Thursday, January 22, 2015

तपाईंको फोनको जासुसी कसले गर्दै छ ? यसरी थाहा पाउनुहोस् !

कतै तपाई हामीले ढुक्क भएर एकान्तमा बसेर गरेको कुराकानी कसैले सुनिरहेको छैन ?गोप्य रुपमा गरेको कुराकानी र म्यासेज पनि अब अरुले ह्याक गर्न सक्ने प्रविधिको बिकाश भएको छ |मोबाइल सुरक्षा एजेन्सीहरुले इन्टरनेशनल मोबाइल सब्सक्राइबर्स आइडेन्टीटी (आईएमएसआई) क्याचर्समार्फत् ह्याकरहरुले यसरी ब्यक्तिगत फोन सुन्ने र म्यासेज पढ्ने र प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा गरेको थियो ।
यस्तो खतरा खासगरी एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने फोनहरुमा बढि हुने गरेको पाइएको छ ।जसले गर्दा महत्वपुर्ण व्यक्तिको महत्वपुर्ण र गोप्य कुरा बाहिर आउने सम्भावना धेरै हुने गर्दछ |तर अब डराउनु पर्दैन जहाँ समस्या त्यहाँ समाधानको उपाय त निस्किहाल्छ नि |हालसालै मात्र यस्तो सुरक्षा एप सार्बजनिक भएको छ जसले तपाई हाम्रो फोनमा भएको कुराकानी वा म्यासेज कसले सुन्दै र पढ्दै छ पत्ता लगाउन सकिन्छ |

तत्कालका लागि एन्ड्रोइड स्मार्टफोनमा मात्र उपलब्ध यो एप्सले क्वालकम प्रोसेसर प्रयोग गर्ने सेटमा मात्र काम गर्छ । हाल सोनी, सामसुङ लगायतका एन्ड्रोइड फोनले मात्र क्वालकम प्रोसेसर प्रयोग गर्छन् ।तपाइको मोबाइलमा भएको उक्त एपले ह्याकर्हरुको बारेमा थाहा पाउन सकिन्छ र यस्तो खतरालाई रोक्न मद्दत गर्छ | भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments:

Post a Comment