Thursday, March 17, 2016

दिल्लीबाट काठमाडाैं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम ! (फोटोसहित)

काठमाडाैं-भारतको राजधानी दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेका नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाइ जानकारी दिए।


सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाइ जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल टोलि, कुकुरहरू र दमकल तैनाथ गरिएको जहाजमा रहेका यात्रु रूपेश रावलले नागरिकन्युजलाइ बताए। 'हामीलाइ जहाजबाट अोरालेर टाढै राखिएको छ, जहाजमा बम हुन सक्ने शंका छ। हामीलाइ के भएको भन्ने विवरण दिइएको छैन।' रावलले भने। 

Wednesday, March 16, 2016

ग्रीन ताराको मन्त्र जप गर्ने तरिका र त्यसबाट हुने फाइदाहरु

बुद्धिस्ट धर्म अनुसार हरेक महिनामा विभिन्न शुभ तिथिहरु हुन्छन् ।आज बुद्धिस्ट महिनाको ८ औ तिथि (छेप ग्ये) अष्ठमी हो । १० औ तिथि (छेप च्यु) दशमी । १५ औ तिथि (छेप च्योङ्ङ) पुर्णिामा । २५ औ तिथि (छेप ञेरङा) दशमी । २९औ तिथि धर्म पाला तिथि । र ३० औ तिथि (नाम्खाङ) औशी  पर्दछ ।

यसैगरी आज धावा ङिपा छेप गे ८ औ तिथि तदअनुसार 16 मार्च 2016 बुधबारको दिन “तारा देवि अर्थात् फामा डोमा भगवानको दिन मानिन्छ ।

डोमा अर्थत तारा देविको २१ वटा रुपरंगहरु छन् । जस मध्ये हरियो तारा (green tara) लाई मुख्य तारा देविको रुपमा मानिन्छ । बास्तबमा एउटै तारा देविले २१ वटा रुप धारण गर्नु भएर आ-आफ्नो बिशेष कामहरु गरि रहनु भएको छ । आ -आफ्नै मन्त्रहरु हुन्छ्न ।

गरीन ताराको मन्त्र ” ॐ तरे तुतरे तुरे स्वाहा ” हो ।

तारा देवि बोद्धिस्वाद्ध अवलोकेतेश्वर (च्येनरेशिग) को दयाको आँसुबाट जन्म भएको थियो । उहाँले पीडित प्रा‍णी जगतको दुनियाको रूपमा हेर्नू भयो र रोए अनि आफ्नो आँसु एक लोटस फस्टाइरहे जसमा एक तालको लोटस फुलेको गर्दा, देवी तारा प्रकट भएको थियो । सबै बुद्धको आमा “तारा” को रूपमा चिनिन्छ । तारा आमाको विभिन्न रंगमा प्रकट हुने धेरै शक्ति छन् ।

हरियो तारा देविलाई जवानीको जोस भरिएको, गतिविधिको देवी मानिन्छ । वहाँ ताराको सुन्दरी बनावट रुपकी हुनुहुन्छ साथै दयाको एक मुक्तिदाता-देवी मानिन्छ । अवलोकेतेश्वर जस्तै ग्रीन ताराको “आत्म-जन्म” बुद्ध अमिताबाको एक हृदयबाट उत्पन्न भएको हुन् भन्ने विश्वास छ । अमिताबाको छवि कहिलेकाहीं तारा गरेको रुपरङमा चित्रण गरिएको छ ।

हरियो तारा देवि कार्यको लागि सजिलो र तत्परताको एक मुद्रामा चित्रण गरिएको । उनको बायाँ खुट्टा चिन्तनमग्न स्थितिमा जोडेको छ जबकि, उनको दायाँ खुट्टा, कार्यमा वसन्त गर्न तयार outstretched छ । हरियो तारा गरेको बायाँ हातको शरण-प्रदान मुद्र (इशारा) मा छ; उनको दाहिने हातको कृपा प्रशद-प्रदान इशारा बनाउँछ । उनको हातमा त्यो पनि बन्द नीलो कमलको फुल, शुद्धता र शक्तिको संकेत धारण गर्नु भएको छ । त्यो एक बोद्धिस्वद्धको धनी गहन संग सजी छ।

बौद्ध धार्मिक व्यवहारमा, ग्रीन तारा प्राथमिक भूमिका मानिन्छ । तारा देविको हामीले सधै पुजापाठ मन्त्र जप गरेमा विभिन्न बाधाबिग्न, दीन दशा हटेर जाने, मनले चिताएको पूरा हुने र उहाँलाई लक्ष्मीको रुपमा मनिन्छ । धन सम्पती प्राप्त हुने बिश्वास गरिन्छ । डर चिन्ताको दुर गर्न मदत पुर्याउने विश्वास गरिन्छ । विशेष गरी परिस्थितिको सबै भन्दा कठिन बाधा बिग्न हटाउन उनको क्षमता लागि पूजा गरिन्छ । तारा देविकोमा इच्छा प्रदान गर्ने शक्ति छ्न, जसले बुद्ध पूर्ण-भर्ने एक इच्छा प्रदान गर्नुहुन्छ । अझ यदि कसैको गर्वधारण हुन नसकेमा तारा देवीको पुजापाठ गर्नाले गर्वधारण हुन्छ भन्ने बिश्वास गरिन्छ । हरियो तारा तीव्र दयालु हुन्छ्न् र उनको पुकार पुजापाठ जप गरेमा धेरै ठुलो मदत तुरुन्तै पाउछ भन्ने बिश्वास गरिन्छ।

गायिका अन्जु पन्तले प्लास्टिक सर्जेरी गरिन ।

गायिका अन्जु पन्तले प्लास्टिक सर्जेरी गरेर योनि कसिलो बनायिन । पुरा भिडिओ हेर्नुहोस त कस्तो अचम्म

यी युवकलाइ फेला पार्नेलाई पुरस्कार दिने प्रहरीको घोषणा - के कारण यो पढ्नुहोस् ?

बर्दिया, चैत ३ – प्रहरीले हत्यारा फेला पार्नेलाई पुरस्कारको घोषणा गरेको छ । हत्या अभियोगमा हिरासतमै भएका कैदी फरार भएपछि प्रहरीले फेला पार्ने वा सूचना दिने व्यक्तिलाई पुरस्कारको घोषणा गरेको हो ।
हत्या अभियोगमा पक्राउ परेका बर्दिया ठाकुरद्धारा–४ सुतैयाका २३ वर्षका टोपे भनिने अजिव वुढा क्षेत्री अदालतको शौचालयबाट भागेको ४ दिन हुँदा समेत प्रहरीले फेला पार्न सकेको छैन ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी अजिव बुढा क्षेत्रीलाई फेला पार्नुहुने वा सहि सूचना दिनेलाई उचित पुरस्कारको घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले चोकचौकमा फोटोसहित सूचना टाँस गरेको छ ।
गहुँगोरो, ५ फिट ४ इन्च उचाई, बाँया हातको बिचको औँलाको नङ्ग फुटेको, ४ वटा वटन भएको टिसर्ट र आर्मी कम्ब्याट जस्तो पाइन्ट लगाएको फरार अभियुक्तलाई कहीँ कतै देखेमा प्रहरीमा खबर गरीदिन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गर्दै पुरस्कारको घोषणा गरेको हो ।

चैत १ गते बिहान ठाकुरद्धारा सुतैयाका वासिन्दाले हत्याका अभियुक्तलाई पक्राउ गर्नुपर्ने, सुतैया गाउँवासीलाई सुरक्षा दिनुपर्ने भन्दै नारा जुलुससहित ठाकुरद्धारा प्रहरी चौकी घेराउ गरी ज्ञापनपत्र बुझाएपछी रातदिन ठाकुरद्धारा गाविसमा व्यापक प्रहरी तैनाथ गरीएको छ । ‘अभियुक्तलाई दिनरात खोजी गरीरहेका छौँ, गाउँमै देखा परेको सूचनाका आधारमा बर्दिया प्रहरी प्रमुख एसपी भोजजंग शाहको टोलीसहित सुतैया गाउँमा परिचालित छ’ डिएसपी नेत्रमणि गिरीले भन्नुभयो ।

बर्दिया ठाकुरद्धारा-४ सुतैयाका ६९ वर्षका जोरे थापाको गएको फागुन ५ गते धारीलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ठाकुरद्धारा–४ सुतैयाका टोपे भनिने अजिव बुढा जिल्ला अदालतको शौचालयबाट गएको फागुन ३० गते दिउँसो फरार भएका थिए । बर्दिया जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा उनी शौचालयको भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । फरार भएको ३० गते रातिदेखि सुतैया गाउँवासी त्रसित छन् । गाउँमा सुरक्षा व्यवस्था बढाइएको छ ।

प्रहरी प्रशासनको लापरवाहीका कारण हत्याका अभियुक्त अदालतबाटै फरार भएको भन्दै स्थानिय बासिन्दाले अभियुक्तलाई तुरुन्त पक्राउ गर्न र गाउँमा सुरक्षा दिन माग गरेका छन् ।

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे

श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।
पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।


अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ । घरमा दुई सन्तानसहित जेठी श्रीमती हुदाहुदै खड्काले ढाटेर भित्राएकी उनले सुसाईड नोटिसमा आफुले श्रीमानलाई धेरै माया गर्ने तर श्रीमान्ले आफुले कमाएको पैसालाई मात्र माया गर्ने रहेछ र फोन गर्दा मार्ने धम्की दिएको उल्लेख गरेकी छिन् ।

श्रीमान्को दिदी वहिनीसमेत धम्क्याउदै कोठामा आएको लेखेकी उनले श्रीमान्ले ४ लाख रुपैया खाएको उल्लेख गरेकी छिन् । उनले सुसाईड नोटिसमा लेखेकि छिन् श्रीमान् सिद्धिकुमार खड्कालाई म आफु भन्दा पनि धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र माया गरेको रहेछ फोन गर्दा पनि मार्छु भनी धम्की दिनुहुन्छ । उसको दिदी वहिनी मलाई मार्छु भनी म बसेको कोठामा आको थियो । श्रीमान्ले मेरो ४ लाख रुपे खाको छ । मलाई फोन पनि गर्नुहुन्न । मैले फोन गर्दा उसको दिदीले मेरो भाइलाई नखोज तलाई मारेर फालीदिन्छु भन्छ । घरबेटी थापाका अनुसार केही समय अघि श्रीमान्ले एटिएमबाट एक लाख रुपैया निकालेर आफुखुसी गरेको गुनासो सुनाउदै सम्झाईदिन अनुरोध गरेकि थिईन् ।

बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भेट भई उतै विवाह गरेर गएको दशैंमा गाईघाट आएको र दुई महिनादेखि त्रियुगा नगरपालिका २ गाईघाट बजारस्थित नारायण थापाको घरमा डेरा लिई बसेका थिए ।