Thursday, January 15, 2015

कसरी आकर्षक फोटो खिचाउने ? यो महत्वपूर्ण टिप्स पढ्नुहोस् !

फोटोग्राफरलाई फोटो राम्रो देखिने अनेकौँ तरिकाहरु थाहा हुन्छ । यस्तैमा हामी त्यसमध्ये केहि तपाईंहरुलाई बताउँदै छौँ ।


१. अनुहारलाई दायाँतर्फ फर्काउनुहोस्ः वैज्ञानिकहरुका अनुसार तपाईंको बायाँतर्फको अनुहारले तपाईंले के र कस्तो सोचिरहनुभएको छ, त्यो बताउँछ । यदि तपाईं फोटो खिचाउँदै हुनुहुन्छ भने तपाईंको अनुहारलाई दायाँपट्टी फर्काउनुहोस् र अनुहारको बायाँ भागलाई छोप्नुहोस् । यो तरिका त्यतिबेला काम लाग्छ जब तपाईं थकित महसुस गरिरहनु भएको छ अथवा तपाईं केहि तनावमा हुनुहुन्छ र यसको बारेमा अरु कसैलाई जानकारी दिन चाहनुहुन्न । यसका साथसाथै अनुहारलाई धेरै घुमाउँदा तपाईं रोमान्टिक देखिनुहुन्छ र तपाईंको चिकबोन र घुमेको आँखीभौँले तपाईंको अनुहारलाई निकै राम्रो देख्न मद्दत गर्दछ । यदि तपाईंको निधार ठूलो र नाक फिँजिएको छ भने पनि अनुहारलाई दायाँतर्फ घुमाउनुहोस् । दायाँतर्फ घुमेको अनुहारमा हाँसो नभएको खण्डमा पनि हँसिलो देखिने गर्दछ । फोटो सेसन गर्नुभन्दा अगाडि ऐनामा हेरेर एक–दुईवटा तरिकाहरु हेर्नुहोस् जसमा आफू सबैभन्दा राम्री देखिनुहुन्छ । फोटो खिच्दा आफ्नो कपाललाई पनि ध्यानमा राख्नुहोस् ।
 
२. आफ्नो हातलाई साइडमा राखेर उभिनुहोस्ः कोही मानिसहरु क्यामराको अगाडि सहज महसुस गर्दैनन् । व्यवसायिक फोटोग्राफरलाई कुनै पनि व्यक्तिलाई सहज गराउने अनेकौँ तरिकाहरु आउँछ । उनीहरु फोटो खिचाउने मानिसहरुसँग बोल्ने गर्दछन्, उक्त व्यक्तिको बारेमा थाहा पाउन थुप्रै प्रश्नहरु सोध्ने गर्दछन् । फोटोग्राफरले सोधेको प्रश्नको उत्तर दिँदा उनीहरुले आफू फोटो खिचिरहेको छु भन्ने कुरा बिर्सन्छन् । तर तपाईंले सधैँ व्यवसायिक फोटोग्राफरसँग मात्र फोटो खिचाउनु हुन्छ भन्ने छैन । त्यसकारण फोटोग्राफीसँग सम्बन्धित केहि कुराहरु थाहा पाउँदा आफ्नो फोटो जस्तो सुकै अवस्थामा पनि राम्रो खिचाउन सक्नुहुन्छ । आफ्नो हात कहिले पनि पछाडि र क्रस नगर्नुहोस् । हातलाई आफ्नो साइडमा खुल्ला रुपमा रहन दिनुहोस् । यसो गर्नाले तपाईंको फोटो प्राकृतिक, सहजजस्तो देखिन्छ । यदि तपाईंले बेल्ट लगाइरहनु भएको छ र तपाईंको लुगामा पकेट छ भने यी वस्तुहरुसँग मजाले खेल्न सक्नुहुन्छ ।


३. क्यामराको लेन्सको माथि हेर्नुहोस्ः प्रत्येक फोटोग्राफरले सबैभन्दा सुरुमा यो कुरा सिकाउनुपर्छ । क्यामराको सिधा नहेर्नुहोस् । लेन्सको माथि हेर्दा फोटो प्राकृतिक र राम्रो देखिने गर्दछ । चाहे व्यवसायिक फोटोग्राफर होस् वा तपाईंको साथीले फोटो खिच्दा यो तरिका अपनाउनुहोस् । फोटो खिचाउँदा फोटो खिच्ने मानिसलाई सिधा हेर्नुहोस् ।

४. आफ्नो शरिरलाई साइडतिर फर्काउनुहोस्ः शरिरको राम्रो पोजिसनले फोटोलाई राम्रो बनाउन मद्दत गर्दछ । यदि तपाईंको पूरा शरिर फोटोमा अटाउँदैछ भने तपाईंले आफ्नो शरिरलाई साइडतिर फर्काउनुहोस् । यसो गर्नाले तपाईं स्लिम देखिनुहुन्छ । साइडमा फर्किनुहोस् र आफ्नो घुँडालाई केहि खुम्चाउनुहोस् । यसले तपाईंको हिपमा थप कर्भ निम्त्याउन मद्दत गर्दछ ।


५. प्राकृतिक मेक–अपः फोटो सेसन गर्दै हुनुहुन्छ भने प्राकृतिक देखिने मेकअप गर्नुहोस् । चम्किलो आइस्याडो, अत्यधिक चमकदार लिपस्टिक र ब्लसको प्रयोग नगर्नुहोस् । फाउन्डेसनको अत्यधिक प्रयोगले तपाईंको अनुसार चिपचिप खालको देखिन्छ । कस्तो अवस्थामा फोटो खिच्दै हुनुहुन्छ त्यसलाई ध्यानमा राखेर आवश्यक मेकअप गर्नुहोस् ।


६. लिपस्टिक लगाउनुहोस्ः दिनदिनै लिपस्टिक लगाउनुहुन्न भने पनि फोटो खिच्दा भने अनिवार्य लिपस्टिक लगाउनुहोस् । चम्किलो रातो र चमकदार लिपस्टिकको प्रयोग गर्नुहोस् ।

0 comments:

Post a Comment