Sunday, December 28, 2014

एयर एसियाको विमान सम्पर्कविहीन विमानमा १६२ जना यात्रु भएको

१३ पुस, काठमाडौं । इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ । सुरबयाबाट सिंगापुरका लागि उडेको एयर एसिया इन्डोनेसियाको QZ ८५०१ एयरबस सम्पर्कविहीन भएको हो ।

विमानमा १६२ जना यात्रु भएको इण्डोनेसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।
एयर एसियाले एयर ट्राफिक कन्ट्रोलसँग स्थानीय समय अनुसार विहान ७:२४ मा सम्पर्क टुटेको बताएको छ । साथै उसले विमानको खोजी भइरहेको बताएको छ ।
विमानमा चालक दलका ६ सदस्य र एक इन्जिनयर पनि थिए ।
विमानमा यात्रु नेपाली छैनन्

हराइरहेको विमान नेपाली यात्रु नभएको एयर एसियाले जनाएको छ । उसले फेसबुकबाट सार्वजनिक गरेको यात्रु सूचीमा नेपाली छैनन् ।
१५६ इन्डोनेसियाली, तीन दक्षिण कोरियाली तथा फ्रान्स, मलेसिया र सिंगापुरका एक-एक नागरिक छन् । जसमा १६ बच्चा र ७ जना चालक दलका सदस्य छ्न् ।

बीबीसीका अनुसार कालीमान्टान र जाभा आइसल्याण्ड बीचमा पर्ने जाभा समुन्द्रमाथि पुगेपछि विमानको सम्पर्क टुटेको यातायात मन्त्री हादी मास्तोबाले जनाएका छन् ।
एयर कन्ट्रोलसँग सम्पर्क टुट्नु अघि चालक दलका सदस्यले वादलका कारण मौसम खराव रहेको भन्दै अर्को रुटबारे सोधेको समेत उनले बताएका छन् ।

यो वर्ष मलेसियाको मलेसियन एयरलाइन्सको दुई विमान दुर्घटनामा परिसकेको छ । गत मार्चमा २३९ यात्रुसहित जाकार्ताबाट बेइजिङका लागि उडेको विमान अझै भेटिएको छैन् । मलेसियन एयरले सबैको मृत्यु भएको घोषणा गरिसकेको छ ।

जुलाइमा मलेसियन एयरकै अर्को विमान युक्रेनमा दुर्घटना भयो, जसमा २९८ जनाले ज्यान गुमाए । विमानमा क्रिमियाका पृथकतावादीले रकेट आक्रमण गरेको बताएपनि पुष्टि भएको छैन ।

0 comments:

Post a Comment