Tuesday, November 4, 2014

शक्ति समूहकी सुनिता दनुवारलाई "सि" टेन अवार्ड १० हजार डलरको पुरस्कार

शक्ति समूहकी संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष सुनिता दनुवारले सि टेन अवार्ड पाएकी छन्।
१० हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार पाउने दनुवार पहिलो नेपाली हुन्।


सेफियो स्टेन्बेक फ्यामिली फाउन्डेशन, वल्ड चाइल्डहुड फाउन्डेशन र रिच फर चेन्च नामक तीन संस्थाले सोमबार स्वीडेनमा आयोजना गरेको कार्यक्रममा दनुवारलाई पुरस्कृत गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मानव बेचबिखन र व्यवसायीक यौन शोषण विरुद्ध लड्ने विश्वभरबाट छानिएका १० जना मध्येमा उनी छानिएकी हुन्। विगत १८ वर्षदेखि शक्ति समूह मानव बेचविखन विरुद्व सक्रिय रहँदै आएको संस्था हो।

0 comments:

Post a Comment