Sunday, December 28, 2014

चलचित्र पीकेको डायलगमा नेपाली समाज

पत्रकारिता स्नातकोत्तर दोस्रो वर्षको डेभलपमेन्ट कम्यूनिकेसन बिषयको परीक्षाका दिन डराउँदै परीक्षा हल प्रवेश गरेँ।


जागिर खान थालेदेखि एकदिन पनि कलेज गएको थिइनँ।

एक महिना अघि सोचेँ, परीक्षा नदिएकै बेस होला। तर, त्यतिबेला बलिवुुड हिरो आमिर खानको डायलगले मेरो कन्पि्कडेन्स बढाएको थियो।

पपुलर थियो डायलग 'अल इज वेल' अर्थात सबै ठीक छ, सबै ठीक छ। साँच्चिकै बेजोड डायलग थियो। पूरै त हैन तर, त्यही डायलगको कन्पि्कडेन्सले मलाई परीक्षा दिन हौस्यायो। कोर्स बुक पढेरै मैले परीक्षा त पास गरे। तर, सेल्फ कन्फिडेन्स चाहीँ थ्री इडियटसको डायलगले नै दिएको हो।

आमिर खान मलाई बलिउडकै उत्कृष्ट अभिनेता लाग्छन्।

स्कूल पढ्दादेखि नै उनी क्युट रोमान्टिक हिरो बनेर मनै लोभ्याउथे। आमिर खानका फिल्महरु बिरलै छुटाउँछु।

यसपालि पनि पीके हेरेँ। पछिल्लो पटक विशाल भारद्धाजको 'हैदर'पछि औधी मन परेको फिल्म पी के नै हो मलाई। चर्चित फिल्म 'लर्ड अफ द रिङ'का मेकर तथा निर्देशक पिटर ज्याकसनले पनि भनेका छन् 'द मोस्ट अनेस्ट फम अफ फिल्म मेकिङ इज टु मेक अ फिल्म फर योर सेल्फ' भनाईको अर्थ फिल्म मेकिङको सबैभन्दा ठूलो इमान्दारिता भनेको आफ्नो लागि फिल्म बनाउनु हो।

फिल्म हेरिरहँदा मलाई ज्याक्सनको यही भनाईले झक्झकाइरह्यो। बास्तवमै पिकेका डायलगहरु मन्त्रझै दिमागमा घुमिरहेका छन्।

फिल्मको कथा एलियनको पात्रका रुपमा उभिएका आमिर घाँटीमा निलो टिलिक्क टल्किने तिलस्मी लकेटसहित धर्तीमा अवतरण हुुन्छन्। तर, क्षणभरमै उनको घाँटीको लकेट चोरी हुन्छ। एलियन आमिर निराश हुन्छन् किनकी त्यो लकेट चानचुने थिएन उनको घर फर्किने संकेत दिने एउटै मात्र रिमोट हुुन्छ त्यो।

उनी तिलस्मी रिमोट खोज्ने यात्रामा भौतारिन्छन्। भेटे जतिलाई रिमोटबारे सोध्न थाल्छन्, सबैबाट भगवानले मात्र तिम्रो सहयोग गर्न सक्छन् भन्ने जवाफ पाउँछन्।

फिल्मको पहिलो क्लाइमेक्स आमिरको भगवान खोज्ने यात्रासँगै लम्किन्छ। यो यात्रामा आमिरले ५ वटा तथ्यहरु थाहा पाउँछन्।

जुन फिल्ममा क्याची डाइलगको रुपमा स्टोरीसँगै डेभलप गराइएको छ। पहिलो डायलग, 'जो डर गया सम्झो मन्दिर गया' भनाईको अर्थ लाखौँ करौडौ मान्छेहरु जब डराउँछन् जब बिपत् पर्छन् अनि भगवानको सहारा दिन मन्दिर धाउँछन्।

समाजमा नियमित साक्षतकार भइरहने घटनालाई छुन्छ यो डायलगले।

अहिले हिन्दुत्वको नारा बोकेर मेची महाकाली यात्रामा हिँडेका कमल थापाको सन्दर्भ यहीँनेर, मिट हुन्छ पनि।

कमल थापाजस्ता नेताहरु हरहमेशा हिन्दुत्वको नारा बोकेर माघ ८ गते जारी हुने संविधानमा कसैगरी हिन्दुु अधिराज्य सहितको संविधान हुुनुुपर्छ भन्दै मन्दिर धाउँदैछन्।

यो रथयात्रा तोकिएको समयमा संबिधान र सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम राख्न हो रे।

कति झुटा छन् हाम्रा नेताहरुको अभियान। मानौ उनीहरुका भगवानका संदेशबाहक मेनेजर हुन्।

कमल थापाजी संबिधान समयमा ल्याउन रथयात्रा गर्ने हैन। संसदमा बहस र छलफल गर्नुस् न बरु।

फिल्मको स्टोरी अघि बढ्छ। टिभी रिर्पोटर जगत् जननी अर्थात 'जग्गु'।
 
ब्रेकिङ न्यूजका लागि दौडिरहने उनले अनौठो देखिने पीकेलाई भेटि्छन्।

पीकेले आफू अर्कै ग्रहबाट आएको एलियन हँुु भन्छ। उसले बोल्ने गरेको भाषा एउटी भोजपुरी केटी हातलाई ६ घण्टासम्म समातेर मानाँै एउटा इलेक्ट्रिक डिभाइसबाट अर्कोमा सारेको हो भन्छ।

जग्गुु पीकेलाई मानसिक रोगी हुन सक्ने शंका गर्छिन्। पीके जग्गुलाई भन्छन् 'हमारे गोलेमे कोई झुट नही बोलता' पीकेको यो भनाई पृथ्वीमा धेरै मान्छेहरु आफनो स्वार्थका लागि झूटो बोल्छन् भन्ने ब्यङ्ग्य हो।

यहीँ हाम्रो राजनीतिक परिवेश हेरौँ न ठूला बडा सबै नेताहरु माघ ८ मा जसरी भएपनि संविधान आउँछ भन्दै फलाकिरहेका छन्।

जबकि, दलहरुबीच शासकीयस्वरुप राज्य पुनसंरचना निर्वाचन प्रणाली लगायतका बिषयमा फरक मत छ।

कांग्रेस एमालेको सात प्रदेश अनि माओवादी दश प्रदेशको अडानबाट लचिलो हुने समाचारहरु आएकै हुन्। जे होस् उनीहरु सहमतिमा माघ ८ मै संविधान जारी गर्ने भन्दै फुकिरहेका छन्।

पीकेले फिल्ममा भनेझैँ 'हम कन्फूजिया होए ए जी!'

चाहे त्यो प्रधानमन्त्री शुशील कोइराला होऊन् या शीर्ष दलका अरु नेताहरु नै।

उनीहरु एक साताभित्र विवादित बिषयमा सहमति जसरी नि हुन्छ भनिरहेका छन्। अझ केही दिनअघि प्रधानमन्त्रीले भने, 'हाम्रो देश धर्म निरपेक्ष भयो, यो मलाई थाहा थिएन।' कत्ति हाँस्नु!

हामी जनता पनि वास्तवमै कन्फयूजनमै छौँ। पीकेमा अमिर खान रुमलिए झैँ।

यति लामो समयसम्म नजुटेको सहमति कसरी जुट्न सक्छ त, केही दिनमै? पीकेको स्टोरीसँगै डेभ्लप भएको डायलग, हाम्रो देशको राजनीतिक संस्कारसँग ठ्याक्कै उल्टोगरी मिल्छ, 'हमारे गोलेमे सब पोलिटिसयन झुट बोलता है।'

अनि पीकेकै अर्को डायलग 'ए रंग नम्बर है' पनि उत्तिकै चोटिलो छ। भगवानसँग प्रत्यक्ष सञ्चार गर्न सक्ने भनेर तपस्वी महाराजले उसको रिमोट राखेको हुन्छ।

तपस्वी झूटा भबिष्यवाणि गरेर सबैलाई अलमल पारिरहेका हुन्छन्। हाम्रा नेताहरुले संविधानसभाको दोस्रो चुनावताका गरेका बाचा अनि यत्रो ताहुर माहुरले पनि माघ ८ मा संबिधान ल्याउन सकेनन् भने हामीले पनि फलानो पार्टीका फलानो नेता 'रङ नम्बर' हो, भनेर भन्ने पालो आउँदैछ।

अर्को छुटाउनै नहुने डायलग मान्छेहरु 'आइ लभ फिस, आइ लभ चिकेन' भन्छन्। त्यसको अर्थ म माछालाई माया गर्छु,म कुखुरालाई माया गर्छु भन्ने होइन। बरु ठ्याक्कै उल्टो 'म माछा र कुखुरालाई मार्छु र खान्छु' भन्ने अर्थ हो।

अर्थात, त्यत्रो शसस्त्र युद्ध गरेर आएको माओवादी राजतन्त्रलाई काखी च्यापेको कांग्रेस, एमाले मधेशवादी पार्टीहरु लगायत आठ राजनीतिक दलहरुसँगको सयुक्त प्रयासमा संविधानसभाको चुनाबमा गए।

४ बर्षमा संविधानसभा तुहियो, विना संविधान। सोझा जनता झुक्किए। त्यतिखेर “आइ लभ संविधानसभा' भनेर दलहरुले भने अनि चुनाब भएपछि 'आइ लभ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' पनि भने तर, 'आइ लभ संविधानसभाको चुनाव' भनेको संविधान बनोस् भनेर संविधान निमार्णका लागि हैन रहेछ। संविधानसभा भंग गर्नका लागिरहेछ। अब माघ ८ आउँदैछ। हामी फेरि पनि झुक्किदैछौँ की भन्ने लाग्दैछ।

0 comments:

Post a Comment