Tuesday, November 4, 2014

एन्फा अध्यक्ष गणेश थापा फिफाद्वारा निलम्बित

१८, कात्तिक, काठमाडौं । विश्व फुटबल महासंघ -फिफा)ले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई निलम्बन गरेको छ ।


फिफाले फुटबलका कुनै गतिविधिमा संलग्न हुन नपाउने गरी थापालाई १२० दिन निलम्बन गरेको हो । थापाको निलम्बन मंगलबारबाट लागू हुनेछ ।

आचार संहिता उल्लघनको आरोपबारे छानविन सुरु गर्दै फिफाले थापालाई निलम्बन गरेको जानकारी दिएको छ ।

एन्फा पदाधिकारीहरुले थापामाथि लगाएको अनियमिताको आरोपबारे छानविन भइरहेको समेत फिफाले आफ्नो वेबसाइटमा उल्लेख छ ।

५८ करोड अनियमिताको आरोपमा संसदको लेखा समितिले असोज १२ गते गणेश थापाको अध्यक्ष पद स्थगन गर्न भनेको थियो । थापाले लामो समयसम्म आफू दोषी नभएको दावी गर्दै भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिए ।

तर, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले लेखाको निर्देशन पालना नगरे आफूले कारबाही गर्ने चेतावनी दिएपछि थापाले कात्तिक ३ गते दुई महिनाका लागि आफ्नो पद स्थगनको घोषणा गरे ।

0 comments:

Post a Comment