Tuesday, December 16, 2014

आर्मी स्कूलमा तालिवानद्वारा आक्रमण, १२६ जनाको मृत्यु

पेशावर, पुस १ – पाकिस्तानको पेशावर सहरमा रहेको एक सेनाद्वारा सञ्चालित स्कूलमा तालिवानले आक्रमण गर्दा कम्तिमा १२६ मा मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।


५–६ जना आतंकवादीहरुले स्कूलमा प्रवेश गरेका थिए । ५ जना सुरक्षाफौजको कारवाहीमा मारिएका छन्, जसमध्ये एक जना भने आत्मघाती विस्फोटमा मारिएको अधिकारीहरुले बताएका छन् । सेनाले स्कुलमा रहेका ५ सयमध्ये धेरैलाई सकुशल उद्धार गरिएको बताएको छ । यद्यपि, अझै कति जना बन्धक छन् भन्ने यकिन हुन सकिरहेको छैन ।


यो हमला पाकिस्तानमा भएका धेरै हमलामध्ये निकै भयानक मानिएको छ ।
यस घटनामा बालबालिका मारिनुले सबैलाई स्तब्ध बनाएको छ ।
पछिल्ला केही वर्षमा हजारौं पाकिस्तानीहरुले हिसांत्मक द्वन्द्वमा ज्यान गुमाएका छन् ।
बिबिसीका अनुसार आफूहरुमाथि चलाइएको सेनाको कारवाहीको जवाफमा यो हमला गरेको जवाफ तालिवानका एक प्रवक्ताले दिएको छ ।


पछिल्लो समय उत्तरी वजिरिस्थानमा पाकिस्तानी सेनाले गरेको कारवाहीमा सयौं तालिवानी लडाकुहरुको ज्यान गएको छ ।
हमलामा घाइते हुनेमध्ये धेरै आत्मघाती बम विस्फोटबाट भएका हुन् । मारिनेमा कम्तिमा ८० जना बालबालिका रहेका छन् ।

हमला पाकिस्तानी स्थानीय समय अनुसार १० बजे सुरु भएको थियो । स्कूलमा कर्मचारी मुसाधिर अवानका अनुसार उनले ६ जनालाई स्कूलको पर्खाल चढेर हामफाल्दै गरेको देखेका थिए ।
रोयर्टर्ससँग कुरा गर्दै उनले ‘शुरुमा आफूलाई ती कुनै केटाकेटीहरु खेल खेलिरहेको जस्तो लागेको तर पछि उनीहरुसँग ठूलो मात्रामा हतियारहरु देखेको’ बताएका थिए ।

उनीहरुले गोलीबारी शुरु गर्ने बित्तिकै हामी स्कूलको कक्षाकोठा भित्र छिर्यौं, उनले भने, ‘तिनीहरुले कक्षाकोठामा छिर्दै बालबालिकाहरुलाई मार्दै गए ।’
स्कूलका एक अन्य कर्मचारी र विद्यार्थीले जयो टिभीसँग कुरा गर्दै आक्रमणकारीहरु आर्मीको पब्लिक स्कूलको अडिटोरियममा छिरेका थिए जहाँ आर्मीको एक टोली विद्यार्थीहरुलाई प्राथमिक उपचारबारे तालिम दिइरहेका थिए ।

स्थानीयका अनुसार उनीहरुले विद्यार्थी र शिक्षकहरु कराइरहेको आवज बाहिरसम्म सुनेका थिए । मर्नेमा शिक्षक/शिक्षिकाहरुका साथी सेना पनि रहेका छन् ।
सेना र आक्रमणकारीबीच लामोसमय भिडन्त चलेको थियो ।
घाइतेहरुलाई एम्बुलेन्समा राखेर नजिकैको अस्पतालमा लगिएको छ भने पेशावरका मुख्य सडकलाई बन्द गरिएको छ ।

स्थानीय लेडी रिडिङ अस्पतालका एक डाक्टरका अनुसार अस्पतालमा ल्याइएका विद्यार्थीहरु मध्ये अधिकाशंको स्थिति चिन्ताजनक रहेको छ । विद्यार्थीहरुका अभिभावकहरु अस्पताल बाहिर आफ्नो बालबालिकाको स्थिति बुझ्न भीड लागएका बसिरहेका छन् । आँशुले भरिएका आँखाले आफ्नो छोराछोरीलाई खोजिरहेका छन् ।

स्कूल पेशावरको मिलिटरी क्यान्टोनमेन्टको छेउमा रहेको छ । आक्रमणमा पर्ने धेरै सेनाका छोराछोरी रहेका छन् । धेरै जना १६ वा त्यो भन्दा कम उमेरका रहेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री पेशावर आइपुगेका छन् र उनले यसलाई राष्ट्रिय शोकको घडी भएको बताएका छन् ।
पाकिस्तानका विपक्षी दलका नेता इमरान खानले यसलाई क्रुर बर्बरताको संज्ञा दिएका छन् ।
बिबिसी

0 comments:

Post a Comment