Saturday, September 27, 2014

थाइल्यान्डका भूमिबल संसारकै धनी राजा

काठमाडौ, आश्विन ११ - विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्तिसहित जनताका पि्रय राजाका रूपमा थाइल्यान्डका राजा भूमिबल अतुल्यतेजसले ख्याति त कमाएकै हुन्। त्यसबाहेक उनको अर्को परिचय पनि छ, जसबारे धेरैलाई जानकारी नहुन सक्छ। उनी संसारकै सबैभन्दा धनी राजा पनि हुन्।

फोब्र्स पत्रिकाका अनुसार उनको सम्पत्ति ३० अर्ब अमेरिकी डलर छ। ८६ वर्ष पुगेका भूमिबल संसारका सबैभन्दा धनी राजाको शीर्षस्थानमा छन्। फोब्र्सले सन् २०१४ मा प्रकाशन गरेको विश्वका १५ धनी राजाको सूचीमा उनी पहिलो नम्बरमा छन्।

५ डिसेम्बर १९२७ मा क्याम्बि्रज म्यासाचुसेन्टसमा जन्मेकाले यति धेरै सम्पत्ति कसरी जोडे भन्ने बारेमा त्यति धेरै जानकारी पाइँदैन। रामायणका नायक रामको नवौं अवतारका रूपमा थाई जनताले सम्मान गर्ने उनको राजनीतिक आयाम बढी चर्चित छ। लामो समय राज्य प्रमुखका रहेका उनको व्यक्तिगत सम्पत्ति हात्तै वृद्धि भयो।

राजा भूमिबलको सम्पत्ति कानुनद्वारा स्थापित क्राउन प्रोपर्टी ब्युरोले व्यवस्थापन गर्छ। यो संस्था सञ्चालन र निर्णयमा सरकारको कुनै भूमिका हुँदैन। सञ्चालकमा अर्थमन्त्री रहने भए पनि अन्तिम निर्णय राजा आफैंले गर्छन्। यो संस्थाले राजाको सम्पत्तिसम्बन्धी वाषिर्क प्रतिवेदन बनाउँछ। उक्त प्रतिवेदन हेर्ने अधिकार राजामा मात्र निहित छ। प्रतिवेदन सार्वजनिक हुँदैन।

ब्युरोले राजाको सम्पत्ति धेरै कम्पनीमा इक्विटीका रूपमा लगानी गरेको छ। राजाको लगानी जग्गामा पनि छ। राजाको जग्गा बैंककमा ३ हजार ३ सय २० एकड र अन्य ग्रामीण क्षेत्रमा १३ हजार २ सय एकड भएको फोब्र्सको रिपोर्टमा छ। ब्युरोले सियाम सिमेन्ट उद्योगमा १२ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ३२ प्रतिशत इक्विटी लगानी गरेका छन् भने थाइल्यान्डको सबैभन्दा ठूलो सियाम बैंकमा २३ प्रतिशत सेयर छ।

त्यसबाहेक राजाको लगानी थाइल्यान्डका अन्य ठूला उद्योग र कम्पनीमा पनि छ।

ब्युरोले राजाको सम्पत्ति ३ हजार ६ सयभन्दा बढी घरजग्गा भाडा लिने वा अरूलाई भाडामा दिने काम पनि गरिरहेको छ। त्यसमा ४ वटा ठूला होटल, रात्रिकालीन बजार, मललगायत छन्। उनी थाइल्यान्डका राजकुमार महिडोलका कान्छा सन्तान हुन्। सन्तानविहीन ठूलो बाबुले गद्दी त्यागेपछि उनका दाजु आनन्द राजा भए। तर आनन्दको गोली प्रहारबाट शंकास्पद मृत्युपछि उनी राजा बने। त्यतिबेला उनी जम्मा १९ वर्षका थिए। अध्ययन सक्न उनी काकालाई राजकाज सुम्पिएर विदेश नै बसे। भूमिबल सन् १९४५ यता निरन्त्तर थाइल्यान्डका असीमित शक्ति भएका राजाका रूपमा क्रियाशील छन्।

सन् १९५१ मा स्वदेश फर्किए। रानी श्रीकितसँग विवाह गरे। उनी थाई जनताको मनमा बसेका राजा हुन्। देशको स्थायित्व संकटमा पर्दा उनले राजनीतिक हस्तक्षेप गरी आफूलाई तानाशाह बनाए। अन्य समयमा देश घुमघाम र कृषि तथा स्वास्थ्य क्षेत्र सुधारमा लागे। भूमिबलका ३ छोरी र १ छोरा छन्।

पिता महिडोलले सन् १९२८ मा हावर्ड विश्वविद्यालयको अध्ययन सिध्याएपछि मात्र भूमिबल थाइल्यान्ड आए। अर्को वर्ष किड्नी फेल भएर महिडोल बिते। त्यतिबेला भूमिबल जम्मा २ वर्षका थिए। केही वर्ष थाइल्यान्डमै पढेपछि सन् १९३३ मा भूमिबल परिवारसँग स्विटजरल्यान्ड आए। त्यसपछि त्यहीँ पढ्न थाले। सन् १९३५ मा भूमिबलका ठूलो बाबुले गद्दी त्यागे। ठूलोबाबुको सन्तान नभएकाले उनका ९ वषर्ीय दाइ आनन्द थाइल्यान्डका आठौं राजा भए। राजालाई रामको अवतार मानिने थाइल्यान्डमा उनलाई 'राम आठौं' भनियो। तर उमेर सानो भएकाले सन् १९३८ मा २ महिनाका लागि थाइल्यान्ड आएका आनन्द परिवारसँग थाइल्यान्डमै बसे।

फोटो खिच्न सौखिन भूमिबल सन् १९४२ मा ज्याज संगीतका पारखी पनि बने। सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएपछि भूमिबलको परिवार थाइल्यान्ड फर्कियो। सन् १९४६ मा आफैंले बोकेको बन्दुकको गोलीबाट आनन्दको मृत्यु भयो। त्यसपछि भूमिबल राजा -राम नवौं) बने। आनन्दको मृत्यु अहिले पनि रहस्यकै गर्भमा छ। सरकारले आनन्द आफ्नै बन्दुकको गोली लागेर मरेको र त्यो दुर्घटना भएको वक्तव्य जारी गर्‍यो। तर अनुसन्धान समितिले आफ्नै

बन्दुकको गोलीबाट आफैं मर्न नसक्ने ठहर गर्‍यो।

दाइको मृत्यु नभएको भए भूमिबल राजा हुने थिएनन्। सक्रिय राजाका रूपमा ६८ वर्षभन्दा बढी समय बिताएका भूमिबल विश्वकै सबैभन्दा लामो समय राष्ट्रप्रमुख हुने व्यक्ति हुन्। दाइको मृत्युपछि १ सय दिन दुःख बारेपछि भूमिबल काका रंगसितलाई राजकाज जिम्मा लगाएर स्विटजरल्यान्ड फर्किए। उनको रुचि विज्ञान र प्रविधिमा थियो। तर राजा भएपछि उनले आफ्नो रुचिलाई त्यागे। राज्य प्रमुखका रूपमा आफ्नो जिम्मेवारी वहन गर्न कानुन र राजनीतिशास्त्र पढे।

सन् १९५७ मा उनी थाइल्यान्ड फर्के र राजाका रूपमा कार्यभार सम्हाले। त्यही वर्ष उनले संसदीय राजनीतिविरुद्ध 'मार्सल ल' लादे। त्यसको बहुसंख्यक थाई जनताले स्वागत गरे। उनले थाइल्यान्डमा प्रजातन्त्र स्थापनाका लागि ठूलो प्रयत्न पनि गरेका छन्। उनले सैनिक अधिनायकवाद अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सन् १९९२ मा आम निर्वाचन गराए। निर्वाचित सरकार गठन गर्ने बेला विरोधमा ठूलो प्रदर्शन भयो। प्रदर्शनकर्तालाई नियन्त्रणमा लिन खोज्दा हिंसा भडकयो र ठूलो संख्यामा ज्यान गयो। त्यसपछि भूमिबलले फेरि हस्तक्षेप गरे। त्यसपछि अर्को निर्वाचन गराए।

सन् २००३ मा भूमिबलले लागू पदार्थविरुद्ध 'युद्ध' छेडे। विपक्षी दलहरूको दबाबमा सन् २००६ मा भूमिबलको पहलमा तीव्र आलोचना बेहोरिरहेको थाक्सिन सिनावात्राको सरकार ढल्यो। उनले प्रधानमन्त्री पद त्यागे।

0 comments:

Post a Comment