Monday, December 8, 2014

अब कलेजो प्रत्यारोण नेपालमै गर्न सकिने

सफल भक्तपुरको दुधपाटी स्थित मानव अंग प्रत्यारोपण केन्द्रले अबको केही समय पछि बाट मानिसको शरीरमा कलेजो प्रत्यारोपण गर्ने भएको छ ।


केन्द्रले नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपणको लागि तयारी सुरु गर्न लागेको केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले बताए । हाल प्रत्यारोपण गर्न विदेश जानु पर्ने र एक जनाको कलेजो प्रत्यारोपणका लागि १ करोड रुपैयाँ खर्च लाग्ने गरेको छ ।

विदेशिने गरेको मुलुकको पैसा स्वदेशमै रोक्न पनि यो सेवा महत्वपुर्ण हुने छ । रकम निकै धेरै भएकाले साधारण नागरिक उपचारको पहु“चमा नरहेका केन्द्रले स्वदेशमै प्रत्यारोपण सेवा दिने तयारीमा जुटेको श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार कलेजो प्रत्यारोण सुरु गर्न अझै एक वर्षको तयारी आवश्यक पर्छ अत्यावश्यक उपकरण खरिद गर्ने प्रक्रिया सुरु गरीएको छ ।

तालिम लिन १० जना चिकित्सकको टोली बेलयात जाने तयारीमा रहेका केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

0 comments:

Post a Comment