Saturday, June 4, 2016

फेसबुकका मालिक जुगबर्गलाई फेसबुक बोर्डले हटाउदै: मार्कले पाउने अधिकार कटौती गर्ने भएको ।

फेसबुक कम्पनीको बोर्डले कम्पनीमा संस्थापक तथा सिइओ मार्क जुकरबर्गको अधिकार र प्रभावमा कटौती गर्ने प्रस्ताव गरेको छ । जुकरबर्गले भविष्यमा कम्पनीको व्यवस्थापनबाट आफू बाहिरिने संकेत गरेकै समयमा फेसबुक बोर्डले जुकरबर्गको कम्पनीमा रहेको अधिकांस भोटिंग अधिकारलाई कटौती गरेर उनको प्रभाव कम गर्ने प्रस्ताव गरेको हो ।


अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ ।

यहीँ जुन २ सम्मको तथ्यांकका आधारमा जुकरबर्गको स्वामित्वमा फेसबुकमा ४० लाख ए क्लासका शेयर तथा ४१ करोड ९० लाख बी क्लासका शेयर छन् । यस आधारमा जुकरगर्बसँग कम्पनीको ५३.८ प्रतिशत भोटिंग अधिकारका साथै १४.८ प्रतिशत आर्थिक अधिकार छ ।

आगामी जुन २० मा हुने फेसबुकको वाषिर्क साधारण सभामा यो प्रस्तावमाथि मतदान गराइने सम्भावना रहेको छ । उक्त मतदालने फेसबुकको भावी नेतृत्व तथा व्यवस्थापनको रुपरेखा तयार गर्नेछ

जुकरबर्गमा अर्को महत्वपूर्ण अधिकार के पनि छ भने उनले आफ्नो बी क्लासको शेयरका साथै आफ्नो बहुमत भोटिंग अधिकार समेत आफ्नो वारेसलाई हस्तान्तरण गर्न सक्दछन् । तर फेसबुकले बोर्डले अब जुकरगर्बका यी सबै अधिकार कटौती गर्ने देखिएको छ ।

‘मेरा श्रीमान् जिउँदै छन् तर हत्या गरेको आरोपमा मलाई जेल हालियो'

काठमाडौँ, वैशाख ७ । ‘मेरा श्रीमान् जिउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल हालिएको छ ।’ घरायसी झगडाका बेला घाइते भएका श्रीमानको हत्या प्रयास गरेको आरोपमा जेल पुगेकी काभ्रेकी एक महिलाको भनाइ हो यो ।


हेर्दा भर्खर २० वर्ष पनि नपुगेको जस्तो देखिने ती महिलाको काखमा दुई वर्षकी छोरी छन् । उनले आफ्नी छोरीलाई देखाउँदै भनिन् – “यो छोरी यही जन्मिएकी हो । जेल परेपछि यहीँ जन्माएँ तर अहिलेसम्म यसका बाबुले एक पटक पनि हेर्न आएका छैनन् ।”

सधैँ जाँड खाएर झगडा गर्ने र कुटपिट गर्ने बानीबाट आजित भएपछि एकदिन उनले पनि हात फर्काइन् । हात फर्काएकै बेला उनका श्रीमान् नराम्ररी घाइते भए । उनलाई परिवारका अन्य सदस्य र छिमेकीले अस्पताल पुर्‍याए । उपचार भइरहँदा उनलाई भने ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीले समात्यो । अहिले उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेकी छिन् । दुई वर्षदेखि जेलमा बसिरहेकी उनलाई यो पनि थाहा छैन कि अझै कति वर्ष जेलमै बस्नुपर्ने हो ।

उनले आफ्नी छोरीलाई देखाउँदै भनिन् – “यो छोरी यही जन्मिएकी हो । जेल परेपछि यहीँ जन्माएँ तर अहिलेसम्म यसका बाबुले एक पटक पनि हेर्न आएका छैनन् ।”
कक्षा ६ सम्म मात्र पढेकी ती महिलालाई अब त यहीको वातावरण रमाइलो लाग्न थालेको छ । “कम्तीमा रातदिन कुट्ने लोग्नेको अनुहार त हेर्न पर्दैन” – उनले हाँस्दै भनिन् ।

उनीजस्तै बिनाअपराध जेल जीवन भोगिरहेकी दोलखाकी अर्की महिलालाई पनि अभियोग उस्तै लगाइएको छ – श्रीमानको हत्या । २०७० मा अचानक उनको श्रीमानको शव भेटिएको थियो । काठमाडौँमा गलैँचा बुन्ने काम गर्दागर्दै उनीहरुको प्रेम बसेको थियो ।

प्रेममा परेपछि उनीहरुले छिट्टै नै विवाह पनि गरिहाले । “लोग्नेस्वास्नीबीच सामान्य झगडा त भई नै हाल्छ नि हैन र ?,” उनले भनिन् – “तर एक्कासि श्रीमानको शव खोलामा भेटिएपछि त्यसको शङ्का मैमाथि भयो । पुलिसले मलाई समात्यो । बिनाकारण मैले मेरो लोग्नेलाई किन मार्थें तर पुलिसले पत्याएन ।”

उनका अनुसार प्रहरीले उनलाई कुटपिट गर्दै हत्याको आरोप स्वीकार्न लगाएको थियो । सायद यसबारे जानकारी भए उनी पनि आफ्नो पक्षमा वकालत गर्न लगाउँथिन् होला ।

साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाहा छैन । पढाइका नाममा अक्षर पनि नचिन्ने उनका लागि वकिलको प्रबन्ध गरिदिने वा मुद्दा लडिदिने कसले ? 

तीन छोराछोरीकी आमा नुवाकोटकी अर्की महिलाको हातबाट अचानक जघन्य अपराध हुन पुग्यो । “मैले मार्ने मनसायले उसलाई हानेकी थिइनँ तर मेरै चोटका कारण उसको मृत्यु भयो,” उनले भनिन् – “सधैँ कचकच गर्थ्यो । अरुसँग अनैतिक सम्बन्ध छ भनेर शङ्का गरिरहन्थ्यो । जाँड रक्सी खाएर आउने अनि कुटपिट गर्ने । सधैँ कति सहनु ! मैले पनि हात उठाएँ त्यसैदिन ऊ मर्‍यो ।”

उनले सुस्तरी भनिन् – “मेरो जिन्दगी त सधैँ कुटपिटमै बित्ने भयो तर तीन छोराछोरीको जिन्दगी राम्रो पार्ने सपना थियो तर यो सपना पनि सपनामा नै रहने भयो ।”

चार वर्षदेखि कारागारको जीवन बिताउन बाध्य ती महिलाको साथमा तीन वर्षकी छोरी छिन् । उनका अरु छोराछोरीलाई विभिन्न सङ्घसंस्थाले पढाउन लगेका छन् । “यो छोरी सानी भएकीले मसँग बसेकी छे, अलि ठूलो भएपछि यसलाई पनि कुनै सङ्घसंस्थाले पढाउन लगिहाल्छ” – उनले निर्धक्क भएर भनिन् ।

साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाहा छैन । पढाइका नाममा अक्षर पनि नचिन्ने उनका लागि वकिलको प्रवन्ध गरिदिने वा मुद्दा लडिदिने कसले ?
साधारण जानकारी नहुँदा आफ्नो सम्पूर्ण जीवन नै जेलभित्र बिताउन बाध्य महिलाको सङ्ख्या सयौँ छ केन्द्रीय कारागार सुन्धारामा ।

आफूले गर्दै नगरेको अपराधको सजायसमेत भोगिरहेका छन् ती महिलाले । उनीहरुलाई कस्तो अपराधका लागि कति अवधिको सजाय हुन्छ भन्नेसम्म पनि थाहा छैन रहेछ । जेलभित्रका महिलाका हकहितका लागि कार्यरत बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगरले भनिन् – “सूचनाको हक नपाएको स्थितिमा महिलाले कतिसम्म पीडा भोग्न बाध्य हुन्छन् भन्ने कुरा कारागारमा रहेका महिलाबाट प्रमाणित हुन्छ । यदि उनीहरुलाई आफ्नो अपराध र यससम्बन्धी कानुनबारे जानकारी भए सायद त्यतिका वर्ष उनीहरुले कारागारमा बिताउनुपर्ने थिएन ।”

उनीहरुभन्दा पनि कैदीबन्दीका साना केटाकेटीको अवस्था अझै दयनीय रहेको उनी बताउँछिन् । उनीहरुको यस्तै अवस्थासँग परिचित इन्दिराले कैदीबन्दीका बालबालिकालाई पढाउने र राख्ने व्यवस्थासमेत गरेकी छिन् । अहिले उनले आफ्नो संस्थामा ४५० को सङ्ख्यामा त्यस्ता बालबालिकालाई आश्रय दिइरहेकी छिन् ।

सुन्धारा केन्द्रीय कारागारमा रहेको महिला कारागारमा अहिले ३२५ महिला कैदीबन्दी रहेका छन् । कारागार प्रमुख वेदप्रसाद कार्कीका अनुसार यो सङ्ख्या घटबढ भइरहने हुनाले यही निश्चित सङ्ख्या भने होइन ।

कारागारको क्षमताभन्दा बढी महिला कैदीबन्दी भएकाले होला त्यहाँ महिला निकै अव्यवस्थित रुपमा बसेका देखिन्छन् । साँघुरो ठाउँमा नुहाउने, लुगा धुने, लुगा सुकाउने गर्दा कारागार निकै फोहर र दुर्गन्धित छ ।

बेलाबेलामा विभिन्न सङ्घसंस्थाले कारागारमा महिलालाई अभिमुखीकरण कार्यक्रम गर्दै आए पनि त्यति प्रभावकारी बनेको देखिँदैन । 

विदेशबाट विमल घर्तीमगरलाई खुल्ला पत्रः चौधरीलाई आफ्नी बहिनीको बेडरुमसम्म छिर्ने मौका किन दियौं ?

के अार पोखरेल, हाल दुवई
विमल घर्तीमगर, हामी नेपालीहरुको मायाँले जन्माएका फुटबलर हुन् । सायद, नेपालीले सबैभन्दा धेरै मायाँ गरेका फुटबलर तिमी नै हौ । उनलाई नेपाली फुटबलले  बिर्सनै नसकिने कारण छ, त्यो हो सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको बराबरी गोल। उनले यो बाहेक अन्य धेरै खेलहरु खेलाका छन् र निर्णयक भुमिका पनि निभाएका छन् । उनीप्रति हामी सबैको आस्था, विश्वास र भरोसा पनि छ ।
अहिले उनी शोकको अवस्थामा छन् । उनको परिवारमा परेको पीडामा हामी पनि दुःखी भएका छौं । उनको मृत बहिनीको आत्माले शान्ति पाओस् र विमलको शोकाकुल परिवारमा इश्वरले ध्रैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । आम नेपाली फुटबलका प्रशंसकहरु यतीबेला शोकाकुल छन् ।


तर, पछिल्लो समयमा विमल घर्तीले सामाजिक सञ्जालहरुमा र विभिन्न मिडियाहरुमा दिएका अभिव्यक्तिका कारण उनीप्रति दुःख पनि लागेको छ । विमलले पछिल्लो समय ‘देशले मेरो बहिनीको हत्यारालाई उन्मुक्ति दिँदै छ, प्रहरीको रिपोर्ट गलत छ, मेरो परिवारलाई न्याय दिदैन भने म किन देशका लागि खेल्ने’, लगायतका अभिव्यक्तिहरु दिइरहेका छन् ।

त्यो हामीले पढिरहेका छौं । विमलका यी अभिव्यक्ति पीडाको क्षणमा बोलिएका अभिव्यक्तिहरु हुन्, त्यो पनि थाहा छ । तर, उनले भनेजस्तै उनी देशका लागि अब किन खेल्ने ? उनले यतीबेला आफ्नो हैसियत विर्सिएका छन् । उनी त देशका आशालाग्दा सक्षम र योग्य फुटबलर हुन् । जस्को जे क्षमता छ, उस्ले त्यही चिज दिने न हो । विमलले जे बोल्न हुदैन थियो, ते बोल्दा उनका प्रशंसकहरु दुखि बनेका छन् ।

विमलले म देशका लागि अब किन खेल्ने ? भन्नुले सबैभन्दा दुखि बनाएको छ । विमललाई मेरो एउटा प्रश्न छ कि विमल तिमिले किन त्यो आशिष चौधरीलाई आफ्नी बहिनी मनिषाको बेडरुमसम्म छिर्ने मौका दियौं ? तिमिलाई पहिल्यै थाहा रहेछ त उनीहरु बीचको यस्तो सम्बन्धका बारेमा ।
अनि किन तिम्री बहिनी र चौधरीले सँगै बसेर हातमा ब्लेडले चिर्दा बहिनीलाई सम्झाएनौं ? घरमा आउँदा पाखुरामा घाउ बनाएर आएकी बहिनीलाई किन कहिल्यै सम्झाएनौ ? अनि क्षणीक आवेगमा आएर यस्तो उमेरमा जे पनि गर्न सक्ने अवस्था देख्दा देख्दै किन बहिनीलाई सधैं आशिषकै छायाँमा छाड्यौ ? पहिला आफुले बहिनीलाई सम्भाउनु  पर्ने थियो, त्यो गल्ती तिमी र तिम्रो परिवारबाट भएको छ ।
अब यो, हत्या वा आत्महत्या जे भए पनि अनुसन्धान जारी रहेको छ र प्रहरीले दोषीलाई उन्मुक्ती दिने छैन । तर, तिमि किन अनुसन्धानलाई अविश्वास गर्दै अभिव्यक्ति दिन्छौ ? प्रहरीले यती धेरै मेहनत गरिरहेको छ कि, दोषीले चाहेर पनि उन्मुक्ती पाउने अवस्था छैन । तर, तिमी किन एकोहोरो भैरहेका छौं ?
हामी आम नेपालीहरु, जो तिमीलाई मन पराउँछौं र तिम्रो परिवारले न्याय पाउनुपर्छ भनिरहेका छौं ।