Thursday, January 22, 2015

पोर्नस्टार बिन्दु परियारको जिवनकथा: कसरी बनिन उनी पोर्नस्टार ?

बिन्दु परियारले पठाएको म्यसेज जस्ताको तस्तै नेपालीमा अनुबाद गरिएकोम बिन्दु परियार , अहिले निकै चरचाको बिषयमा छु भन्दा केहि फरक नपर्ला । अहिले सम्म मिडिया मा जे जस्तो मेरो बारेमा कुरा आए पनि मलाई त्यसको मतलब छैन । हुन पनि मैले यहाँ अमेरिकामा गरेको काम नेपाली सोसाइटिमा नपच्ला र पच्दैन पनि । अब चरचाकै चासो र मानिस हरुका खुल्दुलीका लागी यो म्यासेज दिन जरुरी ठान्दछु । पढ्ने बुझने यदी नेपालमा जन्मेका छौ र आमाको दुध पिएका छौ भने यो कुरा अवस्य बुझ्ने छौ ।यो हो मेरो सच्चा कहाँनी ।


म धौलागिरी बोर्डइङ स्कुल बाट S.L.C र ज्ञानुबाबा बाट १२ क्लस उतृण गरी अहिले अमेरिका छु । हो मिडियामा आएको केहि कुरा ठीक पनि छ तर सबै हैन । हेमजा मेरो घर हो । बिष्णु पादुका स्कुल मेरो जिवनको दोस्रो स्कुल हो । पोखराको राम बाराही स्कुल बाट बिष्णु पादुकामा गए , त्यहाँ मैले ३ क्लस पास गरेपछी मेरो सानु बाउ जुन आहिले मेरो श्रीमान भनेर चरचामा छन तेसैले मलाई धौलागिरी बोर्डइङ स्कुल मा पढयको हो । मैले १२ पास गरे पनि मलाई मिडिया ले S.L.C समेत उतृण नगरेको भन्दा हासो लाग्यो र कता कता रिस पनि, नेपालमा मैले जस्तो लुगा लगएर हिडेपनि, मलाई नराम्रो नजरले हेरे पनि मेरो घर मा आएको मानिशहरुले मलाई म कस्तो खाले केटी हो भन्ने भुझेको छ । मेरो बारेमा मिडिया मा आएको कुरा सबै ठीक हैन । हो अमेरिकामा मैले Strip क्लब मा काम गरेको हो र बैश हुने बेला सम्मा गर्छु ।
.
यो डान्स नेपालमा सायद कुनै जिवनमा पनि गर्न नसकिएल र गर्न पनि नपरोस । हो मैले सेक्स पनि गरेको हो जुन अमेरिका मा लिगल छ यो कुरा नेपाल मा सबैलाई थाहा छ । म कुनै नेता वा मन्त्री हैन भाषान दिनलाई र दिन पनि चाहन्न । अब कुरा गरौ म अमेरिका कसरी आए भन्नु पर्दा मेरो भाज्ञ्य नै होला । मान्छे अमेरिका आउन मात्रै पाए भन्ने कतिले सोच्छन यो कुराम म १००% छु । कुरा के हो भन्दा म यहाँ झुठो आश्वसनमा आए । मेरो सानो बाउ भन्ने मान्छे मेरो सानी आमाको एक्स(ex) बुढो हो । सानी आमासँग ११ वर्ष बसेपछी मेरो दिदी पर्ने सिता परिवरलाई लयो त्यो बेला दिदी जम्मा १७ वर्षको हुनुहुन्थ्यो । लगेर यहाँ Tom Sewell ले दिदिलाई क्लब मा नचाउन पुरायो । हामी नेपालीलाई त के थाहा हुन्छ र नेपाल मा त छैन Strip क्लब । हुन त आजभोलि बार मा डान्स गरेर आफ्नो जिवन चलाउने दिदिबहिनीहरुलाई त भा........, रन........ भन्छन भने म त यस्तो क्लब मा काम गरे जहाँ डान्स मात्र नभएर आफुले लगाएको कपडा पनि खोल्नु पर्ने हुन्थ्यो । कारण थियो तेही Tom Sewell . मेरो १२ सम्म पदाउने खर्छ त्यसले नै दिएको थियो जुन मेरो लागी राम्रो थियो । अमेरिका आएर राम्रो लाईफ बनाउने कस्को इच्छा हुँदैन र ? त्यसैले मलाई यहाँ ल्याइयो । आएपछी मैले यहाँ स्कुल गए र GED पास गरे जुन नेपालको +२ जस्तै हो । नर्सिङ पढ्ने इच्छा थियो नेपालमा र त्यहाँ पनि त्यो पुरा हुन सकेन ।Tom ले नै यहाँ अमेरिका मा पढ्औछु भनेर Strip क्लब मा नचाउन बाध्य बनाको हो


त्यो क्लब मा काम गर्नु यहाँ ठुलो कुरा हैन तर काम सजिलो छैन । हो यदी राम्रो शरिर र जवनी छ, बोल्न जान्ने छ भने २-४ महिनामा नै करोडपती भाइन्छ ।Tom ले मलाई अमेरिका आउँदा लागेको खर्छ र नेपाल मा हुँदा पढ्आएको खर्छ समेत गरेर ५०,००० । (पचास हजार्) U.S डल्लर माग यो र नदिए ज्यान मार्ने धम्की समेत दियो । क्लब मा काम गर्दै जादा मैले कमाएको पैसा त्यसले खोस्न थाल्यो । मेरो म्यनेजरले क्लब मा नै पैसा जम्मा गर भनेर मैले त्यहाँ पैसा जम्मा गरेर मेरो परिवरलाई एउटा बस्ने बास बनाइदिए । मेरो लागि परिवार नै ठुलो हो । मान्छेले सोच्लान र प्रश्न गर्लान परिवार को बारेमा सोच्ने भए किन यस्तो गरिस भनेर ? त्यो सब घरी घरी भन्न नपर्ला । हो कमाको पैस बाट दिन मा २ सय जती जम्मा गरेर मेरो बाबा, आमा लाई बस्ने ठाउँ बनाइदिए । यती धनी भएको भए सायद मैले यस्तो काम गर्न नै पर्दैन थियो होला । Tom सँग अहिले कुनै सम्बन्ध छैन । मैले सेक्स भन्ने कुरा गरेको हो । नचाहदा नचाहादै भयो त मैले के गरम ? सेक्स अमेरिकामा इलिगल छैन । यहाँ जस्ले जती बेल गरे पनि कसैले केहि भन्दैन । सेक्स गरेर मैले १ रुपैया पाको छैन र पाउ भन्ने आशा पनि राख्दिन । थाइल्यन्द जादा बीच मा विकिनी लगाको र पोल मा नाचेरको फोटोहरु कुनै नौलो कुरा हैन र त्यस्तो फोटो छाप्ने केटी यो संसारमा म मात्र एक्लो हैन । आफु जुन देश मा छ त्यो देशको सन्कृती र रहनसहन मा बाच्न नजान्ने हो भने यहाँ दुख पाइन्छ । सेक्स यहाँ खुल्ला रुपले गर्छन र पोर्न फिल्म पनि धेरै भनेको छ । पाए र हुन सके पोर्न स्तर बन्नु मा पनि म पछी पर्दिन । जुन कामले तिमी संसारमा बाच्न सक्छौ र त्यस्ले तिमीलाई खुशी दिन्छ त्यो काम तिमीले गर्दा कुनै फरक पर्दैन । यहाँ धेरै छन सेक्स गर्ने र पैसा कमाउने हरु । मैले नेपाल मा नराम्रो काम केहि गरेको छैन र यहाँ पनि गरिन र गर्दिन पनि, यहाँ को काम जसरी चल्छ मैले त्यही गरे । मान्छे डाक्टर्, पाइलट्, इनजीनियर बनेर के नै गर्छ र ?

त्यही पैसा कै लागि त हो । मैले मान्छे मरेको छैन, गल्ती गरेको छैन भने यो कुरालाई किन सगरमाथा भन्दा नि ठुलो बनाउन पर्‍यो र ? हो थाहा छ नेपाल कि छोरी भएर यस्तो काम गर्न सुहाउदैन तर जुन काम ले तिम्रो बाबु आमालाई सुख हुन्छ त्यो कम गर्न्दा कुनै नराम्रो हुन्न । हल्लेर, चोरेर, ठगेर, अरुलाई मारेर खानु भन्द त काम गरेर खानु बेस नि । मेरो कहाँनी भनेर कहिले सिध्धिन्न । अरुलाई यो मार्फत के भन्नु छ भने Tom मेरो बुढो हैन बुवा थियो र त्यो नमरुन्झेल बुवा नै हुनेछ । सेक्स भिडियोहरु मेरो जती पनि बनेका छन त्यो सबै Tom को जबर्जस्तिमा हो । Strip क्लब मा डान्स गर्नु मेरो रहर हैन बध्यता हो यो कुरा भ नि राख्न पर्दैन । मैले धेरै थोरै कमको पैसा मैले मेरो बा, आमा र भाई हरुका लागि खर्छ गरेकी छु ।Tom ले गर्दा यो सबै हुन पुगेको हो । सिता को कुरा ल्यएर मेरो कुरामा जोदिदा मान्छेलाई दोधार भएको छ । सिता र मेरो स्टोरी same same छ । तर हामी दिदी बहिनी Tom बाट धेरै टाढा छौ र खुशी पनि छौ । हो समाजले हामिलाई स्वकार्दैन तर पनि ठिकै छ जुन समाजले सबै कुरा गलत लिन्छ भने त्यो समाज के समाज ? पद्ने र बुझ्नेलाई यती म्यसेज भए हुन्छ नबुझ्ने र बुझे पनि बुझ पचाउनेलाई डाडु मा पानी तताएर मरे पनि खसै फरक पर्दैन । विदेशमा आएर दुख पाउन भन्दा नेपाल मा नै मर्नु जाती । मेरो आन्तिम भनाइ यही छ ।

तपाईंको फोनको जासुसी कसले गर्दै छ ? यसरी थाहा पाउनुहोस् !

कतै तपाई हामीले ढुक्क भएर एकान्तमा बसेर गरेको कुराकानी कसैले सुनिरहेको छैन ?गोप्य रुपमा गरेको कुराकानी र म्यासेज पनि अब अरुले ह्याक गर्न सक्ने प्रविधिको बिकाश भएको छ |मोबाइल सुरक्षा एजेन्सीहरुले इन्टरनेशनल मोबाइल सब्सक्राइबर्स आइडेन्टीटी (आईएमएसआई) क्याचर्समार्फत् ह्याकरहरुले यसरी ब्यक्तिगत फोन सुन्ने र म्यासेज पढ्ने र प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा गरेको थियो ।
यस्तो खतरा खासगरी एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने फोनहरुमा बढि हुने गरेको पाइएको छ ।जसले गर्दा महत्वपुर्ण व्यक्तिको महत्वपुर्ण र गोप्य कुरा बाहिर आउने सम्भावना धेरै हुने गर्दछ |तर अब डराउनु पर्दैन जहाँ समस्या त्यहाँ समाधानको उपाय त निस्किहाल्छ नि |हालसालै मात्र यस्तो सुरक्षा एप सार्बजनिक भएको छ जसले तपाई हाम्रो फोनमा भएको कुराकानी वा म्यासेज कसले सुन्दै र पढ्दै छ पत्ता लगाउन सकिन्छ |

तत्कालका लागि एन्ड्रोइड स्मार्टफोनमा मात्र उपलब्ध यो एप्सले क्वालकम प्रोसेसर प्रयोग गर्ने सेटमा मात्र काम गर्छ । हाल सोनी, सामसुङ लगायतका एन्ड्रोइड फोनले मात्र क्वालकम प्रोसेसर प्रयोग गर्छन् ।तपाइको मोबाइलमा भएको उक्त एपले ह्याकर्हरुको बारेमा थाहा पाउन सकिन्छ र यस्तो खतरालाई रोक्न मद्दत गर्छ | भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Wednesday, January 21, 2015

ब्रम्हाण्ड सुन्दरीको सेल्फी काण्डले मच्चियो हंगामा

यहुदी मुलुक इजरायलसँग मुस्लिम मुलुक लेवनानको कति धेरै दुस्मनी छ भन्ने कुरा सुन्दरीको सेल्फी काण्डले छर्लंगै पारेको छ । ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन गएकी लेबनानी सुन्दरीले शत्रु राष्ट्र इजरायलकी सुन्दरीसँग सेल्फी खिचेपछि अहिले लेबनानमा हंगाना मच्चिएको छ ।
शत्रुराष्ट्रकी सुन्दरी सँग मुसुक्क हाँसेर सेल्फी खिच्ने मिस लेबनान स्याली ग्रेगलाई बर्खास्त गर्न र मिस लेबनानको उपाधि खोस्न धेरै लेबनानी जनताले माग गरेका छन् ।


आगामी जनबरी २५ मा हुने ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन अमेरिका पुगेका मिस इजरायल डोरोन म्याटालन र मिस लेबनान स्याली ग्रेगले मियामीमा भेट गरि मुस्कुराएर सँगै सेल्फी खिचाएका थिए । लेबनानी सुन्दरीसँगको सेल्फी तस्वीरलाई मिस इजरायल डोरोनले इन्स्टाग्राममा पोष्ट गरेपछि लेबनानी जनताहरु आगो भएका हुन् ।
लेबनान र इजरायलबीच लामो समयदेखि वैमनश्यता रहँदै आएको छ । प्राविधिक रुपमा यी दुइ देशहरु अहिलेपनि युद्धमै रहेका भएपनि सन् २००६ देखि सीमा क्षेत्रमा भिडन्त भने भएको छैन । इजरायल पुग्ने लेबनानीहरुलाई इजरायलले जेलमा हाल्ने गरेको छ भने लेबनानले सबै इजरायली वस्तुलाई लेबनानमा प्रतिबन्ध लगाएको छ ।
शत्रु राष्ट्रकी प्रतियोगीसँग सम्बन्ध राखेको हुँदा मिस लेबनान ग्रेगीले आफ्नो राष्ट्रिय सुन्दरीको ताज गुमाएको भन्दै धेरै लेबनानीहरुले सोसल मिडियामा आक्रोस पोखिरहेका न्युयोर्क पोष्टले उल्लेख गरेको छ ।
तर ग्रेगीले भने इजरायली सुन्दरी म्याटालनले आफुलाई सँगै तस्वीर खिचाउनका लागि कर गरेर तस्वीर खिचेको र पछि त्यसलाई अनलाइनमा राखेर आफुलाई धोका दिएको भन्दै इन्टाग्राममार्फत प्रष्टिकरण दिएकी छिन् ।
आफु अमेरिका आएको दिनदेखि नै मिस इजरायलसँग बोलचाल नगर्न तथा तस्वीर नखिच्नका लागि निकै सतर्क हुँदै आएको र उनले निकै कर गरेको ग्रेगीको दाबी छ । आफुले जापान, स्लोभानिया लगायतका देशका सुन्दरीसँग तस्वीर खिचाइरहेको बेलामा मिस इजरायल फुत्त आएर आफुलाई छक्काएर फोटो खिचेको र सोसल मिडियामा अपलोड गरेको उनको जिकिर छ ।

Monday, January 19, 2015

लुकाउन पनि नसकिने, देखाउन झनै गाह्रो

काठमाडौ, माघ ५ - कञ्चनपुर- झलारी पिपलाडी नगरपालिकाको पिपलाडीकी ३५ वर्षीया सुमित्रा राना (नाम परिवर्तन) सशस्त्र द्वन्द्वका बेला आफूमाथि भएको यौन हिंसा बिर्सन खोज्दैछिन् । उनको परिवारमा भने कहिलेकाहीं सामान्य विवाद हुँदा सबैभन्दा पहिले त्यही घटनाको प्रसंग उठ्ने गर्छ । उनी नचाहेर पनि विगतको घटना सम्भिmन बाध्य हुन्छिन् । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बखत ०५८ को घटना हो । सुमित्रा बिहानै उठेर हरेक दिनजस्तै चुलोचौको गर्दै थिइन् । अचानक घरको आँगनमा देखिएका नेपाली सेनाका दुई जनामध्ये एकले जबरजस्ती समातेर घरभित्र लगी माओवादी पाल्छेस् भन्दै बलात्कार गरेर हिँडे । उनका श्रीमान् र बालबालिका सुतेकै थिए । उनीहरूले सुमित्रामाथि भएको घटना सुरक्षाकर्मीहरू गएपछि मात्रै थाहा पाए ।

सोही नगरपालिकाको नौखुरी मुक्त कमैया शिविरकी भुमरी चौधरी -नाम परिवर्तन) को अवस्था भने अलि फरक छ । सशस्त्र द्वन्द्वकै क्रममा सुरक्षाकर्मीको जबर्जस्ती करणीबाट उनको गर्भ रहन गई छोरी पनि जन्मेकी छन् । विपन्न परिवारकी भुमरीको घरमा छाक टार्ने अन्न छैन । उनले द्वन्द्वपीडितका नाममा खुलेर राहत तथा क्षतिपूर्ति लिन सक्ने अवस्था पनि छैन । उनलाई पनि ०५८ भदौमा सुरक्षाकर्मीले माओवादीलाई खाना खुवाएको र घरमा आश्रय दिएको आरोपमा बलात्कार गरेका थिए । 'श्रीमान् मजदुरी गर्न गएका थिए, ४०/५० को संख्यामा आएका सुरक्षाकर्मीले तान्दै घरभित्र लगेर जबर्जस्ती गरे,' उनले भनिन्, 'अहिले पनि त्यो घटना मेरा लागि ताजै छ ।' उनले द्वन्द्वका क्रममा सुरक्षाकर्मीले बलात्कार गरेको भनी खुलेर राहत लिन जाने हो भने समाजले कुरा काट्ने र नखुल्ने हो भने कहिल्यै राहत नपाउने अवस्था सुनाइन् ।

घरमा यौन हिंसाबारे कुरा नउठे पनि बलात्कारकै समयमा रहेको गर्भबाट जन्मेकी छोरी देख्नेबित्तिकै उनलाई पुरानो घटना याद आउँछ । 'त्यही बेला रहेको गर्भबाट छोरी पनि जन्मेकी छ,' उनले भनिन्, 'परिवारले त्यसलाई पनि आपmनै सन्तानसरह मानेर स्विकारे पनि मेरो मनले मान्दैन ।' उनका श्रीमान्ले पनि त्यसको जन्मदर्ता गरेर स्कुल पठाएको बताए । 'अब त्यो फटाहालाई खोज्न कहाँ जाउँ,' उनले भने । द्वन्द्वका बेला मृत्यु भएका, बेपत्ता, विस्थापित वा अन्य क्षति व्यहोर्नु परेकाले राहत सहयोग पाए पनि यौन हिंसाजस्तो जघन्य अपराधका सिकार महिला भने खुलेर आउन नसकेकै कारण राहतबाट वञ्चित छन् । 'हामीलाई घटना लुकाउन पनि गाह्रो छ, खुल्न त झनै सकिँदैन' भुमरीले भनिन्, 'एकातिर समाजले कुरा काट्ने डर छ, अर्काेतिर कुनै दिन राहत पाइने हो कि भन्ने आशा छ ।'

द्वन्द्वकालको यस्तो पीडा सुमित्रा र भुमरीको मात्र होइन, सुरक्षाकर्मी र माओवादीबाट यौन हिंसा बेहोरेका अधिकांश महिलाको अवस्था समान छ । उनीहरूले राहत तथा क्षतिपूर्तिका लागि कतै निवेदनसम्म दिन सकेका छैनन् । 'अहिलेसम्म राहतका लागि कतै निवेदन दिएकी छैन,' सुमित्राले भनिन्, 'एकपटक गाविसबाट आएर नाम टिपेर गएका थिए त्यसपछि के भयो थाहा छैन ।' कञ्चनपुरमा द्वन्द्वका बेला सुरक्षाकर्मी र माओवादीबाट यौन हिंसामा परेका महिलाको संख्या २५ भन्दा बढी छ । कतिपय नखुलेका पनि छन् । द्वन्द्वपीडितको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था

एड्भोकेसी फोरमअनुसार पीडितहरू अधिकांश थारू र विपन्न समुदायका छन् । 'साँझ खाएपछि बिहान के खाने भन्ने चिन्ता हुन्छ,' भुमरीले भनिन्, 'अलिकति पनि सरकारले केही सहयोग गरे राहत हुन्थ्यो ।'

'पीडकलाई कारबाही, पीडितलाई राहत र हाम्रा बालबालिकालाई रोजगारी व्यवस्था हुनुपर्छ,' द्वन्द्वकै क्रममा सुरक्ष्ााकर्मीबाट यौन हिंसा बेहोरीकी ३५ वषर्ीया रामकली डगौरा -नाम परिवर्तन) ले भनिन्, 'द्वन्द्वमा एक दिनमात्र घर छाडेकाले पनि विस्थापितका नाममा राहत पाए, तर हामीले कहिले नमेटिने पीडा भोग्दासमेत केही पाएनौं ।' उनले सुरक्षाकर्मीले जबर्जस्ती गरेपछि अधिकांश पीडितमा विभिन्न किसिमका रोग पनि देखिएको बताइन् । 'म पनि उपचारकै लागि दुईपटक काठमाडौं गइसकेँ,' उनले भनिन्, 'तल्लो पेट दुख्ने, कमर दुख्ने समस्या छ कतिपय त मानसिक रूपमै बिमार छन् ।'

पीडित महिला अलिअलि खुलेर संगठित हुन थालेका छन् । उनीहरूले एड्भोकेसी फोरमको पहलमा समूह गठन गरेर नियमित बैठक र केही बचत पनि गर्न थालेका छन् । 'हरेक दोस्रो महिना यस्ता यौन हिंसापीडितको नियमित बैठक बस्छ,' फोरमका कार्यक्रम संयोजक वीरबहादुर विष्टले भने, 'केही पीडित महिला अलिअलि खुल्न थालेका छन्, कतिपय अझै खुलेका छैनन् ।' उनका अनुसार सुरक्षाकर्मीबाट पीडित २३ र माओवादीबाट २ जना फोरम सम्पर्कमा आएका छन् ।

ल हेर्नुस् ! अब बोलेको कुरा फेसबुकमा आफै टाइप हुने !

 फेसबुक म्यासेन्जरमा च्याट गर्दा अब तपाईंले टाइप गर्नुपर्दैन । बोलेको कुरा आफैं टाइप हुन्छ र तपाईंले सम्बाद गरिरहेका साथीकहाँ पुग्छ ।
सुन्दै अनौठो लाग्ने यो फिचर प्रयोग गर्न अब प्रयोगकर्ताले धेरै कुर्नुपर्ने छैन् ।
फेसबुकले हालै ‘भ्वाइस टु टेक्स्ट’ प्रबिधिको बिकाश गरेको घोषणा गरेको छ । परिक्षणका लागि छिटै रुपमा सानो समूहलाई यस्तो सुबिधामा पुहँच दिने फेसबुकले जनाएको छ ।

यसअघि फेसबुक म्यासेन्जरले च्याटमा भ्वाइस क्लिप पठाउने सुबिधा सुरु गरेको थियो जुन ह्वाट्सएप, स्न्यापच्याट, भाइवर लगायत मुख्य म्यासेजिङ एपले पनि दिन्छन् ।
तर, फेसबुक एक कदम अगाडी बढ्दै बोलेको कुरा आफै टाइप हुने प्रबिधिको बिकाश गरेको छ ।
प्रयोगकर्ताले टाइप गर्न नसक्ने अबस्थामा यो फिचर निकै उपयोगी हुने फेसबुकका कर्मचारी डेभिड मार्कस बताउँछन् । यदि कुनै साथीले भ्वाइस क्लिप पठाएको छ भने तत्कालै त्यसलाई टेक्स्टमा कन्र्भट गरी सुन्न सकिने छ ।
यो सुबिधा फेसबुकको डेस्कटप वा मोबाइल भर्सनमा भने उपलब्ध हुने छैन् । त्यसका लागि प्रयोगकर्ताले फेसबुक म्यासेन्जर एप डाउनलोड गर्नुपर्ने छ ।

बाउले आफ्नी १० वर्षकी छोरीलाई जिउँदै गाडिन

छोरीमाथि हुने गरेको लैंगिक विभेदको चरमोत्कर्षका रुपमा एक व्यक्तिले आफ्नी १० वर्षकी छोरीलाई जिउँदै गाडेका छन् ।
भारतको त्रिपुरास्थित पुटिया गाउँमा शुक्रबार भएको यो त्रासदीपूर्ण घटनामा अब्दुल हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ र बालिकाको उद्धार गरेको छ ।
छोरी मन नपरेको भन्दै श्रीमती घरबाहिर गएको मौका छोपेर हुसेनले आफ्नी छोरीलाई घरपछाडिको बगैँचामा एक खाल्डो खनेर गाडेका हुन् । छोरीको दुबै हात डोरीले बाँधेर मुखमा टेप टाँसिदिएपछि उनले आफुले खनेको खाल्डोमा छोरीलाई हालेका थिए । छोरीलाई खाल्डोमा हालिसकेपछि उनले माटोले पुरेका थिए । खाल्डोमा हात बाँधिएको अवस्थामा छातिसम्म पुरिएकी ती बालिकाको तस्वीर निकै दुखदायी देखिन्छ ।
छोरीलाई खाल्डोमा पुर्दै गरेको अवस्थामा श्रीमती घरमा आइपुगेपछि उनले बाँसको टोकरी बालिकाको टाउकोमा घोप्टाइदिएका थिए । श्रीमतीको आँखा छलेर केही समयपछि टोकरीले छोपेकी छोरीलाई पूर्ण रुपमा पुर्ने उनको योजना रहेछ ।


घरमा आइपुगेकी श्रीमतीले छोरीलाई घरमा नदेख्दा लोग्नेलाई सोधिन् । तर लोग्ने हुसैनले थाहा नभएको बताएपछि उनले यताउति खोज्न थालिन् । छोरी हराएको भन्दै उनले छिमेकीलाई समेत खबर गरिन् । सबै मिलेर खोज्दा अन्त्यमा घरपछाडि खाडलमा आधा जिउ पुरिएको अवस्थामा छोरीलाई फेला परिन् ।
लोग्नेले छोरी पुरेको पोल खुलेपछि उनले प्रहरीलाई खबर गरिन् । सबै मिलेर हुसैनमाथि रामधुलाई गरे । अब्दुललाई प्रहरीले पक्राउ गरेको छ र उनिमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चल्ने भएको छ ।
स्मरण रहोस् भारतमा यस्ता क्रुर लैंगिक हिंसाका घटना बेलाबखतमा हुने गरेका छन् । ४ महिनाअघि उत्तर प्रदेशमा एक ७ वर्षकी बालिकालाई समे जिउँदै गाडिएको थियो । तानु नामकी ती बालिकालाई उनका काका काकीले जिउँदै गाडेपनि ती बालिका खाडलबाट बाहिर निस्किन सफल भएकी थिइन् ।

दुनियाकै ठूलो वक्षस्थलवाली महिला

जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो किर्तिमान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् ।
उनका दुबै वक्षस्थलमा १०-१० लिटर सलाइन भरिएको छ र तौल २०-२० पाउण्ड अर्थात् नौ-नौ किलो भन्दा बढि छ । 

उनको वक्षस्थलको समग्र तौल अर्थात् १८ किलो भनेको एउटा सानो बालकको जत्रै हो । अर्थात् कुकुरको छाउरो, कारको टायर वा चारवटा ठूला रेन्बो ट्राउट माछाको जत्तिकै तौल उनको वक्षस्थलको हुन आउँछ ।
यति भिमकाय वक्षस्थलका लागि कत्रो ब्रा ठिक्क होला ? उनका लागि ३२ जेड आकारको ब्रा चाहिन्छ ।
यी भिमकाय वक्षस्थलवाला युवती टि्वटरमा निकै चर्चित छिन् । उनको टि्वटर अकाउण्ट Beshine उनका १ लाख २० हजार भन्दा बढि फलोअर छन् । उनले नियमित रुपमा आफ्नो टि्वटर अकाउण्ट अपडेट पनि गर्ने गर्छिन् । गएको नोभेम्बरमा उनले आफ्नो टि्वटर अकाउण्टमा आफुले जुम्बा सेसनमा तिनवटा ब्रा लगाए पनि आफ्नो वक्षस्थलको तौल तथा हल्लाइका कारण तिनवटै च्यातिएको कुरा उल्लेख गरेकी थिइन् ।



नेपाली मोडेलले एस्तो देखाएपछि

सृजना ढकाल

Saturday, January 17, 2015

प्रणय सुत्रमा बाँधिनुको मज्जा : राजन थपलिया

“सप्त रंगी फूल बनी जब तिमी आयौ मेरो जीवनमा 

अँध्यारा रात पनि उज्याला भए तिमी आएपछि मेरो घरमा” 

यी प्रेमिल शब्द कसैबाट सापटी लिएको होइन । जीवनका कुनै प्रहरमाउनिप्रति समर्पित हुँदै लेखिएका मेरा मनका भाव हुन् । भाव मात्र होइन, म अझै सम्झन्छु, जब म बाथरुमबाट नुहाएर बाहिर निस्केको थिएँ, त्योबेला टावल ले मेरो शरीर पुछिदिँदै थियौ । मेरा आखाँमा तिम्रा आँखाको स्पर्शले मेरो मनै चङ्गा बनाइदिएकी थियौ । जहाँ- जहाँ तिमी छौ, त्यहाँ – त्यहाँ तिम्रो साथ छ, त्यसैले त जीवनमा बाँचेको आभास छ । त्यसै बखत तिम्रो शरीरबाट निस्केका पर्फुमका रोमान्चकारी बासनाले यो मन थाम्नै सकिएन, त्यसपछि त्यो बासना सहबासमा रुपान्तरित भयो ।

विवाह कुनै बन्धन होइन, यो त एक पबित्र नाता हो । नातामात्र होइन, यो त शारीरिक स्पर्शबाट धर्तीमै स्वर्गको महसुस गर्न सकिने एक माध्यम पनि हो । सबैलाई स्वीकार्य हुने एक सामाजिक मान्यता पनि हो । कसैलाई तन, मन, धन सबै सुम्पने बाटो पनि हो । एक्लो महसुस गर्नेहरुलाई न्यानो स्पर्शमा रम्ने एक नयाँ पाटो पनि हो ।
चाणक्य भन्छन् – जीवनको २५ वर्षसम्म अध्यनमा लगाउनु अनि घर गृहस्थी बसाउनु, त्यो पनि सही कुरा नै होला । आफ्नो – आफ्नोविचारमा भर पर्ला, फेरि थप्छन् – बिबाहअङि खानदान पनि हेर्नु” तर मेरो विचारमा अचेल जमना बदलिइसकेको छ ।
यदि कसैलाई भेट्नुभयो भने उसँग कुरा गर्दै जाँदा उसको ब्यबहारबाट थाहा पाउन सकिन्छ कि उ कस्तो परिवारको हो भनेर । किनकि तपाईं भनेको तपाईंको परिवारको प्रतिछाँया हो । तपाईं जहाँ – जहाँ जानुहुन्छ, त्यहाँ – त्यहाँ तपाईंको परिवार को प्रतिनिधित्व गरिरहनु हुन्छ ।
दुनियाँ बुझ्न टाढा जानु पर्दैन, त्यो तपाईंभित्रै छ । मात्र आँखा खोल्नुपर्छ ।

एकल जीवन न त महान बैज्ञानिक आइन्स्टाइनले काटे, न त सर स्टेफन हकिन्सले नै । जसले जीवन बुझेका थिए, उनीहरुले प्रकृतिलाई चुनौती दिएनन् । जे जस्तो आइपर्छ, सबैलाई स्वीकार गरे ।
जसले प्रकृतिलाई चुनौती दिन्छन, उनीहरुले एकदिन ठूलो दुख कष्ट भोग्नु पर्छ । हामीले प्रकृतिको काखमा खेल्न जान्नुपर्छ । प्रकृतिको भरपुर सदुपयोग गर्नु अर्थशास्त्रको सदुपयोगितावादको सिद्दान्तलाई सम्मान गर्नु जस्तै हो । यदि सदुपयोग गरिएन भने त्यो चिज खेर जान सक्छ । कुनै दिन पछुताउनु पर्ने हुन सक्छ ।
कुनै चिजको सुत्रमा प्रबेश गर्नुअघि विषयवस्तुको सरलता बुझ्नु जरुरी हुन्छ । प्राकृतिक चिजहरु, जहाँबाट हाम्रो जीवन आरम्भ भएको छ, त्यसलाई बुझ्न पाउनु त हाम्रो एक कर्तब्य हो । जब – जब यी हरिया पाखा पखेराको चिसो हावापानी यो शरीरले पाइरहन्छ, तबसम्म यो धर्तीमा ज्ञान विज्ञानको ज्योतिले उज्यालो पारिरहन्छ ।
हाम्रा सन्ततिहरु यौनका विषयमा खुलेर कुरा गर्न सकुन् । बिचार बहस गर्न सकुन् । किनकि अन्धकारमा हिँड्नु र उज्यालो प्रकाशमा हिँड्नु धेरै फरक छ । जान्ने, बुझ्ने, मनन गर्ने कोसिस गर्दा जति- जति बुझिन्छ, त्यति नै ज्ञानको द्वार खुल्दै जान्छ । एउटा बैज्ञानिकले अत्यन्त मन पराउने कुरा हो “प्रश्न्” जहाँबाट नै ज्ञानको सुरुवात हुन्छ । त्यसैले सोध, खोज, हेर र बुझ यो जीवनको रसायन विज्ञान,तिमीलाई पनि एक महान बैज्ञानिक बन्ने हक छ ।

मैले समाजमा उनलाई नाम दिइसकेको थिएँ । एक-अर्कालाई हेरेर घन्टौं टोलाउनु हाम्रो नियती भइसकेको थियो । अरुको धेरै कथा कहानी सुन्दा यस्तो होला र जस्तो लाग्थ्यो । आज आफैले भोग्दा हो रै छ त भन्ने लाग्यो ।
बल्यकाल हिमाली भेगमा नेपालको स्वच्छ हावा पानीमा खेल्दै गणेश हिमाल हेर्दै क, ख, रा सिक्दै बित्यो । त्यसबखत न प्रेम के हो थाहा थियो, न त विपरीतप्रतिको आकर्षण । जब जीवनले पालुवा हाल्दै गयो, तव जिन्दगानीले पखेटा फिजाउँदै देश विदेशको भ्रमणमा आफूलाई रोमान्चित बनाउँदै लग्यो ।
कहिले जापानको टोकियो शहर घुम्दै त कहिले फिनल्यान्डको हेलसिन्की सिटी घुम्दै, फेरि कहिले न्यूयोर्क शहर घुम्दै जीवनले आफ्नो चित्र आफै कोर्यो । अनन्त अमेरिकाको न्यूयोर्कलाई नै आफ्नो गन्तब्य बनाइयो ।
अचेल त न्यूयोर्कमा बस्दा पनि नेपालमै छु जस्तो लाग्छ । अझै याद छ, ती दिनमाकिशोर दाइसँग “कासा कोलम्बिया” रेस्टुरेन्टतिर हप्तामा २,३ पटक जानु हाम्रो दैनिकी जस्तै हुन्थ्यो । जापान घुम्दा ब्ल्लु स्काइ रेस्टुरेन्टतिर कफी पिउनु हाम्रो दैनिकी हुन्थ्यो । हेल्सिन्कीतिर घुम्दा हेल्सिन्की जुमा घन्टौं हराउनु यी सबै हाम्रो जमानाका कुरा थिए ।
म्यानहाटनमा विशेष गरी टाइम्स स्वायर घुम्नु त्यही नजिकै रहेको विश्व प्रशिद्ध सेन्ट्रल पार्क घुम्नु, घाम तापिरहेका आकर्षक युवतीतिर आँखा तन्काउनु अनि कहिले सिधै परिचय गर्न जानु यी सबै सामान्य दिनचर्या थिए ।
नयाँ -नयाँ किताबको अध्ययनमा निकै रुची राख्ने हुँदा कुइन्स लाईब्रेरी बिशेष गरी फ्ल्स सिङतिर जानु, साथीहरुसँग जीवनको गहन -गहन बिषयहरुमा बहस गर्नु हाम्रो दैनिकीजस्तै थियो ।
सफल प्रणय सुत्र को राज हो – एक अर्कालाई निर्धक्क मन – मुटुदेखि स्वीकार्नु । हिजोका दिनमा जस्तो ममताका फूलहरुले पूजा गरिन्थ्यो, आज पनि एक अर्कालाई उतिकै असिम माया गर्नु । दैनिक प्रेम देखाउनु, कसैलाई जीवन दिनु छ त पूजा गर्नुस्। यो नै सफल प्रणय सुत्रको जग हो । जब यी कुरा गर्न सकिँदैन, तब सम्बन्ध चिसो भएर जान्छ । निरर्थक हुँदै जान्छ ।

हरेक कुराको आफ्नो समय हुन्छ । समयमै प्रणय सुत्रमा बाँधिनुभयो भने जे गर्दा पनि, हातमात्र छोएर बस्दा पनि रमाइलो नै लाग्छ । समय ढल्केपछि यो प्रणय सुत्र पनि ओइलाएको सागजस्तै सुगन्धहीन बन्दै जान्छ । त्यसैले मौसम बदलिएको छ मित्र, निर्णय लिन ढिला नगर्नुस् ।
एक दिन जीवनले प्रकृतिक रुपमा नै काँचुली फेर्यो । पहिलो भेटमा उनले आफ्नो परिचय यसरी दिएकी थिइन्- मेरो नाम एरिका, हजुर म उड्साइड बस्छु । फोडम युनिभर्सीटीबाट “ल” मा ग्राजुयट । मेरो प्रश्न – अनि उमेर कति भयो नि ? लाज मान्दै ओ हो, पहिलो भेटमै उमेर पनि सोध्नुभयो त ? अजसिलो मान्दै मैले भनें यसको उतर नदिन पनि सक्नुहुन्छ “इट्स ओके।” यो सब्द ओठ बाट झर्न नपाउदै भनिन म २४ बर्श को भए अनि हजुर नि ?
म आफ्नो अध्यन पूरा गरी देशको एक सक्षम नागरिक भइसकेको थिएँ । जीवनसाथी होइन, एक साथी चाहिँ खोजिरहेको थिएँ । जीवनका रङहरु फेरिँदै जाँदा, एकअर्कालाई बुझ्दै जाँदा, युगौंदेखि खोजेको जीवनसाथी त उनै हो कि जस्तो महसुस भयो ।

सामीप्यता प्रगाढ हुन केही हप्ता पनि लागेन । मनले स्वीकार गरेको चिजलाई मसलाको कुनै जरुरत नहुँदो रहेछ । हरेक शनिबार थिएटरमा फिल्म हेर्न जानु, न्यानो स्पर्श गर्दै एकअर्कालाई अंगालोमा बेर्नु, ओठ – ओठ बाट चुम्बन को स्पर्श गर्नु अनि बाटोमा हात समाउँदै हिँड्नु उनीसँग बिताएका स्वर्णिम पलहरु हुन् ।
हरेक बिहान रिहानाको गीत सुन्दै कुइन्स बृज पार गर्नु, फर्किँदा बृट्नी स्पेअर्सको “टक्सिक्” भन्ने मेरो फेबरेट गीत सुन्नु अनि मेरो अफिस छुट्ने बेला एरिका मर्सिडिजमा मलाई लिन आउनु अनि त्यहाँबाट सिधै डिनरको लागि कोनी आइल्यान्डको वीचमा साँझपख घुम्दै, नर्गिसक्याफेमा डिनर गरेर फर्किनु हर पल एक अर्काको हातले हातलाई स्पर्शगर्दै मायाको न्यानोपनमा रमाउनु, मधुमासहरु मा चमेलीको बासना छर्नु जस्तै थियो ।
मायाको अनन्त उडानमा आफूलाई पाउँदा २,४ वर्ष बितेको पनि पत्तै भएन । एकले अर्काको भाइबर चलाउनु, एक अर्काले फेसबुकको अकाउन्ट सेयर गर्नु । स्टाट्स अपडेट गरिदिनु । उनको तर्फबाट पनि आफैंले कमेन्टको रिप्लाई दिनु, इन्स्टाग्राममा घण्टा – घण्टामा फोटो चेन्ज गर्नु र एक अर्कालाई सप्राइज दिनु जीवनको एक अभिन्न अङगजस्तै बन्दै गइरहेको थियो ।

जीवनका पलहरु र बिभिन्न भोगाइहरु, विवाहका सुरुवाती दिनहरु चरम सुखमा डुब्दै, सहबासमा लीन हुँदै एक अर्कालाई हेरेर घन्टौ बिताएको पनि याद छ । हरेक दिन उनलाई बिशेष सप्राइज उपहारहरु दिएको पनि याद छ । जीवनमा यस्तो लाग्थ्यो, कसैले माया मात्र होइन, जीवन नै दिन सकोस् भन्ने सिद्दान्त मा बिश्वास गर्थें ।
प्रकृतिसँग र परम आत्मासँग नजिक हुन प्रणय सुत्रमा बाँधिनु जीवनलाई सही दिशातर्फ धकेल्नु हो । खुशीका पलहरु एकअर्कामा बाँड्न पाइयोस् । अनन्त यात्रामा सँगै हिँड्न पाइयोस्, यसरी नै जुनी – जुनीसम्म..
हाम्रो जीवनको दर्शन नै एकअर्कालाई अध्ययन गर्नु थियो । यस्तो कुनै दिन मलाई याद छैन कि मैले उनको मन पढ्न भुलेको होस् । त्यसै ले त हाम्रो सम्बन्ध हिजोजस्तै ताजा छ ।

त्यसैले त मुटुभरि उनकै मायाले भरिएका छन्, मेरो जीवनका सुन्दर पानाहरु । ज्याक्सन हाइट न्यूयोर्क ७४ स्ट्रीट कुइन्स बुलुबाड घर नम्बर ७०४ यहाँ बाट देखिने यम्पाएर स्टेट बिल्डिङ अनि धपक्क बलेको सुन्दर दृश्य । बिहानीपख चरा चुरुङी को आवज्, म्यान हयाटन र फल्सिङ गुड्ने ७ ट्रेनको दर्शन, नजिकैको सत्यनारायण मन्दिरमा बदलिएको धुपको बासना मन नै तरङ्गित गर्ने जगजित सिंह को राम धुन । नक गर्दै ढोका बाहिर उभिएकी उनै प्रिय एरिका ।
उनका हातमा तातो कफी । ओछ्यान नजिकैको टेबलमा प्रेमपूर्वक राखी दिइन् । अनि आँखा बन्द गर्न लगाइन्- मेरो हात मा रातो बट्टाभित्र सजिएको सिक्री उपहार दिँदै – बर्थ डे विस गरिन् । त्यो रातो बट्टाभित्रको सेतो कागजमा लेखिएको थियो – “मुटुभरिको माया तिमी ई” आँखा चिम्म गर्दै उनलाई अंगालोमा सजाउँदा परमात्माको दर्शन पाएर जीवन सार्थक भएको ठानें ।

“तिम्रो आगमनले मेरो जीवन धन्य- धन्य भएको छ । 

एकै स्पर्शमा पनि बिचारहरु सुन्य – सुन्य भएको छ । “ 


लगातार १७ घण्टासम्म उत्तेजित लिंग शान्त पार्न गुप्तांगमा २४ सुइ

यो एउटा अपवाद हुनसक्छ, तर सत्य हो । एक युवकको लिंग लगातार १७ घण्टासम्म उत्तेजित भैरहेपछि डाक्टरहरुले उसको लिंगमा भरिएको दुइ पिन्ट रगत बाहिर निकाल्नुपरेको छ ।
डाक्टरहरुले यसरी उत्तेजित लिंगको रगत निकाल्नुअघि रक्तप्रवाह कम गर्नका लागि २४ वटा सुइ लगाइदिए ।
बेलायतको नर्थ योर्कसायरमा होटलमा काम गर्ने २३ वर्षका ज्यासन गार्नेटको गुप्तांगलाई शान्त पार्नका लागि डाक्टरहरुलाई समेत हम्मे हम्मे पर्यो ।

अघिल्लो रात आफ्नी गर्लफ्रेण्डसँग सहवास गरि सुतेका गार्नेट रातभर सुतेपनि अर्को विहान उठ्दा आफ्नो गुप्तांग उत्तेजित नै भएको देखेपछि झसँग भए । उनले गुप्तांगलाई उत्तेजित नपार्न धेरै प्रयास गरे, तर सकेनन् । उनले लिंगलाई शान्त पार्नका लागि बरफले सेक्ने, चिसोले नुहाउनेदेखि लिएर जगिङ समेत गरे । तर त्यसले काम नगरेपछि उनी अस्पताल पुगे ।
डाक्टरहरुले गुप्तांगमा जमेको रगत बल्लतल्ल निकालेर उनको लिंगको उत्तेजना हटाइदिएर सामान्य अवस्थामा ल्याइदिएपछि उनले आफुले नयाँ जिवन पाएको बताए । यो घटना आफ्नो जिवनको सबैभन्दा डरलाग्दो घटना भएको बताए ।
डाक्टरहरुले आफ्नो लिंगमा सुइ रोपेको घटना सबैभन्दा डरलाग्दो अनुभव भएको भन्दै उनले त्यसलाई हरर फिल्मसँग तुलना गरेका छन् । आफुलाई पूरापूर पीडा महसुस भएको उनको भनाइ छ ।

के तपाई धुम्रपानको लतबाट छुटकारा चाहनुहुन्छ ? अब रगत जाँच गरे थाहा हुनेछ

धुम्रपानको लतबाट छुटकारा पाउने उपायको खोजीका हुनुहुन्छ ? त्यसो हो भने आफ्नो रगत जाँच गराउनुहोस् । धुम्रपानको आदतबाट मुक्त हुनका लागि रक्तपरीक्षण सहयोगी बन्ने एक अनुसन्धानले देखाएको छ ।
ल्यासेन्ट जर्नलमा प्रकाशित शोधमा बताइएअनुसार रगतको जाँचबाट धुम्रपानको लत छाड्नका लागि कुन तरिका अपनाउनुपर्छ ? भन्ने विषय थाहा पाउन सकिन्छ ।


अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनबाट के तथ्य पत्ता लागेको छ भने धुम्रपान छोडेको निधो गरेका मानिसमध्ये ६० प्रतिशतले छाडेको एक हप्तापछि नै फेरि धुम्रपान गर्न सुरु गर्ने गर्छन् । तर यदि कुनै व्यक्ति सुर्तिजन्य पदार्थमा पाइने निकोटिनका अगाडि कति छिटो आफुलाई समर्पित गर्दछन् भन्ने कुरा थाहा पाउन सकिएमा धुम्रपान त्यागको सफलताको प्रतिशत बढाउन सकिने शोधकर्ताहरुको ठम्याई छ ।

चुरोटमा पाइने निकोटिनले सरीरमा तलतली पैदा गर्छ । त्यसकारण धुम्रपानको लत लागेका मानिसहरुले चुरोट सुर्ति नखाएमा जिउमा निकोटिनको आवश्यकता महसुस हुन थाल्छ र पुनः चुरोट पिउने वा सुर्ति सेवन गर्ने तलतली लाग्छ । त्यसकारण व्यक्तिले पुनः धुम्रपान गर्न थाल्छ ।
मानिसहरुमा व्यक्तिपिच्छे निकोटिनप्रतिको इच्छा भने फरक फरक हुन्छ ।
जो मानिस निकोटिनको लतका अगाडि छिटो असफल हुन्छन् उनीहरुले धेरै धुम्रपान गर्छन् र त्यस्ता मानिसहरुलाई धुम्रपानबाट छुटकारा दिलाउन कठीन हुन्छ ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरुले १२ सय ४० जना मानिसमा परीक्षण गरेका थिए । त्यसक्रममा हरेक मानिसको रगतको जाँच गरि उनीहरुको रगतमा निकोटिन कति छिटो टुक्रिन्छ ? भन्ने कुरा जाँचेका थिए ।
त्यसका साथै मानिसहरुलाई भ्यारेनिक्लिन नामक औषधि समेत दिइएको थियो र परामर्श समेत दिइएको थियो । निकोटिन नभएको यो औषधिलाई चिकित्सकको सल्लाह मुताविक दिने गरिन्छ । चिकित्सकहरुले धुम्रपानको खतराबाट उम्किनका लागि डिप्रेसन तथा आत्महत्या लगायतका सम्भावित दुस्प्रभावलाई समेत सन्तुलित गर्ने गर्छन् ।

शोधकर्ताहरुका अनुसार जो मानिसको रगतमा निकोटिक टुक्रिने दर सामान्य हुन्छ उनीहरुमा भ्यारेनिक्लिन औषधिको प्रयोग गरेर धुम्रपानको लत छुटाउन सकिने सम्भावना वैकल्पिक निकोटिन युक्त औषधि दिनुपर्ने मानिसहरुमा भन्दा बढि हुन्छ ।
त्यसैले मानिसको रगतमा निकोटिन टुक्रिने दरको परीक्षण गरेर सोही अनुरुप धुम्रपान छुटाउने औषधि वा विधिको प्रयोग गरिएमा त्यो प्रभावकारी हुने र त्यसले धुम्रपानका अम्मलीलाई लत छुटाउनमा मिल्ने सफलताको दर बढ्ने शोधकर्ताहरु बताउँछन् ।

नियमित दिनमा २० मिनेट हिँडडुल गर्दा आयु लम्बिन्छ

नियमित रुपमा हिँडडुल गर्दा स्वास्थ्यमा फाइदा पुग्ने कुरा त हामी सबैलाई थाहा छ । यस्तो हिँडाइ वा दौड एकाध घण्टाकै हुनुपर्छ भन्ने सोँच्नुभएको छ होला । तर वैज्ञानिकहरुले भने दिनमा केवल २० मिनेट सम्म मात्र हिड्नेहो भने पनि त्यसले मानिसको आयु केही वर्ष बढाउने निष्कर्ष निकालेका छन् ।
मोटोपनाबाट ज्यान गुमाउनेहरुभन्दा व्यायामको अभावका कारण सिर्जना हुने रोगका कारण ज्यान गुमाउनेहरुको संख्या झण्डै दोब्बर रहेको भन्दै शोधकर्ताहरुले सामान्य खाले शारीरिक क्रियाकलापले समेत रोगब्याधीबाट बचाएर दीर्घजिवन प्रदान गर्ने गुह्य तथ्य सार्वजनिक गरेका हुन् ।
बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुले ३ लाख ३४ हजार जनामा गरेको अध्ययनले मध्यम मात्राको कार्यकलापले समेत जिवन लम्ब्याउने तथ्य पत्ता लगाए । सानो कसरतले समेत ठूलो फाइदा पूराउने ठहर उनीहरुको छ ।

शोधकर्ताहरुका अनुसार दिनको २० मिनेट हिड्ने वा सोही बराबरको कसरत गर्दा सानो उमेरमै ज्यान जाने खतरा एक तिहाइले घट्दछ ।
निस्त्रिmय जिवनशैलीबाट मध्यमस्तरको सक्रिय जिवनशैलीमा रुपान्तरण हुँदा ठ्याक्कै कति वर्ष आयु बढ्छ भन्ने कुराको लेखाजोखा नगरिएको भएपनि मोटोपना भएका मानिसहरुमा समेत यस्तो हिँडाइले छिटो मर्ने जोखिममा १६ प्रतिशतले कमी आउने शोधकर्ताहरुको भनाइ छ । सन्तुलित तौल भएका मानिसहरुमा त नियमित हिँडाइले यस्तो जोखिम ३० प्रतिशतले घटाउँछ ।
शारीरिक रुपमा निस्त्रिmय रहने मानिसहरुमा सानो मात्राको दैनिक शारीरिक गतिविधिले उल्लेखनीय स्वास्थ्य लाभ पूराउने तथ्य अध्ययनबाट प्रमाणित भएको मुख्य शोधकर्ता उल्फ एकेलण्डले बताएका छन् ।
शोधकर्ताहरुका अनुसार युरोपमा हरेक वर्ष ३ लाख ३७ हजार जना मानिसको मोटोपनाबाट सिर्जित स्वास्थ्य समस्याका कारण ज्यान जाने गर्छ । जबकी त्यसको दोब्बर अर्थात् ६ लाख ७६ हजार जना मानिसले शारीरिक व्यायाम वा सक्रियताको कमीका कारण सिर्जना हुने रोगका कारण ज्यान गुमाउँछन् ।

Friday, January 16, 2015

लोकसेवाले खोल्यो झण्डै ५ सय सुब्बाको विज्ञापन: नायब सुब्बा बन्ने अवसर

१ माघ, काठमाडौं । निजामती सेवामा प्रवेश गरी सरकारी जागिर खाने इच्छा छ ? के तपाई लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि त्यसो हो भने निजामती सेवामा छिर्ने अवसर छ । लोकसेवाले देशभरबाट गरी झण्डै ५ सय जना  नायब सुब्बाको विज्ञापन प्रकाशन गरेको छ । लोकसेवा आयोगले देशका विभिन्न ५ क्षेत्रीय कार्यालयहरुबाट गरी कुल ४ सय ८२ जना राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बाका लागि विज्ञापन प्रकाशन गरेको हो ।


खुल्ला तथा समावेशीतर्फ गरी पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट कुल १ सय ४ पदका लागि दरखास्त आह्वान गरिएको छ । सबैभन्दा बढि २ सय ४ जना नायब सुब्बा पदका लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीबाट दरखास्त आह्वान गरिएको छ । त्यस्तै पश्चिमाञ्चलबाट ८३, मध्यपश्चिमाञ्चलबाट ५५ र सुदुरपश्चिमाञ्चलबाट ३८ जना नायब सुब्बा पदका लागि विज्ञापन गरिएको छ ।
लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्दछ ।
समावेशीतर्फ छुट्टाइएको कुल पदको ४५ प्रतिशतलाई शत प्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजातिका लागि २७ प्रतिशत, मधेशीका लागि २२ प्रतिशत, दलितका लागि ९ प्रतिशत, अपांगका लागि ५ प्रतिशत र पिछडिएको क्षेत्रका लागि ४ प्रतिशत कोटा छुट्टाइएको हुन्छ ।
कहिले हुन्छ परीक्षा ?
लोकसेवा आयोगले प्रकाशित गरेको सूचनाअनुसार प्रथम पत्रको सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षणको परीक्षा (वस्तुगत) आगामी बैशाख २५ गते दिउँसो ४ बजे हुनेछ । दोश्रो पत्र सामाजिक आर्थिक अवस्था विषयको विषयगत परीक्षा वैशाख २६ गते दिउँसो ११ बजे र तेस्रो पत्रअन्तरगत ऐच्छिक प्राज्ञिक विषयको वस्तुगत परीक्षा सोही दिन दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
परराष्ट्र सेवाका लागि समेत परीक्षा दिनेहरुका लागि चौथो पत्र अंग्रेजी भाषा र कुटनीतिक विषयको परीक्षा वैशाख २७ गते बिहान ८ बजेका लागि तोकिएको छ ।
प्रथम चरणको लिखित परीक्षाबाट अन्तरवार्ता र कम्प्युटर सीप परीक्षणका लागि उमेद्वारहरु छनोट गरिन्छ । कम्प्युटर सीप परीक्षण र अन्तरवार्ताको मिति लिखित परिक्षाको नतिजा प्रकाशित हुँदा उल्लेख गरिने लोकसेवा आयोगले जनाएको छ ।
कम्प्युटर सीप परिक्षण र अन्तरवार्ताबाट सम्बन्धित पदमा उत्तीर्ण उमेद्वारहरु लोकसेवा आयोगले सिफारिस गर्ने गर्दछ ।
शुल्क कति लाग्छ ?
नायब सुब्बा पदका लागि फारम भर्दा उमेद्वारले ४ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । तर, खुल्ला बाहेक समावेशी समूहमा समेत फाराम भर्ने उमेद्वारले थप समावेशी समूहका लागि ४ सय रुपैयाँसँगै प्रत्येकको २ सयका दरले शुल्क तिर्नुपर्नेछ ।  परराष्ट्र सेवाको थप पत्रका लागि  २ सय रुपैयाँ थप गर्नुपर्नेछ ।
दरखास्त दिने मिति र स्थान
लोकसेवा आयोगका अनुसार आयोगको क्षेत्रीय निर्देशनालय तथा क्षेत्रीय निर्देशनालयसँग सम्बन्धित अञ्चल कार्यालय र लोकसेवा आयोगको कार्यालय नभएका जिल्लाको हकमा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा पनि दरखास्त बुझाउन सकिनेछ ।
मध्यमाञ्चलबाट प्रकाशित विज्ञापनका लागि काठमाण्डौ उपत्यका दरखास्त संकलन केन्द्र अनामनगरका साथै गोश्वारा हुलाक कार्यालय सुन्धारामासमेत दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ । दरखास्त साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरु (अ) लब्धांकपत्र (आ) उमेर खुलेको चारित्रिक प्रमाणपत्रै र नेपाली नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि एवं दरखास्त दस्तुर बुझाएको नगदी रसिद पेश गर्नु पर्नेछ ।
प्रमाणपत्रको प्रतिलिपिमा उम्मेदवार स्वयंले सक्कलबमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नु पर्नेछ । बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
बहालवाला कर्मचारीले दरखास्थका साथ नियुक्ति पत्रको प्रतिलिपि संलग्न गरी दरखास्त फाराममा सेवासम्बन्धी विवरणहरु उल्लेख गरी अनिवार्यरुपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ ।
समावेशीतर्फका उम्मेदवारहरुले पेश गर्नु पर्ने थप कागजातहरुः-
(क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा । तर, नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीका आधारमा गर्नुपर्ने । तर, राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ग) अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषदबाट अपाङ्गता प्रमाणित गरेको आधारमा हुनुपर्नेछ ।
(घ) मधेसीका हकमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ङ) पिछडिएको क्षेत्रका हकमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) मा उल्लेख भएका जिल्लामा स्थायी बसोवास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट (दरखास्त फाराम आयोगमा बुझाउने दिन भन्दा ३ महिना अगाडि सम्म) हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
स्थायी वसोवास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा सो गर्नुपर्नाको कारण उल्लेख भएको पत्र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट लिएको, निजामती सेवा ऐन, २०४९ को दफा ७ (७) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा बसाइँ सराइ गरी गएको भएमा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्र र वसाइ सराईको हकमा छाडेको र गएको गाउँ विकास समिति/नगरपालिकाको बसाइँ सराई कागज दरखास्त साथ पेश गर्नु पर्नेछ ।
दरखास्त दिने अन्तिम मिति आगामी माघ २० गतेसम्मका लागि तोकिएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म पनि दरखास्त बुझाउन सकिने छ । लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np बाट फाराम डाउनलोड गर्न सकिन्छ ।
उमेद्वारको योग्यता कति ?
संयुक्त र एकीकृत परीक्षा प्रणालीका आधारमा हुने परीक्षाका लागि लोकसेवा आयोगले विभिन्न सेवा समूहमा उमेद्वार बन्न पाउने शैक्षिक योग्यता तोकेको छ । जसअनुसार उमेरको हकमा पुरुष उमेद्वारको १८ वर्ष उमेर पुगेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ र महिला र अपाङ्गको हकमा १८ देखि ४० वर्ष उमेरका महिलाले दरखास्त दिन पाउनेछन् ।
·न्याय सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा प्रवीणतापत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
·परराष्ट्र सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अंग्रेजी विषयसहित प्रवीणता प्रमाणपत्र वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
·प्रशासन सेवाको सामान्य प्रशासन समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा प्रवीणतापत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
·प्रशासन सेवाका लेखा समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।
·प्रशासन सेवा, राजस्व समूहका लागि  मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा कानूनमा प्रवीणता
प्रमाणपत्र तह वा अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्रमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।
लेखापरीक्षण सेवाका लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार, प्रशासन वा वाणिज्यशास्त्र विषयमा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।

ए बाबु तिमीहरु कुन पार्टीको हो ?

 काठमाडौं, माघ २ – संविधानसभा भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा पछिल्लो चहलपहल निकै बढेको छ । दैनिकरुपमा ‘संविधान चाहियो’ भन्दै धर्ना र जुलुस गर्ने समूहहरुको ताँती नै देख्न सकिन्छ । त्यस्तै धर्ना दिने समूहहरुमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) सम्बध संघ संगठनहरुले ‘माघ ८ मा लोकतान्त्रिक संविधान’ माग गर्दै धर्ना दिइरहेका थिए । धर्ना कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरुको समेतको उपस्थिति थियो ।


त्यहाँ नेताहरुले चर्को भाषण गरिरहेका थिए र केही कार्यकर्ताहरु बेकरी क्याफे नजिकै भुइँमा बसेर ध्यान दिएर सुनिरहेका थिए । यसैबीच, धर्ना दिनेको भीडमा क्यामाराको लेन्स तर्साउँदा त्यहाँ अग्रपंक्तिमा रहेका केही ‘धर्नाकारी’ हरुमाथि आँखा पुग्यो । अग्रपंक्तिमा यस्ता केही अनुहारहरु थिए, जो भाषण निकै चाख दिएर सुनिरहेका थिए । केहीका हातमा झण्डा त केहीका टाउकोमा पार्टीका राता झण्डा बेरिएका थिए ।
आजकाल राजनितीक दलका धर्ना तथा जुलुसहरुमा यस्ता बालवालिकाको प्रयोग बढ्दो छ । उनीहरुलाई न पार्टीबारे थाहा हुन्छ न जनवर्गिय संगठन । यस्तोमा आजको धर्नामा उपस्थित ती निर्दोषरुलाई पनि के थाहा आफ्नो टाउकोमा बाँधिएको चारतारे झण्डामा कुन पार्टीको ट्याग लागिएको थियो ।
त्यो झण्डको ब्याख्या के हुन्छ त्यसबारे उनीहरु अनभिज्ञ थिए । उनिहरुका लागी संविधानसभाको प्रसव वेदना पनि कागलाई वेल पाक्यो हर्ष न विस्मत जस्तै थियो । तैपनि उनिहरु त्यो अज्ञात क्रियाकलाको साक्षि बस्न बाध्य थिए ।

अब फेसबुक तपाईंको साथीभन्दा माथी

 क्याम्ब्रिज युनिभर्सिटी एवं स्ट्यानफोर्ड युनिभर्सिटीका अध्ययनकर्ताहरुले एउटा यस्तो उपकरणको विकास गरेको छ जसले फेसबुकमा तपाईंले कुनै पनि स्टेटसमा गर्नुभएको ‘लाइक’ लाई विश्लेषण गरि तपाईंलाई तपाईंका साथीहरुभन्दा राम्रो तरिकाले पहिचान गर्ने गर्दछ । नवविकसित उपकरणले सोसल नेटवर्किङ वेभसाइट फेसबुकमाथि कुनै पनि व्यक्तिले गरेको ‘लाइक्स’ को विश्लेषण गरेर उक्त व्यक्तिको व्यक्तित्वको बारेमा परिवार तथा साथीहरुभन्दा सटिक आँकल गर्ने अध्ययनकर्ताहरुले पत्ता लगाएका छन् ।

क्याम्ब्रिज साइकोमेट्रिक केन्द्रका वू यु का अनुसार भविष्यमा कम्प्युटर हाम्रो मनोवैज्ञानिक लक्षणका अनुमान लगाएर त्यसअनुसार प्रतिक्रिया दिनमा सक्षम हुनेछ जसको मद्दतले भविष्यमा यस्तो यन्त्रको निर्माण गर्नए सकिनेछ जसले अत्यधिक जानकारी भएको र सामाजिक कुशलताबाट परिपूर्ण हुनेछ । इन्डिपेन्डेन्टका अनुसार शोधकर्ताले आफ्नो अध्ययनमा फेसबुकमाथि ८६,००० स्वयंसेवी सहभागीको नमूना प्रयोग गरेको थियो । सहभागीबाट ‘माइएप’ को सहयोगले १०० भन्दा बढि व्यक्तित्व सम्बन्धि प्रश्नहरु सोधिएको थियो । उक्त अनुसन्धानबाट शोधकर्ताहरुले कम्प्युटर मोडल अर्थात त्यसद्वार विकसित उपकरणले व्यक्तिको १० लाइकको विश्लेषण गरेर उक्त व्यक्तिको व्यक्तित्वको आँकलन गरेर उनका सहकर्मीहरुभन्दा बढि सटिक हुनसक्छ भने ७० लाइको विश्लेषण गरेर व्यक्तिको साथीहरुभन्दा बढि सटिक आँकल गर्न सक्छ । १५० देखि ३०० भन्दा बढिको लाइकको विश्लेषण गरेर नातेदार वा जीवनसाथीभन्दा बढि सटीक आँकलन गर्न सक्षम हुनेछ ।

Thursday, January 15, 2015

यो वर्ष बैदेसिक रोजगारमा साढे ५ सय नेपालीले ज्यान गुमाए

दोहा (कतार), माघ २ - वैदेशिक रोजगारका लागि खाडीका ६ देश आएका नेपालीमध्ये एक वर्षभित्र ५ सय ४९ जनाको मृत्यु भएको छ । त्यसमा २० महिला छन् । खाडीस्थित नेपाली दुतावासका अनुसार सन् २०१४ मा उनीहरूको ज्यान गएको हो । सबै देशमा अघिल्ला वर्षका तुलनामा मृत्यु हुनेको संख्या भने घटेको छ । अघिल्ला वर्ष ६ सय बढीको ज्यान गएको थियो ।

सबभन्दा बढी ज्यान जानेमा साउदी अरबमा २ सय ४९, कतारमा १ सय ४९, युएईमा ६३, कुबेतमा ४१, बहराइनमा १३ र ओमनमा १० जना छन् । तीमध्ये कुबेतमा १०, युएईमा ७, साउदीमा २ र कतारमा एक जना महिलाको मृत्यु भएको छ । साउदी अरबका लागि नेपाली राजदुत उदयराज पाण्डेले साउदीमा मृत्यु हुने बढी जसो विषाक्त मादक पदार्थ खानेहरु रहेको बताए । 'सुतेकै सुते हुने स्थिति छ । उनीहरु बढीजसो विषाक्त मादक पदार्थ सेवा गर्छन्', पाण्डेले भने,'त्यसपछि सडक दुर्घटना र कार्यस्थलमा काम गर्दा गर्दै मृत्यु हुने गरेको पाइएको छ ।'

यो वर्ष पनि कतारमा मृत्यु हुनेहरू प्रमुख कारण 'सुतेको सुत्यै' छ । दुताबासका अनुसार मृत्यु भएका १ सय ७३ मध्ये ७७ जना प्राकृतिक मुत्यु -सुतेको सुत्यै) भएको छ भने सडक दुर्घटना २० र कार्यस्थल मृत्यु १९ जना रहेको छ । कतारको निर्माणधीन प्रोजेक्टहरुमा सुरक्षा मापदण्ड कडा भएकोले कार्यस्थलमा मृत्यु हुनेको सख्या न्युन भएको हो ।

खाडीमा कामदारमा आत्महत्या गर्ने स्थिति भने बढिरहेको छ । यो प्रवृत्ति साउदीमा झन बढी छ । 'पारिवारिक तनाब र अन्य कारणले उनीहरु चाहने बित्तिकै स्वदेश फिर्न पाउदैनन्', पाण्डेले भने, 'त्यसो हुदाँ कतिपय कामदार आत्महत्या गर्न पुग्छन् ।' खाडीस्थित सामाजिक रुपमा क्रियाशील संस्थाका अगुवाहरु भने सोचेको जस्तो सपना पुरा नहुने र ऋणको भारमा थिचिने अबस्था पनि कामदारको आत्महत्या गर्नुको अर्को कारण भएको बताउँछन् ।

कतारमा कार्यरत नेपाली डाक्टर नरेन्द्र शाक्य खाडीमा मृत्युदरलाई घटाउन सकिने स्थिति रहेको बताँउछन् । 'धेरैजसोले आफ्नै स्वास्थ्यप्रति ध्यान नपुर्‍याउँदा अकालमा ज्यान जाने गरेको स्थिति देखिन्छ', उनले कान्तिपुरलाई भने,'खाडीमा आउँदा मुटु मात्रै राम्रोसँग जचाएर श्रम स्वीकृति दिने हो भने प्राकृतिक भनिने मृत्युदरलाई कम गर्न सकिन्छ ।' खाडीमा झन्डै १५ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

यो मेरो चरित्र हत्या गर्ने प्रयास भयो : खुश्बु ओली

हाल लण्डनमा पीएचडी अध्ययनको तयारी गरिरहेकी खुश्बु ओलीले नेपालका केही व्यक्ति तथा मिडियाहरुले आधारहीन समाचार सम्प्रेषण गरेर आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी छन्। गत हप्ता  नेपालको एउटा अनलाइन साइटमा खुश्बुले पाटन क्याम्पसबाट नक्कली सर्टिफिकेट निकालेको भन्ने दावीप्रति प्रतिवाद गर्दै आफू त्यो समयमा लन्डनमै अध्ययन गरिरहेकोले पाटन क्याम्पसको सर्टिफिकेट सम्बन्धी समाचार तथ्यहीन र भ्रामक भएको बताएकी छन्।  

समाचारसँगै छापिएको सर्टिफिकेटमा सन् २०१० उल्लेख गरिएको तर, आफू २००८ देखिनै लण्डनमा अध्ययन गरिरहेको बताउँदै उनले भनिन, "न मैले कहिल्लै पाटन क्याम्पस पढें न त त्यस्तो सर्टिफिकेटको प्रयोगको जरुरत नै भयो।"   उनले त्यस अवधिको बेलायतको युनिभर्सिटीको अध्ययन  स्वीकृति पत्र ( E4G5MZ6B05I0B0) र होम अफिसको टिएर फोर लाइसेन्स नम्बर(UED4UGNF1) जाँचेर हेर्न सकिने समेत बताईन्।
समाचारसँगै छापिएको उनको फोटो सहितको पाटन क्याम्पसको प्रमाणपत्र फोटोसप प्राविधिको प्रयोग गरेर बनाईएको उनको दावी छ। "तपाई हामीले त फोटोसपमा त्यस्तो सर्टिफिकेट तयार गर्न सक्छौ भने त्यही इण्टेन्सन बोकेर हिड्नेले नसक्ने कुरै भएन "समाचार आएपछि उदाहरण देखाउनको लागि आफ्नो फेसबुक पेजमा त्यहि सर्टिफिकेटमा एन्जेलिना जोली र ऐश्वार्य रायको फोटो र नाम  हालेर देखाएको समेत उनले बताईन।

"कसैको व्यक्तिगत रिसिबी र दाउपेच साँध्नको लागि मात्र पनि नेपालमा मिडियाको प्रयोग गरिनु दुर्भाग्यपूर्ण छ", लण्डनमा सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्।
नेपालबाट कसैले समाचार बारे जानकारी दिएपछी हेर्दा आश्चर्यचकीत बनेको भन्दै स्रोत नखुलाईएको न्युज प्रकाशन गर्दा एकपटक सम्बन्धित व्यक्तिसँग भेरिफाइ गर्नुपर्ने उनको सुझाव थियो। "समाचार पोर्टलको पब्लिसिटीको लागि कसैको चरित्रसँग जोडिने समाचार अपुष्ट ढंगले छाप्न पाईन्छ?" उनले आक्रोसित हुँदै प्रश्न गरिन्। समाचारसँग सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्दा अब भई त हाल्यो, छोडिदिनुस भन्ने गैरजिम्मेवार पूर्ण जवाफ दिएको समेत उनले बत्ताईन्।
नक्कली प्रमाणपत्र पेश भएको भए सम्बन्धित निकायले छानबिन गरेर कारबाही अघि बढाओस भन्ने चेतावनी दिँदै उनले भनिन,'मेडियामा आएको समाचारले त सामाजिक घटनाक्रमलाई निर्देशित पो गर्ने हो तर हाम्रोमा त च्याउ सरी उम्रिएका अनलाईनहरू जज नै बन्न थाले।'
उनका अनुसार २००८ मा बेलायतको रिडिङ्ग युनिभर्सिटीबाट एक वर्षे  फ़ाउण्डेशन  कोर्ष पश्चात अक्सफोर्ड यूनिभर्सिटीबाट इन्टर नेशनल रिलेसनमा अण्डर ग्र्याजुएट हुँदै बेलायतकै किङ्ग्स्टन युनिभर्सिटीबाट २०१२ मा एमएससी सक्दा सम्म उनी लगातार बेलायतमै छिन्। हाल उनी मध्य पूर्वमा बढदो मुस्लिम अतिवाद सम्बन्धी बिषयलाई लिएर पिएचडी  गर्ने तयारीमा रहेको बताईन्।

 "म मेरो जीवनमा आफ्नो पहिचान आफै खडा गर्न सक्षम छु, कसैसँग जोडेर चिनिनु पर्दैन," उनकै शब्दमा जीवनको बितिसकेको अध्याय दिनेश अधिकारीसँगको सम्बन्धलाई लिएर मिडियाले मसला बनाउँदा आफुलाई नराम्रो लाग्ने भन्दै उनले थपिन्। अहिलेपनि केहि तत्वहरुले पारिवारिक मामिलामा दुःख पुर्‍याउन खोजेको बताउँदै परिवारको सपोर्टलाई उनले सर्बोपरी बताईन्। आफ्नै बुवालाई प्रेरणाको स्रोत ठान्ने २४ बर्षीय खुश्बु ओली परीवारमा दुई दाजु मुनिकी कान्छी हुन्।
"मलाई बिगत प्रति कुनै पश्चाताप पनि छैन र त्यो विगतले जीवनमा अगाडि बढने उद्देश्यमा कुनै बाधा पनि हाल्दैन" उनको प्रेम प्रसंग कोट्याउदा अलि कडा रुपमै प्रस्तुत उनको जवाफ थियो, "त्यो क्लोज भईसकेको च्याप्टरतर्फ अब नलागौ" डन ठानिएका दिनेश अधिकारी "चरी" की तत्कालिन प्रेमिका भनेर चिनिएकी खुश्बु, दिनेश प्रहरी कारवाहीमा मारिएपछी झनै चर्चित बनेकी थिइन्।
 अहिले  लण्डनमा कनफ़्लिक्ट सेटलमेन्ट सम्बन्धि काम गर्ने बताउने उनले नेपालमा शुरु गरेको समाज सेवाको निरन्तरतामा भने संसारमा जता बसे पनि खटेर लाग्ने बताईन्। उनले काठमाडौं बिशाल नगरमा सञ्चालन गरेको  शेल्टर नेपाल नामको संस्थामा २९ जना सडक बालकको संरक्षण र पुनर्स्थापना भईरहेको बताउँदै यसको बिस्तार गर्दै लग्ने उद्देश्य रहेको जनाईन्। "बिगतका प्रेम सम्बन्धका कुराभन्दा वर्तमानका सबल पक्षहरुलाई समाजले हेरिदेओस भन्ने मेरो चाहना हो", अन्त्य तिर  उनले थपिन्। 

के तपाई घर कर्जा लिने सोचमा हुनुहुन्छ ? ढीलो नगर्नुहोस्, ब्याजदर बढ्दैछ

१ माघ काठमाडौं । तपाई बैंकबाट कर्जा लिएर घर किन्ने सोचमा हुनुहुन्छ भने ढीलो नगर्नुहोस् । तत्काल घर कर्जा (होम लोन) लिनु नै तपाईका लागि फाइदाजनक हुन्छ । किनभने अहिले आठ प्रतिशतमै पाइने घर कर्जा एकमहिना पछि नपाइन सक्छ ।

लगानी योग्य पुँजी (तरलता) सन्तुलनमा अाएसँगै बैंकहरूले निक्षेपमा दिँदै अाएको र कर्जामा लिँदै अाएको  ब्याज दर बढाउने संकेत गरेका छन् ।
अहिले तपाईले स्टान्डर्ड चार्टड बैंकबाट घर कर्जा लिनुभयो भने ७.७५ प्रतिशत ब्याज तिरे पुग्छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि आठ प्रतिशत ब्याजदर मै घर कर्जा दिँदै आएको छ ।
धेरै वाणिज्य बैंकहरुले ९ देखि १२ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्दै आएका छन् । केही वर्ष अघिसम्म घर कर्जा लिन ग्राहकले न्यूनतम १४/१५ प्रतिशत ब्याज तिर्नुपर्थ्यो ।
बैंकिङ क्षेत्रमा थुप्रिएको अधीक तरलताका कारण निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याज पनि घटेको हो । तरलता कम हुँदा ब्याजदर बढ्ने र तरलता बढी हुँदा ब्याजदर घट्ने गर्छ ।
७.७५ देखि १७.९९ प्रतिशतसम्म
बैंकहरुले सार्वजनिक गरेको पछिल्लो ब्याजदर अनुसार पाँच वर्षसम्मका लागि प्रदान गरिने घर कर्जाको ब्याजदर न्यूनतम ७.७५ देखि अधिकतम १७.९९ प्रतिशतसम्म ब्याज लिने जनाएका छन् । अधिकांस बैंकहरुले ८ देखि १२ प्रतिशतमा ऋण प्रदान गरिरहेको जानकारी दिएका छन् ।
स्टान्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य, हिमालयन, प्रभू, नेपाल बैंकलगायतले सबैभन्दा सस्तोमा घर कर्जा प्रदान गरिरहेका छन् भने एनआइसी एसियाले सबैभन्दा महंगोमा कर्जा प्रवाह गरिरहेको छ ।
माघ अन्तिमदेखि ब्याज बढ्न सक्छ
पछिल्लो समयमा सरकारले खर्च गर्न नसक्दा अहिले करिब ७५ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा थन्किएको छ । मोटो रकम सरकारी ढुकुटीमा थन्किएसँगै बैंकिङ क्षेत्रमा अधिक तरलताको चाप घट्दै गएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरलाई बताए ।
‘अधीक तरलताको चाप कम भएकाले डेढ वर्षेदेखि निरन्तर घटेको ब्याजदर माघ अन्तिमबाट बढ्ने देखिन्छ’ सीइओ दाहालले भने । तरलता कसिलो हुनेवित्तिकै बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर बढाउने उनले बताए ।
अधीक तरलता हुँदा बैंकहरुले लगानी गर्ने ठाउँ नपाएर थुपि्रएको रकम घर तथा गाडी किन्न सस्तोमा लगानी गरिरहेका हुन् । उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्ने वित्तिकै घर/गाडी लगायतका क्षेत्रमा ब्याजदर धेरै बढ्ने आँकलन गरिएको छ ।
अझै १४ अर्ब अधीक तरलता
पछिल्ला दिनहरुमो बैंकिङ क्षेत्रमा अधीक तरलताको चाप केही घटे पनि अझै १४ अर्ब रुपैयाँ अधीक तरलता भएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राष्ट्र बैंकले पटक-पटक रिभर्स रिपोमार्फ प्रशोचन गरेको ३५ अर्ब तरलता बजारमै छ । यही माघ ४ गते पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने श्रेठले जानकारी दिए । ‘यो परिणामको तरलता प्रसोचना गर्नु भनेको तरलता घट्नु हो ।’ उनले भने- ‘तरलता घटेपछि ब्याजदर बढ्छ । तर, अहिले नै ब्याजदर बढ्छ भन्न चाहिँ सकिँदैन ।’
माघ ८ को प्रभाव
राजनीतिक अस्थिरताका कारण लगानीकर्ता उत्साहित हुन नसक्दा कर्जाको माग न्यून मात्रै बढ्ने भएकाले तत्काल तरलता कम भैहाल्छ भन्न नसकिने श्रेष्ठले बताए ।
‘माघ ८ मै संविधान बन्यो भने लगानीकर्ता उत्साहीत हुन्छन’ श्रेष्ठले भने- ‘कर्जाको माग अत्यधिक बढ्छ र तरलताको कम हुनसक्छ ।’ त्यसैले राष्ट्र बैंकले उपयुक्त मौद्रिक औजार प्रयोगको छलफल गरिरहेको उनले बताए ।
राष्ट्र बैंक नै ब्याज बढाउने पक्षमा
त्यसो त, राष्ट्र बैंक नै निक्षेपकर्ताले कम ब्याज पाएको भन्दै ब्याजदर बढाउन प्रोत्साहन गर्ने पक्षमा छ । गभर्नर डा. युवराज खतिवडाले नै सार्वजनिकरुपमा निक्षेपको ब्याजदर बढाउनुपर्ने धारणा राख्दै आएका छन् । ब्याजदर न्यून हुँदा पुँजी पलायनको खतरा राष्ट्र बैंकका अधिकारीहरुको ठहर छ ।
उत्पादनशील क्षेत्रमा १४ प्रतिशतमात्रै कर्जा
नेपाल राष्ट्र बैंकले ०६८ असार मसान्तसम्म नै कूल कर्जाको २० प्रतिशत उत्पादनशील क्षेत्रमा विस्तार गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, अहिले पनि यो क्षेत्रमा १४ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ ।
वित्तीय क्षेत्रको उल्लेख्य विकास भए पनि यो क्षेत्रले देशको कूल ग्राहर्स्थ उत्पादनमा ३.८ प्रतिशत मात्रै योगदान छ । सरकारले ०७६ सम्ममा जीडीपीमा वित्तीय क्षेत्रको योगदान ८ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।
उक्त लक्ष पूरा गर्न सरकार र राष्ट्र बैंकले कृषि, उर्जा, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा कर्जा बढाउन थप दवाबमूलक नीति आवश्यक छ । जसले अनुत्पादक क्षेत्रमा विस्तार भएको कर्जाको ब्याजदर बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

कुन बैंकले कति ब्याजदरमा घर कर्जा दिन्छन् ?


कसरी आकर्षक फोटो खिचाउने ? यो महत्वपूर्ण टिप्स पढ्नुहोस् !

फोटोग्राफरलाई फोटो राम्रो देखिने अनेकौँ तरिकाहरु थाहा हुन्छ । यस्तैमा हामी त्यसमध्ये केहि तपाईंहरुलाई बताउँदै छौँ ।


१. अनुहारलाई दायाँतर्फ फर्काउनुहोस्ः वैज्ञानिकहरुका अनुसार तपाईंको बायाँतर्फको अनुहारले तपाईंले के र कस्तो सोचिरहनुभएको छ, त्यो बताउँछ । यदि तपाईं फोटो खिचाउँदै हुनुहुन्छ भने तपाईंको अनुहारलाई दायाँपट्टी फर्काउनुहोस् र अनुहारको बायाँ भागलाई छोप्नुहोस् । यो तरिका त्यतिबेला काम लाग्छ जब तपाईं थकित महसुस गरिरहनु भएको छ अथवा तपाईं केहि तनावमा हुनुहुन्छ र यसको बारेमा अरु कसैलाई जानकारी दिन चाहनुहुन्न । यसका साथसाथै अनुहारलाई धेरै घुमाउँदा तपाईं रोमान्टिक देखिनुहुन्छ र तपाईंको चिकबोन र घुमेको आँखीभौँले तपाईंको अनुहारलाई निकै राम्रो देख्न मद्दत गर्दछ । यदि तपाईंको निधार ठूलो र नाक फिँजिएको छ भने पनि अनुहारलाई दायाँतर्फ घुमाउनुहोस् । दायाँतर्फ घुमेको अनुहारमा हाँसो नभएको खण्डमा पनि हँसिलो देखिने गर्दछ । फोटो सेसन गर्नुभन्दा अगाडि ऐनामा हेरेर एक–दुईवटा तरिकाहरु हेर्नुहोस् जसमा आफू सबैभन्दा राम्री देखिनुहुन्छ । फोटो खिच्दा आफ्नो कपाललाई पनि ध्यानमा राख्नुहोस् ।
 
२. आफ्नो हातलाई साइडमा राखेर उभिनुहोस्ः कोही मानिसहरु क्यामराको अगाडि सहज महसुस गर्दैनन् । व्यवसायिक फोटोग्राफरलाई कुनै पनि व्यक्तिलाई सहज गराउने अनेकौँ तरिकाहरु आउँछ । उनीहरु फोटो खिचाउने मानिसहरुसँग बोल्ने गर्दछन्, उक्त व्यक्तिको बारेमा थाहा पाउन थुप्रै प्रश्नहरु सोध्ने गर्दछन् । फोटोग्राफरले सोधेको प्रश्नको उत्तर दिँदा उनीहरुले आफू फोटो खिचिरहेको छु भन्ने कुरा बिर्सन्छन् । तर तपाईंले सधैँ व्यवसायिक फोटोग्राफरसँग मात्र फोटो खिचाउनु हुन्छ भन्ने छैन । त्यसकारण फोटोग्राफीसँग सम्बन्धित केहि कुराहरु थाहा पाउँदा आफ्नो फोटो जस्तो सुकै अवस्थामा पनि राम्रो खिचाउन सक्नुहुन्छ । आफ्नो हात कहिले पनि पछाडि र क्रस नगर्नुहोस् । हातलाई आफ्नो साइडमा खुल्ला रुपमा रहन दिनुहोस् । यसो गर्नाले तपाईंको फोटो प्राकृतिक, सहजजस्तो देखिन्छ । यदि तपाईंले बेल्ट लगाइरहनु भएको छ र तपाईंको लुगामा पकेट छ भने यी वस्तुहरुसँग मजाले खेल्न सक्नुहुन्छ ।


३. क्यामराको लेन्सको माथि हेर्नुहोस्ः प्रत्येक फोटोग्राफरले सबैभन्दा सुरुमा यो कुरा सिकाउनुपर्छ । क्यामराको सिधा नहेर्नुहोस् । लेन्सको माथि हेर्दा फोटो प्राकृतिक र राम्रो देखिने गर्दछ । चाहे व्यवसायिक फोटोग्राफर होस् वा तपाईंको साथीले फोटो खिच्दा यो तरिका अपनाउनुहोस् । फोटो खिचाउँदा फोटो खिच्ने मानिसलाई सिधा हेर्नुहोस् ।

४. आफ्नो शरिरलाई साइडतिर फर्काउनुहोस्ः शरिरको राम्रो पोजिसनले फोटोलाई राम्रो बनाउन मद्दत गर्दछ । यदि तपाईंको पूरा शरिर फोटोमा अटाउँदैछ भने तपाईंले आफ्नो शरिरलाई साइडतिर फर्काउनुहोस् । यसो गर्नाले तपाईं स्लिम देखिनुहुन्छ । साइडमा फर्किनुहोस् र आफ्नो घुँडालाई केहि खुम्चाउनुहोस् । यसले तपाईंको हिपमा थप कर्भ निम्त्याउन मद्दत गर्दछ ।


५. प्राकृतिक मेक–अपः फोटो सेसन गर्दै हुनुहुन्छ भने प्राकृतिक देखिने मेकअप गर्नुहोस् । चम्किलो आइस्याडो, अत्यधिक चमकदार लिपस्टिक र ब्लसको प्रयोग नगर्नुहोस् । फाउन्डेसनको अत्यधिक प्रयोगले तपाईंको अनुसार चिपचिप खालको देखिन्छ । कस्तो अवस्थामा फोटो खिच्दै हुनुहुन्छ त्यसलाई ध्यानमा राखेर आवश्यक मेकअप गर्नुहोस् ।


६. लिपस्टिक लगाउनुहोस्ः दिनदिनै लिपस्टिक लगाउनुहुन्न भने पनि फोटो खिच्दा भने अनिवार्य लिपस्टिक लगाउनुहोस् । चम्किलो रातो र चमकदार लिपस्टिकको प्रयोग गर्नुहोस् ।

यसरी पर्छ सन्तानमा पूर्व यौन पार्टनरको प्रभाव: महिलाहरुले अबसे पढ्नुहोस् !

तपाईको पूर्व सेक्स पार्टनरको झलक तपाईको बच्चाको रंगरुपमापर्न सक्दछ । सुन्दा यो निकै सामान्य लागे पनि एउटा अध्ययनको रिपोर्टलाई मान्ने हो भने यो सही हो।


रिपोर्टका अनुसार कुनै पनि महिलाका पूर्व सेक्स पार्टनरको झलक अलग पुरुषबाट जन्मने सन्तानमा देख्न सकिन्छ । न्यु साउथ वेल्स विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एउटा शोधमा जब एक महिला कुनै पुरुषसँग पहिलोपटक शारीरिक सम्बन्ध कायम गर्छिन् तब त्यसबेला महिलाको अपरिपक्व अण्डा शुक्राणुका केही अणुहरुलाई अवशोषित गर्छिन् जसको प्रभाव पछि देखिन्छ ।

रिपोर्टका अनुसार जब तिनै महिला दोस्रो पुरुषबाट सन्तान उत्पादन गर्छिन् तब महिलाको अण्डामा रहेको पूर्व सेक्स पार्टनरको शुक्राणुको अंश हुने बच्चाको रंगरुपलाई प्रभावित गर्न सक्छ । यस्तो पनि हुन सक्छ कि हुनेवाला सन्तानको उचाई महिलाको पूर्व सेक्स पार्टनरसँग मिलोस्।

शोधमा संलग्न वैज्ञानिकहरुका अनुसार शोधका क्रममा उनीहरुले कयौ महिलाको पहिलो बच्चाको अनुहार, उचाई त्यस बच्चाको असली पितासँग मेला खाएन ।बरु त्यस पुरुषसँग मेल खाएको थियो, जोसँग उनकी आमाले विवाहपूर्व सेक्स सम्बन्ध कायम गरेकी थिइन्।

यो शोध इकोलजी जर्नलमा प्रकाशित छ ।वैज्ञानिकहरुका अनुसार योशोधबाट कयौ नयाँ शोधर अनुसन्धानमा बल पुग्नेछ ।

ल हेर्नुस् ! जहाँ युवतीहरुले पेन्टी लगाउन नपाउने देश

महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथी रोक लगाईएको सुनिएको छ । महिलाहरुले अन्त:वस्त्र (पेन्टी) लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ । तर विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई अन्डरवियर (अन्त:वस्त्र) लगाउन कानूनत रोक छ ।

कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन् । यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु पर्छ ।

सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके तर सरकारले उनिहरुको मागको सुनुवाई गरेको छैन ।

यस कानून अन्तर्गत यी देशहरुमा लेसवाला अन्त:वस्त्रको उत्पादन, आयात एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग-यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार देखिदैन ।

Wednesday, January 14, 2015

माघेसङ्क्रान्ति पर्वको बेला नुवाकोटमा हुने साँढेजुधाई नौलो र रोचक बन्दै

 पुस ३०–हाम्रो समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड हो माघेसङ्क्रान्ति पर्व अर्थात मकरसङ्क्रान्ति । यो प्रत्येक बर्षको माघेसङ्क्रान्तिको दिन मनाउने चलन छ । घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारुकामा भने जिव्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित छैन सयौँ वर्षदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरुजुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ । हाम्रा लागि परिचित अन्य तर, यो गोरु जुधाई भिन्न, नौलो र रोचक छ ।    

गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई तारुकामा पर्ने चन्दनीडाँडामा विगत एक सय ५० वर्षभन्दा लामो समयदेखि स्थानियहरुले निरन्तर परम्पराको रुपमा मनाउँदै आइरहेका छन् । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । यही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागिसमेत मनोरञ्जनको माध्याम र खेल जात्रा बनेको हो ।  

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको यहाँको साँढे जुधाईले स्पेनको त्यो बुलफाइट बिर्साउँछ र थप रोचकता अनि आकर्षण थप्छ । आफ्नो साँघुरो घेरामा मात्रै सीमित छैन, मुुलुकका साथै विदेशमा समेत उत्तिकै चर्चा बटुल्न सफल भएको छ ।  नेपालमै गोरुजात्रा हुने एकमात्र थलो तारुका । जो कमैलाई मात्र थाहा छ, यहाँको सदियौँ पुरानो ऐतिहासिक चिनारी बोकेको गोरु जुधाईको परम्परा । तैपनि राजधानी काठमाण्डौंसँगै जोडिएको नुवाकोटको तारुकाका लागि भने यो मौलिक परम्परा बनिसकेको छ । दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्डपर्वमासमेत घर नफर्कनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ । तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको गतिलो माध्याम हुनसक्ने स्थानिय र अन्य पर्यटन व्यवसायीहरुको दावी छ ।

अन्तराष्ट्रिय स्तरमा मनोरञ्जनको अनुपम खेल सौगात मानिने गोरु जुधाउने परम्पराको यहाँ भने अझैँ प्रचार हुन बाँकी छ ।   स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु यो गोरुजात्राको महत्वलाई प्राथमिकता दिने क्रम बढेपछि धेरै जिल्लाबाट दर्शककोे उपस्थिती र रौनक बढेको देखिन्छ । खेल पर्यटनको रुपमा समेत विकास हुँदै गरेको यो जात्रा स्वदेशी तथा विदेशी पर्यटकका उचित गन्तव्य त बनेकै छ । अझ विषेश गरी नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन, मकवानपुर र काठमाण्डांैवासीका लागि अनिवार्य पर्व जस्तै बनिसकेको यहाँ वर्षेनी झुम्मिने दर्शकहरुको चापले नै पुष्टि गर्छ । अव्यवस्थित रुपमा गोरु जुधाइने जात्राको पूरानो शैली अहिले पूरै बदलिएको छ ।

आन्तरिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले अघिल्ला वर्षमा भन्दा यसपटक पूरानो शैलीलाई विकास गर्दै मेलालाई वयवस्थित बनाइएको तारुका गोरुजुधाई मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बख्रेलले बताए । अघिल्ला वर्षहरुमा जित्ने गोरु धनीलाई केही रकम पुरस्कारको रुपमा दिइन्थ्यो भने यसपटक एक आपसमा जुधेका गोरुमध्ये जुनले जित्छ, त्यहीसँग हारेको गोरु दिइने नियम बनेको छ । जुधाउन ल्याइएका गोरुले प्रतियोगिता जितेमा गाउँमा वर्षैभरि आफ्नो चर्चा भैरहने भण्डारीको भनाई छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् ।

यो वर्ष पनि माघेसक्रान्तिका लागि १६ हल गोरु जुुधाउनका लागि तम्तयार बनाइको छ’, पुर्व गाविस अध्यक्ष समरबहादुर आले मगरले भने । गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् । ‘तारुकाको गोरुजात्रा मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक साँस्कृतिक परम्पराको सम्पति हो, यसको पर्यटकिय पवद्र्धनमा सबैको सक्रियता चाहिन्छ’, सोही ठाउँमा जन्मिएर राष्ट्रिय स्तरमा स्थापित पत्रकार विष्णु तारुके बताउँछन् । यो जात्रालाई व्यापक प्रचार प्रसार गरी विकास गर्न पत्रकार तारुकेले ठूलो भुमिका खेलेका छन् ।  

आफुले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेका अमरबहादुर भण्डारीले मेलामा जुधाउन ल्याएको साँढे देखाउँदै भन्नुभयो, ‘आफुले रुखोसुखो खाएर त्यसलाई मिठोमसिनु खुवाएर माघेसङ्क्रान्तिमा जुधाउनकै लागि ।

चेली बेच्ने अभियुक्तहरुलाई १० देखि २० वर्ष सम्म जेल सजायँको फैसला

नुवाकोट पुस ३०- महिलालाई बेश्यालयमा बिक्रि गर्ने अभियुक्तहरुलाई नुवाकोट जिल्ला अदालतले धमाधम जेल सजायँको फैसला गरिरहेको छ । नेपालमै सबैभन्दा धेरै महिला बेचविखन हुने ठाउँको रुपमा चिनिएको नुवाकोटमा बितेको एक सातामा तीन जना अभियुक्तहरुलाई लामो अवधिको कारावास सजायँसँगै मोटो रकम जरिवानाको फैसला अदालतले गरेको हो । जिल्लाको घ्याङफेदी ६ का २० वर्षिय सुकमान तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद र उनीद्धारा बेचिएकी पीडित युवतीलाई एक लाख रुपैया क्षतिपूति भराउन गएको बिहिवार आदेश दिएलगत्तै सोमवार पनि दुई जनालाई १०/१० वर्ष जेलमा राख्ने अदालतले आदेश जारी गरेको छ ।

मानव वेच विखन तथा ओसार प्रसार गरेको अभियोगमा जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको ईजलासले ध्याङफेदी–६ का २४ वर्षकी विवाहित एक महिलालाई विक्री गर्न लगेको आरोपमा ध्याङफेदी–४ का वर्ष २५ को रमेश तामाङ थिङ र ध्याङफेदी–३ का २२ वर्षिय रमेश तामाङलाई दश–दश वर्षको कैद र १–१ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । अदालतले अभियुक्तवाट जरिवाना स्वरुप भराएको १–१ लाख मध्ये ५०–५० हजार रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति दिन आदेश दिएको छ । घ्याङफेदीबाट २०७१ वैशाख १७ गते हराएकी युवतीलाई बैशाख २३ गते खरानीटारबाट प्रहरीले उद्धार गरेको थियो ।   फैसलापछि तीनै जना अभियुक्तहरुलाई नुवाकोट जिल्ला कारागार चलान गरिएको छ । उनीहरु तीनै जना एकै गाउँका हुन् भने सबैभन्दा धेरै महिला यही घ्याङफेदी गाविसबाट भारतका विभिन्न वेश्यालयहरुमा बिक्री हुन्छन् । वितेको ६० वर्षदेखि सुरु भएको बेचविखन अहिलेसम्म रोकिएको छैन ।

जसका कारण लगभग महिलाहरुले गाउँ रित्तिसकेको छ ।   २० वर्षको कारागार सजायँ सुनाइएका सुकुमानले २०६५ साल साउन २८ गते श्रीमान्  गोसाइकुण्डको मेलामा काम गर्न गएको वेलामा बिभिन्न प्रलोभन देखाई निरमाया तामाङ (नाम परिवर्तन) लाई भारतको नयां दिल्लीमा पु¥याएर बिक्रि गरेको खुलासा भएको छ । मानव बेचबिखनको आरोपमा दुई वर्षअघि पक्राउ परेका सुकमानलगाएत सोही घ्याङफेदीका गाउकै २ जना गरी ३ जनाले  छिमेकी २६ वर्षया शान्ता  र २७ वर्षिया कान्ता (नाम परिबर्तन) लाई विक्रि गरेको जानकारी पाएपछि दुबै जनाका श्रीमानले मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था कोसेली नेपाल  नुवाकोटको सहयोगमा गत २०६९ साल चैत्र ५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा प्रहरीले  तामाङगलाई पक्राउ गरे पछि दलालहरुकै आफन्तले बेचिएका २ महिलालाई कोठीवालीसंग कुरा गरी सांढे ४ वर्षपछि  नेपाल फिर्ता ल्याएका थिए । सुकमानको आफन्तले काठमाडौ बौद्धमा भेटी सुकमान तामाङगलगायतले बिक्रि गरेको प्रहरीलाई नबताउन  लोभलालचको साथै डर, धम्की दिए पनि बेच्ने दलाललाई कानुनी कारबाहीको माग गर्दै उनीहरुले प्रहरी र अदालतमा सुकमानले विक्रि गरेको जनाउंदै वयान दिए पिडित महिलाले बताइन् । तर, अधिकांश व्यक्तिहरु दलालको प्रलोभन र त्रासका कारण कान’नी उपचार नै नखोज्ने र यदी प्रहरीसम्म आएपनि प्रहरीले म’द्धा दर्ता नगरिदिने समस्याले बेचबिखनमा संलग्नहरुको मनोबल बढ्ने गरेको कोसेली नेपालकी अध्यक्ष अस्मिता थापाले बताउन’भयो  ।

२ फिट ८ इन्च अग्ला श्रीमानबाट पर्याप्त यौन सन्तुष्टि : मिन्डी

प्रायः महिलाहरु आफुभन्दा होँचो पुरुषलाई जिवनसाथी रोज्न चाहँदैनन् । तर ४ फिट ११ इन्च अग्ली एक महिलाको लोग्ने भने केवल २ फिट ८ इन्च मात्र अग्ला छन् ।
यति होँचा र शारीरिक अपांगता भएका श्रीमानसँग जिवन बिताइरहेकी ती महिलाका बारेमा इन्टरनेटमा अनेकथरि गाइँगुइँ चले ।
उनले लोग्नेबाट यौनसन्तुष्टि पाउन नसकेको र त्यो दम्पत्तिको यौन जिवन निकै दयनिय रहेको भन्ने खालका टिप्पणी भएपछि महिलालाई सहि नसक्नु भयो । अन्ततः उनले आफ्नो कुरा काट्नेलाई हपार्दै आफुभन्दा आधा होँचो लोग्नेसँग आफ्नो यौन जिवन मज्जाले चलिरहेको र सन्तुष्टि पर्याप्त रहेको खुलासा गरेकी छिन् ।
प्रेरणादायी वाचक रहेका अमेरिकाका मिन्डी निस र सिन स्टेफेन्सनबीच सन् २००९ मा भेट भयो । सिनसँग भेट भएपछि मिल्डीलाई के मन परेछ कुन्नी उनी सिनसँग नजिकिनका लागि शिकागोमा सरिन् र सन् २०१२ मा यी दुइबीच विवाह भयो ।
आफुले मिन्डीलाई श्रीमतीको रुपमा पाउनु निकै आनन्दको विषय भएको भन्दै सिनले हरेक दिन आफुले ८ हजार पटक आइ लभ यु भन्ने गरेको तथा आफुले श्रीमतीको निकै ख्याल गर्ने गरेको बताउँछन् ।
यो जोडी निकै खुसी देखिएपनि इन्टरनेटमा भने सिनले मिल्डीलाई यौन सन्तुष्टि दिन नसक्ने र सिनको पैसाको लोभमा मिन्डी उनीसँग रहेको भन्ने खालका टिप्पणी हुने गरेका छन् ।

३६ वर्षकी मिन्डीले कड्कँदै भनेकी छिन्, ‘मैले सिधै किर्तिमान कायम राख्नुपर्ने हो । उनी अपांग छन् भन्नुको मतलब हाम्रो आनन्ददायी सेक्स लाइफ छैन भन्ने होइनफ छैन भन्ने होइन ।’
आफुले जिन्दगीमा अहिलेसम्म भेटेका पुरुषहरुमध्ये सिन सबैभन्दा बढि कामूक मान्छे रहेको मिन्डी बताउँछिन् । आफ्नो श्रीमानले आफुलाईर् यौन सन्तुष्टि दिँदैन भनेर अरुले कुरा गर्नु खराब बानी रहेको भन्दै उनले आफुलाई यौन सन्तुष्टि दिने काम आफ्नो लोग्नेको बाहेक अरु कसैको नभएको बताइन् ।
श्रीमतीको कुरामा सही थाप्दै श्रीमान सिन पनि भन्छन्, ‘मलाई थाहा छ म सबैभन्दा बढि यौनिक मान्छे हुँ । सम्भवतः सेक्स मेरो जिवनको सबैभन्दा ठूलो भाग हो ।’
हड्डी टुक्रिने रोगबाट ग्रसित सिन हिँडडुल गर्न सक्दैनन् । उनलाई हि्वलचेयरमा बसालेर डुलाउनुपर्छ । उनी १८ वर्षको छँदै उनका खुट्टा, हात, घाँटी, नाक लगायत जिउका विभिन्न भागका हड्डी २ सय ठाउँबाट भाँचिएका थिए । साथै उनी हि्वचेयरबाट खसेपछि उनको खप्पर, थाइ तथा हिप लगायतको हड्डी समेत टुटेको छ ।

गौतमबुद्ध विमानस्थलको प्रधानमन्त्रीले शिलान्यास गर्ने, ३ वर्षमा सञ्चालन हुने

३० पुस, भैरहवा । लामो समयको प्रतिक्षापछि भैरहवामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु हुने भएको छ ।
‘गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’को बिहीबार प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्दैछन् । विमानस्थल तीन वर्षभित्रमा सञ्चालनमा ल्याइसक्ने लक्ष्य नेपाल नागरिक उड्डयन प्राधिकरणको छ ।
‘बिहीबारदेखि विमानस्थलको निर्माण कार्य औपचारिक रुपमा सुरु हुँदैछ, ठेकेदारले निर्माणलाई तिब्र गतिमा अगाडि बढाउने छ’ गौतमबुद्ध विमानस्थल आयोजनाका निर्देशक मुरारी भण्डारीले भने- ‘सन् २०१८ को जनवरी महिनादेखि सञ्चालनमा ल्याइसक्छौं ।’

विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ । उसले विमानस्थलमा क्याम्प खडा गर्ने, इक्विपमेन्टहरु व्यवस्थापन गर्ने लगायतका कामहरु अगाडि बढाइसकेको छ । प्राधिकरणले करिव तीन महिना अगाडि उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
क्यानले यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक एयरपोर्टका रुपमा लिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय विमान कम्पनीको बढ्दो चापसँगै त्रिभुवन विमानस्थल साँघुरो बन्दै गएको छ ।
मुलुकमा अन्तर्राष्ट्रिय उडान गर्ने एउटामात्र एयरपोर्ट हुँदा यसको निर्माण तथा स्तरोन्नतीको काममा समस्या उत्पन्न हुँदै आएको छ । अहिले त्रिभुवन विमानस्थल जीर्ण भइसकेको छ । त्रिभुभवन विमानस्थलमा अवतरण गर्ने सबै जहाजहरू गौतमबुद्ध विमानस्थलमा अवतरण गराउन मिल्ने बताइएको छ ।

यो विमानस्थल एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हो । हाल आन्तरिक उडानमात्र गरिँदै आएको यस एयरपोर्टकाे स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको बनाइने छ ।
‘विमानस्थल निर्माणका लागि आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ’ भण्डारीले भने- ‘अहिले पहिलो चरणको कामका लागि ६ अर्ब १२ करोड ७३ लाखको टेन्डर आहृवान गरिएको छ ।
पहिलो चरणमा खासगरी विमानस्थलमा भौतिक संरचनाहरु खडा गर्ने काम सम्पन्न हुने परियोजनाका निर्देशक भण्डारीले जानकारी दिए । खासगरी पहिलो चरणमा घाग्रा खोला डाइभर्सन गर्ने, विमानस्थलमा रन वे बनाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय ट्रमिनल भवनहरु बनाउने, ट्याक्सी वे, पार्किङ वे निर्माण गर्ने, कन्ट्रोल टावर, खानेपानी, ट्वाइलेट बाथरुमहरु निर्माण गरिने छ ।

त्यसैगरी, एयरपोर्ट वरिपरि बाटो, पार्किङ, रेस्क्यु एन्ड फायर फाइटिङ भवन लगायत अन्य सुरक्षाका कामहरु पनि पहिलो चरणमा सम्पन्न गरिने बताइएको छ । पहिलो चरणमा भौतिक संरचना निर्माण गरी दोस्रो चरणमा नेभिगेसन इक्विपमेन्टहरु जडान गर्ने काम हुने छ । दुबै चरणका कामहरु २०१७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
रन वे तीन हजार मिटर लामो हुने बताइएको छ । अहिले आन्तरिक उडान भइरहेको धावनमार्गलाई ट्याक्सी वे (जहाज पार्किङ गनै लैजाने बाटो) मा परिणत गरिने भण्डारीले जानकारी दिए ।
विमानस्थलको भौतिक संरचना निर्माणका लागि ६ अर्ब रुपैयाँ खर्च गर्ने र दुई अर्ब रुपैयाँ विमानस्थल निर्माणपछि आवश्यक उपकरण खरिद तथा जडानमा खर्च गरिने बताइएको छ ।
विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । पछिल्लो समय त्रिभुवन विमानस्थल अति व्यस्त हुँदा पार्किङमा समस्या हुँदै आइरहेको छ ।
त्रिभुवन विमानस्थल व्यस्त हुँदा कतिपय समयमा अन्तर्राष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने तिथो यथार्थ अहिले नेपालले भोगिरहेको छ । गौतम बुद्ध विमानस्थलको स्तरोन्नती भएपछि जहाज फर्काउनुपर्ने बाध्यता हटेर जाने विश्वास निर्देशक भण्डारीको छ ।

विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुने जहाजमध्ये १० प्रतिशत गौतम बुद्धमा अवतरण गर्ने र बाँकी नयाँ थपिने अनुमान गरिएको छ ।
फाइदा के ?
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण हुन थालेपछि पर्यटन विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरुले विश्वास लिएका छन् ।
‘सबैभन्दा पहिला देशले पहिलो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल पाउनेछ’ परियोजना निर्देशक भण्डारीले अनलाइनखबरसँग भने- ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रत्यक्ष सम्बन्ध हुनेछ ।’
जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुलाई गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । गौतम बुद्धको जन्मस्थलको प्रचार-प्रसार गर्न सहजता मिल्ने बताउँदै निर्देशक भण्डारीले भने- ‘बौद्धमार्गीहरु सिधै लुम्विनी आएर फर्किन सक्नेछन् ।’

Tuesday, January 13, 2015

कतारमा मृत्यु भएका २० जनाले ४० लाख १३ हजार रियाल क्षतिपुर्ति पाउने भएकोछ

दोहा (कतार), पुस २९ - वैदेशिक रोजगारका लागि कतार आइपुगेर सडक र कार्यस्थलमा दुर्घटनामा भई मृत्यु भएका २० जना नेपाली कामदारले ४० लाख १३ हजार रियाल (करिब १० करोड ८३ लाख ६६ हजार रुपैया ) क्षेतिपुर्ति पाएका छन् ।


नेपाली दुताबासले एउटा वकिल राखेर मुद्दा लडेपछि ती मृतक कामदारका परिवारले क्षेतिपुर्ति पाएका हुन् । दुताबासले पाइसकेका रकम कानुनी खर्च कटाएर परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।

'२० जना मृतक कामदारले ४० लाख १३ हजार रियाल क्षतिपुर्ति पाएका छन् । त्यसको लागि ६ लाख ८३ हजार कानुनी खर्च भएको छ', नेपाली दुताबासका सहचारी केशब पन्थीले कान्तिपुरलाई भने,'कानुनी खर्च कटाएर पीडित परिवारले पाउने ३३ लाख ३० हजार रियाल रकम परराष्ट्र मन्त्रालय पठाइदिएको छ ।' परराष्ट्रले यो क्षतिपुर्ति सम्बन्धीत जिल्ला प्रशासन कार्यालय मार्फत भुक्तानी दिने ब्यबस्था मिलाउनेछ ।

क्षतिपुर्ति पाउनेहरुमा रिभन-३, कास्कीका जोगबहादुर सुनुवार (एकलाख ६० हजार रियाल), धरमपानियाँ-६, कपिलबस्तुका गौतम न्यु (एक लाख ४९ हजार रियाल), पोखरा-३, कास्कीका जीबनकुमार श्रेष्ट (एक लाख ४९ हजार रियाल), किनहुन-२, तनहुँका केशबहादुर राना (३४ हजार), चित्रे-४, खोटाङका पेमनुरी शेर्पा (एक लाख ५५ हजार रियाल), शिक्तहन-३, रुपन्द्रेहीका वाइज मोहम्मद स्वात -एक लाख ५५ हजार रियाल), उम्रपे्रमपुर-४, धनुषाका सञ्जिबदाश तटमा (दुई लाख ७ हजार रियाल), राजबरा-९, प्युठानका गिरबहादुर घर्ती -एक लाख ६० हजार रियाल) र खँडेबास-५, बाग्लुङका नामराज गुरुङ -एकलाख ५९ हजार रियाल) रहेका छन् ।

त्यस्तै, आमभञ्जाङ-७, मकवानपुरका नन्दप्रसाद सापकोटा (एकलाख ५९ हजार रियाल), सिद्धधारा-३, अर्खाखाँचीका अर्जुनबहादुर सुनार (एकलाख ५९ हजार रियाल), चिसापानी-७, स्याङ्जाका सोमप्रसाद भण्डारी (एकलाख ६० हजार रियाल), सिंगाहदेबी-७, मोरङका सञ्चबहादुर लिम्बु, तुलिसिया निकेश-३, धनुषाका सत्यनारायण यादब - एक लाख ४९ हजार),  अधिकारीचौर-६, बाग्लुङका तुलसीराम भण्डारी (दुई लाख ३९ हजार रियाल), फलेक-७, तेहथुमका दुर्गाबहादुर दर्जी (दुई लाख ४४ हजार रियाल), बलाह संग्राह-५, धनुषाका अन्सुरुल कुवारी (एकलाख ९६ हजार), छतिवन-३, मकवानपुरका प्रेमबहादुर भोम्जन (एक लाख ९६ हजार रियाल), चुरियामाई-२, मकवानपुरका अशोक थिङ (एक लाख ५९ हजार रियाल) र टरुर्का-५ नुवाकोटका कृष्णे कार्मी (एकलाख ५९ हजार रियाल ) रहेका छन् । यी मध्ये स्याङजाका भण्डारी र प्युठानका घर्तीले दोश्रो पटक क्षतिपुर्ति पाएको हो ।

उनीहरु अधिकांस सडक दुर्घटनामा परी ज्यान गएको हो । कतारमा सडक र कार्यस्थलमा ज्यान गुमाउनेले क्षतिपुर्ति पाउन मुद्दा लड्नुपर्ने अबस्था छ । पीडित परिवारले परराष्ट्र मन्त्रालयलाई अख्तियारनामा बुझाएपछि दुताबासले वकिल मार्फत मुद्दा लडिदिने गरेको हो 

Monday, January 12, 2015

ल हेर्नुस ! यसरी मनाइयो पाइन्ट फुकाल्ने दिवस

पाइन्ट नलगाइकन भूमिगत सडकमा यात्रा गर्ने दिवस यो पटक पनि जनवरी ११ मा विश्वका विभिन्न देशमा मनाइएको छ । १४ औँ नो प्यान्ट्स सबवे राइड डे को अवसरमा यो पाला समेत कैयन् युवा युवतीहरु लाज नमानीकनै पेन्टी तथा कट्टु मात्र लगाएर सब वेको यात्रामा निस्किए ।

सन् २००२ मा अमेरिकाबाट सुरु भएको यो अभियान एक कमेडियन समूह इम्प्रुभ एभि्रह्वेयरले सुरु गरेको थियो । १४ औँ वर्षसम्म आइपुग्दा यो दिवस विश्वव्यापी बनिसकेको छ । गएको वर्ष २५ वटा देशमा मनाइएको यो दिवस यो वर्ष अझ धेरै देशमा मनाइएको छ ।


न्युयोर्कसँगै वासिंटन, मेक्सिको सिटी, इटालीको मिलान, बेलायतको लण्डन, जर्मनीको बर्लिन, चेक रिपब्लिकको प्राग्वे, स्पेनको बार्सिलोना, क्यानडाको टोरन्टो, पोल्याण्डको वार्सामात्र होइन भारतको बैंगलोर सहरका भूमिगत मार्गहरुमा समेत युवा युवतीहरु पेन्टी तथा कट्टु मात्र लगाएर यात्रा गरिरहे ।