Saturday, December 27, 2014

रजनीकान्तको ‘लिंगा’ हेर्दा ५८ वर्षीय राजेन्द्र नामका एक व्यक्तिको ज्यान गयो

मुम्बई । बलिउड स्टार रजनीकान्तको फिल्म ‘लिंगा’ हेर्दाहेर्दै एक जनाको मृत्यु भएको छ । कोयम्बटुरस्थित एक सिनेमाहलमा फिल्म हेर्ने क्रममा ५८ वर्षीय राजेन्द्र नामका एक व्यक्तिको मृत्यु भएको हो ।


केही महिनायता क्यान्सरको उपचार गराई रहेका उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनलाई चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए ।

चिकित्सकको सल्लाह विपरित लुकेर फिल्म हेर्न गएका उनको हलमा नै मृत्यु भएको हो । फिल्म सकिएपछि हल सफा गर्ने क्रममा उनलाई कर्मचारीहरुले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनले अहिलेसम्म रजनीकान्तका सबै फिल्म हेरेको र कट्टर फ्यान भएको परिवारजनले जनाएका छन् ।

0 comments:

Post a Comment