Sunday, November 16, 2014

मुटुरोगबाट कसरी बच्ने ? केहि सरल घरेलु टिप्सहरु...

नेपालमा पछिल्लो समय मुटुसम्बन्धी रोगले भयावहस्थिति लिन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेहरूको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरेको छ ।  


सन् २०२० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनी दुई करोड ५० लाखजना पुग्नेछ र कोरोनरी मुटुको रोग (हृदयाघात)ले सरुवा रोगहरूलाई उछिनेर संसारकै पहिलो नम्बरको ज्यानमारा रोगका रूपमा स्थापित हुनेछ । मुटु रोगका स्वास्थ्यकर्मीहरुका अनुसार नेपालमा मुटुसम्बन्धी रोगीको संख्यामा वृद्धि हँुदै गएको छ । पहिले बुढापाकालाई मात्र हुने मुटुरोग पछिल्लो समय केटाकेटी र युवालाई पनि त्यत्तिकै आक्रमण गर्ने गरेको छ ।

यो नेपालका लागि चिन्ताको विषय हो । हाल नेपालमा १५ प्रतिशत अर्थात् ५० लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटुरोगीहरूको संख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ । नेपालमा करिब ३० प्रतिशत बयस्कलाई उच्च रक्तचाप छ भने २० प्रतिशतलाई कोलेस्टेरोल, ६ प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुको समस्या रहेको छ । विकसित देशहरूमा मुटुरोगीको संख्या घट्दै गइरहे पनि विकासोन्मुख देशहरूमा भने मुटुरोगीको संख्या तीव्र रूपमा वृद्धि भइरहेको छ ।

मुटुस्वाथ्यकर्मीहरुका अनुसार ८५ प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन् भने करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । यस्तै, ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन् भने धेरै नेपालीलाई मानसिक तनाव रहेको छ । उनीहरुका जताततै वातावरणीय प्रदूषण, शुद्ध खानेपानीको अभाव, तरकारी र फलफूलहरूमा विषादीको प्रयोग, खानपान, अस्वस्थकर जीवनशैली नै मुटुरोगका प्रमुख कारण मानिन्छन् । यसैबीच, विश्व मुटु महासंघको आह्वानमा नेपालमा पनि सेप्टेम्बर २९ का दिन प्रत्येक वर्ष विश्व मुटु दिवस मनाइँदै आएको छ । यस वर्ष हिजो आइतबार मुटुरोगसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाइएको छ ।

0 comments:

Post a Comment