Tuesday, September 16, 2014

दसैँको अवसरमा चंगा चेट उत्सव हुने

धनकुटा, भाद्र ३१ । विश्व पर्यटन दिवस तथा दसंका अवसरमा आगामी आश्विन १० र ११ गते धनकुटाको भेडेटारमा चंगा चेट उत्सव हुने भएको छ ।

होटल एसोसिएसन भेडेटारको आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको उत्सवमा लिंगे पिङ, माउन्टेन बाइक र्‍याली, फेस पेन्टिङ, फुड स्टल तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

राजधानीमा मात्र हुने यस्तो उत्सव पूर्वमा पहिलो पटक गर्न लागिएको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले जानकारी दिए ।

0 comments:

Post a Comment