Tuesday, December 30, 2014

२०७१ मङ्सिर महिनामा मात्र दश महिलाको हत्या

काठमाडौँ, १३ पुस । मङ्सिर महिनामा दश किशोरी तथा महिलाको हत्या भएको एक अध्ययनले देखाएको छ ।


सञ्चारिका समूह नेपालले गत मङ्सिर १ गतेदेखि २९ गतेसम्म १४ राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमनबाट ६२ यस्ता समाचार सामग्री प्रकाशन भएको देखिएको हो । महिलामाथि हुने हिंसालाई १३ शीर्षकमा अनुगमन गरिएको अनुगमन संयोजक रामशरण सेढाईंले बताउनुभयो । तीमध्ये बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सीप्रथा, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य शीर्षक छन् ।

समाचारमा १६ बलात्कारको घटनामा ६८ समाचार सामग्री प्रकाशन गरिएको थियो । गत महिनामा १४ दैनिक पत्रिकामा महिला बेचबिखनका १० घटनाका ५७ सामग्री प्रकाशन भएका थिए । महिलाकोे स्वास्थ्यअधिकारको हनन् भएका विषयका ४२ समाचार, विचार तथा सम्पादकीय प्रकाशन भएका थिए ।

परम्परागत र धार्मिक हिंसाका ५० समाचार, विचार तथा सम्पादकीय छापिएकामा पाँच घटना थिए भने १२ यौन दुव्र्यवहारका घटनाका ३८समाचार सामग्री प्रकाशित थिए ।

सोही अध्ययनले महिलामाथि हुने घरेलु हिंसासँग सम्बन्धित दुई घटनाबारे ११ समाचार, विचार तथा सम्पादकीय छापिएको देखाएकोे छ । त्यस्तै बहुविवाहका १० समाचार, विचार तथा सम्पादकीय छापिएकामा चार घटना प्रकाशित थिए ।

0 comments:

Post a Comment