Thursday, December 25, 2014

क्यानडाः Express Entry मा कसरी Apply गर्ने…? यो पढ्नुहोस् !!!

टोरोन्टो । क्यानडा सरकारले आगामी २०१५ जनवरी १ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई यहाँको स्थायी बसोबास भिसा (Permanent Residence Visa) प्रदान गर्दैछ । उक्त Express Entry Program मा कुनै पनि उमेर, व्यवशाय, शैक्षिक योग्यताको व्यक्तिले आवेदन गर्न पाउने भएका छन् ।


क्यानडा सरकारद्धारा प्रकाशित विवरणअनुसार यसरी Express Entry मा आवेदन गर्दा आफ्नो योग्यताको प्रमाणपत्रहरुलाई क्यानेडिएन मान्यताप्राप्त एजेन्सीबाट Equivalency गराउनुपर्ने हुन्छ भने अंग्रेजी भाषाको ज्ञान पुष्टि गर्नका लागि IELTS (GT) समेत गरेको हुनुपर्छ । तर शैक्षिक योग्यता यती नै हुनेपर्छ वा IELTS मा न्यूतमन स्कोर भने तोकिएको छैन ।

Expess Entry प्रणालीमा Canada का प्रचलित तिन immigration प्रमाणलीमध्ये एकको न्यूनतम criteria पुगेको हुनुपर्नेछ । जस्तो कि Federal Skilled Worker प्रणालीमा आवेदन गर्नका लागि विगत १० बर्ष भित्रमा न्यूनतम १ बर्षको full time कामको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

त्यसैगरी अन्तिम छनौटका लागि Comprehensive Ranking System अन्तर्गत highest mark प्राप्त गर्नुपर्नेहुन्छ जसलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि आवेदन गर्नेछ । उक्त Comprehensive Ranking System मा बढीमा १२०० अंक प्राप्त गर्न सकिने छ जस मध्ये ६०० अंक उमेर, शैक्षिक योग्यता, भाषिक विवरण, कामको अनुभव, आदीबाट प्राप्त गर्न सकिनेछ भने बाँकी ६०० अंग Job Offer or Provincial Nominee Program बाट प्राप्त गर्न सकिनेछ ।
यदी माथि उल्लेखित न्यूनतम criteria पुगेमा निम्न तरिकाले Express Entry Program मा आवेदन गर्न सकिनेछः

First Step:
सबैभन्दा पहिले आफ्नो (र आफ्नो श्रीमान वा श्रीमतीको) व्यक्तिगत विवरण इन्टरनेटको प्रयोग गरी Online आवेदन आफाम भर्नुपर्नेहुन्छ । उक्त फाराम क्यानडा सरकारको वेभसाईट http://www.cic.gc.ca/ मा भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन आवेदन फाराम भर्दा आफ्नो भाषिक ज्ञान, योग्यताको विवरण, कामको अनुभव, पारिवारिक विवरण सबै भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन भरेको विवरण क्यानडा सरकारी अधिकारीले परिक्षण गरी Express Entry Pool मा राखिने छ । उक्त Express Entry Pool मा प्रकाशित विवरणलाई क्यानडाका कम्पनीहरुले हेर्न सक्नेछन् ।
त्यसैगरी आफ्नो व्यक्तिगत विवरणलाई क्यानडाको Job Bank (http://www.jobbank.gc.ca) लगाएत अन्य जव वेभ साइटमा समेत दर्ता गर्नुपर्ने हुन्छ ।

Second Step:
उक्त व्यक्तिगत विवरणको आधारमा क्यानडाका कम्पनीहरुले तपाईंलाई आफ्नो कम्पनीमा रोजगारीका लागि Job Offer दिने छन् । जुन Job offer लाई क्यानडा सरकारको Human Resource and Skilled Development Canada (HRSDC) ले मान्यता प्राप्त गर्नुपर्ने हुन्छ । यसरी जव अफर प्राप्त गरेपश्चात Comprehensive Ranking System मा ६०० अंक पाइनेछ ।

Third Step:
व्यक्तिगत विवरण एवं Job Offer लगाएतको विवरणको आधारमा Express Entry Pool मा Comprehensive Ranking System मा Maximum Mark दिइनेछ ।
उक्त Express Entry Pool मा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि Invitation to Apply (IAT) प्रदान गर्नेछ । उदाहरणका लागि अधिकतम अंक प्राप्त गर्ने १०,००० व्यक्तिहरुलाई क्यानडा सरकारले एकैचोटी Invitation to Apply प्रदान गर्नेछ । यदी ९०० अंक प्राप्त गर्ने व्यक्ति पहिलो नम्बरमा परेमा त्यहि व्यक्तिलाई Invitation to Apply प्रदान गरिनेछ ।

Fourth Step:
यसरी Invitation to Apply प्राप्त गरेपश्चात क्यानडाको Permanent Residence भिसा आवेदन गर्न सकिनेछ । उक्त आवेदनलाई Canadian Visa Officer ले परिक्षण गरी सबै विवरणहरु verify गरेपश्चात क्यानडाको स्थायी भिसा (Permanent Residence Visa) प्रदान गरिनेछ । उक्त परिक्षणमा मेडिकल एवं प्रहरी रिपोर्टसमेत हेरिनेछ ।

प्रमूख कुरा के हो भने Express Entry मा सबै प्रकारका occupation हरुले आवेदन गर्न पाउने छन् । क्यानडामा हरेक व्यबशायमा कामदारहरु माग गरिएको भेटिन्छन् भने Job Bank को रेकर्डबमोजिम ९०,००० भन्दा बढी कामदारहरु माग भएको देखिन्छ । उदाहरणका लागि jobbank.gc.ca अनुसार २,३८६ जना Engineers को Job का लागि माग भएको देखिन्छ,” क्यानेडिएन इम्मिग्रेशन कन्सल्टेन्ट मिलन कार्कीले बताए ।

आवेदकहरुले Job Offer पाउने chances का बारेमा कार्कीले बताए, “जवसम्म आवेदन गरिन्न, तब सम्म अवसर पनि आउँदैन । Express Entry Pool मा आफ्नो विवरण पेश गरेपश्चात एक बर्षसम्म सो विवरण त्यहाँ रहन्छ जसलाई हजारौं क्यानडिएन कम्पनीहरुले examine गर्न सक्नेछन् । जसको मत्लव छनौट हुने chances पनि त्यति नै रहन्छ

Express मा जतिसुकै पनि आवेदकहरु रहन सकेपनि क्यानडा सरकारले हरेक बर्ष २५०,००० भन्दा बढी बिदेशीहरुलाई विभिन्न विधामा क्यानडाको स्थायी भिसा दिने गर्दछ । Express Entry बाट आवेदन गर्ने व्यक्तिहरुको आवेदन ६ महिना भित्रमा complete गरी स्थायी भिसा दिइने छ ।

क्यानडाको विभिन्न शहरमा १५,००० भन्दा बढी नेपालीहरु स्थायीरुपमा बसोवास गरेको आँकडा छ ।

24 comments:

  1. Are we eligible to apply before taking IELTS?

    ReplyDelete
  2. Can we apply if we have taken IELTS before 3 years ago ??

    ReplyDelete
  3. Can i apply if i have academic ilts?

    ReplyDelete
    Replies
    1. No you can not, you need to do general IELTS

      Delete
  4. where can i do IELTS ? is there any institute in ktm or pokhara where can i contact?

    ReplyDelete
    Replies
    1. Sir You can visit Lychee Education Park , Gongabu , Kathmandu. 01-4385225
      Its the best place for general and acedemic Ielts class.

      Delete
  5. plese,advise me where can apply i have ilts,academic document.

    ReplyDelete
    Replies
    1. Go to http://www.cic.gc.ca/ and follow the instructions. You dont ahve to go anywhere.

      Delete
  6. How about those, who are proficient in English language, but without IELTS certificate?

    ReplyDelete
  7. can couple also apply, if s/he gave ielts exam before some month?

    ReplyDelete
  8. I have worked in saudi arabia for 2 years as an office secretary....how can i get the police report from saudi arabia? Do i have the chance of getting visa?

    ReplyDelete
  9. malai canda imigration bata phone gare ra 650$ pay gar vandai cha tespachi police report and aro process honcha bhaneko cha ke tiyo satyo ho maile pay gare bhane paisa ta dobne dar hodaina please advice me

    ReplyDelete
    Replies
    1. This comment has been removed by the author.

      Delete
  10. Unless you have hired your consultancy for processing, no one can do anything on your processing. That phone call is scam and you will loose your money. Dont ever pay for any such phone calls or emails.

    ReplyDelete
  11. PCL nursing le aply garna milcha ki mildaina

    ReplyDelete
  12. My daughter was completed pcl nursing this year she can apply to express entry

    ReplyDelete
  13. What qualification require for it & what does it mean IELTS???

    ReplyDelete
  14. What qualification require for it & what does it mean IELTS???

    ReplyDelete