Wednesday, November 19, 2014

कपिल शर्माले ट्वीटरमार्फत नेपालीसँग माफी मागे

भारतसहित नेपालमा समेत लोकप्रिय टीभी शो कमेडी नाइट्स विथ कपिलका होस्ट कपिल शर्माले नेपालीसँग माफी मागेका छन् ।

आफ्नो एउटा शोमा सगरमाथा भारतमा छ भनेर भन्नु गल्ती रहेको स्वीकार्दै उनले नेपालीहरूसँग माफी मागेका हुन् । उनले एक वर्षअघि एक शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।

तर, आसन्न नेपाल भ्रमणका बेला उक्त कार्यक्रमलार्इ लिएर आलोचना भएपछि कपिलले ट्वीटरमार्फत माफी मागेका हुन् ।


बुधबार साँझ ट्वीट गर्दै कपिलले भनेका छन्-‘मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेँ। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन। मैले चोट पुर्‍याएको भए माफी चाहन्छु ।

भारतीय टीभी च्यानल कलर्सबाट प्रसारण हुने कमेडी शो कमेडी नाइट्स विद् कपिलका सञ्चालक कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा छायांकन भएको शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।

तर, पछिल्ला दिनहमा सामाजिक सञ्जालमा कपिलको झुटको आलोचना भएको थियो । कपिल मंसिर २७ मा हुने स्टेज शोका लागि नेपाल आउने तयारीमा छन् ।

उनको माफी पनि यसलार्इ हेरेर भएको देखिन्छ भने लगतै उनले नेपाल र नेपालीको प्रशंसा गर्दै ट्वीट समेत गरेका छन् ।

आइटमलाई हेर्ने नजर नै गलत 'अर्चना'

चलचित्र ‘दमदार’को ‘जीक ज्याक जवानी’मा बोलको गीतमा नृत्य गरेपछि कलाकार अर्चना डेलालाको चर्चा खुबै भयो । उनले चलचित्र ‘ढुवानी’को ‘छलक छलक’ बोलको गीतमा पनि आइटम गरिन् । दुबै गीत सफल भए, तर अर्चनाले चाहेको यो थिएन ।


नेपाली चलचित्र नगरीमा नायिका बन्न आएकी अर्चना आइटममा जम्न थालिन् । तर, अब उनी आइटम गीत नै नगर्ने बताउँछिन् । उनले भनिन्- नेपालमा आइटम गीतलाई हेर्ने दुष्टिकोण नै गलत रहेछ ।

चलचित्रमा नायिका नै बन्ने तयारीका साथ लागेकी अर्चना आफू अभिनित चलचित्र ‘आवेग’को शो अष्ट्रेलियामा गर्ने तरखरमा छिन् । यसैले आज अष्ट्रेलिया जान लागेकी उनी ६ महिनापछि मात्र नेेपाल र्फकने बताउँछिन् । उनले भनिन्-‘म मात्र नायिका भएर भएन ।

दर्शकले पनि मलाई नायिका भनेर चिन्नुपर्‍यो । यसैले आवेग को प्रतिक्रिया हेरेर मात्र काम गर्छु । आवेग’मा दर्शकले नरुचाएको खण्डमा चलचित्रमा काम नगर्ने तर्क उनको छ । दर्शकले नरुचाएको खण्डमा चलचित्रमा समय बर्बाद नगर्ने अर्चनाले बताइन् । यदि दर्शकले आफूलाई माया गरे नेपाल फर्किएर चलचित्र गर्ने योजनामा उनी छिन् ।

नेपोलियनको टोपी ३० करोडमा बिक्यो! उक्त टोपी एक दक्षिण कोरियाली पुरुषले किनेको छ ।

फ्रान्सका शासक नेपोलियन बोनापार्टको टोपी झण्डै ३० करोड रुपैयाँमा बिक्रि भएको छ । एक दक्षिण कोरियाली पुरुषले उक्त टोपीलाई १९ लाख युरोमा खरीद गरेका हुन् ।


सन् १८०० मा म्यारिंगोको युद्धका क्रममा नेपोलियनले उक्त घुमाउने टोपी (ह्याट) लगाएका थिए । पछि उनले उक्त टोपी आफ्ना पशु चिकित्सकलाई दिएका थिए ।

नेपोलियनले लगाएका १९ वटा टोपीमध्ये यो एउटा टोपी हो । मोनाकोका शाही परिवारले नेपोलियनको टोपी लगायतका अन्य सामानको लिलामी गरेका हुन् ।

मोनाकोका तत्कालिन राजा प्रिन्स लुइ द्धितियले गरेका थिए । लुइ द्धितीय मोनाकोका वर्तमान राजा पि्रन्स अल्बर्टका जिजुबा हुन् ।

मोनाकोको राजपरिवारले यो लिलामीबाट प्राप्त रकमबाट राजदरबारको मर्मत गर्ने बताइएको छ । लिलामी आयोजना पूर्व नेपोलियनको उक्त टोपी ३-४ लाख युरोसम्ममा बिक्ने अनुमान गरिएको भएपनि दक्षिण कोरियाका टी के ली नामका व्यक्तिे उक्त टोपीलाई १९ लाख युरोमा खरीद गरे ।

नेपोलियन बोनापार्टले सन् १८०४ मा आफुलाई फ्रान्सको सम्राट घोषित गरेका थिए । सन् १८१५ को वाटरलू युद्धमा हार्नुअघि उनले युरोपका धेरै देशमा विजय प्राप्त गरिसकेका थिए । 

झिल्के गाडी नम्बर प्लेटको मूल्य ५ अर्ब

पत्याउनुहुन्छ ? कारको मूल्यभन्दा कारमा हुने नम्बर प्लेटको मूल्य झण्डै सय गुणा बढि । साँच्चीकै नपत्याउने कुरा भयो । हामीकहाँ त कार किनेपछि सरकारी निकायमा दर्ता गर्दा सवारी दर्ता शुल्क त लिइन्छ तर कारको नम्बर भने सित्तैमा पाइन्छ ।


नम्बर प्लेट बनाउन पसलमा दिँदा सानोतिनो रकम लाग्ला तर, कारको मूल्यको तुलनामा त्यो नम्बर प्लेटको मूल्य हात्तिको अगाडि कमिला जस्तै हो । तर, यो दुनियाँमा कारको मूल्यभन्दा त्यसको नम्बर प्लेटको मूल्य झण्डै सय गुणा बढि पर्छ । यो पत्याउनै नसकिने यथार्थ हो, कतारको ।

कतारमा निजि कारको नम्बर प्लेट करोडौँ रुपैयाँमा बिक्दैछन् । त्यहाँको ट्राफिक महानिर्देशनालयले १९ वटा निजि गाडि नम्बरलाई लिलाम बढाबढमा राखेपछि ती नम्बर लिन चाहनेको ओइरो लागेको मात्र छैन, लिलामीमा पैसाको खोलो नै बगाइएको छ ।

सरकारकै भाषामा ‘झिल्के गाडी नम्बर’ नाम दिइएका ती गाडी नम्बरलाई आफ्नो बनाउनका लागि करोडौँको बोली लगाइएको छ । ३३३३५५ नम्बरको नम्बरप्लेटलाई त एकजना क्रेताले २० करोड कतारी रियाल अर्थात् झण्डै साढे ५ अर्ब रुपैयाँको बोली लगाएका छन् ।

गएको नोभेम्बर ९ मा टि्वटरमार्फत खुल्ला गरिएको अनलाइन लिलामीमा १९ वटा नम्बर प्लेटलाई लिलामीमा राखिएको छ, जसमध्ये सबै गाडी नम्बरको अंक ३ बाट सुरु हुन्छ । झट्ट हेर्दैमा सम्झिन सकिने तथा विशेष जस्तो लाग्ने गाडीको नम्बर प्लेट तथा फोन नम्बर लिनका लागि खाडी क्षेत्रका देशका नागरिकहरु मरिहत्ते गर्छन् र त्यस्ता विशेष नम्बरलाई आफ्नो बनाउन जुनसुकै मूल्य चुुकाउन तयार हुन्छन् ।

गएको वर्ष युएइमा फोन नम्बरका लागि भएको यस्तै सार्वजनिक लिलामीले पनि निकै चर्चा भएको थियो । ७७७७७७७ नम्बरको उक्त फोन लिलाम बढाबढबाट एक जना मानिसले ७९ लाख दिराम अर्थात् झण्डै २२ करोड रुपैयाँमा किनेका थिए । त्यस्तै कतारको ओरेन्डु टेलिकमको ६६६६६६६ फोन नम्बर सन् २००६ मा ३६ लाख ५० हजार डलर अर्थात् ३६ करोड ३९ लाख रुपैयाँमा बिक्रि भई दुनियाकै सबैभन्दा महंगो टेलिफोन नम्बरको रुपमा विश्व किर्तिमान कायम गरेको थियो ।

समाचार अनुसार कतिपय मानिसले त यस्ता विशेष नम्बरहरु आफ्नो बनाउनका लागि ऋण खोजेरै भएपनि खर्च गर्छन् । तर, कतारमा भएको नम्बर प्लेटको पछिल्लो लिलामीमा सहभागी हुनेले भने यस्तो ऋण काढेर खर्च गर्नु सम्भव देखिँदैन । किनकी यसरी लिलाम जित्नेले दुई दिन भित्रैमा आफुले बोली लगाए बमोजिमको रकम तिरेर नम्बर प्लेट लिइसक्नुपर्नेछ । अन्यथा उसले मोटो रकम जरिवाना तिर्नुपर्ने छ । 

भौतिक सुख गुमाए पनि आत्मविश्वास गुमाएकी छैन 'अभिनेत्री केकी अधिकारी'

३ मंसिर, काठमाडौं । अभिनेत्री केकी अधिकारीले बैंकले कालोसूचीमा राखेर लिलामीको सूचना निकाले पनि आफू र आफ्नो परिवारले आत्मविश्वास नगुमाएको बताएकी छन् ।


विभिन्न सञ्चारमाध्यममा सिभिल बैंकले उनको आरुबारी बेसीगाउँस्थित घरजग्गा लिलामीको सूचना जारी गरेको समाचार आएपछि अभिनेत्री केकीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै विचलित नभएको प्रष्ट पारेकी हुन् ।

केकीका बुबा बद्री अधिकारीले लिएको ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको थियो । केकीले फेसबुक पेजमा बुधवार यसबारेमा प्रष्ट पार्न खोजेकी छन् ।

जीवनमा आईपर्ने साना ठूला कठिनाइहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन । मेरो स्थानमा अरु जो कोही नै भए पनि, यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरो भन्दा भिन्न हुन्छजस्तो लाग्दैन । र जस्तोसुकै अवस्थामा पनि मेरो बुबा र आमा नै मेरो प्रेरणा का स्रोतहरु हुन् र रहनेछन्’ केकीले भनेकी छन् ।

सुख र दुःख घाम र छाँया जस्तै हो भन्दै उनी लेख्छिन्- केही भौतिक सुखहरु गुमाएँ हुँला, तर शून्यबाट शुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास गुमाएको छुइँन ।

केकीले विभिन्न माध्यमबाट आफूलाई हौसला दिने आफन्त र शुभचिन्तकलाई आभार प्रकट गरेकी छन् ।

Tuesday, November 18, 2014

कागतीका अदभूत गुणहरू थाहा पाइ राख्नुहोस् !

कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।


विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।

१. मसीको दाग हटाउनका लागिः
कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।

२. नङलाई चम्काउँदछः
नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।

३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः
सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।

४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।

५. चपिङ बोर्डको सफाईः
हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।

६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः
के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।

७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।

८. चाँयाः
कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।

९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।

१०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।

११. कम खर्चमा घरलाई सजाउनुहोस्ः
गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।

१२. माइक्रोवेभको सफाईः
माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।

१३. दाग धब्बा हटाउनुहोस्ः
खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ ।

Monday, November 17, 2014

भारतको शेरवुड कलेजमा नेपाली विद्यार्थीको मृत्यु पछि तात्यो भारतीय मिडिया (भिडियोसहित)

नयाँ दिल्ली, मंसिर १ – भारतको नैनिताल स्थित शेरवुड कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु भएपछि अहिले भारतीय मिडियादेखि समाजिक सञ्जालमा त्यसले ठूलो चर्चा पाएको छ । १४ वर्षीय शान प्रजापतिको आमा निना श्रेष्ठले कजेजको लापरवाहीका कारणले आफ्नो छोराको मृत्यु भएको भन्दै कलेजविरुद्ध प्रहरीमा उजुरी हालेकी छिन् ।


शानलाई गत शुक्रबार नोयडाको एपोलो अस्पतालमा ल्याइएको थियो जहाँ उनलाई मृत घोषित गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ । अस्पताल स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले शानको मृत्युको कारण सेप्टिकेमा (रगतमा ब्याक्टेरिया छिरेपछि एक प्रकारको अवस्था जसलाई समयमा उपचार नगरिए घातक हुन सक्छ) भएको जनाएको छ ।

गौतमबुद्ध नगरका एसएसपी प्रितिन्दर सिंहका अनुसार स्कूलविरुद्ध लापरवाहीको उजुरी दर्ता गरिएको छ । शानको पोस्टमार्टम नोयडामा गरेर उजुरीलाई सम्बन्धित क्षेत्रको प्रहरीमा पठाइने उनले बताए ।
शान शेरवुडमा कक्षा ९ का विद्यार्थी थिए । उनका आमा निना श्रेष्ठ विश्व बैंकका कर्मचारी हुन् र काठमाडौंमा बस्छिन् । उनी सोमबार भारत पुगेकी थिइन् ।

निनाका अनुसार स्कुलले शानलाई नोभेम्बर १३ मा अस्पताल पाठएको बताए पनि नोयडा अस्पतालमा पुग्दा पनि शान स्कूलकै पोसाकमा थिए । ‘यदी अस्पतालमा भर्ना भएको भए उ अस्पतालले दिएको कपडामा हुनुपर्ने,’ उनले भनिन् ।
निनाका अनुसार गत नोभेम्बर १३ तारिख बिहान १० बजेतिर उनलाई शान बिरामी परेको जानकारी दिइएको थियो ।



‘मैले हेडमास्टरलाई फोन गरे तर कुनै जवाफ पाइँन,’ उनले भनिन् । जवाफ नपाएपछि उनले इमेल लेखेकी थिइन् । त्यसपछि ३ बजेतिर रवि कुमारले उनलाई फोन गरेर शान सिकिस्त बिरामी परेकाले हल्दवानीमा बम्बे अस्पतालमा भर्ना गरिउको जानकारी दिइएको र उनलाई बिहान त्यहाँ लगिएको जानकारी गराएको बताएकी छिन् ।

उनले आफ्नो उजुरीमा स्कुलका प्रिन्सिपल अमनदीप सान्धुले उनलाई फोन गरेर शानलाई उपचारको दिल्ली लान लागेको जानकारी गराएका थिए । सम्पूर्ण मेडिकल सेवा भएको एम्बुलेन्समा लाने भन्ने भएपछि मात्र उनले शानलाई दिल्ली लैजान दिन सहमत भएको प्रहरीलाई बताएकी छिन् । तर, एम्बुलेन्समा त्यस्तो केही पनि नभएको उनले आरोप लगाएकी छिन् ।

स्कुलको नर्सले हाउस मास्टरलाई नोभेम्बर ११ का दिन शान बिरामी भएको र दुई रातदेखि सुत्न नसकेको जानकारी गराएको उजुरीमा उल्लेख छ । तर हाउस मास्टरले एक दिन पर्ख भनेको बताइएको छ ।
यता सान्धुले भने सबै आरोपको खण्डन गर्दै शान पहिले पनि बिरामी परेको र उनलाई दमको रोग भएको बताएका छन् । ‘नोभेम्बर ११ मा उनी बिरामी परेपछि उनलाई स्कूलमै उपचार गरिउको थियो । त्यसपछि उनलाई हल्दवानीमा निजी अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ पनि केही प्रगति नभएपछि नोयडा लगिएको हो,’ उनले भने ।

क-कसले बुझाए नेपाल सरकारलाई धेरै कर ?

१ मंसिर काठमाडौं । आन्तरिक राजस्व विभागले राज्यलाई धेरै कर तिर्ने संस्था र व्यक्तिको नाम सार्वजानिक गरेको छ ।

अायकर बढी तिर्ने डाक्टरहरूकाे सूचीमा डा. भाेला रिजाल  परेका छन् ।
कर दिवसका अवसरमा विभागले करमा ठूलो सहभागिता जनाउने करिब दुई दर्जन कम्पनीलाई साेमबार एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

 कार्यक्रममा आर्थिक वर्ष २०७०/०७१ मा सबैभन्दा बढी कर तिर्ने संस्थाहरुलाई सम्मान गरिएको हो । अर्थमन्त्री डा. रामशरण महतले धेरै कर तिर्ने विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरेका हुन् ।

क-कसले बुझाए धेरै कर ?


आव २०७०/०७१ मा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल नेपाल प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेमा परेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर नविल बैंकले तिरेको छ भने व्यापार-व्यवसायबाट सिप्रदि ट्रेडिङ प्रालिले बढी आयकर तिरेको छ ।

निर्यात व्यापारबाट बढी कर तिर्नेमा किरण सुज म्यानिफ्याक्चर प्रालि रहेको छ । त्यस्तै होटल सेवा मार्फत सबैभन्दा बढी आयकर सोल्टी होटलले तिरेको छ ।

छिमेकी लघुवित्त विकास बैंक सबैभन्दा बढी आयकर तिर्ने लघुवित्त कम्पनी घोषित भएको छ ।
स्वास्थ्य सेवातर्फ ओम अस्पताल एन्ड रिसर्च सेन्टर, पर्यटन उड्डेयन क्षेत्रबाट बुद्ध एयर, औषधी उद्योगबाट देउराली जनता फर्मासिटिकल्स, रेमिटान्स कम्पनीबाट इन्टरनेसनल मनि एक्सप्रेस (आइएमइ), लेखा परीक्षकबाट सीएससी एन्ड कम्पनीले बढी कर तिरेका छन् ।

त्यस्तै कानून व्यवसायीबाट पायोनियर एसोसिएट्स, शिक्षा सेवा शुल्कबाट काठमाडौं मेडिकल कलेज र चिकित्सकबाट डा. भोला रिजालले बढी आयकर तिरेका छन् ।
त्यसैगरी त्रिशक्ति ट्रेड सेन्टरले गत वर्ष सबैभन्दा बढी करमा सहभागिता जनाएको छ ।
कर संकलनमा सहयोग गर्ने संस्थाहरुमा उद्योग वाणिज्य महासंघ, नेपाल बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) रहेका छन् । त्यस्तै डा. रुपबहादुर खड्का उत्कृष्ट कर विज्ञ घोषित भएका छन् ।

बढ्दाे करकाे दायरा


वर्षेनी करको दायरा फराकिलो हुन थालेकाे छ । २० वर्षअघि कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा करको योगदान ८ देखि ९ प्रतिशत मात्रै रहेको थियो । हाल जीडीपीमा करको योगदान १७ प्रतिशत पुगेको अर्थमन्त्री डा. रामशरण महतले बताए ।

मन्त्री महतले अर्थतन्त्र जति रुपान्तरित हुन्छ प्रत्यक्ष कर त्यति बढ्दै जाने बताए । करमा भएको वृद्धिका कारण वैदेशिक अनुदान माथिको परनिर्भरता घट्दै गएको महतको भनाइ छ।

Sunday, November 16, 2014

सन्डे फ्रेस फेस (श्रेया दुलाल)

चलचित्र ‘शिशा’मा एक मोडलको भूमिका निर्वाहा गरेकी नव-कलाकार श्रेया दुलाल ‘धुन’लाई आफ्नो पहिलो प्रोजेक्ट भन्छिन् । अनलाइनखबरसँग नया अनुहार स्तम्भ अन्र्तगत कुरा गर्दै गर्दा उनले चलचित्र क्षेत्रमा आफ्नो उपस्थिती दरिलो बनाउने योजना खोलिन् ।


सानैबाट चलचित्रमा खेल्ने योजना बुनेकी २३ बषिर्या सुन्दरीले आफ्नो सपना ‘धुन’मा आएर पुरा गरेकी हुन् । यो चलचित्रमा उनी स्वयंम आफै निर्मात्री पनि बनेकी छिन् ।

१७ बर्षको उमेरदेखि नै व्यवसायमा व्यस्त श्रेयाले लगानी गरेर आफू हिरोइन बन्न नआएको बताइन् । श्रेयाले भनिन्-‘मैले लगानी मात्र गरेर ‘धुन’मा जोडिन खोजेको थिएँ । तर, एक गायिकाको पात्र मलाई नै सुहाउने भएपछि निर्देशकले आग्रह गर्नुभयो र खेले ।’

चलचित्रमा अभिनयसँगै लगानी पनि गर्ने सोच उनको छ । अभिनय, नृत्यको तालिम समेत लिइरहेको बताउने श्रेयाले कुराकानीको धेरै समय आफूले सिकिरहेको मात्र बताइन् ।

श्रेया आफूलाई सुहाउने भूमिकाको बारेमा खुलाउँदै भन्छिन्-‘म उमेर अनुसारको भूमिका गर्न चाहन्छु । अहिले मलाई कलेज पढ्ने यूवतीको कथा सुहाउँछ, भोली एक्सन भूमिका सुहाए त्यो पनि गर्छु ।’

श्रेया समाज नपच्ने दृश्य कहिले पनि नदिने बताउँछिन् । भनिन्-‘म समाज नसुहाउने दृश्य दिन्न । भोलीको दिनमा कस्तो अफर आउँछ र त्यसलाई कसरी लिने भन्ने सोचौला ।’

बोल्न खासै नआउने भएकाले पनि थुप्रै पटक उनले मिडियाबाट आएको अन्र्तवार्ताको प्रस्तावलाई विभिन्न बाहानामा टार्दै आएकी छिन् । श्रेयाले भनिन्-‘मैले अहिले केही पनि गरेको छैन । भोली जब गरेर देखाउँछु अनि मात्र बोल्नेछु ।

श्रेयाले आफू ‘धुन’बाट आउने प्रतिक्रियापछि मात्र अन्य चलचित्रमा काम गर्ने बताइन् । श्रेयालार्इ भिडियोमा हेर्नुहोस्

के दैनिक अण्डा खानु स्वास्थ्यवर्दक हो ? थाहा पाईराखौं !

तपाईंले थुप्रै मानिसहरुबाट सुन्नु भएको होला कि धेरै अण्डा खानाले तपाईंको शरिरमा ब्लड कोलेस्ट्रोलको मात्रा बढि हुने गर्दछ । त्यहि केहि मानिसहरुको विश्वास छ कि हरेक दिन अण्डाको सेवन गर्नाले शरिरमा ताकत रहिरहन्छ जसले शरिरलाई निकै स्वस्थ रहन मद्दत गर्दछ । तर वास्तविकता के हो भन्ने कुरालाई निकै वौदिक हिसाबले जान्न जरुरी छ ।  


यो कुरा शतप्रतिशत सहि हो कि अण्डामा कोलेस्ट्रोलक निकै प्रचुर मात्रामा पाइने गर्दछ । एउटा अण्डामा लगभग २०० एमएलएस कोलेस्ट्रोल हुने गर्दछ । तर तपाईं दिनमा जति खानुहुन्छ त्यसमा पनि तपाईंले ३५० एमएलएस कोलेस्ट्रोल खाएकै हुनुहुनेछ त्यसकारण अरु खानेकुराहरु खानुको साटो अण्डा खानु राम्रो मानिन्छ ।  
एक अनुसन्धानको अनुसार, मुटुसम्बन्धि रोगलाई अण्डाको सेवनले कम गर्न सकिनेछ किनभने यसमा कोलेस्ट्रोल निकै धेरै हुने गर्दछ जसले शरिरको ब्लड भेसलमा रहेको काम नलाग्ने कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्दछ । यसको सेवनले प्रोटिन र जिंकजस्ता तत्वहरु प्राप्त हुनेछन् । हप्तामा ६–७ वटा अण्डा सेवन गर्नाले कुनै हानी हुँदैन । वास्तवमा यसको सेवनले शरिरलाई चाहिने प्रोटिन र इनर्जी प्राप्त हुने गर्दछ । यसका साथै यसको सेवनले उच्च रक्तचापको समस्यालाई पनि समाधान गर्न सकिने अनुसन्धानले जनाएको छ । 

पातलो कम्मर बनाउन यी घरेलु तरिकाहरु अपनाउनुहोस् !

के तपाईं आफ्नो बढिरहेको कम्मरका कारण तनावमा हुनुहुन्छ ? लुगाबाट प्रस्टै देखिने मोटो कम्मरबाट सम्भवतः सबैलाई छुटकारा पाउन मन लाग्छ होला । तर, सहि तरिका थाहा नपाउँदा नचाहँदा नचाहँदै पनि यस्तो समस्याको शिकार धेरै मानिसहरु हुनुपर्छ । आउनुहोस्, हामी तपाईंलाई घरेलु उपायद्वारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिँदैछौँ ।


१. कागती पानी पिउनुहोस्ः
कागती पानीले तपाईंको शरिरको कार्य प्रणालीलाई सुधार्ने गर्दछ त्यसकारण यसले तपाईंको कम्मरको वरिपरि बढिरहेको बोसोलाई पनि घटाउन मद्दत गर्दछ । यसका साथसाथै कागती, पानीले तपाईंको शरिरको बोसो घटाउने इन्जाइमलाई पनि बढाउने गर्दछ ।

२. क्रेनबेरीको रसः
क्रेनबेरीमा भरपूर मात्रामा मेलिक एसिड, साइट्रिक एसिड र क्यूनिक एसिड हुने भएका कारण यसले इन्जाइमको रुपमा काम गर्ने गर्दछ । त्यसकारण यसले कम्मरको चौडाईलाई घटाउन मद्दत गर्दछ । हरेक दिन शत प्रतिशत शुद्ध क्रेनबेरीको रस पिउनाले तपाईंले केहि दिनमा नै पातलो कम्मर पाउन सक्नुहुन्छ ।

३. माछाको तेल पिउनुहोस् अथवा माछा खानुहोस्ः
आफ्नो पेटमा जमेको बोसोलाई कम गर्न चाहनुहुन्छ भने माछाको तेलको सेवन गर्नुहोस् । माछाको ओमेगा थ्रीको फ्याटी एसिडमा पाइने आइकोसिपेन्टिनोइक एसिड, डोकोसुहेक्सीनोइक एसिड र लिनोलेनिक एसिडले पेटको बोसोलाई घटाउन मद्दत गर्दछ ।

४. अदुवा हालेको चियाः
हुन त नेपाली खानामा अदुवाको प्रयोग नियमित रुपमा हुने गर्दछ जसले पातलो कम्मर हुन मद्दत गर्दछ । अदुवाले हाम्रो शरिरको तापक्रमलाई बढाउँदछ जसले गर्दा पेटमा जमेको बोसोलाई कम गर्दछ । तपाईंको पेटमा बोसो थुप्रै कारणले जम्मा हुन सक्दछ तर यसको विकल्पद्वारा निकै सजिलै सँग जम्मा भएका बोसो घटाउन सक्नुुहुनेछ । अदुवाको सेवन शरिरमा कोर्टिसोलको उत्पादनलाई घटाउने गर्दछ र शरिरको उर्जालाई नियन्त्रणमा राख्ने गर्दछ । त्यसकारण यदि तपाईं तरकारीमा अदुवा हाल्नु हुन्न भने चियामा हालेर पिउनुहोस्

मुटुरोगबाट कसरी बच्ने ? केहि सरल घरेलु टिप्सहरु...

नेपालमा पछिल्लो समय मुटुसम्बन्धी रोगले भयावहस्थिति लिन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेहरूको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरेको छ ।  


सन् २०२० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनी दुई करोड ५० लाखजना पुग्नेछ र कोरोनरी मुटुको रोग (हृदयाघात)ले सरुवा रोगहरूलाई उछिनेर संसारकै पहिलो नम्बरको ज्यानमारा रोगका रूपमा स्थापित हुनेछ । मुटु रोगका स्वास्थ्यकर्मीहरुका अनुसार नेपालमा मुटुसम्बन्धी रोगीको संख्यामा वृद्धि हँुदै गएको छ । पहिले बुढापाकालाई मात्र हुने मुटुरोग पछिल्लो समय केटाकेटी र युवालाई पनि त्यत्तिकै आक्रमण गर्ने गरेको छ ।

यो नेपालका लागि चिन्ताको विषय हो । हाल नेपालमा १५ प्रतिशत अर्थात् ५० लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटुरोगीहरूको संख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ । नेपालमा करिब ३० प्रतिशत बयस्कलाई उच्च रक्तचाप छ भने २० प्रतिशतलाई कोलेस्टेरोल, ६ प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुको समस्या रहेको छ । विकसित देशहरूमा मुटुरोगीको संख्या घट्दै गइरहे पनि विकासोन्मुख देशहरूमा भने मुटुरोगीको संख्या तीव्र रूपमा वृद्धि भइरहेको छ ।

मुटुस्वाथ्यकर्मीहरुका अनुसार ८५ प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन् भने करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । यस्तै, ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन् भने धेरै नेपालीलाई मानसिक तनाव रहेको छ । उनीहरुका जताततै वातावरणीय प्रदूषण, शुद्ध खानेपानीको अभाव, तरकारी र फलफूलहरूमा विषादीको प्रयोग, खानपान, अस्वस्थकर जीवनशैली नै मुटुरोगका प्रमुख कारण मानिन्छन् । यसैबीच, विश्व मुटु महासंघको आह्वानमा नेपालमा पनि सेप्टेम्बर २९ का दिन प्रत्येक वर्ष विश्व मुटु दिवस मनाइँदै आएको छ । यस वर्ष हिजो आइतबार मुटुरोगसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाइएको छ ।

महिलाहरुले जान्नै पर्ने महिनावारीसँग जोडिएका ९ भ्रमहरु

अर्पणाले आफू काम गर्ने कम्पनीका मालिकलाई फोन गरेर एक दिनको छुट्टीको माग गरिन् । किन ? आज उनको महिनावारीको पहिलो दिन थियो जसका कारण अरु महिलाजस्तै उनी पनि कमजोर र आलश्य महसुस गरिरहेकी छिन् । उनी घरबाट बाहिर निस्कन र कुनै पार्टीमा सरिक हुन चाहन्नन् । उनी सपिङ, कसरत र यस्ता सबै क्रियाकलापहरुबाट टाढै बसिरहेकी छिन् । तपाईंमध्ये थुप्रै महिलाहरुले महिनावारी भएको बेलामा यस्तै महसुस गर्नुहुन्छ होला ।


यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसलाई सम्पूर्ण महिलाहरुले जान्नैपर्ने हुन्छः
१. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछः यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।  
२. महिनावारी रगत फोहोर हुने गर्दछः महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।
३. व्यायाम गर्नु हुँदैनः यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।
४. सेक्ससँग बच्नुहोस्ः यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।
५. मासिक धर्मको पिडाः यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।  
६. चिन्ता नलिनुहोस्, तपाईं गर्भवती हुनुहुने छैनः यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।
७. कपाल नधुनुहोस्ः यस्तो कसले भन्यो ? महिनावारीको दौरान स्याम्पुको प्रयोग गर्न नहुने कुरामा केहि पनि वास्तविक कारण छैन । तपाईं कपाल धुन सक्नुहुन्छ, काट्न सक्नुहुन्छ, हेयर स्पा लिनसक्नुहुन्छ, कपालमा कलर गर्न सक्नुहुन्छ र कपाललाई स्ट्रेट पनि गर्न सक्नुहुन्छ ।
८. यो नखानुहोस्ः महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।
९. २८ दिनको चक्रः मासिक धर्मको चक्र महिलाको शारिरिक स्वास्थ्यमा निर्भर हुने गर्दछ । २८ दिनको चक्र एक औसत समय मात्र हो ।

के तपाई महिलाको प्यारो बन्न चाहनु हुन्छ ? केही टिप्सहरु जानी राखौं !

कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाइमा समस्या ल्याउँछ । केही मनोबैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन । 

केही टिप्सः 

१. भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै,बाल्यकालका सम्झनाहरु ,भविष्यको रुचिहरु,इच्छाहरु आदिबारे कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् । 
२. उनीहरुले तपाईंहरु प्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाईं उनीहरुको नजिकै उभिनुभएको छ भने अप्ठ्यारो महसुस गरेका हुन सक्छन् । 
३. कहिलेकाहिँ जिस्काउने गर्नुहोस् । तर वरिपरिको वातावरण,परिस्थिती र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै उनीहरुको ज्यादै नजिक हुन पनि बल पुर्याउँछ । त्यसपछि कुरा गर्न पनि सजिलो हुन्छ । 
४. उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुकाबारे तपाईंले केही थाहा पाउनुभयो,त्यसबारे कुरा गर्नुहोस् । 
५. महिलाहरुसँग उनीहरुलाई दिक्क र झर्को लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् । 
६. प्रश्न गर्दा ठाडो तरिकाले होइन,नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।
७.आफ्नो परिचय नलुकाउनुहोस् । काम,इच्छा र विचारका बारे खुलेर कुरा गर्नुहोस् । 
८. उनीहरुका शारीरिक बनावट वा आँखाका हेराइ आदिका बारेमा मात्रै कुरा नगर्नुहोस् । 
९. सम्पूर्ण रुपमा नियन्त्रित हुँदा कहिलेकाहीँ साथीको भन्दा माथिको सम्बन्धमा तपाईं आफैं बाधक बन्नुभएको हुन सक्छ । त्यसैले त्यसबारे उनीहरुको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस्

क्यान्सरबाट बच्न यी सरल घरेलु टिप्सहरु जानी राखौं !

अहिलेसम्म क्यान्सरबारे भएका अनुसन्धानको गिन्ती २४ लाख नाघिसक्दा र खरबौँ खरब डलर स्वाहा भईसक्दा पनि भरपर्दो उपचार फेला पर्न नसके पछि आज आएर चिकित्सा बिज्ञान अन्ततोगत्वा प्राकृतिक खानपान र आहार(बिहार तर्फ नै फर्किन थालेको छ ।

बैकल्पिक औषधि प्रणालीका बिश्वप्रसिद्ध हस्ती डा.जोसेफ मार्कोला (डिओ) ले क्यान्सरमा तात्विक असर पार्ने 
कुरा चिरफार (कट),पोलाई (बर्न) र रसायन (किमो) नभएर केबल प्राकृतिक खानपान मात्र हो भनेर यही कुरा स्पष्ट गरेका छन् । क्यान्सर लगायतका प्रायजसो रोगहरुको सफल रोकथाम र उपचारको बाटो केवल खानपान नै हो भन्ने कुरा अब सबैतिर स्पष्ट हुँदै जान थालेको छ । अनि खुसीको कुरा— क्यान्सरको रोकथाम र उपचारको ध्येयले जे जस्ता खाद्यवस्तु हामी खान्छौं, ती सबै सलुब्रियस प्रकृतिका हुने हुनाले अरु धेरै रोगमा समेत उत्तिकै लाभदायक र स्वास्थ्यलाई सुधार गर्ने स्वभावका हुन्छन् । अथवा यसो पनि भन्न सकिन्छ,क्यान्सर बाट जोगीने प्रकृयामा हामी अरु पनि धेरै रोगहरुबाट जोगिई रहेका हुन्छौँ ।

क्यान्सर रोकथाम र उपचारको यात्रामा रहेका हरकोहीले बिर्सनै नहुने खाद्य वस्तु अंकुरित (स्प्राउटेड) अन्न हो । गेडा गुडीहरुलाई ७२ घण्टा (३ दिन) पानीमा भिजाएर अंकुरित हुन दिइएमा त्यसमा आश्चर्यजनक ढङ्गले साबिक इन्जाइममा १० गुणा र पोषक तत्वमा ३० गुणा सम्म बढोत्तरी हुने अध्ययनहरुले देखाएका छन् ।यस अर्थमा यसलाई सुपर फुड मान्न सकिन्छ र यसलाई जो कोहीले पनि सजिलै तयार गर्न सक्दछन् । यस्तो अंकुरणले यसमा रहेको भिटामिन र अत्यावश्यक फ्याटी एसिड तथा खाद्य रेसा (फाइबर) को मात्रामा अत्यधिक वृद्धि गरी प्रोटिनको गुणस्तरमा सुधार सहित क्याल्सियम र म्याग्नेशियम जस्ता खनिज तत्व सँग प्रोटिनलाई आवद्ध गरेर यसलाई हाम्रो शरीर अनुकुल वढि ग्रहणयोग्य बनाउछ ।

अंकुरित अन्न कै कारणले हामीलाई अरु खाद्यवस्तुबाट अत्यधिक भिटामीन, खनिज तत्व,एमिनो एसिड र अत्यावश्यक फ्याटहरु अवशोषण गर्नमा समेत सजिलो पर्छ । त्यति मात्र नभएर अंकुरित गहँु, जौं र बाजरामा अमाइलेज भन्ने यस्तो शसक्त इन्जाइम बन्दछ जस्ले क्यान्सरको बाहिरी आबरणलाई पगालेर यसलाई हाम्रो प्रतिरक्षा तागतको नजरमा ल्याइ क्यान्सर बिनासमा भूमिका खेल्दछ । त्यसो त कुनै पनि अन्न र गेडागुडीलाई अंकुरणमा प्रयोग गर्न र स्वास्थ लाभ लिन नसकिने होइन,तापनि सूर्यमुखीका दाना र सानो केराउ लाभको हिसावले सबै भन्दा माथि मानिन्छन् । तर स्मरणीय के छ भने यस्तो अंकुरित खाद्यलाई पकाइयो भने यसको इन्जाइम नष्ट हुनजान्छ ।

अब चर्चा गरौँ प्रोटिनको बारेमा । शरीरका सबै अङ्गको विल्डिङ्ग व्लक र शक्तिको श्रोत प्रोटिनलाई नै मानिन्छ ।तर आवश्यकता भन्दा वढि मात्राको प्रोटिनले उल्टै क्यान्सरलाई बृद्धि गर्ने कुरा अनुसन्धानले देखाएका छन् । धेरै बैज्ञानिक र चिकित्सकहरुले क्यान्सरलाई प्रोटिन मेटावोलाइजेशन (उपपाचन) को समस्या भनेर मान्दछन् । गर्भबति र बढि शारिरीक काम गर्ने बाहेक अरुलाई ज्यादा प्रोटिनको आबश्यकता पर्दैन पनि । साधारणतयाः प्रतिके.जी. १ ग्रामको दरले ३५ देखि अधिकतम ७५ ग्राम प्रोटिन हामे दैनिक आबश्यकता मानिएको छ भने औषत मान्छेहरुलाई ५० ग्रामको मात्रा नै पर्याप्त हुन्छ । तर ज्यादा शारिरीक परिश्रम गर्ने व्यक्ति,खेलाडी र गर्भबति महिलाहरुले चाहिँ यसको २५ ५ सम्म अतिरिक्त मात्रा लिन सक्तछन् । त्यसैले ज्यादा प्रोटिन लिन बाट क्यान्सर रोगीहरु हमेसा बच्नु र बरु ज्यादा प्रोटिनको सट्टा घ्यूफल (एभोकाडो),अलिभ, कोकोनट र अरु स्वस्थ तेलबाट क्यालोरी आवश्यकताको परिपुर्ति बढि स्वस्थकर साबित हुन्छ । के कस्ता कति खाद्य वस्तुबाट कति ग्राम प्रोटिन प्राप्त हुन्छ भन्ने जानकारीको लागि खाद्य वस्तुको चार्ट हेर्न सकिन्छ ।

क्यान्सर संगको लडाँइमा अत्यन्त शसक्त भुमिका खेल्ने अर्को चिज हो– भिटामिन सि र यस बिषयमा केन्दि«त भएर प्रसस्त अनुसन्धान भएका छन् र क्यान्सरलाई निवारण गर्ने यस्को बहुआयामिक भुमिका स्पष्ट भएको छ । यसले प्रथमतः शरीरको अम्लिय तहमा सुधार गरी पि.एच.लाइ क्षारिय पार्छ । फलतः अक्सिजन प्रवाहमा सुधार आउछ र क्यान्सरलाई प्रतिकुल परिस्थिती बन्दछ । त्यस्तै भिटामीन सि ले एकातिर हाइड्रोजन पेरोक्साइड निर्माण द्वारा कोषबृद्धिमा अबरोध गर्दै सोझै कयान्सरको मुकाबला गर्ने र अर्को तिर इन्टरफेरोन पैदा गरेर पनि क्यान्सरलाई बढ्न दिदैँन । अझ महत्वपूर्ण कुरा के छ भने भिटामीन सी ले प्रतिरक्षा सेल (डब्लु.बि.सि)मा प्रचुर बृद्धि गरेर नेचुरल किलर सेलको मद्दतले सोझैै क्यान्सरमा हमला गर्छ । एबं प्रकारले किमो र रेडिएशन लिइ रहेका बिरामीलाई औषधीका दुस्प्रभाब कम गरी सजिलो पार्ने र किमो र रेडिएशनको प्रभाबकारीतामा समेत यसले सुधार ल्याउँछ । यसका अतिरिक्त भिटामिन सि.ले हेभी मर्करी जस्ता बिषालु धातुलाई सुद्धिकरण समेत गर्ने बताइएको छ । यसबाट स्पष्ट हुन्छ, क्यान्सर संगको हाम्रो लडाइमा भिटामीन सि.को अहं भुमिका रहन्छ । फेरी कागती र अमला जस्ता साधारण र सहज उपलब्ध हुने वस्तुबाटै भिटामीन सी को आपूर्ती हूने र सरीरमा संचित भएर नरहने समेतका कारणले यसलाई अत्यन्त सुरक्षित भिटामीनको रुपमा लिने गरिन्छ ।

यता, विश्वमा अत्यन्त सफल मानिएका वैकल्पिक क्यान्सर उपचार प्रोटोकलहरुमा समावेश गर्ने गरेको सेलेनियमले धेरै प्रकारका क्यान्सरको उपचारमा सकृय भुमिका खेल्ने र यस्को उचित आपूर्तीले क्यान्सरको संभाबना ६३ प्रतिशत सम्म कटौती गर्ने अनुसन्धानबाट खुलेको छ । खाद्य वस्तुमा यस्को मात्रा त्यहाँको जमिनमा मौजुद यसको मात्राले निर्धारण गर्ने कुरा हो । उत्तरी अफ्रिकाका ग्रामीण वस्तीका किसान समुदायमा क्यान्सरका घटना झण्डै सुन्यको बराबर हुनुमा त्यहाँको माटोमा सेलेनियमको आधिक्यता नै मूल कारण मानिन्छ । हाम्रो दैनिक सेलेनियम सरदर आबश्यकता ५५ माइक्रो ग्राम तोकिएको र ढिकीमा कुटेको चामल (ब्र्राउन राइस) नफलेको गहुँको पिठो (मैदा होइन),तिल, सुर्यमुखी र च्याउ आदिबाट सजिलै यस्को परिपुर्ती हुन सक्तछ । यस्ले क्यान्सर बाहेक थाइराइड ग्रन्थीलाई सूचारु गर्ने र एण्टि अक्सिडेन्ट सुरक्षा बढाउने अर्थात फ्रि रेडिकल नोक्सानीबाट सुरक्षा दिएर अरु कैयौँ रोगहरुबाट हामीलाई बचाउँछ र ज्यादै उपयोगी साबित हुन्छ ।
उपरोतm बाहेक क्यान्सर रोकथाम र उपचारमा हाम्रा दैनिक जिबनमा आउने घरेलु खाद्य वस्तुको महत्व पनि कम छैन । यस्तो पहीलो वस्तु हा,े लसुन । लसुनका एण्टी ब्याक्टेरीयल गुणलाई लुइस पाश्चरले सन १८५९ मै कन्फर्म गरेका थिए । हृदय रोग देखि पाचनतन्त्र लगायतका कैयौँ रोगमा यसलाई अत्यन्त हितकारी मानिन्छ । 
अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटले यसलाई क्यान्सर बिरुद्धकोे शक्तिशाली तरकारी वा मसलाको रुपमा पहिचान गरेको छ । यसमा पाइने एलिसिन भनिने सल्फर कम्पाउण्डले शसक्तरुपमा क्यान्सर पैदा हुन रोक्ने र भै सकेको अवस्थामा बढ्न र अरु अङ्गमा फैलिनमा रोकबट ल्याउछ । पाचन अङ्गका क्यान्सरमा बिशेष उपयोगी मान्ने गरिए पनि अरु सबै प्रकारका क्यान्सरहरुमा समेत यसको उत्तिकै उपयोगीता पहिचान भएको छ । तर हेक्का रहनुपर्दछ,यस्तो एलिसिन भन्ने उपयोगी तत्व लसुनलाई टुव्रmाउदा वा पिनेर धुलो पार्दा मात्र बन्ने र सव्रिmय हुने गर्दछ र पकाउदा यसको औषधीय गूणमा कटौती आउछ ।
विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार यसको दैनिक अधिकतम उपभोग्य मात्रा २ देखि ५ ग्राम मात्र निर्धारित भएको छ । त्यस्तै कोलक्रोप्स या क्रुसिफेरस तरकारी समूहमा पर्ने बन्दागोभी, फूलगोभी र ब्रोकाउलीहरुले पनि क्यान्सर बिरुद्ध हाम्रो राम्रो प्रतिरक्षा गर्दछन् । यि मध्ये पनि ब्रोकाउली र अझ खासगरी यसका बिरुवा (स्प्राउट)मा इन्डोल –३ कार्बिनोल र सल्फोराफेन जस्ता फाइटो केमिकल्स पाइन्छन् जो क्यान्सर रोकथाममा प्रामाणिक नै हुन् । गोलभेंडामा पाइने लाइकोपेन र सि.भिटामीन पनि क्यान्सरमा उत्तिकै उपयोगी वस्तु मानिन्छन् । यता गाजर एण्टि अक्सिडेन्टको प्रचुर श्रोत हुंदै हो र यसले हाम्रो प्रतिरक्षालाई अत्यन्त मजबुत गर्दछ । यसबाट मिल्ने बिटा क्यारोटिन क्यान्सरको ज्यादै प्रभाबी उपचार साबित भएको छ र यसैको एउटा रुप रेटिनोलले आखाँको दृष्टि क्षमतालाइ बचाउनुका अतिरिक्त छालामा चाउरी पर्नबाट रोकेर असमयमै बुढो जस्तो देखिइने(एइजिङ्ग) प्रकृयामा समेत सुधार ल्याउछ । त्यसैगरी बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामीन ए मा बदल्छ र यो पनि क्यान्सरको त्यतिकै प्रभाबी उपचार बन्छ । तर केही अध्ययनहरुबाट धु्रमपान गर्नेहरुमा ठूलो मात्राको बिटाक्यारोटिनले फोक्सोको क्यान्सरको संभाबना बढाइदिएको पाइएको छ ।

त्यस्तै कुरीलो पनि डाइटरी फोलेट र एण्टी अक्सिडेन्टको एउटा राम्रो श्रोत हो र यसको जरा र डाँठको स्यापोनिनले संव्रmमणलाई रोक्ने र क्यान्सर उपचारमा राम्रो सहयोग गर्छ । यसको ४ टेबुल चम्चा दिनमा १ पटक क्यान्सरको रोकथाम र त्यति नै मात्रा दैनिक २ पटक यसको उपचारमा प्रयोग गरेको पाइन्छ । अनि बेसारमा पाइने ककर््यूमिनले घाउ र संक्रमणमा राम्रो काम गर्ने भएकाले सदियौँ देखि घरेलु रुपमा यसको प्रयोग हुँदै आएको छ । यसले ग्रोथ फ्याक्टरलाई नै रोकेर क्यान्सर निराकरणमा अत्यन्त राम्रो काम गर्ने र मस्तिष्क ट्युमरमा चाहीँ यो अझ बेजोड प्रभाबोत्पादक हुने बताइन्छ । बेसारको प्रयोगले खानाबाट अरु भिटामीन ,पोषकतत्व र इन्जाइमलाई अवशोषण गरेर लिनमा पनि थप बल मिल्ने भए पनि यसको प्रतिदिन २.५ देखि ३ ग्राम भन्दा बेसी मात्राले शरीरमा ज्यादा गर्मी गर्ने संभाबनालाई इन्कार गर्न सकिन्न ।

त्यस्तै अदुवाको प्रयोगले आश्चर्यजनक रुपले क्यान्सर सेलहरुलाई झुक्याएर एक अर्कालाई नै समाप्त गर्ने आत्मघात (अपोप्टसी) तर्फ प्रेरित गर्दछ भने ग्रीन टि मा पाइने पोलिफेनोलले पनि क्यान्सरको नियमित आत्महत्याको यहि प्रकृयालाई नै तिव्र पार्ने र अरु धेरै शारीरिक र स्नायविक रोगहरुमा समेत आराम गर्छ । तर वाञ्छित नतिजाको लागि दैनिक कम्तिमा ५ कप ग्रिन टि नियमित पिउनु पर्ने विशेषज्ञहरुको सुझाब छ । भुंईकटहर आफैँमा क्यान्सरको एउटा बेजोड उपचार मानिन्छ र यसमा पाइने व्रोमिलेन भन्ने इन्जाइमले क्यान्सर सेललाई लुकाउने झिल्लीलाई पगालेर त्यसलाई हाम्रो प्रतिरक्षाको नजरमा ल्याइदिन्छ । अनि, खाद्य च्याउको बिषयमा २०१३ मा बासिङ्गटनमा बिश्व शिखर सम्मेलन नै भइसकेको छ र यसका ब्यापक औषधीय बिशेषता उजागर मात्र भएका छैनन् हाम्रा तमाम रोगहरुमा यसबाट बिलक्षण लाभ पुग्ने देखिएको छ । क्यान्सर अनुसन्धान र उपचारमा संसारकै अग्रणी क्यालिफोर्नियाको सिटि अफ होपका बैज्ञानिकहरुले बृहत अनुसन्धानबाट प्रकाशमा ल्याएका च्याउका क्यान्सर प्रतिरोधी गूणहरुका अतिरिक्त बिशेषत रातो च्याउ (रेसी, गानोदर्मा) लाई लिएर यस्ता सकारात्मक नतिजाको दाबी गरिएको छ कि उपयोगीताका दृष्टीले यसलाई अमृत समान मान्न सकिन्छ । तर जङ्गली च्याउका केही प्रजाती अत्यन्त बिषालु हुने हँुदा उपयोग गर्नु अघि पहिचानमा स्पष्टताको खाँचो रहन्छ ।

त्यसैगरी कालो अङ्गुरमा हुने बायोफ्लेभोनाइड, एलेजिक एसिड र अझ खासगरी रेस्वेराटोल जस्तो पोषक तत्वले क्यान्सर विरुद्ध धेरै राम्रो काम गर्दछ । यसले क्यान्सर र त्यसमा पनि रक्त क्यान्सरहरुमा किमोथेरापीले छुन नसकेका क्यान्सर सेलहरुलाई पनि लक्षित गर्ने खुबी राख्दछ जसरी अनारमा पाइने प्यूनिकालजिन भन्ने तत्वले धेरै प्रकारका क्यान्सर र अझ खासगरी प्रोस्टेट क्यान्सरमा प्रभाव देखाउछ । क्यान्सरको एउटा महत्वपूर्ण कारणमा बजार इलाकामा आपूर्ती हुने खाने पानीमा सुद्धिकरणको नाममा मिसाइएको क्लोरिन र फ्लोराइड पनि हो । पानी सुद्ध गर्ने भनिएका यि रसायन हितकारी भएर नभई सस्तो भएकै कारणले सर्वत्र व्यापक चल्तिमा छन् । यस्तो पानी प्रयोगबाट सधैँ वच्ने र अनिबार्य अवस्थामा पिउनु अघि यस्तो पानीमा आधाघण्टा सुन्तलाका बोक्रा भिजाइ सुद्ध गर्ने र नुहाउने प्रयोजनको पानीको हकमा भिटामीन सि का चक्की द्वारा उपचार गरेर पनि सुद्धिकरण गर्न सकिन्छ । त्यसैले पनि फ्रान्समा पानी सुद्धिकरणका लागि क्लोरिनेशन नगरी ओजोनेशन गरिन्छ र सबैलाई थाह छ संसारमा ज्यादै थोरै क्यान्सर रोगी भएका मुलुक मध्ये फ्रान्स पनि एउटा हो ।अन्तमा सेतोनुनको सट्टा गूणकारी सिधेनूनलाई प्रयोग गर्ने र दैनिक २.५ लिटर पानी नियमित पिउने बानी बसालेर सरीरका प्रणालीलाई चुस्त दुरुस्त राख्नु पनि क्यान्सरको सन्दर्भमा त्यतिकै जरुरी छ ।

माथिका सबै छलफलहरुलाई समेटेर एउटै कुरा भन्न सकिन्छ –क्यान्सरले अरु नभएर खानपानलाई मात्र सुन्छ र टेर्छ । धेरै पकाइएको एवं चिनी र मासु प्रचुर भएको खानाले क्यान्सर निम्त्याउछ भने यस्को उल्टो प्रशोधन नभएको र थोरैमात्र पकाइएको प्राकृतिक खानाले क्यान्सरलाई भगाउँछ । क्यान्सरलाई बिषाक्त औषधी र पिडादायी बिधीबाट निकोपार्ने धृष्टता नै हाम्रो सबैभन्दा गंभिर र महङ्गो भूल हुने गरेको छ ।

शिरमाथि सयौं दु:ख...

काठमाडौं, कार्तिक ३० - १८ वर्षअघि आफूलाई हेर्न त्रिभुवन विमानस्थल बाहिर जम्मा भएका मानिसको भीड देख्दा सुनिता दनुवारले लाजले मुख छोपेकी थिइन् । बेइज्जतीको डरले उनको मनमा आगो सल्किएको थियो । ग्लानिले उनी भित्रभित्रै टुक्रिएकी थिइन् ।


गत बिहीबार बिहान पनि उनको पर्खाइमा दर्जनौं मानिसहरू त्रिभुवन विमानस्थलमा भेला भए । तर यो पटक उनले लाजले मुख छोप्नुपरेन । छाती गर्वले फुलेको थियो । उनले स्विडेनबाट आफूसँगै ल्याएको सी टेन अवार्डको पोको फुकाइन् र सबैलाई देखाइन् । अनि फोटो खिचाइन् । १८ वर्षअघि घृणाको तीर फ्याँक्न विमानस्थलमा जम्मा भएको भीड अहिले किन उनको स्वागतमा नतमस्तक बनेर उभियो ? यसको कथा जति गहिरो छ त्यति नै रोचक पनि ।

..........................

गत सोमबार साँझ ५ बजे बौद्धनजिकै सुनिता दनुवारको डेरामा पुग्दा उनी मभन्दा चार मिनेटअघि आइपुगेकी रहिछन् । दिनभरको कामले लखतरान उनले मसँगको कुराकानीपछि ६ बजे ट्युसन पढ्न तयार हुनु थियो । आज ग्रामीण विकास पढाउन एकजना शिक्षक घरमा आउँदै थिए ।

दुई वर्षअघि आफू अध्यक्ष रहेको संस्था शक्ति समूहले पाएको रोमन म्यागसेसे पुरस्कार थाप्न जाँदा छुटेको बीए प्रथम वर्षको दुइटा विषयको परीक्षाको तयारी गर्दैछिन् उनी । भोलिपल्ट बिहान उनको परीक्षा थियो । भोलि कुन विषयको परीक्षा हो भन्ने उनले केही घन्टाअघि मात्रै थाहा पाएकी थिइन् । उनले यसैगरी दोस्रो वर्षको परीक्षा दिइसकेकी थिइन् । जसको नतिजा आउन बाँकी छ । उनी बीए तेस्रो वर्षकी विद्यार्थी हुन् ।

..........................

'आज फिल्म हेर्न लैजान्छु छिटो लुगा लगा,' कहिल्यै मिठो नबोल्ने मुम्बईकी कोठीवालीले यसो भन्दा १४ वर्षकी अबोध बालिकाले अनुमान लगाइसकेकी थिइन्- केही गडबड छ । सुनिता त्यो कोठीमा आएको ५ महिना भएको थियो । बेचिएको भने ६ महिना । अनेक ताण्डव गर्दा पनि 'धन्दा' गर्न नमानेपछि यसअघिको कोठीवालीले उनलाई त्यस कोठीमा बेचेकी थिइन् ।

आज पनि सुनितालाई ती शब्दहरू याद छन् जुन मुम्बईकी कोठीवालीले उनीसँग बोलेकी थिइन्, 'तैले धन्दा नगरे तेरो आमा आएर गर्छे ।' कोठी मालिक्नीको कर्कश स्वरमा यस्तो वाक्य सुन्दा उनलाई भाउन्न छुटेको थियो ।

भारतको कुल्लामुनाली भन्ने ढुंगा बोक्ने ठाउँमा आफूलाई दाइ नाता लगाउने दुई नेपाली दलालले लठ्याउने औषधि मिसाइएको मिठाई खुवाएर उनलाई मुम्बई पुर्‍याएका थिए । उनलाई यौन पेसामा लगाउन कोठी मालिक्नीले अनेक हर्कत गरिन् । कहिले भुसतिघ्रे बोलाएर घाँटीमा तरबार राखियो । कहिले बलिया लात्ताले भकुरियो । यस्तो यातनाभन्दा उनलाई मृत्यु जायज लाग्थ्यो तर मृत्युले उनलाई पत्याएन । उनले जीवन पाइरहिन् जसले संघर्ष गर्न सिकायो । 'मलाई मार, मबाट यस्तो हुँदैन भनेर जिद्दी गरिरहेँ,' सुनिता सम्झिन्छिन्, 'एक महिनापछि केही सीप नलागेपछि उनीहरूले मलाई अर्को कोठीमा बेचिदिए ।'

उनको जिद्दीबारे जानकार नयाँ कोठी मालिक्नीले उनको स्वागत गरिन्-ग्याङ रेप गराएर ! आफू पनि यौन पेेसामा संलग्न ती मालिक्नीले मायालु स्वरमा फिल्म हेर्न लैजाने आश्वासन दिँदा कसले पो पत्याउँथ्यो र ! 'उनले जति छिटो गर भनेर ढोका ढकढक्याइन्, मैले त्यति ढिलो गरी लुगा लगाएँ,' सुनिता सम्झिन्छिन्। उनी कुर्ता सुरुवाल लगाएर बाहिर जान तयार भएकी थिइन् । तर, एकैछिनमा उनी यो लुगा मन परेन अर्को लगाउँछु भन्दै कोठा छिरिन् । योपटक उनी टिसर्ट र पाइन्टमा बाहिरिन तयार थिइन् । जसै उनले ढोका खोलिन् त्यहाँ कोठी मालिक्नी होइन् महिला प्रहरी थिए ।

..........................

जन्माएको १० सन्तानमध्ये तीन छोरी र एक छोरा मात्रै बाँकी भएपछि उनकी आमा आत्तिएकी थिइन् । आमालाई लाग्थ्यो- यो ठाउँमा भाग्यले साथ दिएन । उनकी आमा सुर्खेत सर्न चाहिन्थिन् जहाँ ठूली छोरीलाई अन्माएर पठाइएको थियो । सुनिता ५ वर्षकी थिइन्, उनको परिवार दैलेखको कासीघाट गाविसबाट सुर्खेत सर्दा । सुर्खेतमा उनको परिवारले होटल व्यवसाय सुरु गर्‍यो । 'सुर्खेतको होटल राम्रै चलेको थियो, विदेशीसमेत हाम्रो होटलमा खाना खान आएको मलाई याद छ,' सुनिता भन्छिन् । यस्तो राम्रो होटल व्यापार छाडेर एक दिन उनको परिवार भारततिर भासियो । यसको कारण छ ।

'एक दिन आमाले मलाई र दाईलाई ५-५ रुपैयाँ हातमा राखिदिनुभयो र बुवाको पछि लगाउनुभयो,' सुनिता भन्छिन्, 'हामी दंग पर्दै बुवाको पछि लाग्यौं ।' राम्रो चल्ने व्यापार होटलमा पत्नीको जिम्मामा छाडेर उनका बुवा दिनभर हराउँथे र दिनहुँ ठूलो रकम खर्च गर्थे । आमासँग ज्याला लिएर बुवाको जासुसी गर्न हिँडेका दाजुबहिनीले आमालाई जे देखेको हो त्यही सुनाए जुन कुराले आमा आगो भइन् । दाजुबहिनीले आफ्ना बुवा एउटा घरमा छिरेपछि झ्यालबाट देखेको दृश्य आमालाई जस्ताको तस्तै सुनाइदिएका थिए । आफ्ना पति अरूसँग लहसिएको थाहा पाएकी आमा किन सुर्खेत बस्न मान्थिन् ? पतिबाट आफूले पाउने माया घट्ने डरमा आमाले तत्काल होटल बिक्री गरिन् अनि उनको परिवार भारतको जम्मु कश्मीर पुग्यो । सुर्खेतको गर्मीमा हुर्किएको सुनिताको परिवार यस्तो ठाउँमा पुग्यो जहाँ रातभर परेको हिउँले बिहान हिंड्ने बाटो पुरिएको हुन्थ्यो ।

उनको परिवारले स्थानीय जमिनदारको जग्गा भाडामा लिएर आलु खेती सुरु गर्‍यो । आलु रोप्ने र गोड्ने बेला उनका माहिला बा दोलखाबाट कामदार लिएर जम्मु कश्मीर पुग्थे । मौसमको बेला खेती गर्ने उनको बुवा बेमौसमको बेला आफूले जानेअनुसार सिकर्मी र डकर्मी दुवै काम गर्थे । छोरी सुनिताको मन आमासँग भान्छामा होइन्, बुवासँगै इँटा, आरा र काठमा रमाउँथ्यो । जग्गावाला साहुको घरमा 'बाहुन' भनेर बोलाइने एक नेपाली काम गथ्र्यो जो सुनितालाई बरोबर आफ्नो हुनेवाला बेहुली भनेर जिस्काइरहन्थ्यो । बुवा सुनितालाई आफ्नो छोराझैं मान्न थालेका थिए किनकि भएको एक मात्र छोरा घरबाट भागेर सम्पर्कविहीन बनेका थिए । उनी नैनीतालमा भएको हल्ला त आउथ्यो तर मान्छे आउँथेनन् । छोरा बेपत्ता भएदेखि नै उनकी आमा भित्रभित्रै चुँडिएकी थिइन् ।

'हजुरबुवाको निधन भएको खबर पाएपछि बुवा जम्मु कश्मीरबाट दैलेख जानुभयो,' आफ्नो नारकीय यात्राको सुरुवाती दिनहरू सम्झिन्छिन्, 'आमा पनि काममा जानुभएको मौकाको फाइदा त्यो बाहुन केटोले उठायो । तेरो माइलाबाले ३ हजार भारू लिएर मसँग बिहे गर्ने पक्का गरेका छन् भन्दै फाइदा लुट्यो ।' घरमा आमा फर्किंदा उनी रक्ताम्य थिइन् । आफ्नै माइलाबाले पैसा लिएर आफ्नो बिहेको वचन दिएको सुन्दा उनको कान भरिएको थियो ।

'बुवा नेपालबाट फर्किएको दिन आमाले सबै बेलिविस्तार लगाउनुभयो । कुरा सुन्नेबित्तिकै बुवाले त्यो ठाउँ छाड्ने निर्णय गर्नुभयो,' सुनिता भन्छिन्, 'आमाबुवा र म एउटा सिन्को पनि नबोकी त्यो ठाउँ छाड्न तयार भयौं ।'

छोरा पनि खोज्ने र उतै बस्ने भनेर नैनीताल हिँडेको परिवार खर्च अभावमा कुल्लुमनाली भन्ने ठाउँमा रोकियो । 'बुवाको खल्तीमा जति पैसा थियो त्यतिको भरमा हामी हिँडेका थियौं,' सुनिता भन्छिन्, 'हल्ला गर्दा हामीलाई त्यो ठाउँबाट जान नदिने डर थियो त्यसैले घरको सबै सामान र सम्पत्ति छाडेर हिंड्यौं ।' खर्चको जोहो गर्न त्यो ठाउँमा ढुंगा बोक्ने कामका लागि तीनैजना खटिन थाले । त्यही हो सुनिताले आफ्नो जीवनको सबैभन्दा ठूलो शत्रु भेटेको । जसको अनुहारले अहिले पनि उनको निद्रा खल्बलिन्छ ।

'बाटोमा हिंड्दा अहिले पनि तिनीहरू भेटिन्छन् कि जस्तो लाग्छ,' सुनिता भन्छिन्, 'कोही अनुहार मिल्नेजस्तो मान्छे लाग्यो भने फर्की फर्की हेर्छु ।'

ढुंगा बोक्ने ठाउँमा दुई नेपाली ट्याक्टर चालक थिए । उनीहरू भन्थे, 'दाइ मान्छौं भने हामी पनि तिम्रो दाइ नै हौं ।' आफ्नो हराएको दाइको खोजीमा हिँडेकी सुनिताको मनले उनीहरूलाई दाइ स्विकार्दैन थियो । उनीहरू भन्थे, 'बहिनी १४ वर्षको उमेरमा त तिमीले धेरै पैसा कमाउन सक्छौं, बाउआमालाई पाल्न सक्छौं, तिमी त अहिले बाउआमाको लागि बोझ भएकी छौ ।'

बाटो खर्च पुग्ने पैसा जम्मा भएपछि उनको परिवार कुल्लुमनालीबाट हिँड्ने तयारीमा थियो । ती दुई ट्याक्टर चालकले पनि काम छाडेर सँगै नैनीताल जाने इच्छा देखाए । अघिल्लो रात उनीहरूले मिठाई ल्याएर बाँडे । शंकालु सुनिताले मिठाई खान इन्कार गरिन् । बरु उनको आमाबुवाले खाए । आमाबुबाले खाएपछि उनले पनि खाइन् । उनलाई मिठाई चपाएको याद छ, त्यसपछि केही याद छैन ।

..........................

आँखा खुल्दा उनी अध्याँरो कोठामा थिइन् ।

'तिम्रा दाइहरूले ल्याएर छोडेका हुन् । दाइहरू लुगा किन्न गएका छन्,' सुरुका दिनमा उनलाई यही भनेर झुक्याइयो । यसको केही दिनपछि  उनलाई 'धन्दा' का लागि मनाउन खोजिएको थियो । 'घर धन्दा' बारे थोरबहुत जानकार १४ वर्षकी केटीले कोठीको 'धन्दा' को भेउ पाउने कुरै थिएन । यही कारणले उनले यातना भोग्नुपर्‍यो । पहिले पहिले यो यातनाको कथा सुनाउँदा सुनिताको आँखामा आँसु आउँथ्यो । अहिले आउँदैन । भन्छिन्, 'दर्जनौं देशका सयौंलाई मेरो कथा सुनाइसकें, अब आँसु आउनै छोडिसक्यो ।' म्यागेसेस पुरस्कार थापेर आउँदा उनको आँखामा खुसीका आँसु आएका थिए, सी टेन अवार्ड लिएर फकिर्ंदा आँखा रसायो मात्रै ।

..........................

प्रहरीले उद्धार गरेपछि उनलाई भारत सरकारको सेल्टर होममा राखियो । उद्धार भएपछि उनलाई लागेको थियो- अब सुखका दिन आए । तर, तरिका फेरिएको मात्र थियो, दुःख कायमै थियो । चेमपुरस्थित सेल्टर होममा महिला कर्मचारीको रुखो व्यवहार बेहोरेपछि उनले कोठी सम्भिmइन् । उनलाई १८ वर्षभन्दा कम उमेरकी भएकाले उद्धार गरेर यहाँ ल्याइएको थियो ।

'महिला कर्मचारी छाडा बोलेर हामीलाई गाली गर्थे, झ्यालबाट बाहिर हेर्दा केटालाई हेरेको भनेर गाली गर्थे,' सुनिता सम्झिन्छिन्, 'लाग्यो, यौनशोषणबाट त मुक्त भए अरू दुःख भने उस्तै रहिरह्यो ।' उनको समूहको एउटी साथीलाई एचअाईभी थियो । उनी जीवनको अन्तिम अवस्थामा थिइन् । उपचारको अभावमा हातबाट पीप बग्न थालेको थियो जति अनुरोध गर्दा पनि सेल्टर होमका कर्मचारीले उनको उपचारमा लगेनन् । भन्थे, 'यसको हालत देखेपछि तिमीहरूलाई फेरि पुरानो काममा जान मन लाग्नेछैन ।' उद्धार गरेर ल्याइएको मध्ये भारतीय र अन्य देशकाहरूलाई आआफ्नो देशको सरकारको पहलमा स्वदेश फर्काइएको थियो । नेपालीहरू मात्र सेल्टर होममा बाँकी थिए । उपचार अभावमा साथीको मृत्यु भएपछि उनीहरूले एक दिन सामूहिक विद्रोह गरे । ढोका फोडेर सेल्टरका कर्मचारीलाई आक्रमण गरे ।

खबर नेपालसम्म फैलियो । तर, नेपाल सरकार उनीहरूलाई नागरिक मान्न तयार भएन किनकि उनीहरूसँग नेपाली नागरिकता थिएन । नेपालको ७ संघसंस्थाले उनीहरूलाई फर्काउने पहल थाले । एक दिन उनीहरू भए ठाउँमा भेट्न पुगे- गौरी प्रधान । 'नेपाली केटा देखेर हामीहरू खुसी भएनौं, आक्रोशित भयौं ।' किनकि उनीहरू सबै नेपाली केटाहरूबाटै बेचिएका थिए । प्रधानको वचनमा उनीहरू आश्वस्त भएनन् । एक हप्तापछि सेल्टर होमका कर्मचारीले उनीहरूलाई नेपाल जान पाउने भयौं भनेर खबर ल्याउँदा मात्रै उनीहरूलाई पत्यार लाग्यो । मनमा डर भने कायमै थियो-फेरि कतै लगेर बेचिदिने हुन् कि ?

सन् १९९६ मा सेल्टर होममा रहेका एक सय २८ चेलीहरू विमानबाट स्वदेश फर्किने भए । 'सेभ दी चिल्ड्रेन'ले विमान व्यवस्था मिलाइदिएको थियो । सुनितालाई पछि मात्रै थाहा भयो- सबै चेलीको विमानको टिकट चर्चित बलिउड हिरो सुनील सेट्टीले किनिदिएका रहेछन् ।

..........................

विमानबाट आफ्नो देशमा ओर्लिदा खुसीले गद्गद् उनीहरू तब सुकसुकाउन थाले जब उनीहरूले विमानस्थल बाहिर सयौं मानिसहरू जम्मा भएको देखे । ती मानिसहरूको उनीहरूको स्वागत होइन, बेइज्जती हेर्न आएका थिए । 'हामी आउने अघिल्लो दिन बम्बईबाट वेश्याहरू काठमाडौं आउँदैछन् भनेर हल्ला फैलिएको रहेछ,' सुनिता सम्झिन्छिन् ।

१२८ मध्ये सुनिताहरूको १२ जना साथीको समूह थियो । उनीहरू एकदमै मिल्थे, जहाँ पनि सँगै जान्थे । यो समूहलाई रेणु राजभण्डारीले आफूले चलाएको सेल्टरमा राखिन् । 'सेल्टर पशुपति नजिकै थियो, हामी पशुपति घुम्न जान्थ्यौं तर मान्छे हामीलाई छुन डराउथे, एचआईभी सर्छ भन्थे । यो सुनेर हामी फेरि सेल्टर फर्किएर रुन्थ्यौं ।'

नेपाल आएपछि सुनिताको समूहको १२ मध्ये केही साथीमा एचआईभी भेटियो । आफ्नो बर्बादीको भयले डराएका उनीहरूले शक्ति समूह गठन गर्ने योजना बनाए । 'तर, संस्था गठनको लागि ७ जनाको नागरिकता पनि थिएन,' उनी भन्छिन्, 'सुरुमा चारजनाको मात्रै नागरिकता भएपछि अरू तीनजनाको नागरिकता सापटी लिएर संस्था दर्ता गर्न गयौं ।'

तर, उनीहरूको काम सजिलै बन्नेबाला थिएन । बेचबिखनमा परेर फर्किएकाहरूले चलाउने संस्था दर्ता गर्न उनीहरूले चार वर्ष कुर्नुपर्‍यो । सन् १९९६ मा नेपाल फर्किएका उनीहरूको संस्था सन् २००० मा मात्रै दर्ता भयो । संस्था दर्तामा मात्र होइन् आफ्नै नागरिकता बनाउन पनि सुनिताले चार वर्ष दौडधुप गर्नुपर्‍यो । नेपाल फर्किएको एक वर्षपछि उदयपुरका निर्पकुमारसँग विवाह गरेकी उनले चार वर्षपछि मात्रै नागरिकता पाइन् ।

शक्ति समूहको सन् २००२ देखि २००४ सम्म अध्यक्ष भएकी उनले पुनः २०११ देखि अध्यक्षता सम्हालिरहेकी छन् । उनको कार्यकालमा शक्ति समूहले एसियाको नोबेल पुरस्कार मानिने म्यागेसस पायो । संस्थाकै चरिमाया तामाङले 'हिरो एक्टिङ टु इन्ड मोडर्न डे स्लेभरी अवार्ड' पाइन् । उनको संस्थामा १६७ सदस्य छन् जो सबै यौन शोषणमा परेका महिलाहरू हुन् । उनलाई गर्व छ उनले आजसम्म झन्डै सात सय बेचबिखनमा परेका महिलालाई सहयोग गर्न पाएकी छन् ।


दुई वर्षअघि तीजमा सुनिता दैलेख पुख्र्यौैली गाउँ पुगेकी थिइन् । त्यहाँ पुगेपछि बल्ल उनले थाहा पाइन् आफ्ना बुवाआमा संसारमा छैनन् । 'उहाँहरू भारतमा बित्नुभएको रहेछ,' भन्छिन्, 'बुवाले दुई वर्षअघि मात्रै विष खानुभएको रहेछ ।' २९ वर्षपछि जन्मभूमि टेकेकी उनले १७ वर्षपछि आफ्नी दुई दिदी र दाइसँग कुरा गर्ने मौका पाइन् ।

दुःखको पहाड नाघेर यहाँ आइपुुगेकी सुनिताको अबको सपना के छ ? 'धेरैले मैले भागेको समस्याबारे थेसिस लेखे अब म चेलीबेटी बेचबिखनको बारेमा पीएचडी गर्न चाहन्छु,' भन्छिन्, 'म आफ्नै समस्याबारे अनुसन्धान गर्न चाहन्छु ।' कादम्बरी कलेज बुद्धनगरकी बीए तेस्रो वर्षकी विद्यार्थी उनी सधैं कलेज जान पाउँदिनन् । उनलाई कलेजले मानव लाइब्रेरी घोषणा गरेको छ । पढ्न जान नभ्याए पनि उनी बेला बेला आफ्नो अनुभव बाँड्न भने जान्छिन् ।

११ जिल्लामा फैलिएको शक्ति समूह देशका सबै जिल्लामा पुर्‍याउने उनको सपना छ । 'पुरस्कार पाउँदा कति खुसी लाग्यो भनेर सोध्छन्,' उनको अनुभव छ, 'नेपालबाट चेलीबेटी बेचबिखन अन्त्य भएको दिन मात्रै म सबैभन्दा खुसी हुनेछु ।'

सुनिता भाग्यमानी हुन् कि अभागी ? उत्तर अमूर्त छ । उनी अभागी हुन् किनकि उनी बेचिइन् । त्यस्तो दुःख पाइन्, जुन सामान्य व्यक्तिले भोग्नु पर्दैन । उनी भाग्यमानी हुन् किनकि उनी 'नरक'बाट उम्किइन् । जबकि अहिले पनि हजारौं नेपाली चेली मुम्बईको कोठीमा शरीर बेच्न बाध्य छन् । उनीसँग अहिले एक फराकिलो हृदय भएका सहयोगी पति छन्, जो विरलै नारीले पाउँछन् । बुवासँग अक्षर चिनेकी उनले नेपाल अाएपछि पढ्ने मौका पाइन् । यहाँसम्म आइपुग्दा सुनिताको आफ्नोबारे धारणा के छ त ? 'म आफूलाई संघर्षशील मान्छु,' उनको जवाफ हुन्छ, 'संघर्ष गरेको भएर मात्रै म यहाँसम्म आइपुगेकी हुँ ।

Thursday, November 13, 2014

अनुहारमा चौरी नहुन के गर्नुपर्छ ? यी सरल घरेलु तरिका जानी राखौं !

सास-टिप्स । भन्ने गरिन्- स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै मतलव हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छा तर उ अस्वस्थ छ तर धनवान छ भने भने पक्कै पनि उ सुखी रहन सक्दैन । हिन्दु शास्त्रअनुसार स्वास्थ्यलाई धन भन्दा पनि बढी महत्व दिने गरिन्छ, किनकि खराब स्वास्थ्यले तपाइँको आर्थिक अवस्था नै बिगार्न सक्छ ।


त्यसैले राम्रो स्वास्थ्यको लागि सबै भन्दा जरुरी हुन्छ नियमित र सुनियोजित जीवनशैली । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बुढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छ । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा लेखिएको छ कि ...

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।

सरल शब्दमा भन्नु पर्दा माथिको अर्थ यो छ कि दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ । गरुड़ पुराणको यो जीवन उपयोगी सूत्र अनुसार तलको ६ काममा सधा सावधानी अपनाउन सके तपाइँ आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ अनि लामो समय सम्म जवान बन्न सक्नुहुन्छ -

१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मल-मूलको वेग रोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।
गरुड पुराणको अनुसार यो आदतले उमेर घटाउने गर्दछ ।
१. खान-पानमा दहीको उपयोग गर्नु ।
२. सूक्खा मासु खानु ।
३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।
४. वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु ।

माथिका कुरा हाम्रो जिवनमा पनि उपयोगी छन् । यसको अलावा मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक छ ।

अब नेपाली नागरिकले बिना भिसामा ३४ देश जान पाइने

 हामी धेरैलाई कुन कुन देशमा जाँदा भिसा अन अराइभल अर्थात यी देशमा गए पछी मात्र भिसा लिन मिल्छ भन्ने थाहा होला ? देशको वर्तमान स्थिति जे जस्तो भए पनि उल्लेखित तालिका-का देशहरु जान सकिन्छ । बिना भिसा ३४ देशमा नेपाली नागरिक जान पाइन्छ


– थाहा पाई राखौं देश हरु कुन कुन हुन् त ?





आफ्नै पतिले यौनकर्मी बन्न बाध्य पारिएकी महिलाको दर्दनाक पिडा

 उमेरले ४८ वर्षकी भएँ। मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु? त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ।


त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने। त्यसैले ज्यामी काम गर्दै गर्दा ग्राहक पाएको बेला यौनकर्म पनि गरेँ। बाध्यता भएपछि नराम्रो मानिएको काम पनि गर्नुपर्ने रहेछ। अहिले यो उमेरमा आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन्। दुईजना नियमित ग्राहक छन्, एकजना मभन्दा बढी उमेरको र एकजना कम उमेरको। आवश्यक परे उनीहरू नै फोन गर्छन्। उनीहरूलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्छ। एकपटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन्, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ। कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन्। तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ। छोराछोरी, नातागोताले देखे के भन्लान्? त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन्, तिनैमार्फत काम हुन्छ। …

म काठमाडौं बाहिरकी परेँ, गरिबकी छोरी। नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंको केटो खोजिदिएछन्, धनी भन्ठानेर। धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे। त्यतिखेर म ११ वर्षकी थिएँ, दुलाहा २७ वर्षका। ती भारत बसेर आएका रहेछन्, उता पनि श्रीमती रहिछन्। बिहेअघि गरिएको सर्तअनुसार मेरो बिहे भएको पाँच वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो। १४ वर्षको उमेरमा म केटाको घरमा गएँ। केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै सबै दिएँ। कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु। अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ। मेरा गहना त्यसैमा सकेछ। मेरो पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ। मलाई आफ्नै पतिले बलात्कार गरे। त्यो १४ वर्षको उमेर यौनसम्बन्ध गर्ने उमेर हो? म त बेहोश भएछु। होश आउँदा म शान्तभवन (हालको पाटन अस्पतालको पुरानो नाम) मा थिएँ। २२ दिन अस्पताल बस्न पर्‍यो।

मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न पर्‍यो। त्यसपछि मलाई मेरा नातेदारले माइती पुर्‍याए। त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो। रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको रहेछ। माइतीलाई पर्‍यो आपत्ति, उनीहरूले केटाको घरमा पुर्‍याइहाले। त्यहाँ मेरो पति भनाउँदो त के भन्छ भने मेरो पेटमा रहेको बच्चा उसको होइन रे। अनेक आक्षेप खेप्दै त्यो घरमा बसेँ। बच्चा जन्मियो। बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु पो भन्छ हौ, बच्चाको बाउ त। सुत्केरीलाई न राम्रो खान दिनु छ, उल्टै अनेक लाञ्छना। बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे। बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न पर्‍यो। छोरा तीन वर्षको थियो। एक्लै डेरामा बस्न थालेकी थिएँ। फेरि बुवाआमासँग कुरा गरेर एउटा केटा ठिक्‍क पारिदिएछन्। काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग बिहे गरिदिए नातेदारहरूले। मेरो भाग्य खोटो रहेछ। ज्यामी काम गरेर महिनाको चार सय आम्दानी हुन्थ्यो।


मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्छ त्यो पति भनाउँदो। पहिले छोरोमात्रै पाल्नपर्थ्यो , अर्को बेकामे पतिलाई पनि पाल्नुपर्ने भयो। त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो। बिहे गरेको एक वर्षपछि यता छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता। कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा। आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो। यसै क्रममा पाँच छोराछोरी भए। … त्यसै क्रममा एकजना गाडीवाल साहूसँग भेट भयो, नातामा टाढाको भिनाजु पर्ने। मलाई बच्चा पाल्न गाह्रो भइरहेको थियो।

उनैले मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने। बिहे गरौं पनि भन्थे। मचाहिँ बिहे भनेपछि वाक्‍क भइसकेको थिएँ। मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा। विस्तारै हामी अलि निकट भयौं। बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे। उनीसँग म पोखरा घुम्न गएँ। पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो। परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो। सम्बन्ध निरन्तर रह्यो। जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ। यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउने। पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन्। पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे। हामी टाढियौं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्‍न पर्‍यो। पछि एउटा ड्राइभर आइलाग्यो। एक वर्षसम्म सम्बन्ध भयो। तर, ती परे अलि स्वार्थी।

म आफैं टाढिएँ। आफ्नो पतिसँग त छुटिसकेको थिएँ। … स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ। तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ। आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुन्थेँ। त्यस बेला म एउटा घरमा लुगा धुने काम गर्थें। त्यो धनी परिवार थियो। सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि ! एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु। के कसो छ हेर्छु।’ मैले उनको आशय बुझिहालेँ। आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्‍ने कुरै भएन। आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए। आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारो? साहुनी बिहानै पसल जाने। उनको घरमा कोही नभएको बेला सुटुक्‍क हामीबीच सम्बन्ध हुन्थ्यो। पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ। उनी भन्थे, ‘कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्थ्यो। … अब म एकप्रकारले पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ।

बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ। यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे। कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्‍नुपर्ने। वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ। पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले। एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात। पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ। त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ। त्यो राम्रै पारिश्रमिक हो। होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ। एउटा लजमा दुई हजार रुपैयाँ दिने भनेर बोलाएका थिए। सम्पर्कअघि मलाई केही पिउन दिए। सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ। सम्पर्कअघि बिजुली निभाइयो। म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ।यौनसम्पर्क गर्ने एउटा पुरुषको आफ्नै शैली हुन्छ। बेलाबेलामा सम्पर्क हुँदै थियो। तर, पछिल्लो शैली अलि फरक हुँदै गयो। मेरो अनुभवले भन्यो, शैली फरक हुँदै गइरहेको छ।

पक्‍कै पनि एउटा मात्रै पुरुषले मसँग सम्पर्क गरिरहेको छैन। उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो सम्पर्क गरेका रहेछन्। मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन्, अँध्यारोमा पालैपालो आउँदा रहेछन्। उनीहरूले सातपटक मसँग सम्पर्क गरे। उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो। ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु। हेप्न त भएन नि ! त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ। र, भनेँ, ‘अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु। एकजना मात्रै छु भनेर बोलाउने, अनि तीनतीनजनाले मोज गर्ने? तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु’ उनीहरू डराए। दुई हजारको ठाउँमा ६ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ। मोराहरूले के पिलाएका थिए कुन्‍नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ। … हेर्नोस्, हामीहरू यस पेसामा रहरले आएका होइनौं।

मैले १२ वर्षदेखि ७० वर्षसम्मका महिला यो पेसामा लागेका देखेकी छु। कठै, १४/१५ वर्षकाहरू पेटमा बच्चा बोकेर हिँडिरहेका पनि देखेकी छु। साह्रै ठूलो पीडा छ, यस क्षेत्रमा। कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन्। ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन्, लामो समय पनि लगाउँदैनन्। तर, बूढाहरू लामो समय लगाउँछन्, उमेरले पनि त्यस्तो भएको होला। कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन्। यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ।


तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन्। पहिले भनेजति नै दिन्छन्। बरु कहिलेकाहीँ त थपी पनि दिन्छन्। यस्तै छ यौनकर्मीको संसार। म फेरि पनि भन्छु, हामीहरू कुनै रहरले यो पेसामा आएका होइनौं। यसको विकल्पमा अरू इज्जतदार पेसा पाइए हामी तुरुन्तै यो पेसा छाड्छौं।

बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना

छिट्टो गर्नुस अब धेरै समय छैन ...समयमै आफ्नो काम पुरा गर्नुस...पछी पछुताउनु पर्ला!


महिलाहरुलाई सम्भोगका बेला कतिचोटी चरम आनन्द आउँछ?

सम्भोगको आधुनिक शैली तथा पुरुष जनेन्द्रीयको आकारले होइन कुनैपनि पुरुषले महिलालाई यौन सन्तुष्टि दिने कुरा उसको सेन्स अफ ह्यमुर, आत्मविश्वास तथा परिवारको आयमा निर्भर हुने एक अध्ययन ले देखाएको छ ।

अमेरिकाका मनोविज्ञहरुले कलेज पढ्ने छात्राहरुमा गरेको एक अध्ययन अनुसार सहवासमा महिलालाले प्राप्त गर्ने चरम आनन्द उनको पार्टनरको परिवारको आय, पार्टनरको आत्मविश्वास तथा उसको आकर्षणमा भर पर्छ ।

शोधकर्ता जर्ज ग्यालपले चरम आनन्दको मामिलामा त्यसको परिमाण भन्दा पनि गुणवत्ताले धेरै महत्व राख्ने भन्दै सम्भोगका बेला कतिचोटी चरम आनन्द आउँछ भन्ने भन्दा पनि कति गहिराईमा चरम आनन्द प्राप्त भयो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने बताए ।

अध्ययनले अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लगाएको छ भने सहवासमा चरम आनन्दको विषय अभ्यासमा निर्भर हुन्छ । जो महिलाले सानै उमेरमा सेक्सको अनुभव लिएका हुन्छ र त्यसलाई निरन्तरता दिएका हुन्छन् उनीहरुले चरम आनन्दको अनुभुति बढि गर्दछन् ।

साथै उनीहरु आफ्नो यौनसाथीसँग यौनिक रुपमा बढि सन्तुष्ट हुन्छन् ।

Wednesday, November 12, 2014

ल हेर्नुस फेरि मोडेल तिर्सनाको चर्तिकला

ल हेर्नुस कहिले नेतासँग भेट कहिले नङो तस्बिर आखिर गर्न खोजेको के हो के नेपाल लाई यूरोप बनाउन खोजेको कि स्क्यन्डल को न्यूमा कतै अरु कलाकारलाई पछ्या उन खोजेको पो होकी यी मोडेल तिर्सना को चारतिकला लाई तपाईं अफुले भनुहोस के होला त भोली ?


के यो र हलिउड को तस्बिर सँग के फरक प उनु हुन्छ ? मोडल तिर्सना बुढाथोकीले पुन आफ्नो भित्रि अंग प्रस्ट देखाउदै तस्वीर शेयर गरेकी छिन । यसअघि पनि विभिन्न अश्लीलता झल्किने तस्वीरका कारण चर्चामा आएकी उनले पुन नग्न र उत्तेजक तस्वीर समाजिक सञ्जालमा शेयर गरेकी हुन । तस्वीरमा उनी एैनाअघि उभिएको र भित्री बस्त्र नलगाएको प्रस्ट हुन्छ ।


उनले लगाएको बाहिरी बस्त्रले मुस्किलले उनको स्तन छोपिएको छ । तस्वीरसँगै उनले आफ्नो अभिब्यक्ति पनि लेखेकी छिन । उनले लेखेकी छिन ल भन्नुस के के भन्नुछ, कुरो तपाईको, बुझाई तपाईको, फोटो मेरो, सहने शक्ति छ मेरो ।

केहि नेपाली लोक तथा आधुनिक गीतहरुमा मोडलिङ गरिसकेकी यी हट मोडलले यसअघि पनि नग्न उत्तेजक तस्वीरहरु समाजिक सञ्जालमा शेयर गरेकी छिन ।

तपाई चिया-कफी पिउनुहुन्छ ? पहिले यो पढ्नुस्...!!!

धेरै मानिस चिया या कफीका शौखीन हुन्छन् भने कतिपय मानिसलाई चिया या कफीमध्ये एक चीज मात्र मन पर्छ । चिया र कफी दुवैमा क्याफिन पाइन्छ । क्याफिन हाम्रो शरिरका लागि हानिकारक तथा फाइदाजनक दुवै हुन्छ । कोलोन विश्वविद्यालयका फार्मेसिस्ट र टक्सीकोलोजिस्ट कुनो गुटलरका अनुसार क्याफिनका कारण मुटुको धड्कन बढ्छ । यसले मष्तिष्कमा रगतको मात्रा बढाउने गर्छ जसले मष्तिष्कमा अक्सिजनको मात्रामा बृद्धी गर्छ ।


चियाः चिया पनि थरीथरीका हुन्छन् । कालो, हरियो र कागती चिया खासगरी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ग्रिन टीले क्यान्सरको खतरालाई कम गर्छ । ग्रिन टी पाउँनाले शरिरको वजन कम हुन्छ । ज्यादा मात्रामा चियाको सेवनले बेफाइदा गर्छ । धेरै चिया खानाले पेटमा ग्याँसको मात्रा बढ्ने गर्छ । दैनिक रूपमा ५-६ कप चिया पिउनु राम्रो हुन्छ ।

कफीः कफी पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर, ज्यादा मात्रामा कफी पिउनु पनि हानिकारक हुन्छ । कफीमा क्याफिन हुन्छ जसले अनिन्द्रा बढाउने गर्छ । दैनिक ३-४ कप भन्दा बढी पटक कफी पिउनु राम्रो मानिदैन ।

एन्टी अक्सिडेन्टः चिया र कफी दुवैमा एन्टी-अक्सिडेन्ट हुने गर्छ । चियामा फ्लेवेनाइड पाइन्छ भने कफीमा क्युनाइन र क्लोरोजेन एसिड पाइन्छ । यी दुवै रसायनले एन्टी-अक्सिडेन्टको काम लगभग उस्तै काम गर्छ । यो एन्टी-अक्सिडेन्ट शरिरबाट फ्रि रेडिक्स निर्मूल गर्छ ।

वजन घटाउनका लागिः चिया र कफी दुवैले तौल घटाउनका लागि फाइदाजनक हुन्छ । दैनिक कालो कफी पिउनाले तौल कम गर्न मद्धत गर्छ । यस्तै, अर्कोतर्फ ग्रिन, लेमन, र कालो चियाको प्रयोगले पनि तौल घटाउन मद्धत गर्छ ।
कफी र चियाले मुटुलाई पनि निकै फाइदा गर्छ । यसमा पाइने एन्टी-अक्सिडेन्टले मुटुको समस्यालाई कम गर्छ । यसले मुटुको कार्यक्षमतालाई पनि बढाउने गर्छ ।

क्यान्सरका लागिः कफी र चियाले क्यान्सरको सम्भावनालाई कम गर्छ । चिया पिउनेलाई ब्रेस्ट क्यान्सर हुने निकै कम सम्भावना हुन्छ । कफी पिउनाले लिभर र प्रोटेस्ट क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।

पाचन प्रणालीका लागिः कफीको तुलनामा चिया पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । चिया यदी चिनि र दुध बिना बनाए यसले पेटको लागि निकै फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई निकै फाइदा गर्छ ।
कफीको अत्याधिक प्रयोगले भोक कम लाग्ने गर्छ । यसले कब्जियतको समस्या बढाउँछ ।

क्याफिनः यदी क्याफिनको सेवन कम मात्रामा गरिए फाइदाजनक हुन्छ, तर यसको धेरै प्रयोगले कयौ प्रकारका स्वास्थ्य समस्या पनि हुने गर्छ ।

अब ल हेर्नुस् ! नेपाली चेलीको विकिनी रुप

२९ नोभेम्बरमा आयोजना हुन लागेको ‘मिस अर्थ २०१४’मा सहभागी हुन यतिबेला नेपाली चेली प्रिन्सा श्रेष्ठ फिलिपिन्समा छिन् ।


यूनिभर्सिटी अफ द फिलिपिन्स थिएटर’मा हुन लागेको यो प्रतियोगितामा ८५ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् । सोमबार विश्वका सुन्दरीहरुले आफूलाई विकिनीमा प्रस्तुत गरे । जसमा ‘मिस नेपाल अर्थ’ बन्न सफल प्रिन्सा श्रेष्ठले पनि आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरिन् ।

पारस शाह फेरि थाइ प्रेमिकाको शरणमा

२६ कात्तिक, काठमाडौं । थाइल्याण्डमा लागू औषध मुद्दा खेपिरहेका पूर्व युवराज पारस शाहले आफ्नी प्रेमिका कन्निका चाइयासार्नप्रति आफूले अनावश्यक शंका गरेको भन्दै सार्वजनिक रुपमा माफी मागेका छन् ।


उनले आफूलाई नेपाल फर्किन नदिन सक्रिय परिवारकै सदस्यहरुले कन्निकासँग झगडा गराएर जेल पठाउन खोजेको दावी गरेका छन् ।  ‘मेरो एकमात्र साक्षी मेरी महिला कन्निका हुन्, उनले साक्षी नबक्ने हो भने म जेल जाने निश्चित थियो’ पारसले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
पारसले परिवारका सदस्यसहित केही मान्छेले आफूलाई नेपाल फर्किन नदिन षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

परिवारकै सदस्य र शाही खानदानको व्यापार सम्हालिरहेका व्यक्तिले आफूलाई नेपाल फर्किनबाट रोक्न प्रेमिका कन्निकासँग दुश्मनी गराउन चाहेको दावी समेत पारसले गरेका छन् ।  ‘यदि उनले मेरो लागि समस्या सिर्जना गरेकी हुन्थिन् भने उनी आफैं पनि समस्यामा पर्थिन् । उनले त्यस्तो गर्ने सक्दिनन् किनभने उनले मलाई फुकेटदेखि चियाङ माईसम्म कहिल्यै साथ छाडेकी छैनन्’ पारस लेख्छन्-‘ यदि मलाई साँच्चिकै समस्या पार्ने थिइन् त उनले भाग्नुको साटो फुकेटबाट किन मलाई अस्पतालमा लिएर जान्थिन् ?’
उनले आफूलाई हृदयघात भएर मृत्युमा पुगेका बेला प्रेमिकाले अस्पताल लगाएर बचाएको भन्दै उनी बिना आफू नबाँच्ने बताएका छन् ।

पारस फेसबुकमा लेख्छन्-‘मेले चिकेन पकाउन चाहेपछि सुनिल खड्का उसकी श्रमतीसंग चिकेन किन्न गएको थियो । पछि कन्निकाले फोन गरेपछि ऊ साथीहरु सहित अस्पतालमा आएको हो ।’
पारसले अघिल्लो फेसबुक स्टाटसमा आफ्नी प्रेमिकाको नियतमा गलत शंका गरेर ठूलो भूल गरेको बताएका छन् । ‘मैले कहिल्यै आफ्नो हृदयलाई सुन्नै सकिन, उनी मेरो हृदयमा थिइन्, मैले मान्छेहरुलाई विश्वास गरेँ । जो मलाई नेपाल नफर्कियोस् भन्ने चाहन्छन् ।’

एक साताको निकै कठिन सोचाइपछि आफू प्रेमिका कन्निकाबाट आफूमाथि धोखा नभएको र नहुने निष्कर्षमा पुगेको पारसले उल्लेख गरेका छन् । ‘उनका कृयाकलाप आफैं बोल्छन् ठूलो स्वरमा, उनले केही बोल्ने पर्दैन’-पारसले भनेका छन् ।
आफूले अघिल्लो पोष्ट निकै तनाव र दबावमा लेखेको भन्दै पारसले दुई सातसम्म एक्लै बस्दा दिमागमा धेरै कुरा खेलेको बताएका छन् । उनले अघिल्लो साता आफूलाई प्रेमिकाले नै फसाएको आशंकासहितको स्टाटस लेखेका थिए ।

पारसले आफूलाई फसाउन कुनै शक्तिशाली र साधन स्रोत भएको व्यक्तिले प्रहरी परिचालन गरेको आशंका गरेका छन् ।
तर, ती दुवै चीज कन्निकासँग नभएको र उनीसँग आफ्नो जीवन सहज रुपमा अघि बढेको पारसले लेखेका छन् । ‘म विनम्रतापूर्वक माफी माग्न चाहान्छु मेरो गल्तिप्रति । उनी एकमात्र यस्तो व्यक्ति हुन् जसले हामी सँगै हुनुको वास्तविकता थाहा पाउछिन्’ पारसले लेखेका छन् ।
पारसले आफूमाथि किन यस्तो आइपर्‍यो र प्रेमिकासँग किन फाटो पार्न खोजियो भन्ने बारे पनि सोचिरहेको बताएका छन् ।

पूर्व युवराज पारसले नोभेम्बर ११ आफ्नो लागि निकै अर्थपूर्ण रहने गरेको पनि खुलाएका छन् । ‘त्यहि दिन मेरी छोरी पूणिर्का जन्मिएकी हुन्, त्यहि दिन चितवन काण्ड -रुवेल चौधरीमाथि पेस्तोल ताकेको प्रकरण) र त्यहि दिन म र मेरी प्रमिका ज्यान जोगाउन भाग्नुपरेको थियो’ उनले भनेका छन् ।
उनले यो सबै प्रकरणमा परिवारका सदस्यको हात हुन सक्ने दाबी गरेका छन् । ‘मेरो परिवारका सदस्य अथाव ती मान्छे जसले पाउनु धेरै छ तर, गुमाउने कमी छ तिनीहरुलाई म फर्किनँ भने राम्रो हुन्छ’ उनले पहिलो संकेत गरेका छन् ।

दोस्रो संकेत उनले सम्भवतः ज्वाइ राजवहादुर सिंहतिर इंगित गरेका छन् । पारस पेसबुकमा लेख्छन्-त्यो व्यक्ति जसले यसअघि नै हाम्रो सबै पारिवारिक व्यापार हात पारेको छ, यदि म फर्केँ भन ऊ वा उनी त्यसमा हुने छैनन् ।

Tuesday, November 11, 2014

आफ्नै बोयफ्रेण्डले एस्तो बतनाम गरेपछि.....(हेर्नुहोस भिडियो)

आफ्नै बोयफ्रेण्डले आफ्नो गलफ्रेण्डको एस्तो भिडियो सार्वजनिक



























अब नेपालमा पनि देह ब्यापार खोलिने २०० देखि १००० सम्ममा केटीहरु छानी छानी पाइने

अब नेपालमा पनि देह ब्यापार खोलिने २०० देखि १००० सम्ममा केटीहरु छानी छानी पाइने ।


देह ब्यापार खोलिने इस्थानहरु काठमण्डौ पोखरा इटहरी धरान र बिराटनगर अहिलेलाई यी स्थानहरुमा
रहने हाम्रो सम्पात्दतालाई बताएको छ ।

दाँतलाई सेतो पार्ने सरल घरेलु तरिका जानी राखौं !

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |



१ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
  २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

 ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |


 ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ 

निर्देशक आलोकको रहस्य खुल्दै..... अन्तिम कल मोडल एलिजा बस्नेत संग

श्यामसुन्दर गिरी,२०७१ कार्तिक २१ शुक्रबार,शिक्षण अस्पताल,काठमाण्डौ । बिहिबार राति ८ बजे आफ्नै निवासमा झुन्डिएर आत्मा हत्या गरेका चर्चित निर्देशक आलोक नेम्वाङले आत्महत्या गर्नुको कारण सहितको सुसाइड नोट फेला परेको छ ।उक्त नोटमा उनले दिन दिनै मरेर बाच्नुको अर्थ नरहेको उल्लेख गरेका छन् । उनको शब शिक्षण अस्पताल महाराजगंजमा पोस्ट मार्टम गरिएको छ ।


आलोकको पार्थिब शरीरलाई अन्तिम श्रदान्जली दिनका लागि प्रज्ञा भवनमा राखिने र दिउसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिने परिवार श्रोतले बताएको छ ।ग्रयाण्ड डि भिल्ला हाउजिङमा एक्लै बस्दै आएका नेम्वाङले भर्‍याङको रेलिङमा झुण्डिएर आत्महत्या गरेको थिए । उनले आत्मा हत्या गर्नु अघि मोडल एलिजा बस्नेत संग २ मिनेट ४३ सेकेन्ड टेलिफोन बार्ता गरेका थिए । मोडल बस्नेतका अनुसार आलोकले ५ दिन अघि देखि आफु मर्ने भन्दै आएका थिए ।

 आलोककै कुरालाई मध्यनजर गर्दै आलोकका नजिकमा सर्कलका अनिल थापा,निराजन प्रधान,पुस्प खड्का,अमित पोख्रेल र एलिजाको समूहले नै आलोकको ख्याल गर्दै आएको थियो । बिहिबार साझ कोहि नभएको मौकामा आलोकले मोडल एलिजा बस्नेत संग फोनमा कुरा गरे पछी आत्महत्या गरेको मोडेल एलिजा बताउछिन् । फिल्मीबजार डटकम संग कुरा गर्दै एलिजाले भनिन् ‘उहाले ५.३६ बजे मलाई कल गर्नु भएको थियो,हाम्रो २ मिनेट ४३ सेकेन्ड कुरा भयो,फोनमा उहाले पहिले जस्तै गरी जिस्कदै यदि मेरो केहि भएको खण्डमा आफु संग रहेको ३ वटा कुकुर र २ वटा बिरालोलाई पनि आफु संगै सुताएर बिदा गर्दिनु भन्नु भयो ।‘ आलोकले फोनमा त्यति कुरा गरे पछी केहि समयमा फेरी कल गर्ने जनाउदै एलिजा संग फोन काटेको र एलिजाको मोबाइलमा पैसा नभएकाले उनि पसल गएर रिचार्ज गर्ने बित्तिकै ५.४५ बजे फोन गर्दा आलोकले फोन नउठाएको एलिजा बताउछिन् ।

पटक पटक फोन गर्दा फोन नउठेपछी कुकुर डुलाउन ब्यस्त हुनुहुन्छ होला भन्ने सोचेर एलिजाले कल गर्न ग्याप राखिन् अन्तत ७.३० बजे फेरी फोन गरिन् र त्यो समय पनि फोन नउठेपछी निराजनलाई फोन गरि हेर्न पठाउदा निराजनले नै पहिलो पटक आलोक झुन्डिएको अबस्थामा ८ बजे फेला पारेको एलिजा ब्नाताउछिन् । एलिजाका अनुसार आफु संगको कल नै अन्तिम रहेको ठहर्दै करिब ६ बजे आलोकले आत्महत्या गरेको दाबि गर्छिन् ।

एलिजा ३ वर्ष देखि आलोक संग नजिक छिन् उनलाई आलोकले बहिनी मान्दै आएको समेत एलिजा बताउछिन् । यो अबधिमा एलिजाले करिब आधा दर्जन जति म्युजिक भिडियो आलोक संग गरिन् भने आलोकको कुनै लब अफ्यरले सो घटना नभई कुकुरकै कारण हुन सक्ने उनी दाबि गर्छिन् । एलिजाका अनुसार आलोक संग रहेका कुकुर र बिराला अरु कसैले पनि ख्याल गर्न र पालन पोषण गर्न नसक्ने भन्दै सो कुरा बताएका हुन् । आलोक जनवार प्रेमी भएको बताउदै एलिजाले भनिन् ‘साउनमा दाइको स्पाइसी नामको कुकुर मरे देखि उहा अलिकति अप्सेट हुनुहुन्थ्यो ।‘के आलोक कुकुर मरेकै कारण आत्महत्या गरेका हुन् त ?गम्भीर सोचनीय बिषय बनेको छ । आलोकको निधनले नेपाली चलचित्र उद्योगलाई नै ठुलो क्षती पुगेको छ ।