Tuesday, December 30, 2014

पाकिस्तानी अभिनेत्री विना मल्लिकलार्इ २६ वर्ष जेल सजाय

एजेन्सी:  पाकिस्तानी अभिनेत्री विना मल्लिकलार्इ गिलगित बल्तिस्तानस्थित आतंकवाद विरुद्दको एक अदालतले २६ वर्षको जेल सजाय सुनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीसँगै पाकिस्तानस्थित जियो टेलिभिजन स्टेशनका मालिक मिर सकिलुर रहमानलार्इ पनि २६ वर्ष जेल सजाय र १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ ।


अन्नपूर्ण लेख्छ, जियो टिभीमा प्रसारण भएको एक कार्यक्रममा बजाइएको धार्मिक गीतमा विना मल्लिक उनका पतिका साथ नृत्य गर्दै गरेको अवस्थामा देखिएकी थिइन् ।
अदालतले मल्लिकको ब्यवहारले मुसलमानको धार्मिक भावनामा चोट पुगेको जनाउँदै यस्ता हर्कत रोक्न उनीहरुलार्इ कडा सजाय दिनुपरेको भनेको छ । तर अदालतको आदेश भने कार्यान्वयन हुने सम्भावना कम रहेको छ ।

अदालतको आदेशमा विना मल्लिक र जियो टेलिभिजनका मालिकलार्इ गिरफ्तार गर्ने सम्भावना कम रहेको बीबीसीले उल्लेख गरेको छ । सजायको आदेश दिने अदालत रहेको प्रान्त गिलगित बल्तिस्तानलार्इ पूर्ण प्रान्तको अधिकार प्राप्त भइनसकेकाले उनीहरु गिरफ्तार हुने अवस्था छैन । पूर्ण प्रान्त भइनसकेको गिलगित(बल्तिस्तानको अदातले दिएको आदेश पाकिस्तानका अन्य प्रान्त लागू नहुने भएकाले उनीहरु दुबैजना तत्काल जेल जाने अवस्था भने नरहेको हो ।

0 comments:

Post a Comment