Saturday, February 14, 2015

प्रेमी पाउन गाह्रो छः इन्दिरा

सुमधुर स्वरसँगै कामुक हाउभाउमा नृत्य प्रस्तुत गर्ने इन्दिरा जोशीलाई धेरैले ‘नेपाली शाकिरा’का रुपमा टिप्पणी गर्छन् । रियालीटी शो नेपाली ताराको पहिलो सेरिजमै ‘टप फाइभ’ मा परेपछि उनले ब्यबसायिक संगीतयात्रा थालेकी हुन् । देशबिदेशका सांगीतिक कार्यक्रममा इन्दिरा यतिबेला सवैभन्दा धेरै माग भएकी गायिका हुन् । बर्षमा धेरै महिना उनले बिदेशमै बिताउने गरेकी छिन् ।


तपाई कस्तो परिवारमा हुर्किनु भयो एकल कि संयुक्त ?
न्युक्लियर फेमीली भन्नु पर्ला । हामी ६ दिदीबहिनी र एउटा भाई । मेरो ड्याडी चाँही परिवारको एक्लो छोरा । नवलपरासीको बञ्जरीया भन्ने गाउँमा खेतीपाती परेर बस्थ्यौं । बुबा ११ वर्ष हुँदा हजुरबुबा बित्नु भएको रे, हामीलाई हजुरआमाले हुर्काउनु भयो । परिवारमा नौ जना भए पनि एकल परिवार नै हो ।
तपाई कुन नम्बरकी छोरी ?
म पाँच नम्बरकी ।
दिदी बहिनीविच झगडा कत्तिको पर्थ्यो ?
अलिअलि त पथ्र्यो तर, सिरियस झगडा कहिल्यै भएन । हामी ५ जना निकै मिल्थ्यौ । ड्याडी ममीले हामीलाई छुट्टा छुट्टै बेड राखिदिनु भएको थियो तर, हामी तीनटा बेड जोडेर सुत्थ्र्यो । हाम्रो घरमा आउने पाहुनाहरु पनि अचम्म मान्थे ।
सबै भन्दा छुच्ची को थियो ?
सबैभन्दा बद्मास मै थिएँ । दिदी बहिनीलाई किरा फट्याङ्ग्रा फालिदिने, अरुलाई तर्साउने । सानोमा अति फोहारी थिएँ । धुलोमा धेरै खेल्नुपर्ने, धेरै कुद्नु पर्ने । मैले परिवारका सबैलाई सताएकी छु ।
अब त ठुली हुनुभयो । घरमा बिहेको कुरो त चल्दो हो नि ?
हाम्रोमा त्यस्तो चाँही छैन । छोरी अब २२ पुगी बिहे गर्नुपर्छ भन्नेमा ड्याडी ममी हुनुहुन्न । परिपक्क भएपछि मात्रै बिहे गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । म त ३५ पछि मात्रै बिहे गर्छु ।
प्रेम बिबाह कि मागी ?
शायद म चाँही प्रेम बिबाह गर्छु होला । तीन जना दिदीहरुको बिबाह भैसक्यो । उहाँहरु सबैको मागी बिबाह नै हो ।
प्रेम बिबाह गर्छुहोला भन्नु भयो । अहिलेसम्म कोही आएको छैन तपाईको जीवनमा ?
कस्तो गार्‍हो छ । यो फिल्डमा लागेको मान्छेलाइ बुझिदिने कुनै पुरुष आएको छैन अहिलेसम्म ।
आउन त अयो होला । तपाईले प्रवेश नदिनु भएको हो कि ?
मन पराउनेहरु हुन्थे । स्कुलमै पनि त्यस्ता धेरै थिए । कति मेरा बेष्ट फ्रेण्डका दाईहरु थिए, जो मलाइ मन पराउँथे । ब्याचलर पढ्दै गर्दा एक जनासँग दुई महिनाजति डेट पनि गएँ । उहाँको परिवारले पनि मलाई मन पराउनु भएको थियो । उहाँको घर पनि गएँ । तर, उहाँ विदेश जानु भयो, अनि हाम्रो प्रेमकथा टुंगियो ।
स्कुलमा हुँदा त प्रेमपत्र आयो होला नि ?
मैले स्कुल पढ्दासम्म प्रेमपत्रकै चलन थियो । मैले स्कुलमै हुँदा एउटा ग्रुप बनाएकी थिएँ । स्कुलमा म अति छुच्ची थिएँ । मैले एउटा ‘ब्वाइज हेटिङ गु्रप’ नै खोलेकी थिए । म त्यसको हेड थिएँ । त्यसकारण मलाई एउटा पनि चिट्ठी आएन । हामी केटाहरुलाई अति हेप्थ्यौं । सरले मलाई झाँसीकी रानी भन्नुहुन्थ्यो । मेलामा हिंड्दा कुइनाले हिर्काउने केटाहरुलाइ त मैले कुटेको पनि छु । नवलपरासीमा मात्रै हैन काठमाडौ आएपछि पनि कुइनाले हिर्काउनेहरुलाई कुटेकी छु ।
कस्तो स्वभावको श्रीमानको अपेक्षा गर्नु भएको छ । आफुले हेप्न मिल्ने कि तपाईलाइ हेप्ने खालको ?
म त भन्छु कहिल्यै कसैलाई हेप्नु नपरोस् । डोमिनेट गर्ने स्थिती आयो भने त मायाको कमी भैहाल्छ नि । यस्तो होस् कि मैले उसलाई माया दिन सकुँ र उसको माया लिन सकुँ ।
समग्रमा नेपाली पुरुषहरु कस्ता छन् ?
साँच्चो माया गर्नेहरु धेरै छन् । त्यो चाँही महिलाको चरित्रमा पनि भर पर्छ । नेपाली महिलाहरु पुरुषलाई धेरै विश्वास गर्छन् । एउटा पुरुषले राम्रो सहयोग गर्‍यो भने महिलाले धेरै प्रगति गर्छन जस्तो लाग्छ ।
रुप पनि त हेर्नुहुन्छ होला नि ? कस्तो केटाले झट्टै तान्छ ?
इमान्दार भएर भन्नुपर्दा हामी रुपलाइ त ध्यानै दिन्नौं बरु उसको बैंक ब्यालेन्स कति छ त्यसमा ध्यान दिन्छौं । रुपको वारेमा मेरो कुनै चासो छैन । अलिकति अग्लो भैदिए हुन्थ्यो । मैले हिल लगाएर हिंड्दा जोडी राम्रो देखियोस् भन्नका लागि मात्र हो ।
कस्तो परिवारको अपेक्षा गर्नु भएको छ ?
मलाइ चाँही अलि धेरै ब्यक्ति भएको घर मन पर्छ । मेरो बच्चा बच्चीलाई घरमै छाडेर प्रोग्राममा जान पाइयोस् ।
जेठी बुहारी कि कान्छी ?
मैले भनिहाले नि । मलाई ज्वाइन्ट फेमीली मन पर्छ । जेठी कान्छी जुन भएपनि फरक पर्दैन ।
ठुलो घरकी बुहारी बनेर गएपछि त घरको काम सबै जिम्मा लिनुपर्छ नि ?
खाना पकाउन, भाँडा माझ्न म सक्छु । म वर्किङ बुहारी भएकाले भान्साको सबै काम गर्नैपर्छ भनेर दबाब दिनुहुन्न होला मेरो सासु-ससुराले ।
भाँडा माझ्ने र भात पकाउने मध्ये रोज्नु पर्‍यो भने ?
म झाँडा माझ्ने काम नै रोज्छु । मस्काउने टल्काउने काम १० मिनेटमा सकिन्छ । पकाउन अलि धेरै बेर लाग्छ ।
तपाईले पकाउने मिठो परिकार के हो ?
मैले पकाएको चिया एकदमै मिठो हुन्छ । चिया पकाउन त म नम्बर वान नै हो । नुडल्स पनि खुब मिठो बनाउँछु । जाँगर लगाएर पकाएँ भने खाना पनि राम्रै पकाउँछु ।
कुनै दिन दिनभर खेतवारीको काम गर्न पर्ने भयो भने ?
त्यस्तो पर्‍यो भने म शायद बोट बिरुवा गोड्ने काम रोज्छु होला । किनकी मलाइ नेचरसँग काम गर्न मन पर्छ । नवलपरासीमा हुँदा पनि मैले खेतवारीमा काम गरेकी छु ।
स्कुले जीवनको सम्झना आउँछ ?
किन नआउनु । कत्ति रमाईलो हुन्थ्यो कति । साथीहरुलाई थरीथरीका पोष्ट कार्ड बाँडेको अहिले पनि याद आउँछ ।
कुन हिरोको पोष्टकार्ड किन्नु हुन्थ्यो ?
हिरोको त कहिल्यै किनिन । खुब नक्कल पार्नुपर्ने केटी थिएँ । दिब्या भारती असाध्यै राम्री लाग्थ्यो । केटी भएपछि केटीकै दिनुपर्छ भन्ने थियो ।
नक्कल पार्न के-के गर्नुहुन्थ्यो ?
कुरै नगर्नुस् । लिपिष्टक त लाउँदिनथिएँ । गाजल चाँही खुब लगाएँ । त्यो बेला लिक्वीड लाइनर चलेको थियो । ड्याडीले किनेर ल्याइदिनु हुन्थ्यो ।
ऐना अगाडी दिनमा कति पटक उभिनु हुन्थ्यो ?
दिदी बहिनीमा सबैभन्दा काली म थिएँ । म किन काली भएँ भनेर रिस उठ्थ्यो । ममीले भन्नु हुन्थ्यो- तँ बाउतिर गएर काली भएकी । म किन ड्याडीतीर गएकी होला जस्तो लाग्थ्यो ।
आफ्नै नजरमा तपाईका खराव बानी ?
म अति धेरै इमोस्नल छु । छिट्टै विश्वास गरिहाल्छु । पैसा दिनमा निकै अगाडी छु । तर, लिने मामलामा निकै पछाडी छु ।
त्यसो भए त तपाईले उठाउन बाँकी पैसा टन्नै होला नी ?
सबैले इमान्दरीपूर्वक काम लगाएको पैसा दिने हो भने अर्को एउटा गाडी किन्ने पैसा आउँछ ।
त्यसरि काम गराएर पैसा नदिनेहरु बिरुद्ध कानुनी उपचारको बाटो अपनाउनु भएन ?
एक दुई चोटी त मुद्धा पनि हालेँ । तर, नियमित फलो गर्न सकिएन । म मात्रै हैन काम गरेर पैसा नपाउने कलाकार धेरै छन् नेपालमा ।
तपाइको राम्रो बानी चाँहि के हो ?
म एकदमै सहयोगी छु कसैले म सँग सहयोग माग्यो भने नाइनास्ती गर्दिन, सकेको सहयोग गरिहाल्छु । यदि सहयोग गर्न सकिन भने निकै दुःख लाग्छ ।
मन्दिर कत्तिको जानुहुन्छ ?
जान्छु कहिलेकाँही । ब्राम्हण परिवारी छोरी भएकीले पनि धर्मप्रति विश्वास छ । गणेश भगवानको औंठी नै लगाएकी छु । यदि गणेश भगवानको फेशबुक भएको भए कति लाइक गर्थें होला । हरेक पटक स्टेजमा प्रवेश गर्नु अघि गणेश मन्त्र पढ्छु ।
घुम्न जान मन लागेको ठाउँ ?
नेपालमा त्यस्तो धेरै ठाउँ छन् । जहाँ गएर पनि इन्ज्वाइ गर्न सकिन्छ ।
एकदिनका लागि कसैलाइ डेटिङ लिएर जान पर्‍यो भने ?
डेटिङ त हैन । मलाई क्रिकेटर पारश खड्कासँग एउटा म्युजिक भिडियो खेल्न मन छ ।
पारशमा के छ त्यस्तो गुण ?
उहाँमा युवाहरुलाई इन्सपायर गर्ने फिगर छ । उहासंग मेरो भेट पनि भएको छ ।
तपाईलाई प्रभाव पार्ने नेपाली नायक कोही छ ?
सौगात मल्लवाट प्रभावित छु । उहाँलाई ब्यक्तिगत रुपमा पनि चिन्छु । उहाँ एकदमै सामान्य मान्छे । आफ्नो मेहनत र कर्मले यहासम्म आउनु भएको हो । उहाँको प्यासन हरेकले सिक्न लायक छ ।
नेपाली म्युजिक भिडियो भल्गर भयो भन्छन् नि । समग्र नेपाली म्युजिक भिडियो तपाइलाई कस्तो लाग्छ ?
अहिले नै नेपाली म्युजिक भिडियो भल्गर भयो जस्तो मलाई लाग्दैन । हाम्रो पि्रजेन्टेशन नपुगेको मात्रै हो । त्यति धेरै आलोचना गर्नुपर्ने स्थिती आइसकेको छैन ।
मदिरा र सिग्रेट चल्छ कि चल्दैन ?
सिग्रेट त म खानै सक्दिन । ककटेल कहिले काही खान्थें । यही जनवरी एकदेखि त्यो पनि छाडें । मदिराले शरीरका लागि त्यति राम्रो गर्दोरहेनछ ।
शरीर बिगार्‍यो भन्नु भयो । धेरै पिउनुहुन्थ्यो कि क्या हो ?
होइन, होइन । तपाइले मलाई कुनै पनि पार्टीमा रक्सि खाएको भेट्नुहुन्न । जहिले पनि परिवारसँग बसेर खान्थें । सिक्दा चाहिँ मैले साथीहरुसँग सिकेकी हुँ ।
जुत्ता कति जोर छ ?
मेरो खराब बानी जुत्ता धेरै किन्नु पनि हो मसँग ४० जोर जुत्ता छ । सबै भन्दा महंगो नौ हजारमा किनेको छु । कतिपय त सेलमा किनेको पनि छ ।
कपडामा आईरन गर्न आउँछ ?
जुत्तामा पालिस लाउन र कपडामा आइरन गर्न मलाई खुब मज्जा लाग्छ ।

Thursday, February 12, 2015

विश्वकै सेक्सी र रोमान्टिक पेरिस सहर

(एजेन्सी) अमेरिकाका यात्रीहरुको सर्वेक्षणले फ्रान्सको पेरिस शहरलाई विश्वकै सबैभन्दा सेक्सी र रोमान्टिक सहर भएको देखाएको छ ।
ट्राभल साइट एक्सपेडियाले गरेको उक्त सर्वेक्षणले पेरिसलाई यात्रीहरु बीच सबैभन्दा रुचाइएको शहर भएको देखाएको हो ।


अमेरिकाका १ हजार यात्रुहरु मध्ये ५६ प्रतिशतले विश्वका ५० शहरहरुमध्ये पेरिसलाई सबैभन्दा रोमान्टिक गन्तव्यको रुपमा चुनेका थिए । त्यस्तै विश्वकै सेक्सी गन्तव्यको रुपमा पनि पेरिसलाई ६१ प्रतिशतले भोट गरेका छन् ।
यस्ता छन् विश्वका सेक्सी सहर
१. पेरिस
२. लास भेगास
३. कानकन
४. बाहामास
५. मियामी
६. बार्सिलोना
७. न्युयोर्क
८. रियो दि जनेरियो
९. सेन्ट थोमस
१०. जमाइका
रोमान्टिक
१. पेरिस
२. बहामास
३. कानकन
४. बार्सिलोना
५. लण्डन
६. न्युयोर्क
७. लास भेगास
८. सेन्ट थोमस
९. सेन्ट मार्टिन
१०. सान फ्रान्सिस्को

ल हेर्नुस् ! कामुक ओंठ यस्ता हुन्छन्

ज्योतिष शास्त्र अनुसार मानिसको ब्यक्तित्व उनीहरुको ओंठ हेरेर थाहा पाउन सकिन्छ । मुस्कान सबैभन्दा राम्रो अभिवादन हो तर यो मुस्कानको समयमा ओंठको अध्यन गर्न सकियो भने उनीहरुको स्वभाव समेत थाहा पाउन सकिने ज्योतिष शास्त्रीहरुको भनाइ छ ।आउनुस् जानौं कस्तो ओंठ हुने ब्यक्तिको स्वभाव कस्तो हुन्छ भनेर ।


मोटा ओंठः
जुन् ब्यक्तिको ओंठ अत्याधिक मोटा हुन्छन् त्यस्ता ब्यक्ति क्रोधी स्वभावका हुन्छन् । यस्ता ब्यक्तिलाई साना साना कुरामा पनि रिस उठ्छ र उनीहरुको रिसले कुनै कुनै समयमा तै समस्या नै खडा गरिदिन्छ । यस्ता ब्यक्ति भावनाप्रदान र जिद्धी हुन्छन् ।
रसिक ओंठः
रातो रंगका चिल्ला र कलात्मक ओंठ हुने ब्यक्ति देख्दा सुन्दर त हुन्छन् नै कला प्रिय र मृदुल स्वभावका हुन्छन् । यस्ता ब्यक्तिले घर समाजमा मान सम्मान पाउँछन् र जीवनमा उपलब्धी पनि हासिल गर्छन् ।
गुलाबी ओंठः
गुलावी रंगका ओंठ हुने ब्यक्ति ब्यवहारमा कुशल उदार र बुद्धिमान हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो क्षमताको बलमा सबैलाई मोहित तुल्याउँछन् । यिनीहरुका मित्र पनि धेरै हुन्छन् ।उठेका ओंठः
कतिपय ब्यक्तिका ओंठ अलि उठेका हुन्छन् । यसरी ओंठ उठेका ब्यक्तिहरु डरपोक हुन्छन् । यिनीहरुलाई कठिन परिस्थिती सम्हाल्न निक्कै कठिन हुन्छ ।
तलपट्टी धसिएका ओंठः
कतिपयका ओंठ तलपट्टी धसिएका हुन्छन् । यसरी तल पट्टी फर्केका ओंठ हुनेहरुको स्वभाव रहस्यमयी हुन्छ । यनीहरुको मनमा के चलिरहेको हुन्छ बुझ्न सँधै कठिन हुन्छ । यिनीहरु निक्कै राम्रा योजनाकार हुन्छन् र योजना भने कसैलाई पनि भन्दैनन् ।
ठूला ओंठः
ठूला ओंठ हुने ब्यक्ति शौखिन हुन्छन् । उनीहरुलाई विभिन्न प्रकारका खाना खाने शोख हुन्छ । छिट्टै रिसाउने यस्ता ब्यक्ति छिट्टै सामान्य अवस्थामा पनि आइहाल्छन् ।
संकुचित ओंठः
कतिपय ब्यक्तिको ओंठ निक्को पातला हुन्छन् । पातला र रंगविहिन ओंठ हुनेहरु अलि बढी आडम्बरी स्वभावका हुन्छन् । यद्यपी उनीहरु अन्य ब्यक्तिमा आफ्नो प्रभाव कायम राख्न नि सफल हुन्छन् ।
ओंठमा कोठीः

कतिपयको ओंठमा कोठी हुन्छ । यस्ता ब्यक्ति कामुक स्वभावका हुन्छन् र उनीहरुको मनमा हरदम कामुक विचार चलिरहेका हुन्छन् । उनीहरुमा विपरित लिङ्गीलाई प्रभावित गर्ने क्षमता पनि प्रवल हुन्छ ।ओंठको तल्लोभागमा कोठी हुनेहरुले कठिन परीश्रम गर्छन् किन भने यिनीहरुलाई सहजै आम्दानी हुन सक्दैन ।

Wednesday, February 11, 2015

सुरु भयो भ्यालेन्टाईनको रौनक

HAPPY Valantine 2015- Gallery 


Tuesday, February 10, 2015

ल हेर्नुस् ! शुस्माको हट ट्याटु

Shusma karkiPhotographer: Nirmal Shrestha




















































ल हेर्नुस ! मालाको सेक्सी पोज

मोडलः माला लिम्बु
तस्वीरः श्रीधर पौडेल






अनौठो बोनस- पोर्नस्टार सँग एक रात बिताउन दिने

कुनै कम्पनी नाफामा गएमा आफ्ना कर्मचारीलाई बोनसको रुपमा नगद धन वा घुमफिरको अवसर प्रदान गर्छन् । तर चीनको एउटा चर्चित कम्पनीले आफ्ना कर्मचारीलाई निकै अनौठो प्रकारको बोनस प्रदान गरेर आश्चर्यमा पारिदिएको छ ।
चिनिया इन्टरनेट सेक्युरिटी र्फम क्यूहु ३६० ले आफ्ना कर्मचारीलाई बोनसको रुपमा दिएका सेवा सुविधाको विवरण हालै चुहिएको छ । लिक भएको उक्त गोप्य विवरणले ठूलै तहल्का मच्चाएको मिरर अनलाइनले उल्लेख गरेको छ ।

उक्त कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई बोनस वा पुरस्कारका रुपमा पोर्नस्टार सँग एक रात बिताउने मौका प्रदान गर्दै आएको खुलासा भएको छ ।
पोर्नस्टारसँग एक रातभर रतिक्रिडा गरेर बिताउन चाहने कर्मचारीहरुले कम्पनीमा आफ्नो उत्कृष्टता सावित गर्नुपर्नेछ । कम्पनीले यस्तो रोचक बोनसका अतिरिक्त कर्मचारीहरुलाई बोनसका रुपमा महंगा गाडि वा इण्डोनेसियाको बाली सम्मको भ्रमणको प्याकेज समेत प्रदान गर्ने गरेको रहेछ । यस्तो बोनस वाषिर्क रुपमा चिनिया नयाँ वर्षको उपलक्ष्यमा प्रदान गरिँदै आएको छ ।

उक्त कम्पनीले बोनसका रुपमा आफ्ना कर्मचारीलाई रात बिताउन पठाउने पोर्नस्टारको नाम जुलिया हो । २७ वर्षकी सुपरस्टार जुलियासँग रात बिताउने बोनस कर्मचारीलाई प्रदान गर्दै आएको विषयमा युहु कम्पनी तथा जुलिया स्वयंले समेत अहिलेसम्म मुख खोलेका छैनन् ।
आउँदो फेब्रुअरी १९ मा पर्ने चिनिया नयाँ वर्षमा यो पटक को पुरुष कर्मचारीले जुलियासँग रात बिताउन पाउने हुन् त्यो भने घोषणा हुन बाँकी नै छ ।

मेरो महिनावारी किन रोकिएको होला, अब मैले के गर्ने ?

म अविवाहित महिला हुँ । मैले ५ पटक यौनसम्पर्क राखिसकेकी छु । हामीले फरक-फरक समयमा सम्पर्क गरेका थियौं । त्यस क्रममा मैले ४ पटक इकोन प्रयोग गरें भने १ पटक आइपील प्रयोग गरें । हाल २ महिनादेखि मेरो महिनावारी भएको छैन । गर्भ रह्यो कि भनेर घरैमा परीक्षण गर्दा गर्भ नरहेको देखियो । मेरो महिनावारी किन रोकिएको होला ? अब मैले के गर्ने ?


गर्भ रहन नदिन तपाईंले प्रयोग गरेको इकोन र आइपिल दुवै एउटै औषधि हो, बजारमा ल्याउने कम्पनी मात्र फरक हो । आकस्मिक गर्भनिरोधक चक्कीका रूपमा प्रचलित यी औषधि भरपर्दा पनि छन्, तर हरेक महिना यसको प्रयोगले तपाईंको महिनावारीको नियमित तालिकामा असर पुगेको हुनसक्छ । महिनावारी हुने प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रोजेस्ट्रोन हार्मोन यी परिवार नियोजनका आकस्मिक साधनमा प्रयोग गरिएको हुन्छ र यसले हाम्रो प्राकृतिक रूपमा उत्पादन हुने प्रोजेस्ट्रोन हार्मोनको सन्तुलनमा गडबडी ल्याउन सक्ने भएकाले यस्तो भएको हो । यद्यपि बिस्तारै हार्मोनको सन्तुलन आफैं कायम हुने र महिनावारी नियमित हुने भएकाले डराउनु पर्दैन । महिनावारी नभए पनि गर्भ रहन सक्ने भएकाले असुरक्षित यौनसम्पर्क राख्नु हुँदैन भने हरेक महिना नियमित रूपमा यी साधन प्रयोग गर्नु पनि उपयुक्त मानिँदैन ।

अभिनेत्रि राधिका आप्टेको नग्न तस्विरले हंगामा

मुम्बई । सेलिब्रेटीहरुको नग्न तस्वीर तथा अश्लील भिडियोहरु सार्वजनिक भएका खबरहरु बारम्बार सुन्नमा आउँछन् । यस्तै समस्यामा बलिउड अभिनेत्री राधिका आप्टे फसेकी छिन् ।


उनको अर्धनग्न सेल्फी सोसल नेटवर्क ह्वाट्सएपमा भाइरल बनेको हो । राधिका बलिउडमा चिनिएको नाम हो । उनले पछिल्लो पटक रितेश देशमुख अभिनित मराठी फिल्म ‘लाई भारी’ खेलेकी थिइन् ।
साधै राधिकाले ‘शेर इन द सिटी’मा तुषर कपुरसँग काम गरेकी थिइन् । यसरी इन्टरनेटमा फैलिएको तस्वीरबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

नेपाल वायुसेवा निगमको पहिलो एयरबस काठमाडौं आइपुग्यो

२५ माघ, काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गरेको पहिलो एयरवस बिमान काठमाण्डौ आइपुगेको छ ।
युरोपेली जहाज उत्पादक कम्पनी एयरबससँग दुईवटा ‘न्यारो बडी’ जहाज खरिद गर्न निगमले गरेको सम्झैताअनुसार पहिलो बिमान आइतबार साँझ त्रिभुवन बिमानस्थलमा अवतरण गरेको हो ।
२७ बर्ष यता अन्तराष्ट्रिय उडानका लागि जहाज खरिद गर्न नसकेको निगमको पहिलो एयरबस काठमाडौं भित्र्याउँदा त्रिभुवन विमानस्थलमा पूजासहित खुशीयाली मनाइयो ।


एयरबसको ए-३२० मोडलको १५८ सिटे बिमानमा १ सय ५० इकोनोमी र ८ विजनेश क्लास सिट छन् । सगरमाथा नाम दिइएको यो बिमानले फागुन १३ गते (फेब्रुअरी २५ तारिख)का दिन नयाँदिल्लीका लागि पहिलो उडान भर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेपछि पञ्चेबाजा र पञ्चकन्याले स्वागत गरिएको थियो । जहाजको अगाडिको पाङ्ग्रामा पूजा गरिएको थियो ।
साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुनेछ ।निगम ब्यबस्थापनले दुईवटा नयाँ बिमानसहित चारवटा ठूला जहाजमार्फत् हप्तामा ५० वटा अन्तराष्ट्रिय उडान गर्ने तालिका बनाइसकेको छ । जसमा दिल्ली, मुम्बई, बैंगलोर, दुवई, दोहा, क्लावालम्पुर, हङकङ, ग्वाङ्झाओ लगायतका गन्तब्यमा उडान गर्ने निमगको तयारी छ ।
नयाँ जहाजसँगै निगमसँग ठूला जहाजको संख्या चार पुगेको छ । साना जहाज ५ वटा छन् ।
एउटा जहाजको मूल्य ७ अर्ब २० लाख
फ्रान्सको एयरबस कम्पनीसँग नयाँ जहाज किन्न तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारको पालादेखि प्रक्रिया अघि बढेको थियो । त्यसबेला एउटा वाइडबडी र एउटा न्यारो बडी जहाज किन्न भनेर बैनासमेत बुझाइएको थियो ।
तर, कंसाकारसहितको तत्कालीन नेतृत्वमाथि भ्रष्टाचारको अभियोग लागेपछि रोकिएको जहाज खरिद प्रक्रियालाई सरकारले फेरि अघि बढाएको हो ।
वायु सेवा निगम र एयरबसबीच भएको सहमति अनुसार अर्को जहाज एक महिनापछि आउनेछ ।
सन् २००८ मा भएको समझदारी अनुसारको आधारभूत मूल्यमा बढेको मूल्य जोडेर जहाज किनिएको हो । जसअनुसार एउटा जहाजको अंकित मूल्य ७ करोड ५० लाख अमेरिकी डलर अर्थात नेपाली ७ अर्ब २० लाख रुपैयाँ परेको छ ।
कंसाकार भन्छन् – मलाई खुशी लागेको छ
एयरबससँग विमान खरिदका लागि प्रक्रिया सुरु गर्ने वायुसेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले ढिलै भए पनि जहाज आएकोमा खुसी व्यक्त गरे ।
कंसाकारले अनलाइनखबरसँग भने-‘सन् २०११ को नेपाल पर्यटन वर्षलाई लक्षित गरेर ल्याउन लागिएको थियो । झण्डै ५ वर्ष ढिला भए पनि जहाज आएको छ । धेरै खुसी लागेको छ ।’
त्यही विमान खरिदको लागि प्रक्रिया थालेको विषयलाई लिएर सुरु भएको विवादका कारण कंसाकारको टीमले नै वायु सेवा निगमबाट हट्नुपर्‍यो । भ्रष्टाचारको मुद्दा लाग्यो । यद्यपि सर्वोच्च अदालतले सफाइ दिएको छ ।
कंसाकर अहिले त्यसलाई कोट्याउन चाहन्नन् । उनले भने-‘त्यो बैग्लै इश्यू हो । व्यवस्थापनमा भएको कमजोरीका कारण त्यस्तो हुन गएको हो ।’

हप्तामा ५० अन्तर्राष्ट्रिय उडान गर्दै निगम

३० पुस, काठमाडौं । जहाज अभावमा हुँदाखाँदाका अन्तराष्ट्रिय उडान कटौती गरेर खुम्चिइरहेको नेपाल बायु सेवा निमगले हप्तामा ५० उडान गर्दै छ भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।
तर, दुई नयाँ एयरबस ल्याएपछि पुरानो शाखलाई फर्काउने खाका बनाइरहेको नेपाल बायुसेवा निगमका लागि यो सपना त्यति धेरै टाढा छैन् ।
निगमले खरिद गर्न लागेका दुईवटा एयरबस ‘ए-३२०’ जहाजमध्ये पहिलो जहाज माघ २४ गते नेपाल आउँदैछ । अर्को जहाज पनि चैतको अन्त्यसम्म नेपाल आइपुग्ने बताइएको छ ।
यही बर्षभित्र निगमले अहिले उडान भरिरहेका चारवटा गन्तव्यलाई बढाएर ९ पुर्‍याउँदै छ भने उडान संख्या ५० पुग्ने छ । अहिले निगमले दुईवटा बोइङबाट हङकङ, दोहा, बैंकक र मलेसियामा उडान भरिरहेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज पुगेपछि मुम्बई, बैङलोर, दिल्ली, दुबई, चीनको गोन्झाओमा उडान सुरु गर्ने निगमका प्रवक्ता रामहरि शर्माले बताए । यी गन्तव्यहरुमा निगमको उडानसँगै बिदेशी बायुसेवा कम्पनीहरुको दबदबा केही कम हुने छ ।
अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि प्रयाप्त जहाज नहुँदा विदेशी विमान कम्पनीहरुले यात्रुहरुसँग चर्को भाडा असुल्दै आएका छन् ।
प्रवक्ता शर्माका अनुसार पहिलो जहाजबाट फागुन ८ गते भारतको नयाँ दिल्लीमा उद्घाटन उडान हुने छ । दिल्ली उडानका लागि निगमले तालिकासमेत तयार पारिसकेको छ ।
विस्तारै भारतको मुम्बई र बैंगलोरमा पनि उडान विस्तार हुने निगमका उप-निर्देशक पुष्पलाल पोतेले जानकारी दिए । निगमले अहिले ल्याउन लागेको न्यारो बडी जहाज लगातार ६ घण्टा मात्र उड्न सक्छन । जसले गर्दा युरोप, जापान लगायत टाढाका गन्तव्यमा यी जहाजबाट तत्काल उडान सम्भव छैन् ।
निगमले चारवटा जहाज पुगेपछि हप्तामा दिल्ली १४, मुम्बई ३, बैङलोर ३, हङकङ ३, बैंकक ३, ग्वाङ्झाउ ३, दुबई ७, दोहा ७ मलेशिया ७ वटा उडान गर्ने तयारीमा रहेको छ ।
सुरुमा निगमले दुबईमा हप्ताको ४ वटा उडान भर्ने बताउँदै प्रवक्ता शर्माले विस्तारै ७ वटा उडान पुर्‍याउने लक्ष्य रहेको बताए । त्यस्तै, अहिले हप्तामा ४ वटा उडान भइरहेको दोहामा पनि ७ वटा उडान पुर्‍याउने तयारी छ ।

Monday, February 9, 2015

उच्च रक्तचापको समस्याबाट पीडित हुनुहुन्छ? यो सरल उपायहरु अपनाउनुहोस् !

(एजेन्सी) पछिल्लो समय उच्च रक्तचापको समस्या मानिसहरुमा बढ्दो छ । यदी तपाईं पनि यस समस्याबाट पीडित हुनुहुन्छ भने निम्न उपायहरु अपनाउन सक्नुहुन्छः


हप्तामा एक घण्टा कुद्ने हो भने पनि त्यसले मानिसको आयुलाई ६ वर्ष बढाउने विभिन्न अध्ययनहरुले दाबी गरेको छ । शोधकर्ताहरुका अनुसार कुद्नुको विभिन्न स्वास्थ्यसम्बन्धी फाइदाहरु रहेका छन् । जसमध्ये शरीरले अक्सिजन लिने मात्रा बढाउने र रक्तचाप घटाउने पनि रहेको छ । हप्तामा एक पटक एक घण्टा कुद्दा पनि यसले तपाईंको मुटुलाई दह्रो बनाउन मद्दत गर्छ जसले कम मिहिनेतमा नै यसले रक्तसञ्चार गर्न सक्छ । यसरी आर्टरीमा कम चाप पर्छ र रक्तचाप कम हुन्छ ।
२) दही खानेः
दैनिकरुपमा एउटा सानो कचौरामा दही खायो भने पनि त्यसले रक्तचापको संभावनालाई एक तिहाई कम गर्छ । वैज्ञानिकहरुका अनुसार दहीमा पाउने क्याल्सियमले रक्तनलीहरुलाई केही मात्रामा फैलिन मद्दत गर्छ जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
३) केरा खानेः
केराजस्तै पोटासियमको मात्रा धेरै पाइने खानेकुरा खाँदा रक्तचापका रोगीहरुलाई निकै फाइदा गर्छ । पोटासियमले शरीरको तरल पदार्थको मात्रालाई नियन्त्रण गरी रक्तचापलाई नियन्त्रण गर्छ । कम्तीमा पाँच वटा केरा खाने गर्नुहोस् ।
४) नुन कम खानेः
नुनले रक्तचाप बढाउने गर्छ । यसमा घरमा तरकारीमा हाल्ने नुनभन्दा पनि प्रशोधन गरिएको नुन जस्तै तयारी खानेकुरामा बढी ध्यान दिनुपर्छ । किन भने तयारी खानेकुराबाट हामीले खाने ८० प्रतिशत नुन आउँछ ।
५) तौल घटाउनुहोस्ः
विभिन्न अध्ययनले केही किलोग्राम तौल बढ्दा पनि रक्तचापमा ठूलो असर पुग्छ । धेरै तौलको अर्थ मुटुले बढी काम गर्नुपर्छ जसले रक्तचाप बढाउँछ ।
६) काम कम गर्नेः
नियमितरुपमा हप्तामा ४० घण्टा वा सोभन्दा बढी काम गर्ने हो भने त्यसले हाइपरटेन्सन बढाउँछ । जुन उच्च रक्तचापको प्रमुख कारण हो ।
७) चुरोट नखानेः
चुरोटमा भएको निकोटिनले हाम्रो शरीरमा भएको एड्रेनलिनको मात्रा बढाउँछ । यसले मुटुको रफ्तार बढ्छ र रक्तचाप पनि बढ्छ ।
८) घुर्नुहुन्छ भने उपचार गर्नुहोस्ः
ठूलो आवाजले घुर्नु भनेको अबस्ट्रक्टिभ स्लिप एपनियाको संकेत हो । उच्च रक्तचाप हुनेमा यस्तो समस्या देखिन्छ ।
९) कफी कम खाने
कफीमा रहेको क्याफिनको मात्रा ५०० मिलिग्राम भयो भने त्यसले रक्तचापलाई ३ अंकले बढाउँछ । सकेसम्म कम कफी खाने ।
१०) सलगम खानेः

दैनिक रुपमा २५० मिलिलिटर सलगमको जुस खाने हो भने यसले रक्तचापलाई ७ प्रतिशतले कम गर्छ । यसमा पाइने नाइट्रेटले प्राकृतिक रुपमा रक्तचापको नियन्त्रण गर्छ ।

के उपहार दिने प्रेमिकालाई भ्यालेन्टाइन डेमा ? यो पढ्नुहोस् !

प्रणय दिवस यानी भ्यालेनटाइन्स डे अब केही दिनमात्र बाँकी छ । गुलाफ दिवससँगै आजबाट प्रेमको मौसमको औपचारिक शुरुवात भएको छ । यो समयमा प्रेममा हुनुहुने तपाईंले आफ्नो प्रेमिकाको लागि केही उपहार दिने पनि अवश्य सोँचिरहनु भएको होला । साथै, के उपहार दिने भनेर पनि अलमलमा परिरहनुभएको होला । हुन पनि प्रेमिकाको रुची र आफ्नो गोजी दुवैलाई सुहाउने हुनपर्यो उपहार पनि । तपाईंहरुलाई सजिलो होस् भनेर उपहारका लागि केही सुझावहरु प्रस्तुत गरिएको छः

फूलः


यो सबैभन्दा सरल र सुरक्षित उपहार हो । केटीहरुलाई फूल जहिले पनि मनपर्छ । यसमा तपाईं कहिले फेल खान सक्नुहुन्न । मात्र फूल ताजा होस् भन्नेमा त्या दिनुहोस् । गुलाफ मात्र होइन लिली र अर्किडको फूल पनि भ्यालेन्टाइन्स डेमा उपहार बन्न सक्छ । यसलाई अलि रोचक बनाउन फूलभित्र रोमान्टिक सन्देश लुकाएर दिनुहोस् ।

चक्लेटः

हुनतः आजभोली केटीहरु तौल बढ्ने भन्दै चकलेटबाट वर्षभरी टाढै बस्न खोजिरहेका हुन्छन् । तर, भ्यालेन्टाइन्स डेजस्तो अवसरमा चक्लेट दिँदा वर्षभर थामेको मनलाई खुसी बनाउन सक्नुहुन्छ । रमाइलो कुरा भनेको त्यसको केही भाग तपाईंले पाउनुहुनेछ ।

सुगन्धित क्यान्डलः

धेरैलाई यो सुझाव मन नपर्नसक्छ । तर, सुगन्धित क्यान्डलहरुको केटीहरुमा छुट्टै असर हुन्छ, त्यसको सुगन्धले उनीहरुको मुड नै बदलिदिन्छ । अझ डेटमा जाँदा सगुन्धित क्याडल बाल्नुभयो भने त्यसले त्यहाँको वातावरण नै रोमान्टिक बनाइदिन्छ ।

स्पाको भौचर:


केटीहरुलाई राम्री देखिन मनपर्छ । त्यही भएर स्पा वा पार्लरकौ भौचर दिनुभयो भने उनी पक्कै खुसी हुन्छन् । उनीहरुलाई पनि कहिलेकाहीँ स्पा गएर आनन्दित हुन मनपर्छ । अझ दुवैको लागि स्पाको भौचर किन्न सक्नुभयो भने त झन् मज्जा ।

छोटो यात्राः

काममा व्यस्त हुने जोडीका लागि भ्यालेन्टाइन्स डे आफ्नो प्रेमिकासँग केही समय बिताउने उपयुक्त समय हुनसक्छ । कामको व्यस्तताले लामो समयसम्म प्रेमिकासँग समय बिताउन नपाएकाहरुले शहरबाट नजिकै यात्रा गर्न सक्छन् ।

भित्री वस्त्र:

फ्यान्सी लिन्जरे (भित्री वस्त्र) किनेर आफ्नो प्रमिकालाई सेक्सी अनुभव पनि गराउन सक्नुहुन्छ । तर, यो अलि महंगो हुनसक्छ ।

कस्मेटिक:


केटीहरुलाई आफूसँग जति भए पनि नपुग्ने भनेको कस्मेटिक नै हो । कुनै राम्रो ब्राण्डको कस्मेटिक पनि भ्यालेन्टाइन्स डेमा राम्रो उपहार हुन सक्छ ।

खेलौना:

टेड्डी बियर, बार्बी आदि खेलौनासँग केटीहरु जति उमेर भए पनि खेल्न रुचाउँछन् । खेलौना दिनुहोस्, तपार्ईंलाई उसले जीवनभर माया गर्नेछ ।

पफ्र्युम:

यो चाहीँ अलि अप्ठ्यारो छ कि भने आफ्नो प्रमिकालाई कुन सुगन्ध मनपर्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । त्यही भएर उनले पहिले प्रयोग गर्ने पफ्र्युम पत्ता लगाउनुहोस् ।

जुत्ता:


केटीहरु कहिले पनि जुत्ताबाट वाक्क बन्न सक्दैनन् । उनको रुचीको बारेमा थाहा पाउनुहोस् र जुत्ता उपहार दिनुहोस् ।

लुगाः

सबै केटीहरुलाई स्टाइलिस देखिन मनपर्छ । त्यही भएर लुगा पनि भ्यालेन्टाइन्स डेमा फेल नखाने अर्को उपहार हो । अथवा तपाईं छान्न अप्ठ्यारो भयो भने उनलाई मनपर्ने पसलबाट सपिङ भौचर दिनुभयो भने हुन्छ ।

ब्यागः

लुगा र जुत्ताजस्तै महिलाहरुको अर्को प्रिय वस्तु भनेको ब्याग पनि हो । उनीसँग नभएको रंगको व्याग किन्नुभयो भने त्यो पनि भ्यालेन्टाइन्स डेको राम्रो उपहार हुनसक्छ ।

ज्वेलरी:

पैसा हुनेहरुले महंगो ज्वेलरी दिए पनि हुन्छ । नत्र बजारमा ठिक्क मूल्य पर्ने ज्वेलरी दिए भने प्रेमिका खुसी हुनेछिन् ।

ग्याजेट:

कोही प्रेमिकाहरु ग्याजेटको सौखिन हुन्छन् । उनीहरुलाई फूल वा चक्लेटभन्दा आइपड वा स्मार्टफोन गिफ्ट दिनसक्नुहुन्छ ।

विवाहित महिलासँग रोमान्स गराउने वेश्यालयको भण्डाफोर

एजेन्सी । अर्काकी श्रीमतीसँग रोमान्स गर्न चाहनेहरुका लागि खोलिएको एक वेश्यालयको भण्डाफोर भएपछि हलचल मच्चिएको छ ।सो वेश्यालयमा विवाहित महिलाहरुले नै आफ्नो श्रीमानलाई विभिन्न बहानामा छलेर परपुरुषको ओछयान तताउने गरेका थिए । घटना रुसको हो ।


प्रहरीका अनुसार यसरी वेश्यावृत्तिमा लाग्ने अधिकांश महिलाका पतिलाई यसबारे थाहा छैन । उनीहरुले एक घण्टाको २३ हजारसम्म असुल्ने गरेको डेली मेलले जनाएको छ । यहाँकाम गर्ने अधिकांशलाई महिलाहरुले नै एकै चोटी धेरै पैसा कमाउने लोभमा फसाएका थिए । साथीहरुको एक्कासी बदलिएको जीवनशैली र तडकभडकबाट लोभिएर महिलाहरु वेश्यालयसम्म पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।


यस वेश्यालयको रेट अन्यको तुलनामा ६ गुना बढी रहेको प्रहरीले जनाएको छ । वेश्यालकी मालिकनी ‘मम्मा’ (अरुले बोलाउने गरेको नाम) फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । ७ कोठाको ङ्खल्याट भाडामा लिएर चलाइएको यस वेश्यालयमा काम गर्न चाहनेहरुका लागि वैवाहिक प्रमाणपत्रसमेत माग्ने गरिएको थियो । विवाहको प्रमाणपत्र देखाएपछिमात्रै उनीहरुलाई वेश्यावृत्तिमा लगाउने गरिएको थियो ।

प्रपोज धेरैले गर्छन् तर विवाहीत भनेर टार्छु : रक्षा श्रेष्ठ

नेपाली दर्शकको मन जितिरहेको बेला नेपाली टेलिभिजनमा आफ्नो छुट्टै स्थान बनाएको छ नेपाली हाँस्य टेलिसिरियल ‘भद्रगोल’ ले । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ प्रसारण हुने ‘भद्रगोल’ को डाइलगहरु मानिसको मुखमा झुन्डिन थालेको छ । सिरियलकै चर्चित पात्र मध्ये एक हुन् रक्षा श्रेष्ठ । ग्रामिण भेगको युवतीको भूमिका निर्वाह गरेकी रक्षा श्रेष्ठ काठमाडौं चावहिलकी बासिन्दा हुन् । सुजन पन्तले रक्षा श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश:

आज भोली के गर्दै हुनुहुन्छ ?
भद्रगोलको सुटिङमा व्यस्त हुन्छु । त्यसपछि केही विज्ञापनहरु गर्नमा व्यस्त छु ।
भद्रगोल एकाएक चर्चामा आयो नि, यसमा तपाईलाई कस्तो लाग्छ ?
एकदम खुसी लागेको छ । मलाई धेरै मान्छेहरुले चिन्न थालेका छन् भद्रगोलको रक्षा भनेर । अहिले जसको पनि मुखमा भद्रगोलको डाइलग सुन्छु, खुसी लाग्छ । बाटामा हिँड्दा पनि रक्षा भनेर बोलाउँदा धेरै खुसी लाग्छ ।
आजभोली बढी समय केलाई दिनुहुन्छ ?
बढि समय केलाई दिने भन्ने नै हुँदैन् । हप्ताको एकदिन भद्रगोलको सुटिङ हुन्छ । त्यो दिन भद्रगोलको सुटिङमा व्यस्त हुन्छु । एउटै कामलाई मात्र समय दिइराखेको छैन् । जतिखेर काम आउँछ त्यतिखेर समय दिइराखेको छु ।
rakshya-1
केटाहरुले प्रपोज राख्छन् कि राख्दैनन् नी ?
प्रपोज त राख्छन्, आउँछ ।
अनि प्रपोजलाई स्वीकार्नु हुन्छ कि नाईं ?
नाईं म विवाहित हुँ भनेर भन्दिन्छु ।
तपाईंको जीवनको सबैभन्दा खुसीको क्षण ?
म खुसी त सधैं छु । तर पनि म अझ मिडिया क्षेत्रप्रति लागि सकेपछि अवश्य नै खुसी छु । विज्ञापन गर्दा पनि खुसी नै छु । तर, भद्रगोल खेल्न थालेपछि, चिन्नथालेपछि ऊ रक्षा आइ भन्छन् । भद्रगोल खेलेपछि नै म सबैभन्दा बढी खुसी छु । त्यही भएर मेरो पहिलो प्रथामिकता भनेको भद्रगोल नै हो ।
धेरैले तपाईंलाई राम्री भन्छन् । आफूलाई चाहीँ कस्तो लाग्छ ?
मेरो नजरमा म पनि राम्री छु जस्तो लाग्छ । (हाँसो….) अलिकति हाइट चाँहि पुगेनजस्तो फिल हुन्छ । ५.५ इन्च हाइट छ मेरो । अलिकति १/२ इनचजति हाइट बढे राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
मासिक रुपमा कति कमाई हुन्छ ?
मैले शुरुमा भद्रगोल पैसा बिना काम गरेकी हुँ । अहिले भने केही पारिश्रमिक पाउँछु । अहिले मेरो विज्ञापनमा त राम्रै छ । एउटा विज्ञापन गरेबापत कम्तीमा ५ हजारदेखि २० हजारसम्म विज्ञापन गरेकी छु ।
सबैभन्दा बढि कुन कम्पनीको विज्ञापनबाट बढि रकम पाउनुभयो ?
इलाममा टोकला चियापतिको कार्यक्रम हुँदा ।
अहिलेसम्म कतिवटा विज्ञापन गर्नुभयो ?
२१ वटा ।
पुख्र्यौली घर चाँही कता हो ?
सिन्धुपाल्चोक, बाह्रबिसे ।
घर परिवारमा कति जना छन् ?
चार जना ।
को–को हुनुहुन्छ ?
बाबा, ममी, दाई र म ।
कतिमा पढ्दै हुनुहुन्छ ?
१२ पास गरेर बसेको छु ।
कता पढ्नुभएको हो नि १२ ?
गाउँकै कलेजमा पढेको हो ।
अब ब्याचलरको लागि कुन कलेजमा भर्ना गर्ने सोचमा हुनुहुन्छ ?
यसमा अहिले कुनै पनि सोच गरेकी छैन् । हेरुम के हुन्छ ।
बिहान कति बजे उठ्नुहुन्छु ?
भद्रगोलले गर्दा ५ बजे नै बिउँझिन्छु, तर जाडो भएकाले ओछ्यानबाट चाँही ५ नै बजे उठ्दिन ।
कतिको खर्चालु हुनुहुन्छ ?
कुरै नगरुम खर्चालुको त । हातमा पैसा हुनासाथ सपिङ ।
सपिङ गर्न चाँही कता जानुहुन्छ ?
खास यहीँ भन्ने छैन । प्रायः जसो बौद्धमा अलि बढि जान्छु ।
सबैभन्दा मंहगो कतिसम्मको सपिङ गर्नुभएको छ ?
एघार हजारको साडी किनेकी छु ।

एक युवतीले आफुलाई बलात्कार गर्नका लागि सार्वजनिक निम्तो (भिडियोसहित)

एकातर्फ महिलाहरुलाई आफ्नो अस्मिता जोगाउन हम्मे हम्मे परिरहेको छ । तर एकजना युवतीले भने आफुलाई बलात्कार गर्नका लागि पुरुषहरुलाई आमन्त्रण गरिरहेकी छिन् । कुनै यौनकर्मी महिलाले ग्राहकलाई निम्तो दिएको पो हो की भन्ने ठान्नुहोला । तर होइन ।
आफुलाई बलात्कार गर्न पुरुषहरुलाई खुल्ला निम्तो गर्ने ती युवती कुनै पेशेवर यौनकर्मी होइनन् । सामाजिक कार्यका लागि भन्दै उनले आफुलाई बलात्कृत गराउन चाहन्छिन् ।


एक युवतीले आफुलाई बलात्कार गर्नका लागि सार्वजनिक रुपमा अपिल गरेको यो भिडियो अहिले इन्टरनेटमा भाइरल बनिरहेको छ । वास्तवमा यसरी आफुलाई सार्वजनिक रुपमै बलात्कार गर्न आग्रह गर्ने युवती भारतीय कलाकार माधुरी देसाइ हुन् । उनको यो भिडियो एक्टिभ इलुसन ग्रुपले तयार पारेर यु ट्युबमा अपलोड गरेको छ ।
दुइ मिनेट लामो यो भिडियोमा माधुरीले खासगरी भारतीय महिलाहरुप्रति हुने यौनहिंसाका विषयमा चेतना जगाउने प्रयास गरेकी छिन् । यो भिडियोमा माधुरीले भारतमा हुने गरेका बलात्कार सम्बन्धि विभिन्न तथ्यहरुलाई पस्किँदै आफुलाई बलात्कार गर्न आह्वान गर्छिन् । यो भिडियोमा बालकदेखि वृद्धावस्थासम्मका पुरुषहरुले विभिन्न सार्वजनिक स्थानमा महिलाहरुमाथि कसरी गिद्धेदृष्टि लगाउँछन् भन्ने कुरालाई सान्दर्भिक तस्वीर सहित प्रस्तुत गरिएको छ ।
भिडियोको सुरुमा उनले दर्शकतर्फ हेरेर अनौठो पाराले आफुलाई बलात्कार गर्न आग्रह गर्छिन् । यो भिडियो मार्फत उनले चाहे बाबु होस् वा श्रीमान वा छिमेकी सबैले महिलालाई सिकार बनाउने गरेको बताएकी छिन् । कहाँ कहाँ र कसरी महिलामाथि यौन हिंसा हुने गर्छ भन्ने कुरा समेत उनले खुलासा गरेकी छिन् ।