलाएर यात्रा यादगार बनाउने प्रयास हो, सेक्स टुरिजम,’ लेकसाइडको कान्तिपुर होटलका सञ्चालक सुन्दरकुमार श्रेष्ठको परिभाषामा सेक्स टुरिजम पर्यटकको न्यानो स्वागत हो। उनको ३० वर्ष लामो पर्यटन उद्यमको अनुभवले यसै बताउँछ, ‘नेपालमा सेक्स बजारले वैधानिकता नपाउँदा धेरै पर्यटक खिन्न हुन्छन्। नयाँ टेस्ट चाहने पर्यटक यसबाट प्रत्यक्ष प्रभावित छन्।’ उनका अनुसार नेपाल घुम्न आउने पर्यटक 'सेक्सअुल रिल्याक्सेसन'ले आफ्नो यात्राको थकान मेट्न चाहन्छन्।
देशको मुख्य उद्योगका रूपमा पर्यटनलाई अंगालेका अधिकांश देशमा सेक्स टुरिजमले वैधानिकता पाएको उनले बुझेका छन्। 'थाइल्यान्ड, फिलिपिन्स, इस्टोनिया, कोस्टारिका, डोमिनिकन रिपब्लिकलगायत देशमा सेक्स टुरिजमले देशको आर्थिक उन्नयन गरेको छ,' पोखरा पर्यटन परिषद् र क्षेत्रीय होटल संघको नेतृत्व गरिसकेका उनले भने, ‘समाज परिवर्तनलाई आत्मसात् गर्ने हो भने सेक्सलाई खुल्ला गर्नैपर्छ। सेक्स आधारभूत आवश्यकता हो। यो रोकेर रोक्न, छेकेर छेक्न सकिने चिज होइन।
तपाईंलाई कसैले खाना खान रोक्न सक्छ?’ होटल व्यवसायी वैभव पौडेललाई पनि लाग्छ, ‘छुट्टै एरिया तोकेर विशेष खालको नियम बनाएर सेक्सलाई डिपार्टमेन्टल स्टोरकै जस्तो रूप दिएर रेड लाइट एरिया खोल्नुपर्छ।’ तर, श्रेष्ठ भने रेड लाइट एरियाको पक्षमा छैनन्। उनी सेक्सलाई व्यवस्थित गर्ने हो भने एरिया तोक्नै पर्दैन भन्ने मान्यता राख्छन्। ‘जसले जहाँ पनि आफ्नो डिमान्ड पूरा गर्न सकोस्, तर त्यसले अरूलाई एकरत्ति असर नपारोस्,’ उनले भने।
कसरी गर्ने व्यवस्थित?
सेक्स बजारलाई व्यवस्थित गर्न धेरैले रेड लाइट एरियाका कुरा गर्छन्। तर, रेड लाइट हुने बित्तिकै व्यवस्थित हुन्छ भन्ने पनि हुँदैन। श्रेष्ठको योजना यस्तो छ, ‘प्रत्येक यौनकर्मीलाई आईडी कार्डको व्यवस्था गर्नुपर्छ। हप्ता–हप्ता वा पन्ध्र दिनमा हेल्थ चेकअप अनिवार्य हुनुपर्छ। समय–समयमा उनीहरूलाई काउन्सिलिङ दिइराख्नुपर्छ। कानुनमा पनि सामान्य फेरबदल गरेर सहज बनाउनुपर्छ।’ यस्तो हुन सके नेपालको पर्यटन क्षेत्रले तत्काल फड्को मार्न सक्ने उनको अनुमान छ।
कन्डम व्यापार
सन् २००० देखि पोखरामा कन्डमको व्यापार थालेका ‘हेल्दी स्माइल इन्टरनेसनल’का धु्रवराज बराल भन्छन्, 'नेपालको पर्यटन उद्योग जति हराभरा छ, त्यसको मुख्य कारक सेक्सको नयाँ टेस्ट हो। हिमाली दृश्य हेर्न यहाँ आउने धेरै पर्यटक सेक्सको नयाँ टेस्ट पनि नलिई फर्कन चाहँदैनन्,’ बरालले भने, ‘धेरैले रोजगारी पनि पाएका छन्। उद्योग पनि फस्टाउँछ। त्यसैले यहाँ सेक्स टुरिजम अति आवश्यक भइसक्यो।’ तर, त्यो सबै अवैधानिक जस्तै छ। सय थरी कन्डमले दुई वटा गोदाम भरेका उनले बाग्लुङ बसपार्कमा कन्डमको माग घटे पनि समग्र पोखरामा पटक्कै नघटेको बताए। 'सेक्स बजारलाई प्रहरीले रोकेर रोकिँदैन,' उनी भन्छन्, ‘एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छन्। क्षणिक त्रास मात्र हो प्रहरी। फेरि छाप्रामा मात्र छापा हानेर सेक्स बजार रोकिने हो र!’ ठूला होटल र महलमा चल्ने सेक्स बजार रोक्न कसैले आँट गर्न नसक्ने उनको भनाइ छ। 'अझ घरमै डेलिभरी हुने आइटम त प्रहरीको आँखामा पर्ने कुरै भएन,' उनी भन्छन्, 'बरु अहिले बढी मूल्यका कन्डम धेरै बिक्न थालेका छन्। घरमै मगाइने र लेकसाइडतिरका ठूला होटल, बारमा जाने कन्डम हाई प्राइस र क्वालिटीका हुन्छन्।’ पोखरामा मात्र दैनिक १६ सयभन्दा बढी प्याकेट कन्डम बिक्री हुन्छ उनको कम्पनीबाट मात्रै। ‘कन्डम भाइ’का नामले चिनिने उनी पोखरामा मात्र नभएर पश्चिमाञ्चलभरि टार्गेट गरेर ‘कन्डम बजारीकरण अभियान’ चलाइरहेका छन्। उनका अनुसार पोखरामा मात्र करिब एक हजार यौनकर्मी सक्रिय थिए। ‘हट जोन’ र ‘हट स्पट’ बनाएर काम गर्छन् उनी। पोखरामा ४ सय ९८ हट स्पट छन् भने प्रत्येक पाँच वटा हट स्पट मिलाएर एक हट जोन बनाएर ‘कन्डम बजारीकरण’ गरिन्छ।
दशौँ हजार खर्चने पर्यटक
होटल व्यवसायीका अनुसार पोखरा घुम्न पुगेका पर्यटक त्यहाँको सेक्स अनुभव पनि लिन आतुर हुन्छन्। त्यसका लागि दशौँ हजार खर्चने पनि धेरै छन्। ट्राभल एजेन्सीका सञ्चालक विशाल थापाको अनुभव यस्तो छ, ‘एकपटक इन्डियन पर्यटक फोनबाटै डिमान्ड गरेर आएको थियो। हामीले त्यस्तो पाइने होटलमा कन्ट्याक्ट गराइदियौँ। ३० हजार रुपैयाँ तिरेर एउटासँग भिराइदिएछ होटलले।’ होटलवालाहरूले पर्यटकलाई ‘स्ट्यान्डर्ड लेडी’ मिलाइदिन्छु भन्दै बाग्लुङ बसपार्कतिरबाट केटी बोलाएर भिडाउने गरेको र त्यसबापत दशौँ हजार आफैँले कुम्ल्याउने गरेको आरोप लगाउँछन् उनी। त्यो आरोपको खण्डन गर्छन्, होटल व्यवसायी। सिजन होटलका सञ्चालक सञ्जय मल्ल ट्राभल एजेन्सीवालाहरूले पर्यटकलाई ‘भर्जिन लेडी’का नाममा हजारौँ असुलेर होटलमा पठाउने गरेको बताउँछन्।
सञ्चालक र मध्यस्थकर्ता मात्र मोटाउने
दर्जनौँ सेक्स वर्कर राखेर अखडा चलाउनेहरूको हैसियत उँचो हुन्छ। त्यसबाट हुने आम्दानीले ‘बिजनेस म्यान’को हैसियत बनाएका धेरै छन्। तर, त्यसमा काम गर्नेहरू भने रातदिन शरीर बेच्दा पनि जस्ताको तस्तै छन्। बरु उनीहरूको अवस्था दिनदिनै खस्कँदो हुन्छ। विभिन्न यौन रोगको जोखिम जति हुन्छ, त्यो भन्दा धेरै त उनीहरू समाजबाटै तिरष्कृत भइसकेका हुन्छन्। धूमपान, मद्यपानको लत बसिसकेको हुन्छ। साहुनी बनेर बसेकाहरूको ठाँट र त्यहाँ काम गर्नेहरूको नाजुक अवस्था देख्दै त्यहाँ को मोटाइरहेको छ भन्ने प्रमाणित भइहाल्छ। ‘महिनामा १० हजार दिन्थ्यो। आफूले लाखौँ कमाएर नामी साहू बनेको छ,’ बाग्लुङ बसपार्कबाट विस्थापित भएर नागढुंगाको एक होटलमा शरण लिएकी सेक्स वर्कर भन्छिन्, ‘अब त म इन्डिया टाप कस्ने हो। बरु बेचिए पनि उतै ठीक छ।’
गरिखाने विकल्प नदिई यसरी लेखेट्नु राम्रो नहुँदा–नहुँदै आफूले यो अपरेसन चलाउनुपरेको बताउँछन्, एसपी लामा। ‘मैले सुरुमा विकल्प खोज्ने धेरै प्रयास गरेँ,’ उनले भने, ‘तर, कसैले पनि सहयोग गरेनन्। संघसंस्थाहरूले पनि गफै मात्र दिए।’ त्यहाँ काम गर्नेहरूलाई शोषण गरेर सञ्चालकहरू मात्र मोटाएको उनले पनि बुझेका छन्, ‘विचरा केटीहरू त पेट मात्र पाल्ने हुन्। उनीहरूको शरीर बेचेर मोटाउने साहूबाहेक अरू कोही छैनन्।’
पोखराको एसपी हुँदा रमेश खरेलले पनि यौन अखडा बन्द गर्ने प्रयास गरेकै हुन्। तर, पछि सम्झौतामै टुंगियो त्यो प्रयास। ड्रेस लगाएर छुट्टै पहिचान बनाउने असफल प्रयास भयो। ‘तर, त्यो ड्रेस यौनकर्मीको जस्तो भन्दा पनि कलेजका विद्यार्थीको जस्तो भइदियो,' एसपी लामाले भने, ‘यसले झन् हौसला दियो धन्दावालहरूलाई।’
आम्दानी घट्यो ट्याक्सीको
पोखरामा ट्याक्सीको मुख्य आम्दानी स्रोत रातको सेक्स बजार हो। यहाँको फस्टाउँदो सेक्स बजारले ट्याक्सीलाई रातमा प्रशस्त आम्दानी दिलाएको थियो। ‘दिनमा भन्दा रातमा धेरै कमाइ हुन्थ्यो,’ ट्याक्सी चालक सरोज मगरले भने, ‘अचेल त धेरै कम भइसक्यो।’ उनका अनुसार बाग्लुङ बसपार्क मुख्य गन्तव्य हो। त्यहाँबाट बाहिर जाने आउने धेरै हुन्थे रातमा। धेरै ट्याक्सी चालकले मध्यस्थकर्ताको भूमिकाले पनि आम्दानीमा वृद्धि गर्न सकेका थिए। 'सेक्स वर्करसँग सम्पर्क गराइदिएकै आधारमा पर्यटकबाट हजारौँ असुल्थे ट्याक्सी ड्राइभरहरू,' सरोजले भने।
लेकसाइडमा स्ट्यान्डर्ड सेक्स बजार
प्रहरीले छापा हान्ने मुख्य केन्द्र झुप्रा र छाप्राहरू हुन्छन्। यस्तामा भएका यौनधन्दामा मात्र ध्यान जान्छ प्रहरीको। ‘त्यो भन्दा माथिको सेक्स बजारमा प्रहरी पनि छिर्न पाउन्न,’ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्, ‘सानालाई मात्र कहिलेकाहीँ तर्साएर देहव्यापार रोक्न सकिन्छ?’ उनको भनाइमा प्रहरीले लेकसाइडको स्ट्यान्डर्ड सेक्स बजार कहिल्यै तोड्न सक्दैन। 'यहाँको सदाबहार सेक्स बजारमा देश र विदेशका आगन्तुकहरूले न्यानो आतिथ्य पाइरहेका छन्,' श्रेष्ठले भने, 'यहाँका यौनकर्मी पनि उच्च खानदानीजस्तै देखिन्छन्।'
पोखरामा महिला मात्र होइन, पुरुष यौनकर्मी पनि छन्। उनीहरूको संख्या बढ्दै छ। प्रशस्त पैसा खर्च गर्न सक्ने तर श्रीमान् वा जोडी बाहिर रहेका महिलाहरू पुरुष यौनकर्मी खोज्दै हिँड्छन्।
'यौन बजार पूरै बन्द छ'
वसन्त लामा
प्रहरी प्रमुख, कास्की
म यहाँ आएको आठ महिना भयो। सुरुमै यहाँ निर्बाध चलिरहेका यौन अखडालाई बन्द गराउन केन्द्रित भएँ। त्यो विशेष सक्रियता सुरु गर्दा प्रहरी एक्लै थियो। कसैको पनि साथ थिएन। सब चुपचाप भएर मौन समर्थन गरिरहेका थिए यौन बजारको। त्यसलाई भत्काउन केहीले आँट गरे पनि सफल भएनन्। म त्यसलाई बन्दै गराउँछु भनेर सार्वजनिक सूचना निकालेर अघि बढेँ। मुख्य अखडा बाग्लुङ बसपार्क थियो। त्यो ठाउँमा दुई वटा भ्यानसहित दश जना प्रहरीको २४ घण्टे ड्युटी राखेँ। छापा हानेर पूरै खाली गराउन थालियो। पहिला त टोलका मान्छेहरू पनि टन्न भाडा असुलेकै भरमा चुपचाप थिए।
पछि हाम्रो सक्रियताले उहाँहरूलाई पनि त्यसविरुद्ध लाग्न बाध्य बनायो। र, उहाँहरू पनि हातेमालो गर्न आउनुभयो। अहिले पूरै बन्द जस्तै छ, अवैधानिक काम।
मलाई यसो नगर्न धेरै ठाउँ, निकायबाट प्रेसर आए। त्यसको पर्वाह नगरी लगातार लागियो। बिटाका बिटा पैसा बोकेर व्यवसायीहरू माथिल्ला निकायमा पुगेको खबर पाएँ। प्रशासनमार्फत गृहमन्त्रालयसम्म दबाब दिने प्रयास भएछ। तर, प्रहरी आफ्नो अभियानमा लागिरह्यो। अहिले लगभग पूरै पोखराको यौन बजार साम्य भइसकेको हाम्रो ठम्याइ छ।
केही ठाउँमा अझै पनि व्यवसाय चलेकै छ भन्ने सूचना छ। हामी सबै बन्द गराउने छौँ। यहाँबाट बाहिरिएका सयौँ यौनकर्मीहरू धेरैजसो काठमाडौँ गए। केही गाउँ पनि फर्के।
'यौनप्यास मेट्न इन्डियादेखि आउँथे'
सुरेश बजिमया, अध्यक्ष
भीमसेन टोल सुधार समिति (बाग्लुङ बसपार्क), पोखरा
प्रहरीको सक्रियतामा हामीले साथ दिएपछि यहाँको वर्षौं पुरानो यौन धन्दा बन्द भएको छ। अहिले बिस्तारै यो टोलको मुहार बदलिँदै गएको छ। अझ दुई–चार जना हाम्रो आँखा छलेर यहीँ धन्दा गरिरहेका छन्। उनीहरूलाई पनि सुधार्ने वा धपाउने प्रयासमा छौँ।
यहाँ पहिला प्रहरी र हाम्रो तालमेल मिलेको थिएन। अहिले त्यही मिलेको तालमेलले सफल भयौँ हामी। देशविदेशमा हाम्रो गाउँको बेइज्जत नै गराइएको थियो। हामी सबैलाई लाज लाग्ने भइसकेको थियो। यो गाउँ त बम्बईको कोठी नै बनाएका थिए नि। करोडौँको सेक्स कारोबार हुन्थ्यो पहिला। साँझमा हाटबजार नै लाग्थ्यो। इन्डियन गाडीको लाम हुन्थ्यो। इन्डियाका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर ‘पोखराको टेस्ट लिन’ भन्दै यहाँ आउँथे।
हामीलाई टन्न भाडा उठ्ने लोभमा चुप भएको आरोप लगाइन्थ्यो। तर, त्यो हटाउन सबैको सहयोग प्राप्त नहुँदा सफल हुन सकिएको थिएन। अब त जति पैसा दिन्छु भने पनि राखिन्न त्यस्ता अखडावालाहरू। बरु खाली सटर हुँदा पनि केही छैन।
'सेक्स व्यापार उन्मूलन गर्न सकिन्न'
तीर्थ श्रेष्ठ, संस्कृतिकर्मी
देहव्यापारले हाम्रो समाजमा विकृतिको पराकाष्ठा नाघिसकेको छ। भयावह अवस्था छ। योभन्दा डरलाग्दो अवस्था हुनै सक्दैन। यसको मुख्य कारण राज्य हो। उसले यो कामलाई व्यवस्थित गर्न सकेन। बेलाबेलामा डर देखाए जस्तो गर्ने अनि यसको दिगो समाधानको उपाय नै नखोज्ने।
सेक्स कसैले रोकेर रोकिने कुरो होइन। बरु यसलाई व्यवस्थापन गर्नुपर्छ। रेड लाइट एरिया तोकेर, कानुन बनाएर अघि बढ्नुपर्छ। बेलाबेलामा स्वास्थ्य परीक्षण पनि गराउनुपर्छ यौनकर्मीको। देहव्यापार रोकिन्न। यसलाई व्यवस्थित गर्न राष्ट्रिय रूपमै बृहत् बहस चलाउनुपर्छ।
यो देहव्यापार भन्ने कुरा आदिम कालको व्यापार हो। आदिम कालका कुनै पनि व्यापार बन्द गर्न सकिँदैन। संस्कार, संस्कृति आदिम कालमा थिएनन्? बुद्धको पालामा थिएन? अप्सराहरूको पालामा थिएन संस्कार? यसले संस्कृति, मौलिकतालाई प्रभाव पार्ने नभएर बरु व्यवस्थित बनाउन सक्छ। सेक्स टुरिजम आवश्यक छ। तर, थाइल्यान्डको जस्तो बालबालिका प्रयोग गरेर बदनाम हुने होइन। व्यवस्थित हुनुपर्छ। सेक्स व्यापार उन्मूलन गर्नै सकिन्न। राज्यले त कहिलेकाहीँ नाटक मात्र गर्छ।
हाम्रो समाज, संस्कृति, मौलिकता आफैँमा विशेष छन्। यिनलाई यो यौन व्यापारको विकृतिले बरु अहिले प्रभावित पार्न खोजिरहेको छ। व्यवस्थित बनाइयो भने त यो सबै समस्या समाधान भएर सभ्य बन्न सकिएला।

0 comments:
Post a Comment