Friday, January 16, 2015

ए बाबु तिमीहरु कुन पार्टीको हो ?

 काठमाडौं, माघ २ – संविधानसभा भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा पछिल्लो चहलपहल निकै बढेको छ । दैनिकरुपमा ‘संविधान चाहियो’ भन्दै धर्ना र जुलुस गर्ने समूहहरुको ताँती नै देख्न सकिन्छ । त्यस्तै धर्ना दिने समूहहरुमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) सम्बध संघ संगठनहरुले ‘माघ ८ मा लोकतान्त्रिक संविधान’ माग गर्दै धर्ना दिइरहेका थिए । धर्ना कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरुको समेतको उपस्थिति थियो ।


त्यहाँ नेताहरुले चर्को भाषण गरिरहेका थिए र केही कार्यकर्ताहरु बेकरी क्याफे नजिकै भुइँमा बसेर ध्यान दिएर सुनिरहेका थिए । यसैबीच, धर्ना दिनेको भीडमा क्यामाराको लेन्स तर्साउँदा त्यहाँ अग्रपंक्तिमा रहेका केही ‘धर्नाकारी’ हरुमाथि आँखा पुग्यो । अग्रपंक्तिमा यस्ता केही अनुहारहरु थिए, जो भाषण निकै चाख दिएर सुनिरहेका थिए । केहीका हातमा झण्डा त केहीका टाउकोमा पार्टीका राता झण्डा बेरिएका थिए ।
आजकाल राजनितीक दलका धर्ना तथा जुलुसहरुमा यस्ता बालवालिकाको प्रयोग बढ्दो छ । उनीहरुलाई न पार्टीबारे थाहा हुन्छ न जनवर्गिय संगठन । यस्तोमा आजको धर्नामा उपस्थित ती निर्दोषरुलाई पनि के थाहा आफ्नो टाउकोमा बाँधिएको चारतारे झण्डामा कुन पार्टीको ट्याग लागिएको थियो ।
त्यो झण्डको ब्याख्या के हुन्छ त्यसबारे उनीहरु अनभिज्ञ थिए । उनिहरुका लागी संविधानसभाको प्रसव वेदना पनि कागलाई वेल पाक्यो हर्ष न विस्मत जस्तै थियो । तैपनि उनिहरु त्यो अज्ञात क्रियाकलाको साक्षि बस्न बाध्य थिए ।

0 comments:

Post a Comment