Saturday, December 27, 2014

बलिउड महानायक अमिताभ बच्चनले नयाँ वर्ष किन नमनाउने ?

एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनले क्रिसमसको अवसरमा पनि विदा लिएनन् । उनी अहिले विजय नाम्बियारको वजीर फिल्मको सुटिङमा व्यस्त छिन् ।


यो फिल्ममा ७२ वर्षीय नायक अभिताभ बच्चन, फरहान अख्तर र आदिति राव हैदरीको मुख्य भूमिका रहेको छ । उनले आफ्नो ब्लगमा आफू नयाँ वर्षको अवसरमा पनि फिल्मको सुटिङमा व्यस्त रहँने उल्लेख गरेका छन् ।

यो वर्ष अमिताभ बच्चन निकै व्यस्त रहे । हालै उनको एक फिल्म भूतनाथ रिर्टन्स रिलिज भयो भने एक चर्चित रियलिटी शो र अन्य दुईवटा फिल्ममा काम गरे ।

उनले आर बाल्कीको ‘शमिताभ’ र सुजित सरकारको ‘पीकू’ फिल्मको सुटिङमा व्यस्त भए । आफू नमनाउने भएपनि उनले नयाँ वर्ष र क्रिसमसको भने सबैलाई शुभकामना दिएका छन् ।

0 comments:

Post a Comment