Tuesday, November 4, 2014

पारस शाहको गिरफ्तारीमा उनकै 'गर्लफ्रेन्ड'को भूमिका

१८, कात्तिक, काठमाडौं । आफ्नी शीलवती पत्नी हिमानी शाह र प्यारा छोराछोरीलाई छाडेर गर्लफ्रेन्डसँग थाइल्याण्डमा बस्दै आएका पारस शाहले अन्ततः तिनै थाई युवतीबाट धोका खानुपरेको छ ।


पारस शाहले पछिल्लोपटक आफूलाई थाई प्रेमिकाले पक्राउ गरेको बताएर यस्तो धोकाखडीको आफैंले खुलासा गरेका हुन् । बैंककमा लागू औषधसहित पक्राउ पर्नुअघि गत अक्टोबर ७ मा प्रेमिकाको जन्म दिन मनाएका पारसले तिनै प्रेमिकाबाट गिरफ्तारीमा परेको गुनासो फेसबुकमार्फत् खोलेका छन् ।

पूर्वयुवराज पारस शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-‘अन्त्यमा उनीसँग झगडा भएको थियो, मध्याहृन १२ बजे म उनको भाइको शहरमा पक्राउ परेँ ।’

थाइल्याण्डको कानूनअनुसार सुराकीलाई ३० प्रतिशत पुरस्कार पाउने साहले बताए । उनको भनाइको आशयअनुसार यही लोभले उनकी प्रेमिकाले पारसलाई पक्राउ गरेकी हन् ।

आफूलाई फसाइएको तर्क गर्दै पारसले भनेका छन्-‘मेरो परिवार र साथीहरु प्रष्ट हुनुस्, म बेवकुफ छैन ।’
आफ्नो गिरफ्तारीलाई एक खेलका रुपमा व्याख्या गर्दै पारसले ‘यो खेल खेल्न सक्ने मेरो मुटु छ’ भन्ने उल्लेख गरेका छन् ।

आफ्नो जीवनका साथै परिवारको नाम र देशको इज्जतका लागि पनि अब आफूले यसलाई प्रमाणित गर्ने पारसको दाबी छ ।

ज्ञानेन्द्रलाई हृदयघात हुँदा किन नआएको ?


पारस शाहले बाबुलाई हृदयघात हुँदा नेपाल नआउनुको कारणबारे पनि मुख खोलेका छन् । त्यसबेला आफ्नी बहिनी बैंककमै रहेको भन्दै उनले बाबुको अवस्था गम्भीर भए एक दिन पर्खिएर सँगै आउने योजना बनाएको बताए ।

तर, बुबाको हृदयघात सामान्य भएकाले नआएको भन्दै उनले भनेका छन्-भाइटीकामा फर्किने बाचासहित उनीहरु काठमाडौं गएका हुन् ।’

शाहले अघिल्लोपटक पक्राउ पर्दा कानुनी लडाइ लड्न चाहे पनि न्यायाधीशले थप हानी हुन सक्ने बताएपछि निर्णय स्वीकार गरेको बताएका छन् । अदालतमा आफ्ना वकीलले अंग्रेजी नबुझ्ने र आफूले थाई भाष नबुझ्ने हुँदा समस्या परेको पारसको भनाइ छ ।

0 comments:

Post a Comment