Wednesday, October 14, 2015

दिनकै ३० जनासंग सेक्स गर्दाको अनुभव कसरी सुनाउँ म तपाईलाई ?

२० वर्षअघिको कुरा हो, १४ वर्षकी त थिएँ म । यस्तो समस्या भोगिरहेको यो जिन्दगीको कथा सुनाउँ कसरी । यो सुन्ने जोकोहीको ज्यान काँप्छ । यस्तो एउटा कहानीको पात्र हुँ । हो, या कहानी एउटा यस्तो महिलाको हो, जो यो जीवनबाट गुज्रिएर अहिले यस्तै आहतलाई न्याय दिन लागिरहेकी छिन् र उनको जिन्दगीलाई सबैले सलाम गरिरहेका छन् ।


मेरो नाम सुनिता दनुवार हो, म अहिले मानवतस्करीविरुद्ध सक्रिय छु । अहिले म यो अभियानमा आउनु अघि म पनि मानव तस्करको यस्तै सिकार भएको थिएँ । त्यतिखेरको दुःख सुनाएँ भने तपाईंहरु छक्क पर्नुहुने छ ।
१४ वषको उमेरमा मुम्बइ वेश्यालयमा बेचिएकी थिएँ । एउटा सानो कोठीमा पाँच महिना नारकीय जीवन गुजारेँ । यतिमात्र होइन, मैले यति मारपिट सहनु पथ्र्यो कि त्यो उमेरमा, म सहनैँ सक्दिनँ थिए । कुटपिट गरेर दैनिक ३० जनासँग सेक्स गर्न बाध्य पारिन्थ्यो त्यो कोठीमा । पाँच महिना यो नारकीय जीवन भोगेपछि भाग्न सफल भएँ ।

अहिले उनी कोही नारीले यस्तो नारकीय जीवन भोग्न नपरोस् भनेर अहोरात्र खटिएकी छन् । यसै अभियानले उनलाई संसारभर चिनाएको छ । सुनिता अहिले नेपालमा मानवतस्करीविरुद्ध अभियानमा सक्रिय छिन् । भूकम्पपछि नेपालमा महिला तस्करीको खतरा झन बढेकाले सुनिता सक्रिय छिन् । नेपालका युवती सुन्दर छन् तर गरिबीका कारण बढी बेचिन्छन् ।

हालैमात्र पनि सुनिताले ९ युवतीलाई बेचिनबाट बचाएकी छन् । यसरी बेचिनेमा अधिकांश बालिका उमेरका छन् । भूकम्पपछि नेपालका २ सय ५० भन्दा बढी युवती बेचबिखनको सिकार भइसकेका छन् । मानवतस्करले गरिबीको फाइदा उठाएर आफ्नो अपराध छिपाइ रहेका छन् । सुनिता चाहन्छिन्, अब कसैले नारकीय जीवन भोग्न नपरोस् । यो अभियान चलाइरहँदा सुनिताले तस्करको धम्की पनि खेप्नु परेको छ ।

Tuesday, October 6, 2015

तान्त्रिकको बलिबाट जोगिइन् युवती

आश्विन १९, २०७२- बनमान्छेको हड्डी जगाउने नाममा मानव बली दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बली दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र धादिङ नलाङ्ग ४ का युवतीकै आफन्त ओमकार शाहलाई पक्राउ गरेको हो । प्रहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।


झाँक्री पूजाको नाममा  नाममा आफूलाई गत साउन ३१ गते बाट लगातार १८ दिनसम्म बन्धक बनाएर बली दिने प्रयास गरेको भन्दै पीडित नलाङ्ग ४ निवासी पुनम शाहले धादिङ जिल्ला प्रहरी कार्यालय दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको  छ ।
नागार्जुनस्थित एक घरमा डेरा लिई हरेक एक युवतीलाई मानव खप्पर तथा हड्डी पूजा गर्न लगाइन्थ्यो । पूजा गरेपछि हड्डी जाग्ने र उक्त हड्डी साथमा राखे जुवा जित्ने, ताला खुल्ने लगायत जे माग्यो त्यही पूरा हुने विश्वासका आधारमा शाहले आफनै गाउंकी बहिनीलाई झाँक्री सम्म पुरयाएका थिए । बन्धक हुनेमा युवतीका दाजु पनि थिए ।

राजधानीमै युवतीलाई बलि दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं : हड्डी जगाउने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र आमेकार शाहलाई पक्राउ गरेको हो । पहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।


पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

नागार्जुनस्थित एक घरमा डेरा लिई हरेक एक युवतीलाई मानव खप्पर तथा हड्डी पूजा गर्न लगाइन्थ्यो । पूजा गरेपछि हड्डी जाग्ने र जे माग्यो त्यही पूरा हुने विश्वासका आधारमा शाहले आफ्नी बहिनीलाई त्यहाँ लगेका थिए ।

भर्खरै सार्बजनिक भयो इजरायलमा कार्यरत रोशनी राईको सेक्स भिडियो (भिडियो हेर्नुहोस)

भर्खरै सार्बजनिक भयो इजरायलमा कार्यरत रोशनी राईको सेक्स भिडियो इन्टरनेटमा भाइरल बन्दै