Tuesday, November 11, 2014

आलोकले आत्महत्या गरेनन्, यो हत्या थियो

केहीदिन अगाडि एप्पल कम्पनीका सीईओ टीम कुकले आफू ‘गे’ भएकोमा गर्व गरेको अभिव्यक्ति दिदै आफ्नो ‘सेक्सुवालिटी’ सार्वजनिक गरे। यसका बारेमा विभिन्न तर्क वितर्कहरु भइरहेका छन्। पछिल्लो चरणमा चर्चित ब्याण्ड ‘वान डिरेक्सन’ का गायक लुइस टोमिल्सनले ‘इन्द्रेणी’ रंगको एप्पलको लोगो भएको टिसर्ट लगाउदै टिम कुकको शाहसको समर्थन गरेको प्रसंग पनि निकै चर्चित बनिरहेको छ।



यही सेरोफेरोमा नेपालमा भने एकजना सेलिब्रेटीको आत्महत्याको प्रसंगले विभिन्न खाले बहसहरु सृजना भइरहेका छन्।

आलोक दाइ भन्नुहुन्थ्यो मेरो बिहेबारे हल्ला फेलाउनेप्रति चिन्तित छु

४२ वर्षीय नेपाली सेलिब्रेटी आलोक नेम्बाङले केहीदिन अगाडि आत्महत्या गरे। उनको आत्महत्याको कारण स्पष्ट छैन। तर आफूलाई बुझ्ने र माया गर्ने राम्रो व्यक्ति नपाएका कारण आलोकले आत्महत्या गरेको कुरा उनीसँग नजिकबाट संगत गरेका नेपाली रंगकर्मीहरुलाई थाहा छ। आलोक सामाजिक भीडभाडभन्दा भिन्दै बस्न रुचाउथें। यसको अर्थ उनी असामाजिक भएका कारण होइन। नेपाली समाजमा व्यप्त अन्धविश्वास, नकारात्मक सोंच र धारणका कारण उनले एकान्त मन पराउने गरेका हुन्। नेपाली समाजको सोंचले उनलाई सुरुमा समाजबाट अलग बनाएर एकान्तप्रेमी बनाइदियो, पछि उनलाई संसारबाटै अलग गराइदियो। त्यसैले आलोकले आत्महत्या गरेका होइनन्, उनको हत्यामा नेपाली समाज दोषी छ। नेपाली समाजले नै उनको हत्या गरेको हो। यो विषयमा अहिले नै यसै समयमा बहस आवश्यक छ।

सबैका प्यारा आलोक सबैलाई रूवाएर गए

नेपाली समाजमा विद्यमान र धेरैले अनुशरण गरेको चीजलाई मात्र प्राकृतिक मान्ने चलन छ। आलोकको क्षमता विद्यमान रहेको र धेरैले अनुशरण गरेको भन्दा फरक थियो। उनको क्षमता अरुहरुको तुलनामा असाधारण थियो। तर उनको शारिरिक चाहना समाजमा विद्यमान र धेरैले अनुशरण गरेको भन्दा फरक भएका कारण नेपाली समाजका लागि अप्राकृतिक थियो। त्यसैले उनले आफू यो समाजमा फिट नभएको अनुभव गर्दै संमाज र संसारबाट विदा लिए। आलोकले यस अगाडि पनि कुनै युवकलाई मन पराउने गरेको र उनीहरुबीच प्रेमसम्बन्ध चलेको समेत चर्चा बाहिर आएको थियो। तर पछिल्लो चरणमा भने आलोकसँग उनलाई वास्तविक रुपमा बुझ्ने र माया गर्ने व्यक्ति कोही भएन। एकातिर उनलाई बुझ्ने व्यक्ति नहुनु र अर्कातिर नेपाली समाजको कारण उनी खुल्ला हुन नसक्दा उनले पटकपटक मर्दै बाँचेको अनुभव गरे। जुन उनको सुसाइड नोटमा उल्लेख छ। नेपाली समाजको सोंचका कारण उनीभित्र उत्पन्न कुण्ठाले उनले आत्महत्याको बाटो रोज्ने अवस्था आयो। त्यसैले आलोकको हत्यारा नेपाली समाज हो। यसअगाडि पनि यस्ता कैयन आलोकहरु मरिसकेका छन्। अहिले पनि मरिरहेका छन्। र नेपाली समाजको सोंचमा परिवर्तन नगर्ने हो भने भविश्यमा पनि यस्ता आलोकहरु मरिरहनेछन्।

सम्साँझै निभ्यो एउटा आलोक

नेपालमा आलोकहरु मरिरहँदा अन्तर्राष्ट्रिय जगतमा भने आलोकहरुले समाजसँग जुध्ने र समाजलाई परिवर्तन गर्ने हिम्मत देखाउने क्रम बढ्दो छ। ४२ वर्षीय आलोकले आत्महत्या गरिरहँदा ४२ वर्षीय अमेरिकन सेलिब्रेटी वेन्टवोर्थ मिलर भने अमेरिकन टेलिभिजनमा नयाँ स्वरुपमा साथ आउने भएका छन्। चर्चित टेलिसिरियल प्रिजन ब्रेकबाट चर्चामा आएका मिलर गतवर्ष आफ्नो वास्तविक सेक्सुवालिटी सहित बाहिर आएका थिए। केहीवर्ष अगाडिसम्म उनलाई संचारमाध्यमले प्रश्न गर्दा उनले आफू ‘गे‘ भएको अस्वीकार गर्दै आएका थिए। तर उनी खुल्ला भइसकेपछि भने आफ्नो पेशा र करिअरमा असर पर्न सक्ने भएकाले सेक्सुवालिटीबारे ढाँटेको प्रतिकृया दिएका छन्। उनी लामो समयसम्म केही साथीभाईहरुबीचमात्र खुल्ला थिए। तर पछि सार्वजनिक रुपमा नै खुल्ला भए। उनले पनि सेक्सुवालिटीकै कारण धेरैपटक आत्महत्याको प्रयास गरेका थिए। १५ वर्षको उमेरमा नै उनले पहिलोपल्ट आत्महत्याको प्रयास गरेका थिए।

त्यस्तै अहिले अमेरिकन नागरिकता लिइसकेका नेपाली मुलका फेशन डिजाइनर प्रबल गुरुङ अमेरिकी फेसन उद्योगमा चम्किरहेका छन्। उनको पेशामा उनको ‘सेक्सुवालिटी’ले कुनै प्रभाव पारेको छैन। सीएनएनका प्रस्तोता एवं पत्रकार एण्डरशन कुपर लाखौं पत्रकारका आदर्श मानिन्छन्। उनको पेशामा पनि उनको ‘सेक्सुवालिटी’ले कुनै प्रभाव पारेको छैन। हलिउडमा समेत कुनैबेला ‘गे‘ सेलिब्रेटीहरु खुल्ला भएमा उनीहरुको करिअर नै समाप्त हुन सक्थ्यो। तर अहिले अवस्था पहिलेजस्तो छैन। कुनै पनि व्यक्तिको ‘सेक्सुवालिटी’ उसको निजी कुरा भएका कारण र त्यसले अरुलाई कुनै प्रभाव नपार्ने भएका कारण ‘सेक्सुवालिटी’का सन्दर्भमा सामाजिक सोंच विकसित भइरहेको छ। चर्चित क्यानेडियन कलाकार एलेन पेजले गत फरबरीमा आफू समलिंगी भएको कुरा खुल्ला रुपमा बताइन्। उनले आफू आफ्नो सेक्सुवालिटीका बारेमा झूठो बोल्दा बोल्दा थाकेको बताएकी थिइन्।

'आलोक तिमी भ्रममा पर्‍यौ '


एचबीओ टेलिभिजनमा प्रशारण हुने गेम अफ थ्रोनका चर्चित कलाकार समेत रहेका क्रिष्टियन नेरनले गत मार्चमा आफू  ‘गे‘ भएको स्पष्ट पारे। कसैले ‘गे‘ कम्यनिटीको बारेमा कुरा गरिरहेको हुन्छ भने उसले मेरो कम्युनिटीको बारेमा कुरा गरिरहेको हुन्छ भने उनले आफ्नो ‘सेक्सुवालिटी’ का बारेमा स्पष्ट पारेका थिए। हलिउडका अर्का चर्चित कलाकार मौलिक पंचोलीले गत वर्ष आफू ९ वर्षदेखि एकजना पुरुषसँग रिलेसनसिपमा रहेको खुलाएका थिए। यसरी केहीवर्षको दौरानमा आफ्नो ‘सेक्सुवालिटी’ गर्वका साथ स्वीकार्ने ‘गे‘ सेलिब्रेटीहरु हलिउडमा चारदर्जनको हाराहारीमा छन्। तर नेपालमा भने अहिले नै यसरी आफ्नो ‘सेक्सुवालिटी’ गर्वका साथ स्वीकार्ने अवस्था छैन। यसका लागि नेपाली समाजमा व्यप्त सोंच नै प्रमुख कारण हो। जुन सोंचका कारण कैयन प्रतिभाहरुले मृत्युको बाटो रोज्न बाध्य हुनुपरेको छ।

नेपालको सन्दर्भमा त मान्छेहरु ‘गे राइट‘ को बारेमा बोल्न वा वकालत गर्न समेत हिचकिचाउाछन्। ‘गे राइट‘ को पक्षमा बोल्दा आफूलाई पनि कसैले ‘गे’ भनिदेला कि भन्ने डरले मान्छेहरु बोल्न डराइरहेको देखिन्छ। ‘गे राइट‘ को बारेमा बोल्नेहरु सबै ‘गे’ हुँदैनन् र हुनु आवश्यक पनि हुँदैन। जसरी महिला अधिकारका बारेमा बोल्नेहरु सबै महिला हुनु आवश्यक छैन र ‘एनिमल राइट’ का बारेमा बोल्नेहरु सबै जनावर हुँदैनन्।

1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete