Saturday, January 3, 2015

विकिनी पोजले ल्यायो चर्चामा

मुम्बई । जब-जब नायिकाहरुको करियर धरमराउन थाल्छ, तब स्थापित भनिने हिरोइनहरु पनि समुद्रीकिनारमा पुगेर टुपिसमा आफ्नो देह देखाउन धक मान्दैनन् । बलिउडको भर्‍याङ चढ्न लालायित मोडलहरु निर्माता निर्देशकको आाखामा पर्ने सजिलो माध्यम पनि यही समुद्री किनारको बिकिनी पोज नै हो । समुद्री किनारमा देह प्रर्दशन गर्दा कतिको भाग्य चम्किएको छ भने कतिलाई यो औषधीले पटक्कै काम गरेन् । तै पनि हरेकजसो हिरोइनका यस्ता फोटो सार्वजनिक हुादा त्यसको समर्थन र बिरोधमा सामाजिक संजालमा स्वर उरालिन्छन् ।
अप्ठयारो लाग्दैन विपाशालाई
दीपिका पादुकोणका समुन्द्री किनारका तस्बिर त्यति धेरै सार्वजनिक भएको छैन । समुन्द्र किनारमा पुग्दा प्राय चश्मा नछोड्ने दीपिकाले फोटो शुट गर्दा पनि चश्मालाई निरन्तरता दिइन् । समुन्द्र किनारमा उभिएर नाङ्गो ज्यान प्रस्तुत गर्दा रमाइलो अनुभुति गर्ने कलाकारका रुपमा चिनिन्छन् जोन अब्राहम । यस्तो पोज दिंदा उनी प्रायः कसिलो ज्यानलाई विशेष रुपमा प्रस्तुत गर्न चाहन्छन् । समुन्द्र किनार होस् या अन्य कुनै पनि कार्यक्रममा बिकनीमा प्रस्तुत हुन अप्ठयारो मान्दिनन् विपाशा बसु । चलचित्र ‘धुम -२’ मा उनको समुन्द्री किनारको दृष्यले निकै चर्चा पाएको थियो । उक्त चलचित्रमा उनको पहिलो दृष्य नै समुन्द्री किनारवाट सुरु भएको थियो ।

छाती पनि छोपिनन् सन्नीले
हिन्दी फिल्म ‘जिस्म -२’ मा अभिनय गर्ने क्रममा सन्नी लियोन पहेँलो गाउनमा समुन्द्री किनारमा प्रस्तुत भएकी थिइन् । निर्देशकको आग्रहमा छातीमा कुनै लुगा नलगाएको उक्त दृष्यको छायाङकन् पछाडीवाट गरिएको थियो । उर्मिला र अमिषालाई सेक्सी देखायो पुरानो हिन्दी फिल्म ‘रंगीला’ मा काम गर्ने बेलामा उर्मिता मातोण्डकर र ज्याकीश्राफले समुन्द्री किनारमा धेरै सट दिएका छन् । जुन गीतमा उर्मिला निकै सेक्सी देखिएकी थिइन् । ए आर रहमानको संगीत रहेको एउटा गीतको पुरै सुटिङ समुन्द्रको किनारमै गरिएको थियो । ‘कहो ना प्यार है’ को त अधिकांश सुटिङ समुन्द्री किनारमै भएको छ । ऋतिक रोशन र अमिषा पटेलले अभिनय गरेको उक्त फिल्ममा अमिषाको ग्ल्यामरस लुकलाई धेरैले मन पराएका थिए । हिन्दी फिल्म ‘ब्लु’ मा लारा दत्तले समुन्द्रको पानीमा गरेको नृत्यको धेरैले तारिफ गरे ।
परबीन, शर्मिला र जिनत पनि
पुरानी अभिनेत्री परबिन भावीले हिन्दी फिल्म ये ‘नजिकिदिया’ बिकनीमा गरेको अभिनय अहिले पनि निकै चर्चित मानिन्छ । अभिनेत्री शर्मिल टेगोरले पनि पेरिसमा आयोजित एक कार्यक्रममा बिकनी प्रस्तुत गरेकी थिइन् । हिन्दी फिल्म ‘पुकार’मा अभिनेत्री जिनत अमान र अभिताभ बच्चनले समुन्दी किनारमा मस्ती गरेको अभिनय गरेका थिए । उक्त सिनको वारेमा निकै चर्चा भएको थियो ।
मल्लिकालाई बिकनीले उठायो 
समुन्द्री किनारमा बिकनीमा खिचिएको दृष्यकै कारण मल्लिका शेरावतको करिअर चम्किएको थियो । अहिले पनि उनिले समुद्री किनारमा छायाङकन गरिने दृष्यलाई पहिलो प्राथमिकता दिने गरेकी छिन् । हिन्दी फिल्म थ्री जी मा काम गर्नु अघि सोनाली चौहानले ५० भन्दा धेरैपटक बिकिनी लगाइन् । मिस वल्ड प्रतियोगितामा विकिनी क्याटवाकको चलन हटाएकोमा खुसी ब्यक्त गर्ने अभिनेत्री पि्रयंका चोपडाले दोस्तना र डन-२ विकनी लगाएर अभिनय गरेकी छिन् ।

0 comments:

Post a Comment