Sunday, September 21, 2014

बाँदर निधन भएको शोकमा २ सय जना पुरुषले कपाल मुण्डन, ११ औँ दिनको तिथिमा हजारौँ सहभागी

स्थानीय हनुमान मन्दिरमा बस्ने एउटा बाँदर मरेको शोकमा गाउँभरका मानिसले कपाल तथा दाह्री मुण्डन गरेका छन् ।

भारतको मध्यप्रदेशस्थित डकाच्या गाउँमा बाँदरको निधन भएको शोकमा गाउँका २ सय जना पुरुषले कपाल मुण्डन गरेका हुन् । अरु ७ सय जनाले आफ्नो दाह्रीजुँगा मुण्डन गरेका छन् ।
गाउँको हनुमान मन्दिरमा लामो समयदेखि रहँदै आएको उक्त बाँदरलाई भुस्याहा कुकुरले लखेटेपछि पोखरीमा खसी डुबेर मरेको थियो । गाउँको हनुमान मन्दिरमा रहेका जोडी बाँदरमध्ये एक उक्त बाँदरको सेप्टेम्बर २ मा मृत्यु भएको थियो ।

गाउँलेहरुले बाँदरको शवलाई पोखरीबाट निकालेर हिन्दु संस्कार अनुसार दाहसंस्कार समेत गरेका छन् । हिन्दुहरुका देवता हनुमानको स्वरुप मानिने बाँदरको मृत्युले गाउँमा दुर्भाग्य तथा प्रलय निम्तिने डर गाउँलेहरुमा छ । गाउँलेहरुले बाँदरको आत्माले शान्ति पाओस् र गाउँमा प्रलय नहोस् भनेर पुजापाठ समेत गरेका छन् ।

बाँदरको निधनको ११ औँ दिनको पुण्यतिथी १ दिन पर सारेर सनिवारको दिन आयोजना गरिएको थियो, ता की स्कुले विद्यार्थीले समेत बाँदरको पुण्यतिथीको कार्यक्रममा सहभागी हुन पाउन् । उक्त समारोहमा आसपासका ४ गाउँसम्मका हजारौँ मानिसहरुको सहभागिता थियो । कार्यक्रम आयोजनामै डेढ लाख भारु खर्च भएको थियो । लागेको खर्च गाउँलेले नै उठाएका छन् । साथै उक्त बाँदरको दाहसंस्कार पछि केही अस्तु र खरानीलाई पवित्र हरिद्धारमा लगेर बिर्सजन समेत गरिएको छ ।

0 comments:

Post a Comment