Wednesday, September 24, 2014

प्रधानमन्त्री सुशील कोइरालाको बनारस-साइनो

वि सं २०१७ मा राजा महेन्द्रले बीपी कोइरालाको प्रजातान्त्रिक सरकार अपदस्थ गर्दा त्यसका सूत्रधारमध्ये एक तुलसी गिरीका निजी सहायक थिए, हालका प्रधानमन्त्री सुशील कोइराला। गिरीलाई पहिले लागेको रहेछ, आफ्नो सहायक भएका कारण सुशीलले  गतिलै साथ देलान्। त्यसैले मन्त्रीलगायत नेपाली कांग्रेसका प्रभावशाली नेता-कार्यकर्ता थुनिँदा पनि सुशील जोगिन सफल भए।

त्यतिबेला सुशीलसमक्ष दुईवटा विकल्प थिए, गिरीकै सहायक बनेर सुखको जीवन व्यतीत गर्ने वा विरोध गर्दै जेल जाने। उनले दोस्रो विकल्प रोजे। तर, रमाइलो कुरा, उनी पञ्चायती सरकारको फेला परेनन्। भएको के रहेछ भने भारतबाट छापिने अंग्रेजी  अखबार हिन्दुस्तान स्ट्यान्डका रपिोर्टर कुमार काठमाडौँमा बस्थे। दार्जीलिङे यी रपिोर्टर कांग्रेसको राजनीतिबाट यति प्रभावित थिए कि उनैले सुशीललाई सुटुक्क कोलकाता भगाउन सहयोग गरे।

भारत बस्दा सुशीलको काँधमा बीपी परविारको रेखदेख मात्र होइन, बीपीका छोरा-छोरी पढाउने चुनौती पनि थपियो। त्यसैले उनले भारतका समाजवादी नेता तथा बीपी कोइरालाका मित्र जयप्रकाश नारायण (जेपी)सँग गुहार लगाए। पछि जेपीकै पत्रका आधारमा  उनले बनारसको गान्धी इन्स्िटच्युटमा जागिर पाए।

"सुशील दा एक किसिमले बीपीको पारविारकि गार्जेन पनि हो," बनारसको मामुरगन्जस्थित निरालानगर कोलोनीमा बीपीका छिमेकी सुरेन्द्रप्रताप सिंह भन्छन्। सुशील गत २७ माघमा चौथो कोइराला (मातृका, बीपी, गिरिजा)का रूपमा प्रधानमन्त्री नियुक्त भएपछि  बनारसमा उनलाई चिन्नेहरूको कौतूहल बढ्न थालेको छ। यसमा पनि धेरैले बनारस र कांग्रेसबीचको 'अनौठो सम्बन्ध' अझ प्रगाढ हुने विश्वास गरेका छन्।

कोइराला परिवार, त्यसमा पनि विशेषतः बीपीका कारण बनारसमा अहिले पनि नेपाली कांग्रेसलाई स्थानीयस्तरमा माया गर्नेको जमात ठूलो छ। "बीचमा माओवादी तथा अरू कम्युनिस्टले संगठन गर्न खोजेका थिए। तर, स्थानीयस्तरमा कांग्रेसको यति ठूलो प्रभाव  थियो कि उनीहरूले संगठन विस्तार गर्नै सकेनन्," बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)मा नेपाली भाषा विभागका अध्यक्ष दिवाकर प्रधान भन्छन्।

बीपी प्रवासमा हुँदा सुशील उनका सेक्रेटरी थिए। "नेपालबाट आउने कांग्रेसी कार्यकर्तालाई भेटाउनेदेखि उनीहरूको बस्ने-खाने सबै व्यवस्था सुशीलकै जिम्मामा थियो," ८१ वर्षीय दीनानाथ झुनझुनवाला सम्झन्छन्। ०२५ सालमा सुन्दरीजल जेलबाट छुटेपछि  भारतमा निर्वासित जीवन बिताउने क्रममा बीपीको परविार सुरुमा मोतीझिलमा बसेको थियो। त्यतिबेला बीपीलाई मार्ने असफल प्रयास भएपछि सुरक्षाका दृष्टिकोणले बीपी सारनाथस्थित झुनझुनवालाको घरमा सरेका थिए। सन् १९६८ देखि ७४ सम्म ६ वर्ष  सारनाथमा बस्दा सुशीलको स्थानीय युवासँग बाक्लो हिमचिम थियो।

साउनको दोस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा जाँदा टेलिभिजनबाट सुशीललाई देखेका स्थानीय त्रिपुरारी त्रिपाठी अचम्म परेछन्। अहिले अन्तर्राष्ट्रियस्तरमा आफ्नो सोखिन पहिरनका कारण चर्चा बटुलिरहेका भारतीय प्रधानमन्त्री मो दीका अगाडि सुशीलको 'गेट-अप' देखेर त्रिपाठीलाई उराठ लागेछ। भने, "कस्तो सुकुमार ठिटो, टिपटप भएर हिँड्ने ! अहिले निकै बूढो पो देखिए।" उनलाई चित्तै बुझेन। व्यग्र भएर प्रश्न गरे, "के झुस्स दारी बनाएको?" सुशीलकै संगतले उनी कांग्रेसको  राजनीतितर्फ आकषिर्त भएका रहेछन्।

सारनाथ गौतम बुद्धले पहिलो प्रवचन दिएको स्थानका रूपमा त्यसै पनि संसारभरि चर्चित छ। त्यसमा पनि '७० को दशकको सुरुआतसँगै बौद्ध धर्मगुरु दलाई लामा आफ्नो गेस्ट हाउस बनाएर सारनाथमा बस्न थालेपछि यहाँ बौद्धधर्मालम्वीको उपस्थिति बाक्लिन  पुग्यो। त्रिपाठीको तर्क छ, "बीपीको आगमनसँगै यहाँको गतिविधि ह्वात्तै बढ्न पुग्यो।"

त्यतिबेला सारनाथमा पाण्डेको एउटा सानो चिया पसल थियो, जहाँ कांग्रेसी कार्यकर्ता घन्टौँ गफिन्थे। "पञ्चायतकालमा सरोज कोइरालाको हत्या हुँदा यही चिया दोकानमा अखबार हेरेर हामीले थाहा पायौँ," उत्तर प्रदेश सिँचाइ आयोगका यी ७० वर्षीय पूर्वकमर् चारीले भने, "अखबार र रेडियोमा आएका समाचारलाई लिएर कुरा हुन्थे।" उनी सुशीलसँग बौद्ध धर्म, नेपाली र तिब्बतीहरूको सम्बन्ध, दलाई लामाको निर्वासन र इन्दिरा गान्धीका विषयमा कुरा हुने बताउँछन्।

सारनाथ बस्दा सुशीलको 'गेट-अप' देखेर त्यहाँका स्थानीय निकै प्रभावित भएका रहेछन्। 'निकै टिपटप भएर हिँड्ने। कपडाको पाइन्ट आइरन गरेर धारलिो बनाइएको हुन्थ्यो," सारनाथस्थित वैशाली होटल (पहिले पाण्डे चिया पसल)का मालिक बद्रीनाथ पाण्डे  भन्छन्। ८२ वर्षीय पाण्डे सुशीलको हिन्दी निकै राम्रो भएको बताउँछन्।

बनारस हिन्दु विश्वविद्यालयमा स्नातक गर्दा सुशीललाई हलिउडको 'हिरो' बन्ने भूत सवार थियो। त्यतिबेला उनी सबै खाले आधुनिक पहिरनका जानकार थिए। त्यसमा पनि उनको पान-सुपारीको किस्सा यहाँ अझैसम्म चर्चाको विषय बन्ने गरेको छ। "ओहो उहाँ  (सुशील)सँग भेट भएपिच्छे पान र सुपारी जमिहाल्थ्यो," त्रिपाठी सम्झन्छन्।

नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको तयारी गर्दा भारतका समाजवादी नेता तथा विधायक सर्जु मिश्राको पटनास्थित लेन नम्बर-४ को एमएलए क्वार्टरलाई आफ्नो सम्पर्क स्थान बनाएको थियो। त्यतिबेला बीपीकै निर्देशनमा सुशील पटना खटिएका थिए। हतियार  किन्न कांग्रेसले ०३० सालमा विमान अपहरण गर्‍यो। यो काण्डमा उनी पनि मुछिए।

यसपछि भारतमा कांग्रेसी कार्यकर्तामाथि धडपकड सुरु भयो। बीपीलाई पनि भारतीय सरकारले कडा निगरानीमा राख्न थाल्यो। "मलाई लाग्छ, बीपी पक्राउ पर्ने डरले मामुरगन्जस्थित डेरामा भएका केही हतियार सुशील दाले गंगामा फ्याँकिदिनुभयो," सुरेन्द्रप्रताप  भन्छन्।

सुशील ०३३ सालमा दिल्लीमा पक्राउ परे। "उहाँलाई ठूलै अपराधीझँ तिहाड जेलमा हात र खुट्टामा जन्जिर बाँधेर राखिएको थियो। पछि पूणिर्या जेलमा स्थानान्तरण गरयिो," उनी थप्छन्। पूणिर्या जेलमै हुँदा सुशीलको भेट विहारका पूर्वमुख्यमन्त्री नीतिश कुमारसँग  भएको थियो।

बीपी मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि नीतिशले ०३६ सालमा भारत सरकारसँग सुशीलको रिहाइको अपिल गरे। त्यतिबेला विहारमा बीपीकै अनुयायी भनेर चिनिने अर्का समाजवादी नेता कर्पुरी ठाकुर मुख्यमन्त्री थिए। त्यसैले सुशीललगायत अन्य  कांग्रेसीको रहिाइ सम्भव भयो।

बनारसवासीहरू सुशीललाई बीपीको सच्चा अनुयायी मान्छन्। त्यसैले आशावादी छन्, उनकै नेतृत्वमा 'गणतन्त्र नेपाल'को संविधान कोरनिेछ। सुशील कोइराला प्रधानमन्त्री नियुक्त भएपछि वरिष्ठ गान्धीवादी विचारक तथा बीएचयूका प्राध्यापक दीपक मल्लिकले  राँचीबाट प्रकाशित हुने दैनिक पत्रिका प्रभात खबरमा 'नेपाली जनतन्त्रमा नयाँ आशा' शीर्षकमा एक पृष्ठ लामो लेख प्रकाशित गरेका थिए। भन्छन्, "यसले भारतमा सकारात्मक सन्देश नै गएको छ। तर, उहाँको मूल्यांकन संविधान बन्ने कुराले नै निर्धारण गर्नेछ ।

0 comments:

Post a Comment