Friday, December 26, 2014

लिजाको बलिउड यात्रा

काठमाडौ, पुस १० - लिजा हेडनको यो वर्षचाहिँ सुखद रह्यो । २०१४ को सुरुआत उनले 'क्विन' बाट गरेकी थिइन्, जसमा गरिएको स्वाभाविक अभिनयबाट उनले मनग्गे प्रशंसा कमाइन् । त्यसपछिको 'द शौकिन्स' ले पनि उनलाई निराश पारेन ।


भारतीय बाबु र अस्ट्रेलियन आमाकी यी छोरीको बलिउड प्रवेश सुखद थिएन । मोडलिङ अनुभव भएकी उनले 'आयशा' मार्फत डेब्यु गरेकी थिइन् । त्यो चलेन नै, त्यसपछिको 'रास्कल्स' ले पनि बक्स अफिसमा पानी मागेन ।

तर लाग्छ, असफलताको त्यो अनुभवले उनलाई परिपक्व बनाउँदै लग्यो, सिकाउँदै लग्यो ।

सिडनी र मुम्बईमा बालापन गुजारेकी २८ वर्षे अभिनेत्रीलाई हिन्दी बोल्न आउँदैन । आठ सन्तानमध्ये दोस्री उनको फेसन दुनियाँमा प्रवेश आकर्षक शरीरकै कारण भएको हो । त्यसबाहेक पनि उनमा अन्य केही खुबी छन् ।

उनी आफैंमा एक आन्ट्रप्रेन्योर हुन् । उनको आफ्नै अर्गानिक ब्युटी ब्रान्ड छ, नेकेड । उनी सौन्दर्य प्रसाधनहरू बेच्ने गर्छिन् । 'शरीरका लागि अत्यावश्यक तत्त्वहरूलाई फुलफिल गर्ने सोचले नेकेड सुरु गरिएको हो, मोइस्चराइजिङ जस्तै,' उनले सुनाउँछिन्, 'मेरो उत्पादनहरू एकदमै शुद्ध हुने गर्छन् । कुनै रिभोल्युसन गरेको त म दाबी गर्दिनँ, तर के चाहिँ भन्छु भने, मेरा उत्पादनहरू प्राकृतिक हुने गर्छन् ।'

लिजालाई लाग्छ, घर वा कार किन्नुभन्दा आमा बन्नु बुद्धिमानी हो । 'अचानक, अचेल अनेकतिरबाट कमाइ हुन थालेको छ,' उनी भन्छिन्, 'यसरी आएको पैसा म ठूलो घर वा कार किन्नमा उडाउन चाहन्नँ, किनकि त्यस्ता चीजले अस्वाभाविक रूपमा घमन्डी बनाइदिन्छन् । त्योभन्दा त बरु बच्चा पाउनु राम्रो हो नि । त्यसमा हुने खर्च चाहिँ उचित हो ।'

'सादा जीवन उच्च विचार' खाले यस्तै जीवनशैलीले बलिउडकी यी आउट साइडरलाई सफलता चखाउँदै लगेको हो ।

1 comment:

  1. what is better?if we apply personally or through the help of consultancy?

    ReplyDelete