|
मन पराएको मान्छे चाहे पराइ किन नहोस् सम्झना र माया हराउँदैन । जोखिम मोलेर भएपनि चाहेको मान्छेको यादलाई गाढा बनाउन चाहन्छन् प्रेमीहरु । यो कुरा केवल आदर्श जस्तो लाग्नसक्छ ।
तर, फ्रान्सका एक पुरुषले भने यसलाई साँच्चीकै प्रमाणित नै गरिदिए । उनले आफ्नो भुतपूर्व प्रेमिकालाई २१ हजार ८७ पटक फोन तथा मेसेज गरे । त्यो मूख्र्याइँका लागि उनले अहिले जेलको हावा खानुपरेको छ । ३३ वर्षे ती पागल प्रेमीको नाम भने खुलाइएको छैन ।
आफुलाई छाडिसकेकी प्रेमिकालाई खुसीको कुरा सुनाउन र बधाइ थाप्ने बहानामा उनले यति धेरै पटक फोन र सन्देश पठाएका थिए । आफुले आफुहरु दुइजना बस्नका लागि नयाँ फ्लाट खरीद गर्न लागेको खुसियालीमा खुसीको कुरा सुनाउन उनले धेरै पटक फोन र मेसेन गरे । तर उनकी प्रेमिकाले फोन र मेसेजको जवाफ दिनु र बधाइ दिनुको साटो उल्टै पुलिसमा उजुरी गरिन् ।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्यो । उनलाई १० महिनाको जेल सजाय, १ हजार युरो जरिवानाको फैसला भयो । साथै उनलाई मनोचिकित्सक कहाँ गएर उपचार गराउनका साथै ती युवतीसँग अब उप्रान्त कुनै सम्पर्क सम्बन्ध नराख्न पनि आदेश दिइएको छ ।
दक्षिणी फ्रान्सका ती युवकले आफ्नी प्रेमिकाले धोका दिएपछि पछिल्लो १० महिनामा यतिधेरै फोन र मेसेज गरे की ती युवतीले उनको लाइन नै ब्लक गरिदिनुपर्यो । तर युवकले युवतीका बाउआमालाई समेत फोन गरेर हैरान पार्न थाले । ती युवतीले कि त आफ्नो खर्च भएको रकम फिर्ता गर्नुपर्ने, कि त धन्यवाद सम्म मात्र भएपनि भन्नुपर्ने माग उनको रहेछ । माग पूरा नभएसम्म आफुले फोन गर्न नछाड्ने उनले अड्डी लिए ।
तर मध्यस्तकर्ताको सहयोगमा युवक र युवतीबीच भएको वार्तामा ती युवतीले धन्यवाद भनेपछि भने अहिले ती युवकले फोन गर्न छाडेका छन् । उनले आफुले आवेशमा आएर मुर्खतापूर्ण काम गरेको पनि स्विकार गरेका छन् ।
अब सजाय भुक्तान गरिसकेपछि क्याम्पसमा भर्ना भएर कानून विषय पढ्ने उनको धोको छ ।

0 comments:
Post a Comment