Monday, September 8, 2014

नम्रता र अशिष्माको सुन्दरता

सार्वजनिक कार्यक्रममा पहिरनका बिषयमा सजग हुन थालेपछि नायिकाहरु मिडियाको फोकसमा अट्न थालेका छन् । विशेषगरी, बुटिक र डिजाइनरहरुको महत्व नेपाली सिनेमाका नायिकाहरुले पनि वुझ्न थालेपछि यतिबेला सार्वजनिक कार्यक्रम झनै ग्ल्यामर र आकर्षक बन्न थालेको छ ।
सिनेमा क्षेत्रका मिल्ने जोडी अशिष्मा नकर्मी र नम्रता सापकोटा हालै मात्र एक अवार्ड समारोहको रेड कार्पेटमा देखिए । दुबैको पहिरन र सुन्दरताको चर्चा खुलेरै भयो । आखिर २ नायिकाले फिट रहन र राम्रो देखिन के गर्छन् होला, अनलाइनखबरले अशिष्मा र नम्रतासँग यस बिषयमा कुरा गरेको छ ।

अशिष्मा नकर्मी

पहिरन : म पहिरनको बिषयमा सधै नै सजग छु । आजको यूगमा नायिका भैसकेपछि पहिरन र सुन्दरतामा ध्यान नदिने हो भने पछाडि परिन्छ । मैले प्रयोग गर्ने पहिरनहरु बुटिक या डिजाइनरसँग सल्लाहा गरेर मात्र लगाउँछु । अब मैले डिजाइनर राख्ने सोच पनि बनाएको छ । सारी, लेङ्गा, गाउनका लागि छुट्टा-छुट्टै डिजाइनरसँग कुरा भैरहेको छ ।

खानेकुरा : सुन्दर देखिने खानेकुरामा पनि खुबै सजग हुन जरुरी छ । म खासै खानेकुरामा मुख बन्द गर्दिन । म कन्फ्लेक्स र दुध धेरै खान्छु । रोटी मलाई मन पर्छ भने आलु र भात रुच्दैन । फलफूल धेरै खाने र पानी पिउने बानी छ ।

आफ्नै नजरमा आफू : म आफैलाई कहिल्यै पनि राम्री लागेन । साथीहरुलाई म जहिले पनि आफू भन्दा राम्री देख्छु ।
व्यायम : अहिले बिरामी भएकाले जिम गएको छैन । बिहान घरमै अभ्यास गर्छु । विभिन्न व्यायमहरु डाउनलोड गरेर राखेको छु । बिहान सधै अभ्यास गर्छु । विशेषगरि म पेटको अभ्यास धेरै गर्छु ।

नम्रता सापकोटा

पहिरन : म पहिरनको बिषयमा सजग छु । सार्वजनिक कार्यक्रममा फरक-फरक डिजाइनरले लगाएका पहिरन लगाएर म पुग्छु । आजको समयमा पहिरनको बिषयमा सजग हुनु जरुरी छ । मेरो पहिरनमा राम्रै रकम खर्च पनि हुन्छ ।

खानेकुरा : घरमा ममीको हातले पकाएको खानेकुरा खाने भएकाले पनि म धेरै डाइटिङ गर्न सक्दिन । तर, घर बाहिर खासै खाने मेरो बानी छैन ।

व्यायम : व्यायमका लागि मलाई मनपर्ने भनेको डान्स हो । घरमै गीत लगाएर डान्स गर्ने मेरो बानी छ । जसले पनि फिट देखिने कोशिश गर्छु । तर, मेरो शरीर नै बब्ली छ, यसैले केही मोटी देखिन्छु ।

आफ्नै नजरमा आफू : म सुन्दर भन्दा पनि सफा हृदयकी छु । मलाई यही कुरा मनपर्छ । म आफ्नो भन्दा पनि अरुको नजरबाट हेर्न रुचाउँछु ।

0 comments:

Post a Comment