Monday, December 15, 2014

गर्भनिरोधक औषधीका साइड इफेक्टहरु थाहा पाई राख्नुहोस् !

हर्मोन आधारित गर्भ निरोधक औषधीको साइड इफेक्ट हुन थालेमा चिन्ताको विषय बन्ने गर्दछ । हुन त गर्भ निरोधक औषधीको कुनै पनि गम्भीर प्रकारको साइड इफेक्ट त हुँदैन तर यसले महिलाहरुलाई केहि न केहि असर पुर्याइरहेको हुन्छ ।


गर्भवतीबाट हुन बचाउने गर्भ निरोधक औषधीको प्रयोग गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग यसको विषयमा सल्लाह गर्न नबिर्सिनुहोस् । गर्भ निरोधक औषधी थुप्रै पटक कष्टप्रद हुने गर्दछ किनभने यसले महिनावारी अनियमित बनाउनुका साथै यसको प्रयोगले महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुने गर्दछ । गर्भनिरोधक औषधीको साइड इफेक्ट निम्न प्रकारका छन्ः

१. टाउको दुखाईः यदि तपाईंले गर्भनिरोधक औषधीको सेवन गर्न सुरु गरिसक्नु भएको छ भने यसलाई लामो समससम्म नलिनुहोला । गर्भनिरोधक औषधीको सबैभन्दा सामान्य साइडइफेक्ट टाउको दुखाई हो । थुप्रै लक्षणहरु उक्त पिल्समा पाइने एस्ट्रोजनको कारणले पनि हुने गर्दछ । यदि तपाईं यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यसको विकल्प खोज्न सुरु गर्नुहोस् ।

२. वाकवाकीः गर्भनिरोधक औषधीलाई हर्मोनल बर्थ कन्ट्रोल मेथड मानिन्छ । महिलाहरुलाई ओभ्युलेसनलाई रोक्नका लागि यसमा एस्ट्रोजन र प्रोजेस्टरोन राखिएको हुन्छ । यस्ता पिल्समा भएको हर्मोनका कारण थुप्रै पटक महिलाहरुले दीर्घरोगको पनि सामना गर्नुपर्ने हुन्छ ।

३. असामान्य रक्तश्रावः धेरैजसो महिलाहरु जब पहिलोपटक गर्भनिरोधक औषधी खाने गर्दछन् तब उनीहरुले महिनावारीको दौरान असामान्य रक्तश्रावको सामना गर्नुपर्ने हुन्छ ।

४. स्तनमा दुखाईः जब तपाईं गर्भनिरोधक औषधी खान सुरु गर्नुहुन्छ तब तपाईंको स्तनमा पिडा हुन्छ भने ठूलो पनि हुने गर्दछ । तपाईं क्याफिन अथवा नुनको सेवन अथवा सजिलो खालको ब्रा को प्रयोग गरेर दुखाईलाई कम गर्न सक्नुहुन्छ । जो महिला लामो समयदेखि यस्ता पिल्स खाइरहेका छन्, उनीहरुले डाक्टरको परामर्श लिइरहनुपर्ने हुन्छ । यदि तपाईंको छातीमा दुखाई, उच्च रक्तचाप, स्तन क्यान्सर, सास फेर्दा समस्या, पेटमा अत्यधिक दुखाई भएमा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक छ ।

५. यौन रुचीमा कमीः हुन त यौनसम्पर्कमा अरुची हुने कारण थुप्रै हुन्छन् तर गर्भनिरोधक औषधीमा पाइने हर्मोनले यसको सम्भावनालाई अझ बढाउने गर्दछ । यस्ता साइड इफेक्टको बारेमा पहिले नै जानकार भई यसको प्रयोगमा सावधान रहनुहोला । 

0 comments:

Post a Comment