Friday, September 19, 2014

इजरायलले थप ५ सय १५ युवा कृषि फार्महरुमा लैजाने

काठमाडौं, आश्विन ४ - इजरायली दुतावासले आगामी अक्टोबरसम्म थप ५ सय १५ युवा किसानलाई उन्नत कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले इजरायल पठाउने भएको छ ।

नेपालस्थित इजरायली दुतावासले साना किसान विकास बैंकसँग सहकार्य गरी किसानका थप ५ सय १५ जना छोराछोरी लाई इजरायल पठाउन लागेको हो । दोस्रोपटकको यस प्रशिक्षणमा इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, मकवानपुर, चितवन, धादिङ्ग, गोरखा, तनहु, नवलपरासी, रुपन्देही, दाङ्ग, बाके र बर्दिया गरी २१जिल्लाबाट ५ सय १५ युवा किसानलाई इजरायल लैजान लागेको हो । त्यहा जाने प्रशिक्षार्थीहरुलाई इजरायलका विभिन्न ५ वटा तालिम केन्द्र र कलेजहरुमा कृषि सम्बन्धी तालिम दिइने छ ।

दुतावासका अनुसार, ५ सय १५ मध्ये प्रकृया पुरा भई ३ सय १४ विद्यार्थी इजरायल पुगिसकेका छन् भने बाकी बिद्यार्थीहरु अक्टोबर भित्र इजरायल पुग्नेछन् । उनीहरुमध्ये १ सय ५० लाई इजरायलको किन्नरेट कलेजमा, १ सयलाई आस्केलन कलेजमा, ५० जनालाई रामात नेगेभ डेजर्ट एगि्रकल्चरल रिसर्च सेन्टरमा, १ सय ६५ लाई आराभा ईन्टरनेशनल सेन्टर फर एगि्रकल्चरल टे्रनिङ्ग सेन्टरमा र ५० जनालाई स्दोत नेगेभ रिजनलकाउन्सिलमा तालिम दिइने छ ।

यसअघि मुलुकका आठँ जिल्लाबाट इजरायल गएका किसानका २ सय ५ जना छोराछोरी तालिम लिई नेपाल फर्केका छन् । कृषि पेशाबाट विमुख भैरहेको युवा जनशक्तिलाई उन्नत कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले नेपालस्थित दुतावासले साना किसान विकास बैंकसँग सहकार्य गरी किसानका २ सय ५ जना छोराछोरी लाई इजरायल पठाएको थियो । साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्र्तगत पठाइएका युवाहरुलाई दिगो व्यावसायिक कृषितर्फ आकषिर्त गराउने मुख्य उद्देश्य थियो ।

दुतावासद्धारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार,  साना किसान कृषि सहकारी संस्थामा आवद्ध २ सय ५ जना युवा/युवतीहरुलाई इजरायलका विभिन्न कलेज, कृषि तालिम तथा अनुसन्धान केन्द्रहरुमा १० देखि ११ महिनाको उन्नत कृषि तालिममा सहभागी गराइएको थियो । प्रशिक्षार्थीहरुले कलेज तथा तालिम केन्द्रमा हप्ताको १ दिन अध्ययन गरेका थिए भने ५ दिन कृषि फार्महरुमा प्रयोगात्मक कार्य गराइएको थियो । काम गरेवापत उनीहरुलाई इजरायली नियमानुसारको पारिश्रमिक समेत दिइएको थियो ।

गएकामध्ये ५ जनालाई किन्नरेट कलेज र आस्केलेन कलेजले टोली नेताको रुपमा यस बर्ष इजरायलमै राख्ने भएको दुतावासले जनाएको छ भने फिर्ता आएकामध्ये ३ जना विद्यार्थीहरु अन्य कलेजको टोली नेताका रुपमा पुनः इजरायल लैजादैछ । उनीहरुले अब जाने थप ५ सय १५ युवा किसानलाई सघाउनेछन् । सरकारले यस अभियानले व्यावसायिक कृषिमा युवाहरुको आकर्षण हुने अपेक्षा लिएको छ ।

0 comments:

Post a Comment