Wednesday, November 19, 2014

कपिल शर्माले ट्वीटरमार्फत नेपालीसँग माफी मागे

भारतसहित नेपालमा समेत लोकप्रिय टीभी शो कमेडी नाइट्स विथ कपिलका होस्ट कपिल शर्माले नेपालीसँग माफी मागेका छन् ।

आफ्नो एउटा शोमा सगरमाथा भारतमा छ भनेर भन्नु गल्ती रहेको स्वीकार्दै उनले नेपालीहरूसँग माफी मागेका हुन् । उनले एक वर्षअघि एक शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।

तर, आसन्न नेपाल भ्रमणका बेला उक्त कार्यक्रमलार्इ लिएर आलोचना भएपछि कपिलले ट्वीटरमार्फत माफी मागेका हुन् ।


बुधबार साँझ ट्वीट गर्दै कपिलले भनेका छन्-‘मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेँ। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन। मैले चोट पुर्‍याएको भए माफी चाहन्छु ।

भारतीय टीभी च्यानल कलर्सबाट प्रसारण हुने कमेडी शो कमेडी नाइट्स विद् कपिलका सञ्चालक कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा छायांकन भएको शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।

तर, पछिल्ला दिनहमा सामाजिक सञ्जालमा कपिलको झुटको आलोचना भएको थियो । कपिल मंसिर २७ मा हुने स्टेज शोका लागि नेपाल आउने तयारीमा छन् ।

उनको माफी पनि यसलार्इ हेरेर भएको देखिन्छ भने लगतै उनले नेपाल र नेपालीको प्रशंसा गर्दै ट्वीट समेत गरेका छन् ।

0 comments:

Post a Comment