Wednesday, December 31, 2014

सन् २०१४ का रोचक घटनाहरु जसलाई बिर्सिनै नसकिने (फोटोफिचर सहित्)

सन् २०१४ को आज अन्तिम दिन अर्थात भोलीको बिहानीले हाम्रो जीवनमा एउटा अर्को वर्ष थप गरेको संकेत गर्नेछ । यदि हामीले पूरै एक वर्षलाई सम्झेर हेर्ने हो भने हामीमध्ये धेरैले गएको वर्षमा तीता–मिठा घटनाहरुको सामना पक्कै गर्यौँ । हाम्रो जीवनमा मात्र नभई संसारमा पनि त्यस्ता थुप्रै घटनाहरु भए जसलाई मानिसहरुले राम्रो र नराम्रो रुपमा आफ्नो मानस्पटलमा सम्हालेर राख्नेछन् । हामी आज तपाईंहरुलाई ती घटनाहरुको तस्बिर सार्वजनिक गदैछौँ जसको चर्चा देश–विदेशका सञ्चार माध्यममा त भयो नै सामाजिक संजाल फेसबुक र माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि यसले निकै चर्चा बटुल्न सफल भएको छ ।


१. आइएसले १५ सैनिकको टाउको काटेको घटनाः नोभेम्बरः कुख्यात आतंककारी संगठन इस्लामिक स्टेट (आइएस) ले क्यामराको अगाडि १५ सिरियाली सैनिकहरुको एकैपटक शिर काटेको तस्बिर देख्ने मानिसले सम्भवतः यो घटनालाई कहिले बिर्सन सक्दैनँ । शिर काटिएको सैनिकको शरिरमाथि उनीहरुको टाउको राखेर आइएसले उत्सव नै मनाएको थियो । आइएसले अहिलेसम्म ६०० सैनिकहरुको शिर छेदन गरिसकेको छ ।


२. अक्टोबरः लण्डनको सडकमा एक युवतीले युवकको घाँटीमा डोरी बाँधेर घुँडा टेकाएर हिँडिरहेको दृश्यले पनि धेरै मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भएको थियो । यी युवतीले आफ्ना साथीलाई कुकुर जसरी लण्डनको सडकमा करिब पाँच घण्टा घुमाइन् । युवकले शर्त हारेका कारण उनलाई सजायँ स्वरुप त्यस्तो गरिएको युवतीले बताएकी थिइन् । उक्त फोटो सोसल मिडियामा निकै चर्चित पनि भएको थियो ।


३. फेब्रुअरी – भगवान गणेश जसरी बसिरहेको यो हात्तीको तस्बिर पनि सन् २०१४ मा निकै चर्चित भएको मानिन्छ । उक्त फोटो आसामको हो । रेलको ट्र्याक पार गर्ने क्रममा यो हात्तीको बच्चा एउटा खाल्डोमा खसेको थियो । खाल्डोमा खसेको हात्तीको बच्चालाई देखेपछि रेल रोकियो र त्यहाँका मानिसहरुले उद्धार गर्यो । बसिरहेको हात्तीलाई खाने कुराहरु देखाएर उभ्याइयो तत्पश्चात मानिसहरु हात्तीलाई त्यहाँबाट निकाल्न सफल भए ।


४. सेप्टेम्बरः मकसुद नामका दिल्लीमा बस्ने यी मानिस चिडियाखानामा जनावरहरु हेर्न जाँदा बाघको खोरमा खसेका थिए । अचानक बाघको खोरमा खसेका मकसुद आफूलाई बाघले नमारोस् भन्ने उद्देश्यका साथ बाघलाई पटक–पटक नमस्कार गरिरहेका थिए । करिब १५ मिनेट बाघले उनलाई हेरिरह्यो । त्यहाँ रहेका मानिसहरुले बाघलाई ढुङ्गा फ्याँकेपछि बाघ भड्क्यो र उनको गर्दनमा समातेर दौडियो ।


५. नोभेम्बरः न्यूयोर्ककी १०० वर्षकी हजुरआमाले आकाशमा छलाङ मारेर सबैलाई अचम्मित पारेकी थिइन् । आफ्नो ९० औँ वर्षको जन्मदिनमा स्काई डाइभ गरेका अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुसको रेकर्ड तोड्न उनी सफल भएकी छिन् ।


६. डिसेम्बरः १६ डिसेम्बरमा पेसावरको आर्मी स्कुलमा भएको हमलालाई सायदै कोही मानिसहरुले बिर्सनेछ । आतंककारीहरुले एउटा–एउटा कक्षामा गएर विद्यार्थीहरुमाथि गोली बर्साएका थिए । उक्त हमलामा १३२ बालबालिकासहित १४८ को मृत्यु भएको थियो ।


७.अष्ट्रेलियाका क्रिकेट खेलाडी ह्युजलाई एक लिगका दौरान टाउकोमा बाउन्सर बल लाग्यो । उनी कोमामा भएकै बेला दुई दिनपछि उनको मृत्यु भयो । ७. अगस्टः चीनको झेजियांगमा एउटा कारमाथि निकै ठूलो सिमेन्ट मिक्स्चर खसेको थियो । कार चकनाचुर भएको थियो तर त्यहाँ भित्र रहेकी महिला चालक भने सुरक्षित । करिब एक घण्टा आधासम्म कारभित्र नै फसेकी उनलाई सामान्य चोट मात्र लागेको थियो । उनलाई कारबाट निकै मुस्किलले बाहिर निकालिएको थियो ।


८. फेब्रुअरीः राहुल गान्धी कांग्रेसका महिला कार्यकर्ताहरुसँग छलफल गर्न जाँदा एक महिलाले पछाडिबाट उनको गालामा चुम्बन गरिन् । यो घटनाले निकै नराम्रो मोड लिएको थियो । महिलाको यो व्यवहारले रिसाएका उनका श्रीमानले उनलाई मट्टितेल खन्याएर उनलाई जिउँदै आगो लगाइदिए ।


९. जुनः
सन् २०१४ को वल्र्डकपमा कोलम्बियाका खेलाडीको खुट्टाको टक्करबाट ब्राजिलका खेलाडी नेमारको ढाडको हड्डी टुटेको थियो । जसका कारण उनी विश्वकपबाट बाहिर हुनुपरेको थियो ।

0 comments:

Post a Comment