|
युद्वकालदेखि सरकारमा आइसक्दासम्म जारी राखेको क्रियाकलापले एमाओवादीप्रति तटस्थ जनमानसमा सकारात्मक दृष्टीकोण बन्न सकेको छैन। त्यहिँ बाहुवली विगतले गर्दा एमाओवादीको बेला–कुबेला आलोचना भइरहन्छ।
माओवादी नेता वा परिवारका सदस्यको असामयीक मृत्यु हुँदासम्म चियापसल, सार्वजनिक यातायातदेखि फेसबुक र ट्विटरको भित्तामा आक्रोशका अभिव्यक्ति पोखिन्छन्। माओवादीको हिंसात्मक बिगत उप्काएर प्रहार गरिन्छ।
सोमबार देहत्याग गरेका पोष्टबहादुर बोगटी त्यसको अपवाद बने। दिनभरि सामाजिक सञ्जाल नियाल्दा माओवादी बिरोधीले पनि उनको प्रशंसा नै गरेको भेटियो।
'बल्ल जीवनको मूल्य थाहा पायौ,' अरु माओवादी नेता वा परिवारको मृत्युमा जस्तो खुचिङ भनेको देखिएन।
विपक्षीले पनि उनलाई इमान्दार, मृदुभाषी र समन्वयकारी जस्ता अलङ्कार दिए। शोकसन्तप्त पार्टी र परिवारलाई सान्त्वना दिन मात्र यी स्वर्गीय बोगटीको नाममा यी विशेषण लागेका हैनन्। मृत्युको भावेवेषमात्र मात्र कांग्रेस एमाले नेताले उनको प्रशंसा गरेका हैनन्।
माओवादी शान्ति प्रक्रियामा आउँदा कांग्रेसको एउटा खेमा कडा आलोचनामा उत्रेको थियो। माओवादीलाई धेरै पुलपुलियो भन्ने कडा धारणा व्यक्त गर्ने मध्ये थिए लक्ष्मणप्रसाद घिमिरे।
कम्युनिष्ट नेता भर गर्न लायक हुँदैनन् भनि ठान्ने 'डेमोक्रयाट'हरु धेरै हुन्छन्। सांसद् मन्त्री हुँदाको भोगाइ, निर्वाचनमा माओवादी ज्यादतीले घिमिरे पनि यो मान्यताका अपवाद थिएनन्।
प्रमुख सचेतक, समिति सदस्य र उर्जा मन्त्री रहेका बोगटीसँग सात वर्ष लामो सगतपछि घिमिरे वस्तुगत बनेका छन्। बोगटीलाई सम्झँदै घिमिरे भन्छन्, 'बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भन्ने पृष्ठभूमीबाट आएका उहाँले पार्टीलाई संसदीय अभ्यासमा रुपान्तरणा गर्न उल्लेख्य भूमीका खेलुनुभयो ।'
बोगटी माओवादी प्रमुख सचेतक छदा घिमिरे पनि कांग्रेसका प्रमुख सचेतक थिए। बोगटीको खटाइ, व्यवहारिक ज्ञान र नम्र स्वभावले हाम्रो मित्रता अगाध नै भयो,' घिमिरे भन्छन्, 'मैले यो वियोगलाई व्यक्तिगत क्षती ठानेको छु।'
लक्ष्मण घिमिरे चिप्लो घस्ने स्भावका हैनन्। उनी र बोगटी संविधान सभा प्राकृतिक स्रोत साधन आर्थिक अधिकार तथा राजस्व वाँडफाँड समितिमा पनि सँगै थिए। 'बोगटीजीको समन्वयकारी भूमिकाले गर्दा हामीले सर्वसम्मत प्रतिवेदन दिन सकेका थियौ,' घिमिरेले भने।
बोगटी उर्जामन्त्री भएपछि यो संवन्ध गुरुचेलाको जस्तो भयो। संसद्पट्टि घिमिरे उर्जा समेत हेर्ने प्राकृतिक स्रोत साधन समिति प्रभावसाली थिए। पेशाले इञ्जिनियर र तीन वर्ष जलस्रोत मन्त्री भएका घिमिरेसँग सिकिमाग्न बोगटीलाई दकस थिएन।
'नजानेको कुरा सजिलै स्विकार्ने र सिक्ने स्वभाव बोगटीको थियो,' घिमिरे भन्छन्, 'हामी यति घनिष्ठ भयौं की अनौपचारिक कुराकानीमा उहाँ मलाई दाइ नै भन्न थाल्नुभयो।'
नेता वा कोहि पनि सर्वज्ञाता हुँदैन। धेरै मानिस यो सत्यलाई स्वकार्दैनन्। अहंकारले पर्दाले ढाक्छ। कमजोरी स्विकार्ने र फिटिक्कै अहङ्कार नदेखाउने नेताको छवी थियो बोगटीको। जुन दर्लभ मानवीय गुण हो।
एमाले नेताहरुले पनि उनको गुणको प्रशंसक छन्। 'सशस्त्र द्वन्द्वले जन्माएको दिवाकर नै पोष्टवहादुर वोगटीका रुपमा शान्तिप्रकृयामा एक सरल र मिलनसार नेताका रुपमा देखा परेको थियो,' एमाले नेता शंकर पोखरेलले फेसबुकमा लेखेका छन्, 'नेपालको संक्रमणकालिन राजनीतिमा उहाँ जस्ता संवादमा सहज र सरल व्यक्तिको अझै खाँचो थियो ।'
बोगटीको सरल स्वभावले गर्दा बिरोधी पार्टीका नेताहरुसँगको संवन्ध पारिवारिक जस्तो बनाएको देखिन्छ।
एमालेमा आफ्नै नेताबिच पनि दाइभाइको संवन्ध चल्दैन। सहोदर दाजुभाई र श्रीमान श्रीमती समेत कामरेड भनेको सुनिन्छ। बोगटीसँग भने कतिपय एमाले नेताको संवन्ध कामरेडको त्यो पर्खालले छेकेको थिएन। दाइभाइको सम्वोधन चल्थ्यो।
'संविधान सभाको पहिलो कार्यकालमा उहाँसँगको सहकार्य सुखद रह्यो,' त्यतिबेला राज्यव्यवस्था समिति सभापति रामनाथ ढकालले फेसुबकमा लेखेका छन्, 'देशले एउटा असल नेता गुमाएको छ भने मैले एउटा असल दाजु।'
प्रशासनयन्त्रमा पनि बोगटी प्रिय थिए। दबाब नदिने र घनिभूत छलफल गरेर नर्णय गर्ने स्वभाव उनको थियो। एमाओवादी नरुचाउने प्रशासकहरु समेत बोगटीलाई असल ठान्थे। उनको मन्त्रालयमा भएको 'कुकर्म'को दोष सिधै हेडक्वाटरलाई दिन्थे।
त्यसकै झल्को दिने स्टाटस लेखेका छन् पूर्व सचिव कृष्ण ज्ञवालीले । जुन यस्तो छ- ए-माओवादी नेता पोष्ट बहादुर बोगटी बित्नुभएछ । मैले चिनेका र मलाई पनि चिन्ने साह्रै थोरै माओवादी नेतामध्ये उहाँ हुनुहुन्थ्यो जसले शिष्टता र शालीनता के हो भन्ने राम्ररी जानेको थियो, जसमा उत्तेजित र आक्रोशित नभैकन अरुको कुरा सुन्न सक्ने र त्यसको भद्र प्रतिवाद गर्न सक्ने खुबी थियो । एकजना भद्र कम्युनिष्ट नेताप्रती हार्दिक शब्द-श्रद्धान्जली !

किन त?

0 comments:
Post a Comment