Friday, September 12, 2014

विजयकुमारको ‘खुसी’ विमोचनमा लामा गुरुदेखि राजेश हमाल, रमेश खरेलसम्म

काठमाडौं, भाद्र २७ । वरिष्ठ पत्रकार विजय कुमारद्धारा लिखित ‘खुसी’ नामक पुस्तकको विमोचन गरिएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा लामा गुरुहरुले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् ।

फाइनप्रिन्ट बुक्सले प्रकाशनमा ल्याएको पुस्तकमा प्रसव वेदना, पहिलो पेग, अञ्जली, सम्पादकलाई गोली, काँचको पर्दामा युग फेरिएको रात लगायतका विषयवस्तुलाई लेखकले रोचक ढंगबाट प्रस्तुत गरेका छन् ।

पैसा, सेक्स र शक्तिलाई मुख्य विषयवस्तु बनाएर लेखिएको पुस्तकमा राजा, प्रधानमन्त्री र राष्ट्रपतिसँग लेखकले गरेका भेटघाटका विषयवस्तुलाई लेखकले गहन रुपमा आफ्ना विचार प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरि एनआरएनका संस्थापक डा. उपेन्द्र महत्तोलगायतले पुस्तकले समाजमा घटेका घटना र मानिसले जीवनमा भोग्नु परेका पीडालाई जस्ताको त्यस्तै उतार्न सफल भएको टिप्पणी गरेका थिए ।

विमोचन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

0 comments:

Post a Comment