|
“सप्त रंगी फूल बनी जब तिमी आयौ मेरो जीवनमा
अँध्यारा रात पनि उज्याला भए तिमी आएपछि मेरो घरमा”
यी प्रेमिल शब्द कसैबाट सापटी लिएको होइन । जीवनका कुनै प्रहरमाउनिप्रति समर्पित हुँदै लेखिएका मेरा मनका भाव हुन् । भाव मात्र होइन, म अझै सम्झन्छु, जब म बाथरुमबाट नुहाएर बाहिर निस्केको थिएँ, त्योबेला टावल ले मेरो शरीर पुछिदिँदै थियौ । मेरा आखाँमा तिम्रा आँखाको स्पर्शले मेरो मनै चङ्गा बनाइदिएकी थियौ । जहाँ- जहाँ तिमी छौ, त्यहाँ – त्यहाँ तिम्रो साथ छ, त्यसैले त जीवनमा बाँचेको आभास छ । त्यसै बखत तिम्रो शरीरबाट निस्केका पर्फुमका रोमान्चकारी बासनाले यो मन थाम्नै सकिएन, त्यसपछि त्यो बासना सहबासमा रुपान्तरित भयो ।विवाह कुनै बन्धन होइन, यो त एक पबित्र नाता हो । नातामात्र होइन, यो त शारीरिक स्पर्शबाट धर्तीमै स्वर्गको महसुस गर्न सकिने एक माध्यम पनि हो । सबैलाई स्वीकार्य हुने एक सामाजिक मान्यता पनि हो । कसैलाई तन, मन, धन सबै सुम्पने बाटो पनि हो । एक्लो महसुस गर्नेहरुलाई न्यानो स्पर्शमा रम्ने एक नयाँ पाटो पनि हो ।
चाणक्य भन्छन् – जीवनको २५ वर्षसम्म अध्यनमा लगाउनु अनि घर गृहस्थी बसाउनु, त्यो पनि सही कुरा नै होला । आफ्नो – आफ्नोविचारमा भर पर्ला, फेरि थप्छन् – बिबाहअङि खानदान पनि हेर्नु” तर मेरो विचारमा अचेल जमना बदलिइसकेको छ ।
यदि कसैलाई भेट्नुभयो भने उसँग कुरा गर्दै जाँदा उसको ब्यबहारबाट थाहा पाउन सकिन्छ कि उ कस्तो परिवारको हो भनेर । किनकि तपाईं भनेको तपाईंको परिवारको प्रतिछाँया हो । तपाईं जहाँ – जहाँ जानुहुन्छ, त्यहाँ – त्यहाँ तपाईंको परिवार को प्रतिनिधित्व गरिरहनु हुन्छ ।
दुनियाँ बुझ्न टाढा जानु पर्दैन, त्यो तपाईंभित्रै छ । मात्र आँखा खोल्नुपर्छ ।
एकल जीवन न त महान बैज्ञानिक आइन्स्टाइनले काटे, न त सर स्टेफन हकिन्सले नै । जसले जीवन बुझेका थिए, उनीहरुले प्रकृतिलाई चुनौती दिएनन् । जे जस्तो आइपर्छ, सबैलाई स्वीकार गरे ।
जसले प्रकृतिलाई चुनौती दिन्छन, उनीहरुले एकदिन ठूलो दुख कष्ट भोग्नु पर्छ । हामीले प्रकृतिको काखमा खेल्न जान्नुपर्छ । प्रकृतिको भरपुर सदुपयोग गर्नु अर्थशास्त्रको सदुपयोगितावादको सिद्दान्तलाई सम्मान गर्नु जस्तै हो । यदि सदुपयोग गरिएन भने त्यो चिज खेर जान सक्छ । कुनै दिन पछुताउनु पर्ने हुन सक्छ ।
कुनै चिजको सुत्रमा प्रबेश गर्नुअघि विषयवस्तुको सरलता बुझ्नु जरुरी हुन्छ । प्राकृतिक चिजहरु, जहाँबाट हाम्रो जीवन आरम्भ भएको छ, त्यसलाई बुझ्न पाउनु त हाम्रो एक कर्तब्य हो । जब – जब यी हरिया पाखा पखेराको चिसो हावापानी यो शरीरले पाइरहन्छ, तबसम्म यो धर्तीमा ज्ञान विज्ञानको ज्योतिले उज्यालो पारिरहन्छ ।
हाम्रा सन्ततिहरु यौनका विषयमा खुलेर कुरा गर्न सकुन् । बिचार बहस गर्न सकुन् । किनकि अन्धकारमा हिँड्नु र उज्यालो प्रकाशमा हिँड्नु धेरै फरक छ । जान्ने, बुझ्ने, मनन गर्ने कोसिस गर्दा जति- जति बुझिन्छ, त्यति नै ज्ञानको द्वार खुल्दै जान्छ । एउटा बैज्ञानिकले अत्यन्त मन पराउने कुरा हो “प्रश्न्” जहाँबाट नै ज्ञानको सुरुवात हुन्छ । त्यसैले सोध, खोज, हेर र बुझ यो जीवनको रसायन विज्ञान,तिमीलाई पनि एक महान बैज्ञानिक बन्ने हक छ ।
मैले समाजमा उनलाई नाम दिइसकेको थिएँ । एक-अर्कालाई हेरेर घन्टौं टोलाउनु हाम्रो नियती भइसकेको थियो । अरुको धेरै कथा कहानी सुन्दा यस्तो होला र जस्तो लाग्थ्यो । आज आफैले भोग्दा हो रै छ त भन्ने लाग्यो ।
बल्यकाल हिमाली भेगमा नेपालको स्वच्छ हावा पानीमा खेल्दै गणेश हिमाल हेर्दै क, ख, रा सिक्दै बित्यो । त्यसबखत न प्रेम के हो थाहा थियो, न त विपरीतप्रतिको आकर्षण । जब जीवनले पालुवा हाल्दै गयो, तव जिन्दगानीले पखेटा फिजाउँदै देश विदेशको भ्रमणमा आफूलाई रोमान्चित बनाउँदै लग्यो ।
कहिले जापानको टोकियो शहर घुम्दै त कहिले फिनल्यान्डको हेलसिन्की सिटी घुम्दै, फेरि कहिले न्यूयोर्क शहर घुम्दै जीवनले आफ्नो चित्र आफै कोर्यो । अनन्त अमेरिकाको न्यूयोर्कलाई नै आफ्नो गन्तब्य बनाइयो ।
अचेल त न्यूयोर्कमा बस्दा पनि नेपालमै छु जस्तो लाग्छ । अझै याद छ, ती दिनमाकिशोर दाइसँग “कासा कोलम्बिया” रेस्टुरेन्टतिर हप्तामा २,३ पटक जानु हाम्रो दैनिकी जस्तै हुन्थ्यो । जापान घुम्दा ब्ल्लु स्काइ रेस्टुरेन्टतिर कफी पिउनु हाम्रो दैनिकी हुन्थ्यो । हेल्सिन्कीतिर घुम्दा हेल्सिन्की जुमा घन्टौं हराउनु यी सबै हाम्रो जमानाका कुरा थिए ।
म्यानहाटनमा विशेष गरी टाइम्स स्वायर घुम्नु त्यही नजिकै रहेको विश्व प्रशिद्ध सेन्ट्रल पार्क घुम्नु, घाम तापिरहेका आकर्षक युवतीतिर आँखा तन्काउनु अनि कहिले सिधै परिचय गर्न जानु यी सबै सामान्य दिनचर्या थिए ।
नयाँ -नयाँ किताबको अध्ययनमा निकै रुची राख्ने हुँदा कुइन्स लाईब्रेरी बिशेष गरी फ्ल्स सिङतिर जानु, साथीहरुसँग जीवनको गहन -गहन बिषयहरुमा बहस गर्नु हाम्रो दैनिकीजस्तै थियो ।
सफल प्रणय सुत्र को राज हो – एक अर्कालाई निर्धक्क मन – मुटुदेखि स्वीकार्नु । हिजोका दिनमा जस्तो ममताका फूलहरुले पूजा गरिन्थ्यो, आज पनि एक अर्कालाई उतिकै असिम माया गर्नु । दैनिक प्रेम देखाउनु, कसैलाई जीवन दिनु छ त पूजा गर्नुस्। यो नै सफल प्रणय सुत्रको जग हो । जब यी कुरा गर्न सकिँदैन, तब सम्बन्ध चिसो भएर जान्छ । निरर्थक हुँदै जान्छ ।
हरेक कुराको आफ्नो समय हुन्छ । समयमै प्रणय सुत्रमा बाँधिनुभयो भने जे गर्दा पनि, हातमात्र छोएर बस्दा पनि रमाइलो नै लाग्छ । समय ढल्केपछि यो प्रणय सुत्र पनि ओइलाएको सागजस्तै सुगन्धहीन बन्दै जान्छ । त्यसैले मौसम बदलिएको छ मित्र, निर्णय लिन ढिला नगर्नुस् ।
एक दिन जीवनले प्रकृतिक रुपमा नै काँचुली फेर्यो । पहिलो भेटमा उनले आफ्नो परिचय यसरी दिएकी थिइन्- मेरो नाम एरिका, हजुर म उड्साइड बस्छु । फोडम युनिभर्सीटीबाट “ल” मा ग्राजुयट । मेरो प्रश्न – अनि उमेर कति भयो नि ? लाज मान्दै ओ हो, पहिलो भेटमै उमेर पनि सोध्नुभयो त ? अजसिलो मान्दै मैले भनें यसको उतर नदिन पनि सक्नुहुन्छ “इट्स ओके।” यो सब्द ओठ बाट झर्न नपाउदै भनिन म २४ बर्श को भए अनि हजुर नि ?
म आफ्नो अध्यन पूरा गरी देशको एक सक्षम नागरिक भइसकेको थिएँ । जीवनसाथी होइन, एक साथी चाहिँ खोजिरहेको थिएँ । जीवनका रङहरु फेरिँदै जाँदा, एकअर्कालाई बुझ्दै जाँदा, युगौंदेखि खोजेको जीवनसाथी त उनै हो कि जस्तो महसुस भयो ।
सामीप्यता प्रगाढ हुन केही हप्ता पनि लागेन । मनले स्वीकार गरेको चिजलाई मसलाको कुनै जरुरत नहुँदो रहेछ । हरेक शनिबार थिएटरमा फिल्म हेर्न जानु, न्यानो स्पर्श गर्दै एकअर्कालाई अंगालोमा बेर्नु, ओठ – ओठ बाट चुम्बन को स्पर्श गर्नु अनि बाटोमा हात समाउँदै हिँड्नु उनीसँग बिताएका स्वर्णिम पलहरु हुन् ।
हरेक बिहान रिहानाको गीत सुन्दै कुइन्स बृज पार गर्नु, फर्किँदा बृट्नी स्पेअर्सको “टक्सिक्” भन्ने मेरो फेबरेट गीत सुन्नु अनि मेरो अफिस छुट्ने बेला एरिका मर्सिडिजमा मलाई लिन आउनु अनि त्यहाँबाट सिधै डिनरको लागि कोनी आइल्यान्डको वीचमा साँझपख घुम्दै, नर्गिसक्याफेमा डिनर गरेर फर्किनु हर पल एक अर्काको हातले हातलाई स्पर्शगर्दै मायाको न्यानोपनमा रमाउनु, मधुमासहरु मा चमेलीको बासना छर्नु जस्तै थियो ।
मायाको अनन्त उडानमा आफूलाई पाउँदा २,४ वर्ष बितेको पनि पत्तै भएन । एकले अर्काको भाइबर चलाउनु, एक अर्काले फेसबुकको अकाउन्ट सेयर गर्नु । स्टाट्स अपडेट गरिदिनु । उनको तर्फबाट पनि आफैंले कमेन्टको रिप्लाई दिनु, इन्स्टाग्राममा घण्टा – घण्टामा फोटो चेन्ज गर्नु र एक अर्कालाई सप्राइज दिनु जीवनको एक अभिन्न अङगजस्तै बन्दै गइरहेको थियो ।
जीवनका पलहरु र बिभिन्न भोगाइहरु, विवाहका सुरुवाती दिनहरु चरम सुखमा डुब्दै, सहबासमा लीन हुँदै एक अर्कालाई हेरेर घन्टौ बिताएको पनि याद छ । हरेक दिन उनलाई बिशेष सप्राइज उपहारहरु दिएको पनि याद छ । जीवनमा यस्तो लाग्थ्यो, कसैले माया मात्र होइन, जीवन नै दिन सकोस् भन्ने सिद्दान्त मा बिश्वास गर्थें ।
प्रकृतिसँग र परम आत्मासँग नजिक हुन प्रणय सुत्रमा बाँधिनु जीवनलाई सही दिशातर्फ धकेल्नु हो । खुशीका पलहरु एकअर्कामा बाँड्न पाइयोस् । अनन्त यात्रामा सँगै हिँड्न पाइयोस्, यसरी नै जुनी – जुनीसम्म..
हाम्रो जीवनको दर्शन नै एकअर्कालाई अध्ययन गर्नु थियो । यस्तो कुनै दिन मलाई याद छैन कि मैले उनको मन पढ्न भुलेको होस् । त्यसै ले त हाम्रो सम्बन्ध हिजोजस्तै ताजा छ ।
त्यसैले त मुटुभरि उनकै मायाले भरिएका छन्, मेरो जीवनका सुन्दर पानाहरु । ज्याक्सन हाइट न्यूयोर्क ७४ स्ट्रीट कुइन्स बुलुबाड घर नम्बर ७०४ यहाँ बाट देखिने यम्पाएर स्टेट बिल्डिङ अनि धपक्क बलेको सुन्दर दृश्य । बिहानीपख चरा चुरुङी को आवज्, म्यान हयाटन र फल्सिङ गुड्ने ७ ट्रेनको दर्शन, नजिकैको सत्यनारायण मन्दिरमा बदलिएको धुपको बासना मन नै तरङ्गित गर्ने जगजित सिंह को राम धुन । नक गर्दै ढोका बाहिर उभिएकी उनै प्रिय एरिका ।
उनका हातमा तातो कफी । ओछ्यान नजिकैको टेबलमा प्रेमपूर्वक राखी दिइन् । अनि आँखा बन्द गर्न लगाइन्- मेरो हात मा रातो बट्टाभित्र सजिएको सिक्री उपहार दिँदै – बर्थ डे विस गरिन् । त्यो रातो बट्टाभित्रको सेतो कागजमा लेखिएको थियो – “मुटुभरिको माया तिमी ई” आँखा चिम्म गर्दै उनलाई अंगालोमा सजाउँदा परमात्माको दर्शन पाएर जीवन सार्थक भएको ठानें ।
0 comments:
Post a Comment