Saturday, August 20, 2016

सबैभन्दा बढी सेक्स कुन देशका मानिसले गर्छन् ? धेरै सेस्क गर्नेमा नेपाली यो हेर्नुहोस् !!!

एजेन्सी । सेक्स जिवित प्राणीहरुका लागी एक अत्यावश्यक आवश्यकता हो । मानिसदेखि अन्य सानातिना प्राणीहरुमा समेत सेक्सको भुमीका शारीरिकदेखि परम्परा निरन्तरतासम्मका कुरामा यसले दिगो अर्थ राखेको हुन्छ । तर आफ्नो जिवनकालमा कसले कति पटक सेक्स गर्छन् भन्ने रोचक कुराका विषयमा समेत धेरै पटक अध्ययन अनुसन्धानहरु भएका छन् ।



जसबाट पत्ता लागेको छकी विश्वमा सबैभन्दा बढी सेक्स ग्रिसका मानिसले गर्छन् । कण्डम उत्पादक कम्पनी ड्युरेक्सले गरेको अनुसन्धान अनुसार उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् ।


विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् । नेपालीहरु पनि सरदरमा पर्छन् । नेपालीहरु खुलेर सेक्स गर्न लजाउने तर भित्री इच्छा भने देखाउनेमा अग्र स्थानमा पर्ने गरेको उक्त अध्ययनले देखाएको छ ।

जोयाको पीडामा समर्पित लोक गित रमेश बिक्रम रत्नको सुमधुर स्वर, शब्द र संगीतमा

फिलिपिन्स नारी “जोयालिन ग्रेस टेलेरमो माईजरेसले” समर्पित लोक गित "जोयाको पीडा" रमेश बिक्रम रत्नको सुमधुर एकल स्वर, शब्द र संगीतमा




Watch Video>>>

Thursday, August 18, 2016

एउटा खाल्टो जसले प्रत्येक वर्ष २ लाख क्यारेट हिरा प्रदान गर्छ। यसको मूल्य २ करोड पाउण्ड हुन आउँछ।

एजेन्सी, भदौ २। वर्षातको बेला सडकमा खाल्टो परेमा सबै देसको प्रशासनलाई टाउको दुखाइको विषय बन्ने गरेको हुन्छ। तर के तपाईलाई थाहा छ की खाल्डोबाट पनि फाइदा हुन्छ? तर इस्ट साइबेरियामा डायमण्ड सिटी ‘मिर माइन’ यस्तै खाल्डो छ।

यो खाल्डो जति मूल्यवान छ त्यति खतरनाक पनि छ। यसले यस्तो बबंन्डर मच्चाउँछ की यसको माथि उड्ने हेलिकोप्टर समेत खाल्डोमा तानिन्छ। १ हजार ७ सय २२ गहिराई साथै लगभग एक माइल व्यास भएको यो खाल्डोलाई देखेपछि मिर्नी टाउनमा कुनै उल्का पिण्ड आइरहेको जस्तो भान लाग्छ। तर सन २००४ मा यसको अपरेशन रोकिदिएको थियो।

यसपछि यसमा अन्डरग्राउन्ड टनेल लगाइयो जसबाट सन २०१४ मा ६ मिलियन क्यारेट हिरा प्राप्त भयो। यो खाल्डोबाट प्रत्येक वर्ष ओसतमा पनि २ लाख क्यारेट हिरा निक्लिने गर्दछ। जसको मूल्य लगभग २ करोड पाउण्ड हुन आउँछ। यो खाल्डोमा रुसी कम्पनी अलरोसाले आफ्नो स्वामित्व कायम गरेको छ। 

यो कम्पनीले पुरै विश्वमा उत्पादन हुने हिराको एक चौथाइ हिरा निकाल्ने गर्दछन्। सन २०१०मा एक फर्म भनेका थिए की त्यहाँ एक विशाल सानदार गोलाकार शहर बनाउने इच्छा छ ।जसमा सोला इनर्जीको मद्दतबाट करीब एक लाख मानिसलाई विजुली उपलब्ध गराउनेछ।

चीनमा खुल्यो संसारकै सबैभन्दा लामो सिसाबाट बनेको पुल (फोटोफिचर)

एजेन्सी / चीनको हुनान प्रान्तमा सिसाबाट बनाइएको संसारको सबैभन्दा लामो र अग्लो पुल सर्वसाधारणको लागि २० अगस्त अर्थात आइतबारदेखि खुल्ला गरिनेछ। यो पुलको लम्बाई ४ सय ३० मिटर रहेको छ भने चौडाइ ६ मिटर रहेको छ। यो पुलको पहाडको दुई चुचुरोमा ३ सय मिटर उचाईमा बनाइएको छ।
यो पुलको डिजाइन र कन्स्ट्रक्सनले विश्वमा १० वटा रेकर्ड बनाइसकेको छ। सिसाबाट बनेको यो पुलमा कार गुडाइएर परीक्षण गरेको थियो। यतिमात्रै नभएर मानिसले भारी तौल भएको हथौडाले उक्त सिसामा हानेका थिए, तर उक्त परीक्षण समेत अत्यन्तै सफल रहेको थियो। झाङ्गजियाजीमा तयार पारिएको यो पुलबाट प्रत्येक दिन ८ हजार मानिसलाई अवलोकन गर्ने अनुमति दिइनेछ। यसमा करिब ८ सय मानिस एक पटकमा उभिन सक्ने क्षमताको बनाइएको छ। यसका साथै मानिसले उक्त पुलमा एडभेन्चर्स स्पोर्टसको मज्जा समेत लिन सक्नेछन्।



चीनमा यो पुललाई इजराइली आर्किटेक्ट हैम दोतनले डिजाइन गरेका हुन्। पुलको बीचमा बन्जी जम्पिङको लागि समेत प्लेटफर्म बनाइएको छ ताकि मानिसले बीचमै पनि बन्जी जम्पिङको मज्जा लिन सक्नेछन्। पुल अवलोकनको लागि एक दिन पहिले नै बुकिङ गर्नु पर्ने हुन्छ। गत वर्ष डिसेम्बरमा यो पुलको कन्स्ट्रक्सन पुरा भएको थियो। पुल व्यवस्थापन समितिका अनुसार यो पुलमा तीन लेयर अल्ट्रा सुपर ट्रान्सपेरेन्ट सिसाको ९९ टुक्रा जडान गरिएको छ। उक्त सिसाको मोटाई तीन मिटर देखि साढे चारमिटरसम्म रहेको छ। यही वर्ष जुलाईमा पुलको मजबुरी हेर्नको लागि पुलमा दुई टनको कार गुडाइएको थियो। यसका साथै इन्जिनियरले ३० जना मानिसलाई हथौडाबाट हिर्काउन बोलाइएको थियो। उनीहरुले साढे पाँच किलो भारी हथौडाले आफ्नो शरीरमा भएको सबै बल पुर्‍याएर हिकाए तर पुलमा जडान गरिएको सिसामा कुनै प्रकारको क्षति भएन।

कहाँ बनाइएको छ पुल ?

सिसाबाट बनाइएको यो पुल चीनको झाङ्गजियाजीको ग्रान्ड केन्यन क्षेत्रमा रहेको छ। हुनान प्रान्तको दक्षिण पश्चिम शहर झाङ्गजियाजीभन्दा ६० किलोमिटर टाढा रहेको छ।

टिकट कतिमा पाइन्छ ?
झाङ्गजियाजीको ग्रान्ड केन्यन क्षेत्रमा जानको लागि टिकट पाइनेछ। जसको मूल्य १२ सय २० राखिएको छ। तर पुलमा जानको लागि १४ सय रुपैयाको टिकट लाग्नेछ।

कुखुराको मासु लिएर घर जादै गरेका दुर्गबहादुरको विभत्स हत्या : अनुसन्धानका लागि २ पक्राउ

उदयपुर, २ भदौ / उदयपुरको जाल्पाचिलाउने गाविस– ५ काभ्रे गाँउका ५५ वर्षिय हुलाकी भनिने दुर्गबहादुर मस्याङगी मगरको मंगलवार राती गाँउ नजिकैको लामाखोल्सीमा विभत्स हत्या भएको छ । स्थानीय सुकौरा बजारबाट तीन पाउँ बोइलर कुखुराको मासु लिएर घर जादै गरेको मगरको स्थानीय ठाइला तामाङको घर मुनिको खोल्सीमा हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओमबहादुर राना मगरले जानकारी दिए ।


सुकौराबाट घर जादै गरेको स्थानीयबासी बिष्णु मस्याङगी मगरले लामाखोल्सीमा उनको हत्या भएको अवस्थामा देखेपछि गाँउमा हल्ला गरेपछि हत्या भएको रहस्या सार्वजनिक भएको स्थानीयबासी माधव पोखरेलले जानकारी दिए । मृतक मगरको टाउको क्षतविक्षत भएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । स्थानीयबासीका अनुसार सुकौराबाट मृतक मगरसंगै हातेमालो गर्दै घर गएका जाल्पाचिलाउने गाविस–४ का २० वर्षिय बिष्णु राउतले हत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि राउत र २० वर्षिय दिप्सन तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । मगरका भाई अम्बरबहादुर मस्याङगी मगरले दाजुलाई हत्या गरेको भन्दै राउतको नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको छ । मृतक मगरको शब पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ । हत्या गर्नु पर्ने कुनै कारण नखुलेको प्रहरीले जनाएका छन ।  मगरको हत्यापछि पुरै गाँउ आतकिंत बनेको स्थानीयबासी माधव पोखरेलको भनाई रहेको छ ।

Tuesday, August 16, 2016

रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख संकलन: रामचन्द्रले कानून तोडेको ठहर संकलन चन्दा नदिने

श्रावण ३२, २०७३- गैरआवासीय नेपाली संघ साउदी अरबको सक्रियतामा सुरु भएको रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।



साउदी अरबको हायल जेलमा कानूनी सजाय भोगिरहेका कुशादेबी—काभ्रेका रामचन्द्र तिमिल्सिनालाई स्वदेश फिर्ता गर्न एनआरएनले यो अभियान सुरु गरेको  थियो । आवश्यक भन्दा बढी रकम संकलन भएपछि आइतबारबाटै अभियान बन्द गरिएको छ ।

एनआरएन साउदीका अनुसार नेपालमा रामचन्द्रको लागि खोलिएको खातामा एक करोड र एनआरएनले साउदीमै ६७ हजार रियाल (१९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।

तिमिल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिक तनबिर अहमद आबसको मुत्यु भएको थियो । अदालतले मदिरा सेवन गरी गाडी चलाएको भन्दै पीडितका परिवारलाई तीन लाख साउदी रियाल (करिब ८७ लाख रुपैयाँ) दिनुपर्ने फैसला सुनाएको थियो ।

दुताबासका प्रतिनिधि र पीडित पक्षका वकिलबीच एकलाख २० हजार रियाल (करिब ३३ लाख ८७ हजार रुपैयाँ) दिने  सहमति भएको साउदीका लागि कार्यवाहक राजदुत आदन्दप्रशाद शर्माले कान्तिपुरलाई बताए । ‘पीडित पक्षलाई ४५ दिनभित्र एकलाख २० हजार रियाल दिनुपर्ने सहमति भएको छ’, उनले भने,‘यो ब्लडमनि दिएपछि तिमिल्सिना साउदीको जेलबाट छुटकारा पाउनेछन्।

एनआरएनले यो  अभियानमा उठेको रकम जम्मा गर्न नेपालका तीन वटा बैंकमा खाता खोलिएको छ । उसले पीडित पक्षलाई रकम दिनको लागि रियादस्थित नेपाली दुताबासलाई हस्तान्तरण गर्ने तयारी भएको  गैरआबासीय नेपाली संघको बैदेशिक रोजगार तथा आप्रबासी कल्याण समितिका संयोजक धरम केशीले बताए ।

तिमिल्सिनाको अप्रिल २०१५ देखि जेलमा छन् । दुताबासले जुलाई २०१५बाट यो मुद्दालाई अनुगमन गर्न थालेको थियो ।

उनले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् । साउदीमा मदिरा सेवन गरी सवारी साधान चलाउनुलाई जघन्य अपराधको रुपमा लिइने गरेको छ ।

एनआरएनए साउदीले ‘रामचन्द्रले कानून तोडेको ठहर गरी कानूनको पालनामा जोड दिदै यस केशलाई अपवादका रूपमा सहयोग गर्ने’ निर्णय गरेको हो । उसले कानून तोड्नेलाई फेरी चन्दा नदिने बताएको छ ।

भारतमा नेपाली गोर्खा रेजिमेन्टका आर्मीले नेपाली गित लगाएर ब्यारेग भित्र यसरि छमछमी नाचेको भिडियो फेसबुकमा भाइरल

भारतमा भएका नेपाली गोर्खा रेजिमेन्टका आर्मीले नेपाली गित लगाएर आफ्नो ब्यारेग भित्र यसरि छमछमी नाच्दै




Watch Video>>>

फिलिपिन फर्काइएकी जोया भाउजुलाई देवर राजको मार्मिक पत्र -भिडियो सहित्

नेपालबाट उद्दार गरेर फिलिपिन फर्काइएकी जोया भाउजुलाई देवर शान्ती राज राइको मार्मिक पत्र



Watch Video>>>

Monday, August 15, 2016

पौडेल पक्षको विरोधमा नेविसंघ र प्रहरीबीच झडप

श्रावण ३१, २०७३- नेविसंघको जारी महाधिवेसनमा प्रतिनिधि विवाद कायमै रहेपनि निर्वाचन प्रकृया पूर्ववत तालिकाअनुसार नै अघि बढाइएको छ ।



सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि त्यसलाई बढाएर १ बजेसम्म पुर्‍याइएको छ । निर्वाचन समितिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुद निर्वाचन उम्मेदवारी दर्ता सुरु गरेको छ ।

पौडेल पक्षका विद्यार्थी नेताको अगुवाईमा पार्टी कार्यालय बाहिर नाराबाजी भइरहेको छ भने भित्र उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र वितरण भइरहेको छ । निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार हालसम्म ७ जनाले सदस्यमा र ३ जनाले अन्य पदका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् ।


‘हामीले तोकिएको तालिका बमोजिम नै निर्वाचन प्रकृया अगाडि बढाएका छौं । सुरुमा ८ देखि ११ बजे भित्र मनोनयन दर्ता गर्ने भनिएक पनि त्यसलाई २ घन्टा थपेर १ बजेसम्म बनाएका छौं,’ सचिव पराजुलीले भने, ‘मनोनयन पत्र धेरैले लगेकाछन् । अझै समय छ ।



स्रोतका अनुसार अहिले पौडेल निवास बोहराटारमा कसरी अगाडि जाने भन्ने छलफल गर्न पौडेल पक्षका नेताहरु भेला भएका छन् । यस्तै शेरबहादुर देउवा पक्ष भने सभापतिमा साझा उम्मेदवार खडा गर्नका लागि कसरतमा लागेको छ ।


Saturday, August 13, 2016

आँखा वरिपरीको डार्क सर्कल हटाउने घरेलु उपाय

साउन-२९, आँखाले मनको भाषा बोल्छ । त्यसैले भन्ने गरिन्छ, बुझ्नेलाई इसारा काफी छ । आँखाको सुन्दरतालाई अबर्णनीय र सौन्दर्यको प्रतिकका रुपमा लिइन्छ । नारी सौन्दर्यका लागि आँखा त झन् प्रमुख नै मानिन्छ । जब यही आँखा वरपर कालो धब्बा (डार्क सर्कल) बस्छ, त्यसले अन्य सुन्दरतालाई पनि छायाँमा पार्छ । शरीर जतिसुकै कसिलो भएपनि आँखा सुन्दर नहुँदा सुन्दरता अर्थपूर्ण मानिदैन । यदि तपाईंको आँखामा डार्क सर्कल छ भने यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।



१) चियापत्तिलाई केहीबेर सफा पानीमा उमाल्ने । सेलाएपछि चियापत्तीको छोक्रालाई बोतलमा हालेर फ्रिजमा राख्ने । यसलाई कपासमा राखेर १५ मिनेट डार्क सर्कल भएको ठाउमा राख्ने ।

२) आलुको रसलाई डार्क सर्कल भएको भागमा लगाउने । १५ मिनेट पछि मुख धुने ।

३) चिसो दूध कपासमा झिजाएर आइ प्याकको रुपमा आँखामाथि राख्ने ।

४) बदामको तेल र भिटामीन इ क्याप्सुल फिटेर डार्क सर्कल भएको ठाउँमा मालिस गर्ने ।

५) मह र कागतीको रसको लेप लगाउने । १५ मिनेटपछि मुख धुने । यी कुनैपनि एक घरेलु विधि हरेक दिन प्रयोग गर्दा डार्क सर्कल हटाउन मद्दत मिल्नेछ ।

५) हरियो काक्रो गोलोगरी काटेर आँखामाथी राख्ने । @ व्युटिसियन सरिता गौतम संगको कुराकानीमा आधारित