Wednesday, September 24, 2014

प्रसिद्ध हलिउड अभिनेता रोबर्ट डी नीरो संसारको सबैभन्दा महंगो कोठा भाडामा बस्छन्

प्रसिद्ध हलिउड अभिनेता रोबर्ट डी नीरो न्यूयोर्कको सबैभन्दा महंगो फ्लाटमा भाडामा बस्दै आएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले उक्त फ्लाटको भाडा प्रतिमहिना १ लाख २५ हजार डलर अर्थात झन्डै १ करोड २२ लाख रूपैयाँ तिर्दै आएका छन्।

समाचारका अनुसार डी नीरो र उनकी पत्नी ग्रैस हाईटवर १५ सेन्ट्रल पार्क वेस्टस्थित इमारतका एक पूरै भब्य अपार्टमेन्टमा बस्दै आएका छन्। ६ हजार वर्ग फुट आकारको यस फ्लाटमा पाँच वटा रूम, सातवटा बाथरूम, एउटा पुस्तकालय र एउटा डाइनिङ हल रहेको समाचारमा उल्लेख छ।

यसका साथै फ्लाटमाबाट सेन्ट्रल पार्क, मैनहट्टन शहर तथा हडसन नदीको सुन्दरता देख्न सकिन्छ। यी युगल जोडी सन् २०१२ मा आफ्नो अपार्टमेन्टमा आगलागि भएपछि बेघर भएका हुन्।
उनीहरू आफ्नो घरको जबसम्म पूरै मर्मत सम्हार हुँदैन तबसम्म भाडामै बस्ने बताएका छन्।

0 comments:

Post a Comment