|
काठमाडौ, आश्विन ३ - पैसा खर्चेर अप्रेसन गरेपछि हामी ट्रान्सजेन्डर (लिंग परिवर्तित) पनि कि पुरुष हुन्छौं कि महिला । त्यही पहिचानमा नागरिकता दिइनुको सट्टा 'अन्य' भनेर दिइन्छ । यो मेरो मात्रै कुरा हैन, हामीजस्ता सबैको कुरा हो,' पुरुषबाट महिला बनेकी अञ्जली लामाले बिहीबार आयोजित एक कार्यक्रममा यस्तो भनिरहँदा धेरैजना अचम्ममा थिए ।
हाम्रो समाजमा अझै पनि 'एलजीबीटीआई' समुदायका बारेमा ज्ञानको अभाव छ । यिनै अल्पसंख्यकका विषयलाई राष्ट्रिय मुद्दामा ल्याउने हेतुले फिल्ममेकर मोहन राईले डकुमेन्ट्री नै बनाए, उनै अञ्जलीको नाम र वास्तविकतालाई समेटेर । कुमारी हलमा बिहीबार डकुमेन्ट्री 'अञ्जली' को वल्र्ड पि्रमियर गरेपछि मुख्य पात्र अञ्जलीले सरकारसमक्ष नागरिकताका लागि सुरुमै भनिन्, 'संसारमा कि महिला हुन्छ कि पुरुष । हामीलाई अन्यमा पारिनु अन्याय हो ।'
नुवाकोट घर भएकी अञ्जलीले केटाकै रूपमा एसएलसीसम्मको पढाइ गरिन् । त्यतिबेला उनको नाम थियो- नवीनकुमार लामा । 'लगालग चार छोरा जन्मेपछि छोरी पाउने रहर भयो रे । त्यो बेला म जन्मिएँ तर छोराकै रूपमा । पछि दुई बहिनी त जन्मिए तर छोरीको रहरमा म जन्मेर होला, स्वभाव मेरो केटीकै जस्तो भयो,' अञ्जलीले डकुमेन्ट्रीमा पनि भनेकी छन् । केटा भए पनि केटाजस्तो कहिल्यै हुन सकिनन् रे उनी । 'बुबाले १२ वर्षको भएपछि हलो जोत्न लगाउनुभयो । सुरुमा त जुवा काँधमा राखेर हिँडै एकदमै गाह्रो भयो । म आफैंलाई पनि अचम्म लाग्थ्यो । किन केटाजस्तो हुन सकिनँ भनेर,' जब अञ्जली एसएलसी दिएर उच्च शिक्षाका लागि काठमाडौं आइन्, तब आफूजस्तै समुदायका लागि काम गरिरहेको संस्था ब्लु डायमन्ड सोसाइटीको सम्पर्कमा पुगिन् र 'म को हुँ' भन्ने प्रश्नको जवाफ पाइन् । अनि न्वारनको नाम नवीनबाट अञ्जली बनिन् । तर अझै पनि उनका बाबुआमाले भने अञ्जलीलाई चिन्न सकेका छैनन् । डकुमेन्ट्रीको कुनै दृश्यमा अञ्जलीका बाबु बोल्छन्, 'जन्मिँदा त छोरै हो । तर अहिले सहर गएर छोरी भयो रे । अब हामीले कसरी विश्वास गर्ने ? उसले अब बुहारी ल्याउँछ कि ज्वाइँ ? मलाई उसको एकपटक 'सामान' हेर्नु छ ।'
मिडिल वे कम्युनिकेसनको ब्यानरमा बनेको ३५ मिनेट लामो डकुमेन्ट्री अञ्जलीको गाउँ यात्राबाट सुरु हुन्छ । केटाको रूपमा सहर पसेका उनी केटीको रूपमा गाउँ फर्किंदा गाउँलेहरूको रोचक हेराइ, अञ्जलीले घाँस-स्याउलाबाट फर्केर आएका गाउँले आफन्तीलाई सहरबाट लगेको चकलेट बाँडेको दृश्य, पहिले केटाको रूपमा पढेको स्कुल, खेलेको मैदान, पाखाबारी औंल्याउँदै गएको दृश्यले दर्शकलाई साँच्चिकै भावुक बनाउँथ्यो । तेस्रोलिंगी भएकै कारण गाउँ जान परेको अप्ठ्यारो, आफूलाई महेसा माया गर्ने आमा चार वर्षअघि बितेपछि गाउँ जाँदा लाग्ने नरमाइलोजस्ता अनुभूति डकुमेन्ट्रीमा अञ्जलीले पोखेकी छन् । एउटा केटाबाट केटीमा रूपान्तरण हुँदाको अवस्था र त्यसपछि अञ्जलीको जीवन-यात्रामा डकुमेन्ट्रीमा समेटिएको छ ।
सहरको फेसन सोको मेघा र्याम्पसम्म फरक पहिचानको रूपमा मोडलिङ गरिसकेकी अञ्जलीले थाइल्यान्डमा गएर छातीमा सिलिकनसमेत राख्न भ्याइसकेकी छन् भने अब उनको जम्माजम्मी दुइटा सपना छन्- पूर्णतः महिला हुने र सुपर मोडल बन्ने । पूर्णतः महिला हुन उनी बैंकक गएर अप्रेसन गर्न त चाहन्छिन् तर खर्च अभावले सम्भव हुन सकिरहेकी छैनन् । 'अप्रेसनमा १२ देखि १५ हजार डलर खर्च लाग्छ रे । त्यो अहिले सम्भव नै छैन,' पढाईसँगै मोडलिङलाई पनि करिअरका रूपमा अघि बढाइरहेकी उनले भनिन्, 'सपना देखेकी छु, तर मान्छेका सबै चाहना पूरा नहुन पनि सक्छ ।'
बिहीबारको इन्टरनेसनल पि्रमियर भने नर्वेजियन दूतावासले गरेको हो । सोपछि बोल्दै ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक मोनिका झाले अञ्जलीको जस्तो समस्या उनको मात्रै एक्लो नभई धेरैको रहेको जिकिर गरिन् । उनले यस्ता समुदायलाई हेर्ने समाजको दृष्टिकोण बदलिनुपर्नेमा पनि जोड दिइन् । डकुमेन्ट्रीले तेस्रोलिंगी भएर बाँच्नुको कठिनाइलाई झल्काउँछ । पि्रमियरमा नर्वेजियन दूतावासका मिनिस्टर काउन्सेलर हकन गुलग्रान्डसन पनि उपस्थित थिए । डकुमेन्ट्री हेरेपछि अञ्जलीले समाजको चुनौतीको सामना गर्न देखाएको हिम्मतको सहभागीले प्रशंसा गरेका थिए । 'हाम्रो समाजको फरक कथालाई डकुमेन्ट्रीले उठाएको रहेछ,' सोमा पुगेका सभासद तथा प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेनदास प्रधानले भने, 'म त एकदम भावुक भएँ ।' पूर्व मिस नेवाः सुनिता डंगोलले पनि डकुमेन्ट्रीको प्रशंसा गरिन् । अञ्जलीले चाहिँ छोरी भएर आफ्नै घरगाउँ जाँदा पाएको फरक खाले व्यवहारले पनि आफू दुःखी नभएको खुलाउँदै भनिन्, 'घरमा बुबाले भन्न त तँ मरे बराबर भयो हाम्रा लागि भन्नुहुन्छ । तर बुबा हुन् । मुखले त्यसो भने पनि व्यवहारले त्यस्तो गर्नुहुन्न होला । बरु मै घर जान्नँ । उहाँहरूलाई मलाई के भनेर सम्बोधन गर्ने भन्ने अप्ठ्यारो हुँदो हो । त्यही भएर म आफैं नजिकिन चाहन्नँ ।

0 comments:
Post a Comment