Sunday, December 28, 2014

सुरक्षा खतरा भन्दै फेरि सीके राउत पक्राऊ

पुस, जलेश्वर । देशद्रोहको अभियोगमा जेल भुक्तान गरेका सीके राउतलाई प्रहरीले आइतबार फेरि पक्रेको छ । महोत्तरी सदरमुकाम जलेश्वरस्थित महेन्द्रचोकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा प्रहरीले उनलाई पिपराबाट पक्रेको हो ।


राउत पक्राउको विरोधमा उनका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनलाइनखबरसँग भने-सुरक्षाको कारण उहाँलाई नियन्त्रणमा लिइएको हो, भरेसम्ममा छाडिन्छ ।’
राउतमाथि नै सुरक्षा खतरा रहेकोले प्रहरीले पक्रेको उनले जानकारी दिए ।

0 comments:

Post a Comment