Wednesday, March 16, 2016

यी युवकलाइ फेला पार्नेलाई पुरस्कार दिने प्रहरीको घोषणा - के कारण यो पढ्नुहोस् ?

बर्दिया, चैत ३ – प्रहरीले हत्यारा फेला पार्नेलाई पुरस्कारको घोषणा गरेको छ । हत्या अभियोगमा हिरासतमै भएका कैदी फरार भएपछि प्रहरीले फेला पार्ने वा सूचना दिने व्यक्तिलाई पुरस्कारको घोषणा गरेको हो ।
हत्या अभियोगमा पक्राउ परेका बर्दिया ठाकुरद्धारा–४ सुतैयाका २३ वर्षका टोपे भनिने अजिव वुढा क्षेत्री अदालतको शौचालयबाट भागेको ४ दिन हुँदा समेत प्रहरीले फेला पार्न सकेको छैन ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी अजिव बुढा क्षेत्रीलाई फेला पार्नुहुने वा सहि सूचना दिनेलाई उचित पुरस्कारको घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले चोकचौकमा फोटोसहित सूचना टाँस गरेको छ ।
गहुँगोरो, ५ फिट ४ इन्च उचाई, बाँया हातको बिचको औँलाको नङ्ग फुटेको, ४ वटा वटन भएको टिसर्ट र आर्मी कम्ब्याट जस्तो पाइन्ट लगाएको फरार अभियुक्तलाई कहीँ कतै देखेमा प्रहरीमा खबर गरीदिन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गर्दै पुरस्कारको घोषणा गरेको हो ।

चैत १ गते बिहान ठाकुरद्धारा सुतैयाका वासिन्दाले हत्याका अभियुक्तलाई पक्राउ गर्नुपर्ने, सुतैया गाउँवासीलाई सुरक्षा दिनुपर्ने भन्दै नारा जुलुससहित ठाकुरद्धारा प्रहरी चौकी घेराउ गरी ज्ञापनपत्र बुझाएपछी रातदिन ठाकुरद्धारा गाविसमा व्यापक प्रहरी तैनाथ गरीएको छ । ‘अभियुक्तलाई दिनरात खोजी गरीरहेका छौँ, गाउँमै देखा परेको सूचनाका आधारमा बर्दिया प्रहरी प्रमुख एसपी भोजजंग शाहको टोलीसहित सुतैया गाउँमा परिचालित छ’ डिएसपी नेत्रमणि गिरीले भन्नुभयो ।

बर्दिया ठाकुरद्धारा-४ सुतैयाका ६९ वर्षका जोरे थापाको गएको फागुन ५ गते धारीलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ठाकुरद्धारा–४ सुतैयाका टोपे भनिने अजिव बुढा जिल्ला अदालतको शौचालयबाट गएको फागुन ३० गते दिउँसो फरार भएका थिए । बर्दिया जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा उनी शौचालयको भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । फरार भएको ३० गते रातिदेखि सुतैया गाउँवासी त्रसित छन् । गाउँमा सुरक्षा व्यवस्था बढाइएको छ ।

प्रहरी प्रशासनको लापरवाहीका कारण हत्याका अभियुक्त अदालतबाटै फरार भएको भन्दै स्थानिय बासिन्दाले अभियुक्तलाई तुरुन्त पक्राउ गर्न र गाउँमा सुरक्षा दिन माग गरेका छन् ।

0 comments:

Post a Comment