Wednesday, December 31, 2014

२८ बर्षको उमेरमा महिलाहरु बढी सेक्सी हुन्छन

२३ पुस,एजेन्सी – महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो।  भन्


सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो।

सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्ना पयर लामा र सुडौल होस् भन्ने चाहना राखेको बताए। २८ वर्षको उमेरताकाको फिगरमा अधिकांस महिला सबैभन्दा बढी सन्तुष्ट र खुशी हुने गरेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा महिलाहरू ३२ वर्षको उमेरमा सबैभन्दा बढी आत्मविश्वासी हुने नतिजा देखिएको छ। ३२ वर्षको उमेरमा महिला पूर्ण आत्मविश्वासी हुुनुमा उनीहरूलाई सहयोग गर्ने साथी र परिवारको हात रहने पाइयो।
सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता थियो। सहभागी दुई हजार महिलामध्ये ७५ प्रतिशत महिलाले आफ्नो कुनै अंग फेर्न पाए पनि आफ्नो ‘बडी सेप’ जस्ताको तस्तै राख्ने बताए।

२३ प्रतिशत महिलाले आँखा, २० प्रतिशतले वक्ष र १३ प्रतिशत महिलाले दिमागलाई आफ्नो सबैभन्दा आकर्षक अंग बताए। फेर्नु परे कुन अंग फेर्नु हुन्छ भन्ने प्रश्नमा ४१ प्रतिशत महिलाले लामो र सुडौल पयर बनाउन चाहने जवाफ दिए। सर्वेक्षणमा महिलालाई अग्लो हिल जुत्ता लगाउँदा, मेकअप गर्दा, हेयरस्टाइल बनाउँदा र बाहिर जानुअघि तयार हुदाँ सबैभन्दा आनन्द लाग्ने तथ्य पत्ता लागेको छ।

सर्वेक्षणमा सहभागीमध्ये आधा महिलाले आफ्नो जीवनबारे धेरै सोचेर टाउको दुखाउन नचाहेको बताए। कामसँग सम्बन्धित कठीनता र आफ्ना पतिलगायत मित्रले छोडेमा महिलामा आत्मविश्वास घट्ने तथ्य समेत अध्ययनमा फेला परेको छ।

सन् २०१४ का रोचक घटनाहरु जसलाई बिर्सिनै नसकिने (फोटोफिचर सहित्)

सन् २०१४ को आज अन्तिम दिन अर्थात भोलीको बिहानीले हाम्रो जीवनमा एउटा अर्को वर्ष थप गरेको संकेत गर्नेछ । यदि हामीले पूरै एक वर्षलाई सम्झेर हेर्ने हो भने हामीमध्ये धेरैले गएको वर्षमा तीता–मिठा घटनाहरुको सामना पक्कै गर्यौँ । हाम्रो जीवनमा मात्र नभई संसारमा पनि त्यस्ता थुप्रै घटनाहरु भए जसलाई मानिसहरुले राम्रो र नराम्रो रुपमा आफ्नो मानस्पटलमा सम्हालेर राख्नेछन् । हामी आज तपाईंहरुलाई ती घटनाहरुको तस्बिर सार्वजनिक गदैछौँ जसको चर्चा देश–विदेशका सञ्चार माध्यममा त भयो नै सामाजिक संजाल फेसबुक र माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि यसले निकै चर्चा बटुल्न सफल भएको छ ।


१. आइएसले १५ सैनिकको टाउको काटेको घटनाः नोभेम्बरः कुख्यात आतंककारी संगठन इस्लामिक स्टेट (आइएस) ले क्यामराको अगाडि १५ सिरियाली सैनिकहरुको एकैपटक शिर काटेको तस्बिर देख्ने मानिसले सम्भवतः यो घटनालाई कहिले बिर्सन सक्दैनँ । शिर काटिएको सैनिकको शरिरमाथि उनीहरुको टाउको राखेर आइएसले उत्सव नै मनाएको थियो । आइएसले अहिलेसम्म ६०० सैनिकहरुको शिर छेदन गरिसकेको छ ।


२. अक्टोबरः लण्डनको सडकमा एक युवतीले युवकको घाँटीमा डोरी बाँधेर घुँडा टेकाएर हिँडिरहेको दृश्यले पनि धेरै मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भएको थियो । यी युवतीले आफ्ना साथीलाई कुकुर जसरी लण्डनको सडकमा करिब पाँच घण्टा घुमाइन् । युवकले शर्त हारेका कारण उनलाई सजायँ स्वरुप त्यस्तो गरिएको युवतीले बताएकी थिइन् । उक्त फोटो सोसल मिडियामा निकै चर्चित पनि भएको थियो ।


३. फेब्रुअरी – भगवान गणेश जसरी बसिरहेको यो हात्तीको तस्बिर पनि सन् २०१४ मा निकै चर्चित भएको मानिन्छ । उक्त फोटो आसामको हो । रेलको ट्र्याक पार गर्ने क्रममा यो हात्तीको बच्चा एउटा खाल्डोमा खसेको थियो । खाल्डोमा खसेको हात्तीको बच्चालाई देखेपछि रेल रोकियो र त्यहाँका मानिसहरुले उद्धार गर्यो । बसिरहेको हात्तीलाई खाने कुराहरु देखाएर उभ्याइयो तत्पश्चात मानिसहरु हात्तीलाई त्यहाँबाट निकाल्न सफल भए ।


४. सेप्टेम्बरः मकसुद नामका दिल्लीमा बस्ने यी मानिस चिडियाखानामा जनावरहरु हेर्न जाँदा बाघको खोरमा खसेका थिए । अचानक बाघको खोरमा खसेका मकसुद आफूलाई बाघले नमारोस् भन्ने उद्देश्यका साथ बाघलाई पटक–पटक नमस्कार गरिरहेका थिए । करिब १५ मिनेट बाघले उनलाई हेरिरह्यो । त्यहाँ रहेका मानिसहरुले बाघलाई ढुङ्गा फ्याँकेपछि बाघ भड्क्यो र उनको गर्दनमा समातेर दौडियो ।


५. नोभेम्बरः न्यूयोर्ककी १०० वर्षकी हजुरआमाले आकाशमा छलाङ मारेर सबैलाई अचम्मित पारेकी थिइन् । आफ्नो ९० औँ वर्षको जन्मदिनमा स्काई डाइभ गरेका अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुसको रेकर्ड तोड्न उनी सफल भएकी छिन् ।


६. डिसेम्बरः १६ डिसेम्बरमा पेसावरको आर्मी स्कुलमा भएको हमलालाई सायदै कोही मानिसहरुले बिर्सनेछ । आतंककारीहरुले एउटा–एउटा कक्षामा गएर विद्यार्थीहरुमाथि गोली बर्साएका थिए । उक्त हमलामा १३२ बालबालिकासहित १४८ को मृत्यु भएको थियो ।


७.अष्ट्रेलियाका क्रिकेट खेलाडी ह्युजलाई एक लिगका दौरान टाउकोमा बाउन्सर बल लाग्यो । उनी कोमामा भएकै बेला दुई दिनपछि उनको मृत्यु भयो । ७. अगस्टः चीनको झेजियांगमा एउटा कारमाथि निकै ठूलो सिमेन्ट मिक्स्चर खसेको थियो । कार चकनाचुर भएको थियो तर त्यहाँ भित्र रहेकी महिला चालक भने सुरक्षित । करिब एक घण्टा आधासम्म कारभित्र नै फसेकी उनलाई सामान्य चोट मात्र लागेको थियो । उनलाई कारबाट निकै मुस्किलले बाहिर निकालिएको थियो ।


८. फेब्रुअरीः राहुल गान्धी कांग्रेसका महिला कार्यकर्ताहरुसँग छलफल गर्न जाँदा एक महिलाले पछाडिबाट उनको गालामा चुम्बन गरिन् । यो घटनाले निकै नराम्रो मोड लिएको थियो । महिलाको यो व्यवहारले रिसाएका उनका श्रीमानले उनलाई मट्टितेल खन्याएर उनलाई जिउँदै आगो लगाइदिए ।


९. जुनः
सन् २०१४ को वल्र्डकपमा कोलम्बियाका खेलाडीको खुट्टाको टक्करबाट ब्राजिलका खेलाडी नेमारको ढाडको हड्डी टुटेको थियो । जसका कारण उनी विश्वकपबाट बाहिर हुनुपरेको थियो ।

सन् २०१४ विश्वमा सर्वाधिक चर्चित घटनाहरु (भिडियोसहित)

काठमाडौं, पौष १६ । सन् २०१४ हामीबाट बुधबारदेखि बिदा हुँदैछ । विभिन्न आरोह–अवरोह, उतार–चढाव पार गर्दै बितेको २०१४ का महत्वपूर्ण घटनाक्रमलाई समेटिएको एक रिपोर्ट ।
























अब शंकर बीसीले गिनिज बुकमा नाम लेखाउने (भिडियो सहित् )

टेलिभिजन खोल्यो कि, लोकगीतमा एउटा ठिटो नाचिरहेको हुन्छ । यसरी अधिकांश लोकगीतमा नाच्ने ठिटोको नाम शंकर बीसी हो । नेपाली लोकगीतको म्युजिक भिडियोमा शंकर बीसी सर्वाधिक चर्चित नाम बनेको छ ।


उनै शंकर बीसी अब एउटा दाबीका साथ गिनिज बुकमा नाम लेखाउने तयारीमा लागेका छन् । शंकरले आजसम्म १६ सयवटा लोकगीतको म्युजिक भिडियो निर्देशन र ९ सयवटा भिडियोमा अभिनय गरिसकेका छन् । कुनै पनि व्यक्तिले आजसम्म यति धेरै भिडियोमा अभिनय नगरेको भन्दै बीसीले ‘गिनिज बुक अफ दि वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै शंकरले बलिउड र हलिउडमा पनि यस्तो नभेटिएकाले आफूले दाबी गरेको बताए ।



बीसीले आफूले अभिनय गरेका पााच सय म्यूजिक भिडियो संकलन गरिसकेको बताएका छन् । अब ४ सयवटा भिडियो संकलन गरेपछि ‘गिनिज बुक’ प्रक्रियामा लाग्ने उनले बताएका छन् ।

श्रीकृष्णको जन्मदिनमा श्वेताले भनिन् ‘जीवनभर हजुरकै यादमा बाँचिरहने छु

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनका अबसरमा आज उनकी पत्नी श्वेता खड्काले लामो पत्र लेख्दै आफ्नो बह पोखेकी छिन् । श्वेताले बुधबार आफ्नो फेसबुक वालमा पत्र लेख्दै जीवनभर उनकै यादमा बाँचिरहने र माया बढिरहने बताएकी छिन् । आफु केही समयदेखि अस्वस्थ्य रहेको भन्दै उनले आफ्नो स्वास्थ्यलाभका लागि भिख माग्ने बताएकी छिन् ।


श्वेता खड्काले फेशबुकमा लामो स्टाटस लेख्दै श्रीकृष्णले केक काट्दै गरेको तस्बिर पोष्ट गरेकी छिन् । साथै उनले सुटिङको क्रममा खिचिएका अन्य केही तस्बिर समेत पोष्ट गर्दै लेखेकी छिन् । जुन तस्बिरमा श्री र श्वेता रमाएको देखिन्छ । उनले स्टाटस लेखेकी छिन् ‘यो जीबनमा हजुर र म यति छिटो अलग हुनुपर्छ भनेर मैले कहिल्यै सोचेकी थिइन् ।’ मृत्यु कसैको बसमा नहुने भन्दै उनले अगाडी लेखेकी छिन् ‘मलाई पुरा विश्वास छ हरेक दिन हजुरले मलाइ नजर लगाइरहनु भएको छ र मलाई सँधैभरि आशिर्वाद दिनुहुने छ ।

श्वेताले लेखेको पत्र भाषिक सम्पादनसहित जस्ताको त्यस्तै
यो जीवनमा हजुर र म शारीरिक रुपमा यति छोटो समयमा अलग हुनपर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन । हजुरले बारम्बार भनेको कुरा – जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ, अनेकौं कोशिश गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन । हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन । बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ,त्यो त मात्र रात परेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ , यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ ।

लामो समयको मिहेनत, मायाँ नै मायाँले भरिएको बिश्वास , हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन , आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो । हजुरले म प्रति गरेको माया , बिस्वास , साथ र त्याग म मेरो मन मस्तिष्क जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु । मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आर्शिवाद दिईरहनुहुनेछ । मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ ।

किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ । आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी , मेरो ढुकढुकी हजुरलाई सम्झेर – केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु । एकै छिनमा हाँश्न थाल्छु , छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिश गरेको छु । किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ । आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्थित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनु को सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु । हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन , म रातदिन सुत्न परेको छ , मलाई सन्चो भएको छैन , मैले जति कोशिश गरेपनि म उठ्न सकेको छैन ।

प्लिज मलाई हजुरले शक्ति दिनुहोला, छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला, हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन, मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रोसँग आफ्नै शरीर सम्हाल्न सकेको छैन । प्लिज मलाई साथ दिनुहोस् र छिटै निको बनाएर अघि बढाईदिनुहोस् । यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा । हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचिरहनेछु । यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना । हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु । यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना ।

अब अाधा दर्जन एयरलाइन्सले नेपालमा उडान थाल्दै

१६ पुस, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बिमान अभावमा बजार गुमाइरहेका बेला थप ६ वटा बिदेशी बिमान कम्पनीले नेपाल उडान गर्ने तयारी गरिरहेका छन् ।


सन् २०१५ को सुरुवातमै यी बिमान कम्पनीहरुले त्रिभुवन बिमानस्थलबाट नियमित उडान थाल्नेछन् ।
उडान थाल्न लागेका एयरलाइन्सहरुमा बंगलादेशको रिजेन्ट एयरलाइन्स, मलेसियाबाट मालिन्दो एयरलाइन्स, चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स, श्रीलंकाबाट मिहिलंका एयरलाइन्स, भारतबाट गो एयर र तिब्बतबाट हिमालयन एयरलाइन्सले उडान गर्ने भएका हुन् ।

हिमालयन एयरलाइन्स नेपाली व्यवसायी र तिब्बत एयरलाइन्सको सहकार्यमा सञ्चालनमा आउन लागेको हो । हाल नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान सञ्चालन अनुमति (एओसी)को प्रकृयामा रहेको हिमालयन एयरलाइन्स फेब्रुअरीबाट उडान सुरु गर्ने तयारीमा छ ।
नयाँ एयरलाइन्सको प्रवेशसँगै नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनी ३३ पुग्ने छन् । अहिले नेपाल एयरलाइन्स र बुद्ध एयरसहित २७ वटा एयरलाइन्सले नेपालमा अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् ।

ढाका रुटमा प्रतिस्पर्धा बढ्ने
बंगलादेशको रिजेन्ट एयरलाइन्सले यही डिसेम्बर २७ तारिखदेखि सातामा सातै दिन उडान गर्नेगरी स्विकृत लिइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।
अहिले नेपालमा बंगलादेशबाट विमान बंगलादेशले उडान भरिरहेको छ । रिजेन्टको प्रवेशसँगै बंगलादेश-नेपाल उडान भर्ने एयरलाइन्सको संख्या दुई पुग्नेछन् । ढाका हुँदै मलेसिया जाने नेपाली श्रमिकको हवका रुपमा बंगलादेशी बिमान कम्पनीहरुले नेपालमा उडान गरिरहेका छन् ।

क्वालालम्पुर-काठमाण्डौमा चार बिमान कम्पनी
मलेसियाको मालिन्दो एयरले पनि छिट्टै उडान सुरु गर्ने तयारीमा रहेको मन्त्रालयको भनाई छ । मलेसियामा अहिले सबैभन्दा बढी नेपाली कामदारहरु कार्यरत छन् । अहिले एयर एसिया, मलेसियन एयरलाइन्स र नेपाल एयरलाइन्सले काठमाण्डौ-क्वालालम्पुर रुटमा उडान भरिरहेका छन् ।
मालिन्दो एयरको प्रवेशसँगै मलेसिया-नेपाल उडान भर्ने एयरलाइन्सको संख्या ४ पुग्ने छ ।

पहिलोपटक जोडिदै छ श्रीलंका
श्रीलंकाको मिहिनलंका एयरलाइन्सले पनि सन् २०१५को सुरुवातमै नेपालमा उडान सुरु गर्ने गरि प्रकृया अगाडि बढाइरहेको मन्त्रालयले जानकारी दियो । अहिले श्रीलंका-नेपाल सिधा हवाई सम्पर्क छैन् ।
मिहिनलंकाले उडान गरेपछि नेपाल र श्रीलंका सिधा हवाई मार्गमार्फत जोडिने छन् । बुद्धको जन्मस्थल नेपालमा श्रीलंकन बुद्धिष्ट पर्यटक भित्राउन पनि सिधा हवाई सम्पर्कमा जोडिनुपर्ने आवश्यकता थियो । मिहिनलंका एयरलाइन्सको उडानसँगै नेपालमा श्रीलंकन पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

चीनबाट सिचुवान र हिमालयन
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले पनि २०१५ को सुरुवातदेखि नै उडान सुरु गर्ने गरी प्रक्रिया अगाडी बढाइरहेको छ । पछिल्लो समय नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमा चिनियाँ पहिलो नम्बरमा रहेका छन् । जसले गर्दा चिनियाँ एयरलाइन्सहरु नेपालमा उडान गर्न आकषिर्त देखिन्छन् ।
सिचुवानले नेपालमा ‘एयरबस ३२०’ सिरिज जहाजमार्फत उडान सुरु गर्ने बताएको छ । यसले छेन्दु-ल्हासा-काठमाडौं उडान गर्ने छ ।

फ्रेबुअरीदेखि उडान सुरु गर्ने हिमालयन एयरले पनि चिनिया पर्यटकलाई लक्षित गरेको छ । हिमालयनले तीब्बतसहित चीनका विभिन्न शहर, भारतका विभिन्न शहर, दक्षिण पूर्वि एशियामा उडान गर्ने लक्ष्य राखेको छ । यो एयरलाइन्सले कात्तिक १० गतेदेखि सेवा सुरु गर्ने बताए पनि एओसी प्रकृया लम्बिदा उडान तालिका पर सारेको हो ।

भारतबाट गो एयरले पनि छिट्टै आफ्नो सेवा नेपालमा विस्तार गर्ने योजनामा रहेको छ । सबैभन्दा बढी नेपाली तथा भारतीयहरुको आवत-जावत हुने दुई देशलाई एयर इन्डिया, स्पाइस जेट र इन्डिगो एयरले हवाई मार्गबाट जोडिसकेका छन् ।

नेपालमा कमजोर भौतिक संरचना भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि लामो दुरीका मुलुकबाट सिधा हवाई सेवा सुरु गर्न नसकिएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष केशव पाण्डे बताउँछन् ।

‘नेपालको एयरपोर्ट निकै साँघुरो र धावनमार्ग पनि जिर्ण भइसकेको हुँदा यस्ता जहाज ल्याउन कठिन हुन्छ’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक बीरेन्द्रप्रसाद श्रेष्ठले भने ।

Tuesday, December 30, 2014

यी पाँच गल्तीले बिगार्छ तपाइँको स्वास्थ्य

घर तथा कार्यालयको कामले पेलिँदा हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पुग्छ । अस्वस्थ वातावरण, अस्वस्थ खानपान तथा बानी व्यहोराले व्यक्तिगत स्वास्थ्य बिगार्न अझै ठूलो भूमिका खेल्छन् । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पूराउने केही कारण यस्ता छन् जो हामीले दिनहुँ गर्दछौँ ।


यी हुन् ५ गल्ती जो हामीले दिनहुँ दोहोराउँछौँ र यसले हाम्रो स्वास्थ्यमा नोक्सान पूराइरहेको हुन्छः
१. राति अवेर सुत्नु-
प्रायः हामी रातमा अवेरमात्र सुत्छौँ । कतिले कामका कारण छिटो ओछ्यानमा लड्न पाउँदैनन् भने कतिले खासै काम केही नभएपनि टिभी, कम्प्युटर तथा मोबाइलमै रात ढलुन्जेल बिताउँछन् । रात अबेर सुत्ने र बिहान छिटै उठ्ने गर्दा पर्याप्त निद्रा पुग्दैन । निद्रा नपुग्नाले खानपिनको आनीबानी बिगि्रनुका साथै स्मरण लगायतका स्वास्थ्य समस्या पनि आउँछन् । कम सुत्ने बानीले मानिसलाई बढि भोक लाग्ने र यसबाट मोटोपनाको समस्या पनि उत्पन्न हुने विज्ञहरु बताउँछन् ।

२. खाना खाने बित्तिकै ब्रस गर्ने- 
खाना खाएपछि दाँत माझ्नुपर्छ, हामी सबैलाई थाहा छ । तर खाना खाने बित्तिकै दाँत माझ्नु हुँदैन, केही समय पर्खिनुपर्छ । खाना खाने बित्तिकै दाँत माझ्नाले दाँतमा असर पुग्छ र दाँत खिइने तथा कमजोर हुने समस्या पैदा हुन्छ । खाना खाएको कम्तीमा ४० मिनेटपछि मात्र दाँत माझ्नु उपयुक्त हुने बताइन्छ ।

३. बारम्बार अनुहारमा हात लगाउने-
धेरै मानिसको बानी नै हुन्छ अनुहारमा हात दलिरहने । कतिपयले अनुहार राम्रो देखाउनका लागि समेत हातले पुछिरहन्छन् । तर यसो गर्नु राम्रो होइन । यसरी बारम्बार अनुहारमा हात दल्नाले अनुहारको छालामा हातमा भएका जिवाणु सर्ने र त्यसले अनुहारको छाला संक्रमित हुने जोखिम बढि हुन्छ ।

४. सुत्नुभन्दा पहिले मोबाइल हेर्ने - 
सुत्नु भन्दा पहिले मोबाइल हेर्ने बानी पनि खराब हो । यसले निँद कम आउने तथा हृदयाघातको जोखिम पनि बढ्ने विज्ञहरु बताउँछन् । सुत्नुअघि फोन चलाउने काम गर्नुहुँदैन ।

५. घाममा ठमठमी हिँड्ने- 
सूर्यको किरणमा हुने हानिकारक किरणहरुले अनुहार तथा सरीरको अन्य भागको छालामा असर पूराउँछ । त्यसैले घाममा नांगो छाला देखाएर हिड्नु हुँदैन । परावैजनी किरणले क्यान्सर समेत गराउन सक्छ । त्यसैले हानिकारक किरणबाट बच्नको लागि सनस्त्रिmन क्रिम लगाउने वा छाता ओड्ने गर्नुपर्छ । सकेसम्म चर्को घाम लागेको बेला बाहिर अनावश्यक रुपमा हिँड्नु हुँदैन ।

फर्सीको परिकार खानुस्, मोटोपना घटाउनुस् !

फर्सीलाई गरीबको तरकारी भनेर हेँप्ने गरिन्छ । केही सस्तो चिजको कुरा गर्नुपर्यो भने फर्सीको भाउमा पाइन्छ भनेर हो्ँच्याइन्छ । तर यसको मूल्य कम भएपनि महत्व र गुणभने निकै धेरै छ ।


फर्सीमा भिटामिन ए, फलाम, फाइबर लगायतका विभिन्न पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने भएकाले यसको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । अझ खुसीको कुरा त के भने फर्सीको नियमित सेवनले मोटोपनाबाट पीडित मानिसलाई आफ्नो तौल घटाउन समेत सहयोग गर्छ ।

फर्सीलाई वजन घटाउने खानेकुराको रुपमा उपयोग गर्नका लागि उच्च क्यालोरीयुक्त खानेकुरालाई फर्सीका परिकारले प्रतिस्थापन गर्नुपर्छ । उदाहरणका लागि यदि तपाइँले उच्च प्रोटिनयुक्त गेडागुडी तथा सलाद भोजन गर्ने गर्नुहुन्छ भने त्यसको साटो फर्सीको सुप खान थाल्नुहोस् । फर्सीमा कम क्यालोरी मात्र होइन उच्च मात्रामा फाइबर पनि पाइन्छ ।

फर्सीमा उच्च मात्रामा फाइबर पाइने भएकाले यसको सेवनपछि समग्र पाचन क्रिया धिमा हुन्छ र भोक कम लाग्न थाल्छ । फर्सीमा रोग प्रतिरोधी पोषणहरु जस्तै भिटामिन, पोटासियम तथा म्याग्नेसियम समेत पाइन्छ जसले जिउको प्रतिरोधी क्षमता बढाउँछ । फर्सीलाई तरकारीको रुपमा, सलादको रुपमा तथा उसिनेर खाजाको रुपमा समेत सेवन गर्न सकिन्छ ।

चीनमा जिमेल चलाउन प्रतिबन्धः

संसारको लगभग सबै देशमा प्रयोग भइरहेको गुगलको जिमेल सेवालाई चीनले भने पूरै प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएको कुरा गुगलको वल्र्डवाइड ट्राफिक इन्टेक्समा पनि देखाइएको छ ।


स्मरण रहोस्, चीनमा गुगल सर्च, इमेजेज, ट्रान्सलेट तथा अन्य प्रडक्ट जस्तै गुगल प्लस, जीच्याट तथा गुगल ड्राइभमा पहिले नै रोक लगाइसकिएको छ । जीमेलमाथिको प्रतिबन्धप्रति चीनका स्थानीय मानिसहरुले आफ्नो ट्विटर अकाउन्टमा रोष व्यक्त गरेका छन् ।

जिमेललाई अब थर्ड पार्टी एप जस्तै एप्पल मेल अथवा घरेलु इन्टरनेट प्रोभाइडर्समार्फत पनि प्रयोग गर्न नसकिने उनीहरुले बताएका छन् । यद्यपी, चिनियाँहरुले जीमेल प्रयोगका लागि प्राइभेट नेटवर्क, विपियन अथवा प्रोक्सी टुल्स प्रयोग गरिरहेको वाल स्ट्रिट जर्नलले बताएको छ ।

हिन्दी चलचित्र ‘पीके’को विवाद दिल्ली पुग्यो, हलमा तोडफोड

आमिर खानको फिल्म ‘पीके’ को विवाद घट्नुको साटो बढ्दो छ । फिल्म लगातार धार्मिक विवादमा फस्दै गइरहेको छ र अब यसको विरोध दिल्ली पुगेको छ ।


दिल्लीमा बजरंग दल र हिन्दु सेनाले एक हलमा फिल्म चलिरहेको अवस्थामा तोड्फोड गरेका छन् ।
इन्डिया टुडेका अनुसार हिजो सोमबार उक्त फिल्मकै विषय लिएर अहमदावाद र भोपालमा विरोध भएको थियो । फिल्ममा भगवानलाई जसरी चित्रण गरिएको छ, त्यसलाई प्रतिबन्ध गर्न माग गरिएको छ । अहमदावादमा बजरंग दलले बिरोध प्रदर्शन गर्दै फिल्म हलमा निकै उग्र रुपमा बिरोध प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरुले हलको झ्याल भाँच्दै फिल्म विरुद्ध नाराबाजी गरेका थिए ।

स्मरण रहोस्, गत शनिबार योग गुरु रामदेव र गुरु शंकराचार्यले पनि फिल्मप्रति आफ्नो आपत्ति प्रकट गरिसकेका छन् । रामदेवले फिल्मलाई बहिष्कार गर्न अपिलसमेत गरेका छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वातामा रामदेवले हिन्दु धर्मविरुद्ध आजकाल मानिसहरु आपत्तिजनक बयान गर्न थालेको बताए । उनी भन्छन्, ‘ठूला मानिसहरुलाई हिन्दु धर्म विरुद्ध लाग्न निकै रमाइलो लाग्छ ।

यद्यपी आमिर खानले भने आफूले हिन्दु धर्मलाई अपमान गरेको कुरामा सत्यता नभएको बताएका छन् । आफू मुस्लिम भएपनि हिन्दु धर्मलाई आफूले सधैँ सम्मान गर्दै आएको बताउँदै उनले भने, ‘मेरा सबै हिन्दु साथीहरुले फिल्म हेरेका छन् तर उनीहरुले त्यस्तो महसुस नगरेको उनीहरुले मलाई बताएका छन् ।
राजकुमार हिरानी, विनोद चोपडा र अभिजित जोसी सबै हिन्दु नै हुन् । वास्तवमा फिल्मका क्रु मेम्बर्समा ९९ प्रतिशत हिन्दु छन् । उनीहरुले त यस्तो गर्न नसक्लान्,’ उनले फिल्मका निर्देशक, निर्माता र पटकथा लेखकलाई इंगित गर्दै बताए ।

पार्वती राइले तताए जाजरकोट

जाजरकोट । पहिलो पटक जाजरकोटमा आयोजना गरिएको महोत्सवमा राष्ट्रिय कलाकारहरुले गरेका विभिन्न प्रस्तुतिले खलंगा बजार निकै तातिएको छ ।


पुस ११ देखि १७ गते सम्मका लागि तय भएको जाजरकोट महोत्सवको सुरुका दुई दिनमा केहि कम सर्वसाधारणहरुको उपस्थिती भएपनि सोमवार र मंगलवार भने थाप्लेचौरमा भव्य जनसागर उर्लिएको छ । महोत्सवका अवसरमा सन्चालन गरिएका विभिन्न गीत तथा नाँचका कार्यक्रमहरु र स्थानीय झाँकीहरुसंगै अन्य मनोरन्जनात्मक क्रियाकलापहरु हेर्नका लागि त्रिभुवन उच्च माविको प्रांगण मात्र होइन पुरै थाप्लेचौर क्षेत्रमा मानव सागर उर्लिएको छ । महोत्सवका लागि यी दुइ दिनमा पचास हजार वढी सर्वसाधारणहरुले अवलोकन गरेको आयोजकले दावी गरेका छन् ।

महोत्सवमा सर्वसाधारणलाइ चर्चित लोकगायिका कोमल ओली, टीका पुन, हास्य कलाकार कमल गाउँले, चर्चित नृत्यांगना पार्वती राइ , लोकगायक नवीन पौडेल, कृष्ण रेउले लगाएतले भरपुर मनोरन्जन दिए भने स्थानीय लोकनृत्य र झाँकीहरुले पनि महोत्सवमा रौनक्ता थपेका छन् । महोत्सवमा सवै भन्दा वढी पार्वती राइको नृत्यले चर्चा पाएको छ । उनको नृत्य हेर्नलाइ दर्शकहरुको व्यग्र प्रतिक्षा थियो । धोती र चोलीमा नेपाली गीतको धुनमा नाँच्न जव पार्वती देखा परिन् अनि सुरु भयो दर्शकको हुटिंग र ताली । उनको हाउभाउ अनि कम्मर मर्काइको नक्कल गर्दै दर्शकहरु पनि नाचेका थिए ।

कमल गाउँलेको ठटयौली उदघोषण अनि नवीन पौडेलेको जोसिलो गीतले त्रिभुवन उच्च माविको खुल्लामन्च जस्तो चौरमा जम्मा भएका २० हजार वढी दर्शक उत्तेजित अवस्थामा देखिन्थे । उनीहरुलाइ नियन्त्रण गर्न ठुलो संख्यामा जम्मा भएका प्रहरी र स्वयमसेवकहरुलाइ निकै हम्मे हम्मे थियो । एका कुनामा सिंगारु नाँच, अर्काे कुनामा पैसेरी र ख्याली नाँच अनि पर छेउमा खाँडो नाँच विषेश मन्चमा काठमाडौंका कलाकारहरुका विविध प्रस्तुतीले पुरै जाजरकोट झुमेको देखियो ।फरक फरक स्टलहरुमा स्थानीय उत्पादनका सामाग्रीहरुको किनमेलमा कोहि व्यस्त, कोहि रोटे पिंग खेल्न व्यस्त वालवाकिाहरु विभिन्न नमुना सवारीसाधनमा रमाउन व्यस्त जताततै रमाइलोले गर्दा सातै दिन जाजरकोटमै वसीरहन मन लागेको रुकुम चौरजहारीका वीरवहादुर विष्टले वताए । यति रमाइलो भएको छ आफनो घरमा जान मनै लाग्दैन उनले भने ।

विगतमा निशुल्क रमाइलो मेला हेरेका सर्वसाधारणले यस वर्ष भने महोत्सव स्थलमा प्रवेश गर्न शुल्क तिरेका छन् । प्रति व्यक्ति ५० रुपैयाका दरले उनीहरुले प्रत्यक दिन पैसा तिरेर महोत्सवको अवलोकन गरेका छन् । महोत्सव सन्चालनका लागि जिल्ला विकास समिति लगाएत ३० वटै गाविसहरु विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु, नेपाल पर्यटन वोर्ड के एल दुगढ प्रालि लगाएतका संघसस्थाहरुले आर्थिक सहयोग तथा प्रायोजन गरेका छन् ।

मेलामा जनताको भव्य उपस्थिती भएपनि आयोजकले उचित व्यवस्थापन गर्न नसकेको सर्वसाधारणहरुको गुनासो रहेको छ । सर्वसाधारण र गाउँवाट आएका सोझा साझाहरुवाट कसेर शुल्क लिने र खलंगाका टाठावाठाहरुलाइ महोत्सव स्थलमा प्रवेशका लागि शुल्क नलिने गरेको खलंगा १क ा मिलन चन्दले वताए । उनले जनताको करवाट सन्चालन भएको महोत्सवमा जनतालाइ नै मार पार्ने गरी काम हुन नहुने वताए ।

महोत्सवमा आमन्त्रण गरिएका पाहुनाहरुका लागि वस्ने ठाउँको व्यवस्था पनि गतिलो नभएको उनको गुनासो थियो । त्यस्तै पत्रकार सुरेन्द्र सिंहले पनि महोत्सव आयोजनाका लागि जनताको नाउँमा आएको वजेट समेत खर्च भएकोले यसको पारदर्शितामा ध्यान दिन जरुरी रहेको वताए । उता महोत्सव आयोजक समितिका संयोजक कमानवहादुर खड्काले सवैको सहयोग भएमात्र महोत्सवलाइ सफल पार्न सकिने वताए । उनले महोत्सव सन्चालनका लागि केहि कम्जोरी भएपनि सवै कुराहरुको राम्रो व्यवस्थापनमा आफुले जोड दिएको वताए ।

बलिउड फिल्म उद्योगमा हट बनेर धमाका मच्चाउने हिरोइनहरु

मुम्बई । जो जति बोल्ड हुन सक्यो, उत्तिकै चर्चित । पछिल्लो समय बलिउड फिल्म उद्योगमा बोल्ड हिरोइनको बोलवाला र रवाफ निकै बढ्दो छ । अभिनय कमजोर किन नहोस् बोल्ड भएकै कारण बलिउडमा स्थापित भएका नायिकाहरुको सूची लामै छ ।


हरियाणाका प्रान्तीय फिल्ममा अभिनय गरेकी मल्लिका शेरावतले हट फोटो सुटकै कारण बलिउडमा प्रवेश पाएकी थिइन् । अहिलेकी चर्चित नायिका कटि्रना कैफले बलिउडमा प्रवेश पाउनका लागि आफुलाई हट अवतारमा प्रस्तुत गर्न परेको थियो । सुरुमै बोल्ड भएर आएका हिरोइनवारे ‘टाइम्स अफ इण्डिया’ बनाएको सूची यस्तो छ ।

प्रियंकाकी बहिनीलाई बोल्ड हुने बाध्यता
हिन्दी फिल्म ‘जीद’ मा अभिनय गरेकी नायिका बार्बी हाण्डा हट एक्ट्रेसको रुपमा स्थापित हुने अभियानमा छिन् । उनको त्यो इच्छा नभएको भए पक्कै पहिलो फिल्ममै नायक कर्णबीरको मुखमा मुख जोडेर चुम्बन गर्ने थिइनन् होला । नातामा पि्रयंका चोपडाको बहिनी पर्ने बार्बीले केही कामुक दृष्य दिएकी छिन् ।


सुरविनलाई टुपीसको सहारा 
विभिन्न टिभी सिरियल र पञ्जाबी फिल्ममा अभिनय गरेकी सुरवीन चावलाले बलिउडमा आउनका लागि टुपिसमा फोटो शुट गरेकी थिइन् । हिन्दी फिल्म बीबी और ग्याङ्गस्टारमा बोल्ड भुमिकामा प्रस्तुत भएकी छिन् माही गिल । जुन उनको पहिलो फिल्म थियो ।

सन्नीलाई पनि देखाउनैपर्‍यो
सन्नी लियोन बलिउडमा प्रवेश गर्न लागेको हल्ला चलेपछि उनको यति धेरै चर्चा भयो । केही हट फोटो शुट गरिन् उनले । मुम्बइका स्टुडियोमा खिचिएका विभिन्न नयाँ-नयाँ पोजका तस्बिर सार्वजनिक भए लगत्तै उनको थप चर्चा हुन्थ्यो ।


शर्लिन नाङगीनै तयार 
शर्लिन चोपडा मोडलिङको दुनियाँमा अत्याधिक चर्चित पात्र हुन पुगिन् । राम्रो भुमिका पाएमा नाङ्गै अभिनय गर्न तयार रहेको बताएकी शर्लिनलाइ फिल्ममा उनले चाहेको रोल दिने निर्देशक भेटिएका छैनन् ।

न्युड सिन दिने कुरो
किंगफिगर ग्ल्यामर गर्ल भनेर चिनिने सोनाली राउतले पनि दर्शकको ध्यान तान्न ब्यापक अंग प्रदर्शन गरिन् । न्युड सिन दिन तयार रहेको अभिब्यक्ति दिएर चर्चामा आएकी हुन् सोनाली ।


कट्रिनाको भर्‍याङ पनि अंग प्रदर्शन नै
हिन्दी फिल्म ‘बुम’ प्रदर्शन हुनु अघि नै उक्त फिल्मको पोष्टरको विषयमा विवाद भएको थियो । मधु सप्रे र कट्रिना कैफ दुई मोडलले उक्त फिल्ममा उत्तेजक अभिनय गरेका थिए । फिल्म रिलिजका बेला कट्रिनाले अश्लिता बेचेको आरोप नलागेको हैन तर, अहिले कैट उक्त आरोपवाट मुक्त भइसकेकी छिन् ।

लाराको अंग प्रदर्शन रुचाइयो
हिन्दी फिल्म अन्दाजमा काम गर्दा अभिनेत्री लारा दत्तले पनि अंगप्रदर्शनलाइ निकै महत्व दिएकी थिइन् । दर्शकले उनको अभिनय र अंग प्रदर्शनलाइ समेत रुचाइदिएपछि अगाडी बढन निकै सजिलो भएको थियो उनलाई ।

पहिलो फिल्ममै बेड सिन 
‘कौन है वहा’ मा अनुबन्ध हुनुअघि नै नायकसँग यौनजन्य दृष्य दिने सहमति जनाएकी थिइन् कल्पना माथुरले । पहिलो फिल्ममै बोल्ड भएकी कल्पना त्यसपछि भने बलिउड फिल्ममा सक्रिय हुन सकिनन् । पाकिस्तानी मोडल बीना मलिकले पनि हट पोजकै कारण चर्चा बटुलेकी थिइन् ।

उत्तेजकको फोटोको सहारा 
‘जन्नत -२’ मा अभिनय गरेकी थिइन् मिस इण्डिया इशा गुप्ता । उक्त फिल्ममा इमरान हाशमीको नायिका बनेकी इशाले पनि फिल्ममा आउनु अघि नै उत्तेजक फोटो शुट गराएकी थिइन् ।

मल्लिकाको २२ चुम्बन 
हिन्दी फिल्म ‘ख्वाहिस’ मा नायकसँग २२ पटक चुम्बन गरेकी छिन् मल्लिका शेरावतले । फिल्ममा काम गर्नु अघि हट फोटो शुट गरेकी मल्लिकाले फिल्ममा पनि हट सिनलाइ पहिलो प्राथमिकतामा राखेकी थिईन् । चलचित्र ‘डब्बल क्रश’ मा बिकनीमा प्रस्तुत भएकी निगार खानले अभिनय यात्रालाइ भने सहज रुपमा अगाडी बढाउन सकिनन् ।

हट पोज बिक्री भएन
हिन्दी फिल्म ‘हवस’ मा काम गर्नु अघि मेघना नायडुले पनि हट फोटो शुट गरेकी थिइन् । फिल्ममा पनि केही हट सिन दिएकी थिइन् तर, उनको हट दृष्य बिक्री नभएको बताउछन् बलिउड फिल्मकर्मी । किनकी अहिले उनी फिल्म क्षेत्रमा सक्रिय छैनन् ।

ल हेर्नुहोस् हाम्रो समाज ! कति पापी बाबुआमा आफ्नै छोरीलाई भिरबाट खसाउने

धरान, पुस १५ - सुनसरीको बराहक्षेत्र दर्शन गर्न जाने भनेर फकाउँदै ल्याएर आफ्नै बाबुआमाले अरूलाई लगाएर छोरीलाई भिरबाट खसालिदिएका छन् । खसालिएकी एक भारतीय युवती ज्योतिकुमारी यादवको उद्धारपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गत बिहीबार उनको उद्धार गरिएको थियो ।
    

आफूले चाहेको युवकसँग विवाह गर्न लागेको थाहा पाएपछि बाबुआमाले मान्छे लगाएर बराहक्षेत्र मन्दिरनजिकको सप्तकोसी भिरमा खसालेका थिए । टाउको, घाँटी र छातीमा चोट लागेकी उनको अवस्था सामान्य बन्दै गएको बिपी प्रतिष्ठानस्थित प्रहरी बिटका इन्चार्ज तिलक गिरीले बताए ।
ज्योतिको हत्या गर्न लगाउने आमा ममता यादव, बाबु कुञ्जनकुमार यादव र हजुरबुबाका भाइ पर्ने प्रदीपकुमार यादव र सँगै आएका मनोजकुमार यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । घटनाको अनुसन्धान गर्दा बाबुआमाले नै हत्या गराउन खोजेको देखिएकाले पक्राउ परेका चारजनालाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिने इप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक राम ढकालले बताए । बाबु कुञ्जनकुमार र आमा ममताले मान्छे लगाएर भिरमा खसालेको बिहारस्थित मध्यपुरा-२१ बस्ने २२ वर्षीया ज्योतिले बताइन् । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्रहरीले छोरीको हत्या गर्न चाहने बाबु, आमा, हजुरबुबा र हत्या गर्न ल्याएका युवालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार साँझ एकान्त ठाउँ पुगेपछि बाबुआमा र हजुरबुबाको इसारामा भाडामा ल्याइएका युवाले आफ्नो मुख थुनेर घाँटी थिचेको र त्यसपछि मुन्टो बटारेर भीरबाट सप्तकोसीतिर हुत्याइदिएको बताइन् ।
प्रतिष्ठानमा उपचाररत ज्योतिका अनुसार बाबु कुञ्जनकुमार र आमा ममताले दर्शन गराउन भन्दै बराहक्षेत्र मन्दिर ल्याएपछि हजुरबुबाका भाइ पर्ने प्रदीपकुमारले मनोजकुमार यादव नामका युवालाई लिएर आए । बराहक्षेत्र दर्शन गरिसकेपछि उनका बाबुआमाले गाडीमा नजाने भन्दै हिँडाउँदै ल्याएको उनले बताइन् ।
उनले भनिन्, 'भिरैभिर र तल सप्तकोसी बगेको एकान्त स्थानमा पुगेपछि मनोजले मुख थुनेर घाँटी समाते पनि बाबु, आमा र हजुरबुबा नदेखेझैं गरी सरासर हिँडे । मलाई मार्न मान्छे लगाएका रहेछन्, मलाई मरी भनेर फालेका थिए, तर भीरमा अल्भिmएर बाँचें ।' उनका अनुसार आफ्नै खुसीले विवाह गर्न चाहेको बाबुआमाले थाहापाएपछि परिवारका अन्य सदस्य उनीसँग पहिलादेखि नै रिसाएका थिए । उनले भनिन्, 'आफूलाई जन्मदिने बाबुआमाले मान्छे लगाएर मार्न लगाउँछन् भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ ।' मरी भनेर यादव परिवारले छाडेपछि भिरमा ज्यान बचाइदिन गुहार मागिरहेकी युवतीको आवाज सुनेपछि स्थानीय गाउँलेले उद्धार गरेका थिए । उनको उपचार प्रतिष्ठानमा भइरहेको थाहा पाएर सुनसरीको भोक्राहा-५ मा रहेका मामा लक्ष्मण यादव प्रतिष्ठान आइपुगेका छन् । उनले भान्जीलाई आफ्नै घरमा राख्ने बताए ।

पाकिस्तानी अभिनेत्री विना मल्लिकलार्इ २६ वर्ष जेल सजाय

एजेन्सी:  पाकिस्तानी अभिनेत्री विना मल्लिकलार्इ गिलगित बल्तिस्तानस्थित आतंकवाद विरुद्दको एक अदालतले २६ वर्षको जेल सजाय सुनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीसँगै पाकिस्तानस्थित जियो टेलिभिजन स्टेशनका मालिक मिर सकिलुर रहमानलार्इ पनि २६ वर्ष जेल सजाय र १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ ।


अन्नपूर्ण लेख्छ, जियो टिभीमा प्रसारण भएको एक कार्यक्रममा बजाइएको धार्मिक गीतमा विना मल्लिक उनका पतिका साथ नृत्य गर्दै गरेको अवस्थामा देखिएकी थिइन् ।
अदालतले मल्लिकको ब्यवहारले मुसलमानको धार्मिक भावनामा चोट पुगेको जनाउँदै यस्ता हर्कत रोक्न उनीहरुलार्इ कडा सजाय दिनुपरेको भनेको छ । तर अदालतको आदेश भने कार्यान्वयन हुने सम्भावना कम रहेको छ ।

अदालतको आदेशमा विना मल्लिक र जियो टेलिभिजनका मालिकलार्इ गिरफ्तार गर्ने सम्भावना कम रहेको बीबीसीले उल्लेख गरेको छ । सजायको आदेश दिने अदालत रहेको प्रान्त गिलगित बल्तिस्तानलार्इ पूर्ण प्रान्तको अधिकार प्राप्त भइनसकेकाले उनीहरु गिरफ्तार हुने अवस्था छैन । पूर्ण प्रान्त भइनसकेको गिलगित(बल्तिस्तानको अदातले दिएको आदेश पाकिस्तानका अन्य प्रान्त लागू नहुने भएकाले उनीहरु दुबैजना तत्काल जेल जाने अवस्था भने नरहेको हो ।

श्वेताले भनिन्: सेक्स र यौन शब्द प्रयोगमा ख्याल गर्नुपर्छ

न्युदिल्ली, २८ मसिंर । यौन व्यवसाय गरेको आरोपमा पक्राउ परेकी बलिउड अभिनेत्री श्वेता वशुले मिडियाले आफु विरुद्ध उत्तेजित बनाउने कार्य गरेको आरोप लगाएकी छिन् । उनले मिडियालाई सेक्स र यौन शब्द प्रयोगमा ख्याल गर्न आग्रह गरेकी हुन् ।


सेक्स शब्दले मानिसहरु उत्तेजित हुने भन्दै श्वेताले भनिन् जब यी शब्द मिडियामा आउँछ अनि हामी केहि पनि विचार नगरी शब्द प्रयोग गर्छौँ । सत्य के हो त्यो नबुझेर हामी शब्दका पछि लाग्छौँ ।

भारतको हायदरावादको एक होटलमा उनी यौन धन्दा गरेको आरोपमा पक्राउ परेकी थिइन् । हालै उनलाई आरोप प्रमाणित हुन नसकेपछि अदालतले सफाई दिएको छ ।

२०७१ मङ्सिर महिनामा मात्र दश महिलाको हत्या

काठमाडौँ, १३ पुस । मङ्सिर महिनामा दश किशोरी तथा महिलाको हत्या भएको एक अध्ययनले देखाएको छ ।


सञ्चारिका समूह नेपालले गत मङ्सिर १ गतेदेखि २९ गतेसम्म १४ राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमनबाट ६२ यस्ता समाचार सामग्री प्रकाशन भएको देखिएको हो । महिलामाथि हुने हिंसालाई १३ शीर्षकमा अनुगमन गरिएको अनुगमन संयोजक रामशरण सेढाईंले बताउनुभयो । तीमध्ये बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सीप्रथा, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य शीर्षक छन् ।

समाचारमा १६ बलात्कारको घटनामा ६८ समाचार सामग्री प्रकाशन गरिएको थियो । गत महिनामा १४ दैनिक पत्रिकामा महिला बेचबिखनका १० घटनाका ५७ सामग्री प्रकाशन भएका थिए । महिलाकोे स्वास्थ्यअधिकारको हनन् भएका विषयका ४२ समाचार, विचार तथा सम्पादकीय प्रकाशन भएका थिए ।

परम्परागत र धार्मिक हिंसाका ५० समाचार, विचार तथा सम्पादकीय छापिएकामा पाँच घटना थिए भने १२ यौन दुव्र्यवहारका घटनाका ३८समाचार सामग्री प्रकाशित थिए ।

सोही अध्ययनले महिलामाथि हुने घरेलु हिंसासँग सम्बन्धित दुई घटनाबारे ११ समाचार, विचार तथा सम्पादकीय छापिएको देखाएकोे छ । त्यस्तै बहुविवाहका १० समाचार, विचार तथा सम्पादकीय छापिएकामा चार घटना प्रकाशित थिए ।

इन्डोनेसियाको बेपत्ता विमानको ४० शव जाभा समुन्द्रमा भेटियो

काठमाडौं, पुस १५ – हराइरहेको को फ्लाइट क्युजेट ८५०१ को खाजी कार्यमा संलग्न अधिकारीहरुले जाभा समुन्द्रबाट कम्तीमा पनि ४० जनाको शव निकाल्न सफल भएको बताएको छ ।


समुन्द्रमा भेटिएका लगभग १० वटा पार्टपूर्जालाई संकलन गर्ने क्रममा हराइरहेको विमानमा सवार यात्रुहरुको लास देखिएको हो । इन्डोनेसियाको स्थानीय टेलिभिजनले लास निकाल्दै गरेको दोखाएको दृश्य यद्यपी, उक्त पार्टपूर्जाहरु विमानको नै हो कि होइन भनेर अहिलेसम्म पुष्टि भएको छैन ।  

इन्डोनेसियाको सुरबायाबाट सिंगापुरतर्फ गइरहेको A320-200  एयरबसमा १६२ व्यक्ति सवार थिए ।   लास बरामद भएपश्चात् यात्रुका आफन्तहरु अंगालो मार्दै रोइरहेको दृश्य त्यहाँका स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । खोजी कार्य तेस्रो दिनमा आइपुग्दासम्म यसको क्षेत्रफललाई वृद्धि गरिएको छ ।   इन्डोनेसियाको टेलिभिजनले देखाएको प्रत्यक्ष प्रसारणमा पार्टपूर्जासहित तैरिरहेको लास पनि देख्न सकिएको बताएको छ ।

एक हप्ता अघि मात्र छोरा गुमाएका एयर एसियाका पाइलटका बुवा दोहोरो शोकमा

काठमाडौं, पुस १५ – एयर एसियाका क्याप्टेनका बुवाले आफ्नो छोरा अझै पनि जिउँदै फर्केर आउने आशा व्यक्त गरेका छन् ।  


तीनदिनदेखि हराइरहेको एयर एसियाको फ्लाइटका क्याप्टेन इरियान्टो १६२ यात्रुसँगै बेपत्ता भएका छन् । क्याप्टेन इरियान्टोका बुवा सुवार्टोले आफ्ना क्याप्टेन छोरालाई आफ्ना अर्का छोराको अन्त्येष्टिमा भेटेको बताए । उनका अर्का छोराको एक हप्ता पहिले मधुमेहको कारण मृत्यु भएको उनले बताए ।  

सुवार्टोले आफ्नो क्याप्टेन छोरा जिउँदै फर्केर आउने आशा अझै पनि जिवित भएको बिबिसीलाई बताए ।   यस्तै गरि, क्यापेटनकी छोरी सोमबार बिहान आफ्नो हराइरहेको बुवाको निमित्त निकै भावुक सन्देश पठाएकी छिन् । उनकी २२ वर्षीय छोरी एन्जेला रनस्टियानिसले सामाजिक संजालमा आफ्नो बुवालाई घर फर्कन आग्रह गरेकी छिन् । उनी भन्छिन्, ‘पापा, प्लिज घर फर्कनुहोस्, मलाई तपाईंको अझै खाँचो छ । मेरो पापालाई घर फर्काइदेउ ।

वेपत्ता एयर एसियाको विमान यसरी खोजिँदैैछ ( भिडियोसहित)

लगातारको खोजी कार्य भइरहँदा पनि तीन दिनदेखि हराइरहेको एयर एसियाको विमानको केहि अत्तोपत्तो छैन ।


विभिन्न सञ्चारमाध्यमले जाभा समुन्द्रमा विमानको पार्टपूर्जा भेटेको अनुमान गरिएको समाचार सम्प्रेषण आज गरेता पनि यसको अहिलेसम्म पुष्टि भने भइसकेको छैन । देश–विदेशको ध्यान आकृष्ट गरिरहेको उक्त घटनालाई पार लगाउन विभिन्न देशहरुले सहयोग गरिरहेको र अझ बढि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बुझिएको छ ।

मानिसहरु दिउँसो सुत्नाले चाँडै मृत्यु हुने सम्भावना हुन्छ ।

(एजेन्सी)– राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ ।


विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ । ४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । 

दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।

अनौठो चोर, आफ्नै दूधले कर्मचारीको मुखमा हानेर रकम चोरी

चोरहरुले धनीको ध्यान मोडेर पैसा चोर्नका लागि हातमा जे छ त्यसैको प्रयोग गर्छन् । जर्मनीमा एक जना महिलाले भने आफ्नै दूधको धाराले कर्मचारीको मुख धोइदिएर एक फार्मेसीबाट रकम चोरी गरेकी छिन् ।
ब्रेस्ट पम्प किन्न भन्दै फार्मेसीमा पुगेकी ती महिलाले २० युरो पर्ने पम्प किनिन् । उनले कर्मचारीलाई २ सय युरोको नोट दिइन् । जब क्याशियरले उनलाई १ सय ८० युरो फिर्ता गरे, उनले आफ्नो ब्लाउज खोलिन् र आफ्नो दाहिने स्तन बाहिर निकालिन् ।


त्यसपछि उनले आफ्नो स्तन निचोरेर दूधको तीखो धारा छुटाइन् र सो धाराले क्याशियरको मुखमा हानिन् । क्याशियरको मुख ती महिलाको दूधले रुझ्यो । दूधले नुहाएर इन्तु र चिन्तु भएका ती कर्मचारीलाई त्यहीँ छाडेर उनले अर्को कर्मचारीमाथि आँखा लगाइन् र त्यसै गर्न थालिन् ।
ती महिलाले दूधले रुझाउँदै हिँडको देखेर अरु कर्मचारी पनि डराएर लुक्न थाले । ती महिलाले त्यसको फाइदा उठाउँदै १ सय युरो चोरिन् । रकम चोरेपछि उनलाई अरु के चाहियो र । त्यो ब्रेस्ट पम्प त्यहीँ छाडिन् र कुलेलम ठोकिन् ।

तत्काल ती महिलाले रकम चोरेको पत्तो कसैलाई भएन । तर बेलुकी हिसाब किताब गर्ने बेलामा पो बल्ल कर्मचारीहरुले पत्तो पाए ।
समाचार अनुसार आफ्नै दूधको धारा प्रयोग गरी रकम चोरी गर्ने ती महिला फरार छिन् । उनको हुलिया समेत कर्मचारीहरुले खासै सम्झन सकेका छैनन् । मात्र उनको जिउ निकै खाइलाग्दो रहेको, लामो तथा कालो कपाल हुनुका साथै अरुले नबुझ्ने भाषा बोल्ने गरेको बताएका छन् ।

घटना जर्मनीको डर्मस्टाड सहरमा भएको हो । प्रहरीले ती महिलाको खोजी भैरहेको बताएको छ । आफ्नो दूधको धाराले कर्मचारीलाई आक्रमण गरी पैसा लुट्ने यो घटना अहिलेसम्मकै पहिलो र असाधारण रहेको प्रहरीले जनाएको छ ।

आफ्नै योनीमा विष घोलेर लोग्नेको हत्या गर्न खोज्दा, अनौठो गन्धले बचायो ज्यान

समयसँगै अपराधका नयाँ नयाँ शैली विकशित भैरहेका छन् । कसैको हत्या गर्न हत्याराहरुलेे विभिन्न खाले उपायहरु अपनाउने गर्छन् ।


तर एक जना ब्राजिलियन महिलाले आफ्ना लोग्नेको हत्या गर्न अपनाएको उपाय भने दुनियामा अहिलेसम्मकै नयाँ उपाय होला । ती महिलाले लोग्नेको हत्या गर्नका लागि आफ्नै गुप्तांगमा प्रसस्त विष हालेकी छिन् ।
श्रीमतीले आफ्नो गुप्तांगमा विष हालेर कसरी लोग्नेको हत्या गर्न सक्छिन् ? लोग्नेको हत्या गर्न न उसलाई पो विष खुवाउनुपर्छ । तर कुरो अर्कै छ र गहिरो पनि छ ।

कुनै खानेकुरामा मिलाएर विष खुवाउँदा शंका उत्पन्न हुने कुरामा सचेत रहेकी ती महिलाले लोग्नेलाई शंकै नहुने गरी आफ्नो गुप्तांगमा विष हालिन् । त्यसपछि उनले सेक्सका बेला लोग्नेलाई मुखमैथुन अर्थात् ओरल सेक्स गर्न लगाइन् । लोग्नेले ओरल सेक्स गर्दा गुप्तांगमा हालेको विष खाने र उसको ज्यान जाने विश्वास ती महिलाको रहेछ ।

घटना ब्राजिलको साओ होजे क्षेत्रको हो । नाम नखुलाइएका एक जना ४३ वर्षीय पुरुषलाई उनकी श्रीमतीले योनीमा विष घोलेर हत्या गर्न खोजेको पुष्टि भएको छ । श्रीमतीको गुप्तांगको विषबाट झण्डै ज्यान गुमाउन पुगेका ती पुरुषका अनुसार सम्भोगका बेला उनकी श्रीमतीको गुप्तांगबाट अन्य बेलाको भन्दा फरक तथा निकै अनौठो गन्ध आएछ ।

श्रीमतीले मुख मैथुनका लागि कर गरिरहेकी थिइन् । तर उनलाई त्यस्तो गन्ध किन आयो भनेर डर लागेपछि तत्कालै श्रीमतीलाई लिएर अस्पताल गएछन् । अस्पतालमा परीक्षणका क्रममा श्रीमतीको योनीमा विष रहेको पुष्टि भयो । पछि केरकारका क्रममा ती श्रीमतीले श्रीमानको हत्या गर्नका लागि आफुले आफ्नो गुप्तांगमा विष हालेको स्विकार गरेकी छिन् । समाचार अनुसार हानिकारक रसायन सहितको विषले उल्टै ती महिलाको गुप्तांगमा ठूलो असर पुगेको छ र उनलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।

ती महिला विरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोगमा मुद्दा चल्नसक्ने बताइएको छ ।

के तपाई फेसबुकमा ढाँट्नुहुन्छ ? होसियार है, आफैलाई चिन्न नसक्ने बन्नुहोला नि

बढि लाइक पाउनका लागि के तपाइँले आफ्नो फेसबुक प्रोफाइलमा छलछाम गर्नुहुन्छ ? आफुलाई बढि जान्ने, स्मार्ट तथा ठूलो मान्छे देखाउनका लागि आफ्नो क्षमता भन्दा बाहिरका बनाबटी विषय तथा सन्दर्भहरुबाट फेसबुकमा आफुलाई सुसज्जित त गराउनुहुन्न ?


यसो गर्दा तपाइँलाई नजिकबाट नचिन्ने केही मान्छेहरुले तारिफ त गर्लान् । अनि तपाइँको फेसबुकको भित्तो वा पेजमा धेरै लाइक आउलान् । तर लाइक पाउने आशामा फेसबुकमा आफैलाई र अरुलाई ढाँटिरहनुभएको छ भने होसियार हुनुहोस् । यस्तो व्यवहारले तपाइँको मस्तिष्कको स्मरण क्षमतामै नकारात्मक असर पूराउने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक सर्भेक्षण अनुसार दुई तिहाइ सोसल मिडिया प्रयोगकर्ताहरुले आफ्नो जिन्दगीको यथार्थ अवस्थालाई लुकाएर बढाइचढाइ गर्दै पेश गर्छन् । आफ्नो यथार्थ जिन्दगी भन्दा सोसल मिडियामा उनीहरु बढी शौखिन तथा रुचीकर देखिने प्रयास गर्छन् ।

सर्भेक्षण अनुसार युवा तथा प्रौढहरुले सोसल मिडियामा आफ्नो सम्बन्ध तथा जागिरको वृत्ति विकाश र विदाको विषयमा ढाँट्ने गरेका छन् । अध्ययन अनुसार हरेक ५ मा एक जनाले आफ्नो सोसल मिडियाको प्रोफाइल र आफ्नो यथार्थ अवस्थाबीच तालमेल नहुने बताएका छन् । यस्तो ढाँट्ने बानीले प्रयोगकर्ताहरुको स्मरणमा समेत नकारात्मक असर पूराउने गरेको छ । सर्भेक्षणमा सहभागी गराइएका मध्ये १० प्रतिशत किशोर किशोरीहरुले आफुले सोसल मिडियामा राखेका बनाबटी कुराहरुका कारण आफ्नो विगतको घटनाबारेको स्मरण नै बिगि्रएको बताएका छन् ।

सामाजिक संजालमा ढाँटछल गरेर प्रस्तुत हुने बानीले कम उमेरका मानिसहरुमा झनै जोखिम बढाउँछ । १८ देखि २४ वर्ष उमेर समूहका सयमा १६ जनाले आफ्ना स्मरणहरु पूर्णरुपमा गडबड भएका बताए ।
केही युवाहरुमा त बिर्सने रोग अर्थात् डिजिटल एम्नेसिया नै भएको छ । जसले कुनै घटनालाई आफ्नै तरिकाले विश्वास गर्छन् र खास वस्तुस्थिति के हो ? भन्ने बिर्सिन्छन् ।

विश्वको पहिलो बेनामी अनलाइन जर्नल भण्डार पेनकरेजले गरेको अध्ययनले फेसबुक लगायतका सोसल साइटहरुमा ढाँटछल गर्ने तथा बढाइचढाइ गरेर आफु र आफु सम्बद्ध विषयहरुलाई प्रस्तुत गर्ने बानीले गर्दा मानिसहरुमा गलत स्मरण हुने जोखिम बढ्दै गएको र यसले स्मरण क्षमतामा ह्रास गर्ने देखाएको हो ।
पेनकरेज यस्तो अनलाइन हो जसले प्रयोगकर्ताहरुलाई आफ्नो नाम उल्लेख नगरीकनै आफ्नो जिन्दगीका वास्तविक महत्वपूर्ण घटनाहरु हरेक दिन २ सय शव्दमा लेख्ने र त्यसलाई आफ्नो व्यक्तिगत जर्नलमा संग्रहित गर्ने अवसर प्रदान गर्दछ ।

पेनकरेजको अध्ययन अनुसार ६८ प्रतिशत प्रयोगकर्ताले सोसल मिडियामा आफ्ना इभेन्टहरुका बारेमा केही कुरा पोष्ट गर्दा अतिशयोक्तिपूर्ण तरिकाले प्रस्तुत गर्ने, बढि कलात्मक वा नक्कली पाराले प्रस्तुत गर्ने तथा पूर्णरुपमा झुटो व्यहोरा प्रस्तुत गर्ने गर्दछन् ।
अध्ययनकर्ता समेत रहेका मनोविज्ञ रिचार्ड शेरीका अनुसार सोसल मिडियामा यस्तो ढाँट्ने बानीले अन्ततः हामीलाई आफ्नो पन नै गुमाएको,आफ्नो अनुभव, आवाज, संस्मरण तथा विचार नै पहिचान गर्न नसक्ने अवस्थामा पूराउँछ । यसले आफैप्रति द्वेष तथा नमज्जाको भावना जगाउने र निरासा तथा डिप्रेसन लगायतका मनोवैज्ञानिक समस्या पैदा गर्ने उनको भनाइ छ ।

हराइरहेको विमानको टुक्रा हुन सक्ने आशंका जाभा समुन्द्रमा शंकास्पद बस्तु देखियो

१५ पुस, काठमाडौं । आइतबारदेखि हराइरहेको एयर एसियाको विमानको खोजीका क्रममा जाभा समुन्द्रमा केही शंकास्पद बस्तुहरु देखिएको छ ।


इण्डोनिसियाका अधिकारीहरुका अनुसार जाभा समुन्द्रको इण्डोनेसियातर्फ टुटेफुटेका केही बस्तुहरु देखिएको बताएका छन् ।

‘तर, हराइरहेको विमानको भए नभएको छानविन पूरा नभएसम्म केही भन्न सकिँदैन’ एक अधिकारीहरुले बताएका छन् । त्यसतर्फ टोली पठाइएको बीबीसीले जनाएको छ ।

एक टापुमा धुँवा देखिएपछि त्यसतर्फ पनि टोली पठाइएको अधिाकरीहरुले बताएका छन् ।
आइतबार विहान इण्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान १६२ यात्रुसहित हराइरहेको छ ।

विमानको खोजीमा ३० भन्दा बढी पानी जहाज, १५ एयर क्राफ्ट र सात हेलिकोप्टर परिचालन गरिएको छ ।

Monday, December 29, 2014

राम्रो निन्द्राको लागि यो Formula अपनाउनुहोस् !

राम्ररी आरामले चैनले को पो सुत्न चाहदैन ? राम्रो निन्द्रा शरिरको लागि अत्यावश्यक चीज हो । मान्छे यदि राम्ररी सुत्न पाएको छैन भने ऊसको जीवन कष्टकर बनिरहेको हुन्छ ।


निन्द्राले शरिरलाई आराम दिदैन, मानसिक रुपले पनि relax गरिदिन्छ । यसले मानसिक तनावलाई कम गरिदिन्छ । तर भागदौडले भरिएको जिन्दगीमा मानिसहरुको लागि राम्रो निन्द्राले सुत्न पाउनु धेरै नै मुश्किल हुने गरेको छ । दुनियाभरिका वैज्ञानिकहरुले निन्द्रालाई प्रभावित गर्नेबाला चीजहरुमाथि अनुसन्धान गरिरहेका छन् । युनिभर्सिटी काँलेज लन्डनमा २००७ मा भएको अनुसन्धानमा यो सावित भएको छ कि जो मानिसहरुले रातमा दुइ घण्टा कम सुत्छन्, उनीहरुको जीवनको दिनहरु त्यति नै मात्राले कमी आइरहेको हुन्छ ।

कति घण्टा कुन उमेरका मानिसहरुले सुत्नुपर्छ ? बच्चाले कति घण्टा सुत्नुपर्छ भने युवाले कति घण्टा सुत्नुपर्छ ? त्यसैगरि वयस्कहरुले कति घण्टा सुत्दा लाभकारी हुन्छ भने गर्भवतिहरुले कति घण्टा सुते राम्रो हुन्छ । वृद्ध वृद्धाहरुले २४ घण्टामा कति घण्टा सुत्नु आवश्यक छ त < यसरी हरेक मानिसलाई निन्द्रा आवश्यक भएपनि उमेर अनुसार यति घण्टा वा उति घण्टा सुत्नु आवश्यक हुन्छ । हरेक उमेरमा निन्द्राको जरुरी अलग अलग किसिमले हुन्छ । बच्चाको जन्मदेखि लिएर एक वर्षो उमेरसम्म करिब १५ – १६ घन्टा सुत्नु जरुरी छ । जन्मदेखि लिएर एक वर्षो उमेरसम्मको बच्चाले यदि करिब १५ – १६ घन्टा सुत्छ भने उसको मस्तिष्कको विकास उचित तवरले हुन्छ ।

गर्भवती महिलालाई रातीमा ७ घण्टा बाहेक दिनमा एकदेखि डेढ घण्टासम्म सुत्नु आवश्यक छ । जसले गर्दा गर्भवति र पेटमा भएको बच्चालाई पनि लाभकारी हुन्छ । वयस्कहरुलाई 6- 8 घण्टा सुत्नु आवश्यक छ । हुन त यस उमेर मानिसहरु गइसकेपछि निन्द्रा कम लाग्ने हुन्छ वा निन्द्रा नै लागिरहेको हुदैन । किनकी मानिस वयस्क भइसकेपछि बढिरहेको उमेरमा मेलाटोनिन जस्तो हार्मोन कम निस्किन्छ, यसैले ज्येष्ठ नागरिकहरुलाई निन्दा नआउनुको समस्या हुने गर्छ । तर पनि ज्येष्ठ नागरिक वा वृद्ध वृद्धाहरु कमसे कम ९ घण्टा सुत्नु आवश्यक छ ।

विमानस्थल वरिपरि रहेका सेकुवा सेन्टरले निम्त्याउँदैछन् हवाई दुर्घटना

काठमाडौं, पुस १४ - मुम्बईबाट उडेको जेट एयरवेजको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न तीन मिनेट (उडान समय) बाँकी हुँदा चरा ठोक्किएर आगो लागेपछि आकस्मिक अवतरण भयो । यसअघि गत असारमा नेपाल वायुसेवा निगमको भर्खरै आएको एमए ६० मा पनि चरा ठोक्किएको थियो ।


उपत्यकाभित्र या विमानस्थल क्षेत्र नजिकको दूरीमा चराहरू रहे एयर ट्राफिक कन्ट्रोलरले त्यसको जानकारी विमानचालक तथा एरोड्रम अपेरसन विभागलाई दिने गर्छ । जसले गर्दा पाइलटले सावधानीपूर्वक उडान भर्ने र विभागले सुटरलाई चरा धपाउनका लागि परिचालन गर्छ । 'सोमबार ट्राफिक कन्ट्रोल टावरले नभ्याउने ठाउँमा चरा ठोक्कियो, अचानक भएकाले पाइलटले पनि जोगाउन नसकेको हो,' विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले भने । सोमबार इमाडोलको दक्षिणपट्टि हुँदै विमानस्थल आउँदै गरेको जहाजमा चरा ठोक्किएको उनले बताए । जहाजमा १ सय २५ यात्रु र ७ जना क्रु सदस्य थिए । 'विमानस्थल नजिक भएकाले नराम्रो क्षति हुन पाएन,' उनले भने । एयरवेजका नेपाल प्रतिनिधि तेनी रघुराजले चरा ठोक्किएपछि यसबारे थप छानबिन भइरहेको बताए । 'अन्य उडानहरू नियमित तालिकाअनुसार नै छन्,' उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले २०७० भदौमा चरा ठोक्किएको घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् १९९० यता प्रतिवेदन सार्वजनिक हुँदासम्म जहाजमा चरा ठोक्किएका घटना ८० थिए । त्यसपछि बुद्ध एयर, सीता एयर र यती एयरका जहाजमा पनि चरा ठोक्किएका थिए । त्रिभुवन विमानस्थल अवतरण गर्दा र उडान भर्दा भएको यस्तो घटना सोमबारको समेत गरी ८५ पुगेको छ । विश्वभरमै चरा ठोक्किनु जहाज दुर्घटनाको प्रमुख कारण मानिन्छ । नेपालमा भएका यस्ता घटनाले ३ दुर्घटना निम्त्याएको छ । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए ३०० जहाज चरा ठोक्किएकै कारण्ा दुर्घटना भएको थियो । त्यस्तै सन् २०१० को सेप्टेम्बर २ मा विमान बंगलादेशको डीसी १० र सन् २०१२ को सेप्टेम्बरमा सीता एयरको जहाज चराका कारण दुर्घटना भएको थियो ।

विमानस्थल अधिकारीका अनुसार यस्ता घटनामध्ये ५२ प्रतिशत त्रिभुवन विमानस्थलमै भएका छन् । चरा विमान वा विमानको इन्जिनमा ठोक्किदा चालकले विमानको सन्तुलन बनाइराख्न नसक्दा दुर्घटनाको जोखिम रहन्छ । जहाज र चराले प्रयोग गर्ने आकाश मार्ग एउटै हुँदा यस्तो घटना हुने सम्भावना बढी हुन्छ । अवतरणभन्दा पनि उडानका बेला बढी गति लिनुपर्ने भएकाले यो अवस्थामा चरा ठोकिनु सबैभन्दा खतरापूर्ण हुने विज्ञहरू बताउँछन् ।

विज्ञका अनुसार जहाज प्रतिघन्टा १ सय ५०  किलोमिटरमा उड्दा ३ केजीको चरा ठोक्कियो भने त्यसको असर १ वर्गफिटमा १ हजार ८ सय किलो ह्याम्मरले हिर्काए बराबर हुन्छ । प्राधिकरणको एक प्रतिवेदनका अनुसार विमानस्थल वरपर ३९ जातिका चरा छन् । जसमध्ये ५ ठूला, १० मध्यम र २४ साना छन् । विमान कम्पनी सञ्चालन समिति नेपालका अध्यक्ष भरत श्रेष्ठका अनुसार विमानस्थल वरपर सरसफाइको कमी, त्यसमा बढदो सेकुवा सेन्टर समस्याको मुख्य जड हो । सीता एयरको दुर्घटनापछि सरकारले सिनामंगल तथा विमानस्थल वरिपरि रहेका मासु तथा सेकुवा कर्नर बन्द गर्ने भने पनि त्यो काम सफल भएको छैन । चरा ठोक्किएपछि भएको दुर्घटनाबाट अमेरिकामा मात्र वाषिर्क ४० करोड डलरसहित विश्वभर १ अर्ब २० करोड डलर बराबारको नोक्सान हुने गरेको तथ्यांक छ ।

सवैभन्दा महंगा हिरोइनहरु जसले करोडौं पारिश्रमिक लिन्छन्

फिल्म एवं विज्ञापनमा काम गरे वापत हिरोइनले लिने पारिश्रमिकले पनि उनीहरुको स्तर निर्धारण गर्ने गर्छ । जतिधेरै पारिश्रमिक लियो त्यति नै प्रतिष्ठा हाँसिल हुने मान्यताका कारण पनि विश्वभरका हिरोइनले आफुले लिएको पारिश्रमिकको अंक लुकाउँदैनन् । बलिउडदेखि हलिउडसम्मका केही हिरोइनको कमाइवारे ‘टाइम्स अफ इण्डिया’ले संकलन गरेका केही तथ्य


दीपिका पादुकोण- 
नौ करोड दीपिका पादुकोण अहिले बलिउडकी सबै भन्दा महंगी हिरोइन हुन् । उनले अभिनय गरेको फिल्म ‘ह्याप्पी न्यु इयर’ ले बक्स अफिसमा धुम मच्चाएको थियो । अहिले दीपिका एउटा फिल्ममा काम गरे वापत ८ देखि ९ करोड भारु पारिश्रमिक लिन्छिन् ।


करिना कपुर-
साढे आठ करोड करिना कपुर पनि महंगी कलाकार मध्ये एक हुन् । पछिल्लो समय करिना अभिनित फिल्मले खासै कमाल गर्न सकेको छैनन् । तर, पनि बजारमा उनको प्रभाव कायमै छ । सैफ अलि खानसँग बिबाह गरेकी करिनाले ८ देखि ८.५ करोड भारु लिने गरकी छिन् ।


प्रियंका चोपडा- 
८ करोड पूर्व मिस वर्ल्डसमेत रहेकी पि्रयंका चोपडा पनि बलिउडमा धेरै पारिश्रमिक लिनेमध्ये पर्छिन् । पछिल्लोपटक ‘मेरी कोम’ मा काम गरेपछि निकै चर्चा पाइन् पि्रयंका चोपडाले । पि्रयंकाले अहिले एउटा चलचित्रमा काम गरे वापत ८ करोड पारिश्रमिक लिने गरेकी छिन् ।


केरी वासिङटन- 
६० लाख डलर हलिउड अभिनेतृ केरी वासिङटनले एउटा चलचित्रमा काम गरेवापत ६० लाख डलर पारिश्रमिक लिने गरेकी छिन् । गत वर्ष मात्रै उनले आफ्नो पारिश्रमिक दोब्बर बनाएकी थिइन् ।


कोबी स्मल्डर्स- 
१ करोड डलर कोबी स्मल्डर्स अहिले पनि एउटा फिल्ममा काम गरेको १० मिलियन डलर लिन्छिन् । गएको वर्ष उनको लागि निकै लक्कि साबित भयो । सिबीएस सिटकमको पछिल्लो एपीसोडमा काम गरेवापत उनले प्रति एपीसोड तीन लाख ४० हजार डलर लिएकी थिइन् ।

आम्दानी बढेको बढ्यै 
ओइ डेश्चाल पनि हलिउडकी महंगी कलाकार हुन् । उनि एउटा फिल्ममा काम गरे वापत ६ मिलियन डलर लिन्छिन् ।कर्टनी कक्सले पनि ६० लाख डलरकै हाराहारीमा पारिश्रमिक लिने गरेकी छिन् । गएको वर्ष राम्रै कमाइ गरेकी कर्टनीको कुल आम्दानी हरेक वर्ष बढ्ने गरेको छ । गएको वर्ष खासै राम्रो काम गर्न सकिनन् क्लेयर डेन्सले । तर, उनले प्रति फिल्म ५० लाख डलरको हाराहारीमा रकम लिंदै आएकी छिन् ।

एक एपीसोडको तीनलाख डलर
एलीसन हंगीशन पनि एउटा फिल्ममा काम गरेवापत ९५ लाख डलरसम्म पारिश्रमिक लिन्छिन् । एजआइएमवाईएम को नवौ श्रृङ्खलामा काम गर्दा उनले प्रति एपीसोड तीनलाख ४० हजार डलर लिएकी थिइन् ।

कान्छो केटा भए पनि ठीक : नन्दिता केसी (भिडियो रिपोर्टसहित् )

अविवाहित नायिका नन्दिता केसीले बिहेका लागि आफू भन्दा कम उमेरको युवक भएपनि स्वीकार्य हुने बताएकी छिन् ।


लोग्ने मान्छे’का बारेमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले, आफूले चलचित्र ‘लोग्ने मान्छे’मा काम गर्दा पुरुष स्वार्थी देखेको बताइन् । तर, वास्तविक जीवनमा महिला र पुरुष दुबै स्वार्थी हुने भन्दै समय नआएकाले बिहे नगरेको खुलाइन् ।

नन्दिताले खोजेको लोग्नेमान्छे कस्तो हो त ? उनले अाफ्नो सूची खुलाउँदै भनिन्- लभिङ होस्, केयरिङ होस् र रेस्पेक्ट पनि गरोस् ।’

देखेको भन्दा लेखेको पाइन्छ भन्ने बिश्वासमा नन्दिता छिन । उनले भनिन- लोग्नेको अाबश्यकताचाहिँ अझै महसुस भएको छैन् ।
नन्दिता केसीको ‘लोग्ने मान्छे’ बिषयक कुराकानी र कार्यक्रममा भाषणबाजीका कुरा भिडियो रिपोर्टमा हेर्नुहोस् ।

एयर एसियाको बिमान समुद्रको फेदमा भेटियो

काठमाडौं, पुस १४ – हराइरहेको एयर एसिया इन्डोनेसियाको क्युजेड ८५०१ बिमान सम्भवतः समुद्रको फेदमा रहेको इन्डोनेसियाको खोजी र उद्दार गरिरहेको एजेन्सीले बताएको छ ।  


बिबिसीका अनुसार प्लेनले सम्पर्क गुमाएको ठाउँको काओर्डिनेटस्का आधारमा यस्तो अनुमान गरिएको हो ।   यद्यपि, खोजकर्ताहरुलाई अझै कहाँ छ भन्ने यकिन नभएको र यसका लागि पानी मुनी खोजी गर्न अन्य देशको सहयोग आवश्यक रहेको बताएका छन् ।  

१ सय ६२ जना यात्रुसहित हराइरहेको प्लेनको आज पनि खोजी कार्य जारी रहेपनि केही फेला पर्न सकेको छैन ।   एयर बस ए ३२०–२०० मोडलको उक्त जहाज इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको थियो ।   हराउनअघि बिमानले खराब मौसमका कारण आफ्नो निर्धारित रुट परिवर्तन गर्नका लागि आग्रह गरेको थियो । 

मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजमा आगो लाग्यो, यात्रु सकुशल ओर्लिए

१४ पुस, काठमाडौं । भारतको मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजको विमानमा सोमबार बिहान आगो लागेको छ ।


विमानस्थलका अधिकारीका अनुसार विमानमा चरो ठोक्किएपछि इञ्जिनमा आगो लागेको हो । तर, विमान सकुशल अवतरण भएको छ र यात्रुहरु विमानबाट ओर्लिएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजको जहाज  ललितपुरको हात्तीवन माथिको आकाशमा आइपुग्दा धुँवाको मुस्लो निस्किएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका निमित्त महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार चरो ठोक्किएपछि विमानको इञ्जिनमा आगो लागेको हो । तर, विमानस्थल नजिकै रहेकाले विमान सफलतापूर्वक ल्याण्ड भएको छ ।
‘म अहिले विमानको नजिकै उभिएको छु,’ श्रेष्ठले अनलाइनखबरलाई भने, ‘सबै यात्रुहरु विमानबाट ओर्लिइसक्नुभएको छ, कसैलाई केही भएको छैन ।’

विमानको इञ्जिनमा चराको मासुका टुक्राहरु देखिएको र प्राविधिकहरुले जाँच गरिरहेको श्रेष्ठले बताए । विमानस्थलको नजिकै आइपुग्दा चरो ठोक्किएको र आगो लागेको भए पनि इमर्जेन्सी ल्याण्ड गरिएकाले कुनै क्षति हुन नपाएको श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि प्रहरीले प्रारम्भिक जानकारीका आधारमा इञ्जिन तातेर आगो लागेको बताएको थियो ।

Sunday, December 28, 2014

तोडिन् जर्ज बुसको रेकर्ड १०० वर्षकी वृद्धाले लगाइन् आकाशमा छलाङ

आफ्नो १०० औँ जन्मदिनको अवसरमा एक वृद्धाले निकै साहसिक तरिकाले मनाउने निधो गरेसँगै उनले स्काइडाइभिङमा जाने सोच बनाइन् जुन साधारण कुरा थिएन ।


न्यूयोर्कको होवेस केभमा बस्ने एलियनर कनिङह्याम, १००, ले गत कात्तिक २२ गते ग्यान्स्भोर्ट साराटोगा स्काईडाइभिङमा आफ्नो १०० औँ जन्मदिनको ‘जम्प’ हानेकी छिन् ।

स्काइडाइभिङमा जानुभन्दा अगाडि यी हजुरआमाले आफ्नी पनातिनीकी सात महिने छोरीलाई चुम्बन गरेकी थिइन् । तर उनको यो पहिलो अनभव भने होइन । उनले आफू ९० वर्षको हुँदा पनि स्काइडाइभिङ गरेकी छिन् । आफू ९५ वर्षको हुँदा पनि उनी पुनः आकाशमा केहिबेरका लागि घुमेकी थिइन् ।

आफ्नी नातिनीसँग मध्य न्यूयोर्कमा बस्ने कनिङह्याम स्काइडाइभिङको लागि निकै उत्साहित थिइन्, डेली मेलले बतायो ।


उनको यो स्काइडाइभले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको रेकर्डलाई पनि तोडेकी छिन् । बुसले आफू ९० वर्षको हुँदा स्काइडाइभ गरेका थिए ।

उनका परिवारले उनको प्रत्येक कदमलाई रेकर्ड गरिरहँदा उनको अनुहार खुसीले चम्किरहेको थियो । उनी त्यतिबेला निकै खुसी देखिएकी थिइन् ।

उनका पाँच सन्तान, १४ नातीनातिना, २५ पनातिपनातिना र ३ जनातीजनातिना रहेका छन् । आफू शाकाहारी र सधैँ युवा पुस्तासँग रहिरहने उनको दैनिकीका कारण यति वर्षसम्म बाँच्न सफल भएको उनी बताउँछन् ।
स्काइडाइभिङका लागि उनकी डाक्टरले हस्ताक्षरसहित सहमती दिएकी थिइन् ।

चलचित्र पीकेको डायलगमा नेपाली समाज

पत्रकारिता स्नातकोत्तर दोस्रो वर्षको डेभलपमेन्ट कम्यूनिकेसन बिषयको परीक्षाका दिन डराउँदै परीक्षा हल प्रवेश गरेँ।


जागिर खान थालेदेखि एकदिन पनि कलेज गएको थिइनँ।

एक महिना अघि सोचेँ, परीक्षा नदिएकै बेस होला। तर, त्यतिबेला बलिवुुड हिरो आमिर खानको डायलगले मेरो कन्पि्कडेन्स बढाएको थियो।

पपुलर थियो डायलग 'अल इज वेल' अर्थात सबै ठीक छ, सबै ठीक छ। साँच्चिकै बेजोड डायलग थियो। पूरै त हैन तर, त्यही डायलगको कन्पि्कडेन्सले मलाई परीक्षा दिन हौस्यायो। कोर्स बुक पढेरै मैले परीक्षा त पास गरे। तर, सेल्फ कन्फिडेन्स चाहीँ थ्री इडियटसको डायलगले नै दिएको हो।

आमिर खान मलाई बलिउडकै उत्कृष्ट अभिनेता लाग्छन्।

स्कूल पढ्दादेखि नै उनी क्युट रोमान्टिक हिरो बनेर मनै लोभ्याउथे। आमिर खानका फिल्महरु बिरलै छुटाउँछु।

यसपालि पनि पीके हेरेँ। पछिल्लो पटक विशाल भारद्धाजको 'हैदर'पछि औधी मन परेको फिल्म पी के नै हो मलाई। चर्चित फिल्म 'लर्ड अफ द रिङ'का मेकर तथा निर्देशक पिटर ज्याकसनले पनि भनेका छन् 'द मोस्ट अनेस्ट फम अफ फिल्म मेकिङ इज टु मेक अ फिल्म फर योर सेल्फ' भनाईको अर्थ फिल्म मेकिङको सबैभन्दा ठूलो इमान्दारिता भनेको आफ्नो लागि फिल्म बनाउनु हो।

फिल्म हेरिरहँदा मलाई ज्याक्सनको यही भनाईले झक्झकाइरह्यो। बास्तवमै पिकेका डायलगहरु मन्त्रझै दिमागमा घुमिरहेका छन्।

फिल्मको कथा एलियनको पात्रका रुपमा उभिएका आमिर घाँटीमा निलो टिलिक्क टल्किने तिलस्मी लकेटसहित धर्तीमा अवतरण हुुन्छन्। तर, क्षणभरमै उनको घाँटीको लकेट चोरी हुन्छ। एलियन आमिर निराश हुन्छन् किनकी त्यो लकेट चानचुने थिएन उनको घर फर्किने संकेत दिने एउटै मात्र रिमोट हुुन्छ त्यो।

उनी तिलस्मी रिमोट खोज्ने यात्रामा भौतारिन्छन्। भेटे जतिलाई रिमोटबारे सोध्न थाल्छन्, सबैबाट भगवानले मात्र तिम्रो सहयोग गर्न सक्छन् भन्ने जवाफ पाउँछन्।

फिल्मको पहिलो क्लाइमेक्स आमिरको भगवान खोज्ने यात्रासँगै लम्किन्छ। यो यात्रामा आमिरले ५ वटा तथ्यहरु थाहा पाउँछन्।

जुन फिल्ममा क्याची डाइलगको रुपमा स्टोरीसँगै डेभलप गराइएको छ। पहिलो डायलग, 'जो डर गया सम्झो मन्दिर गया' भनाईको अर्थ लाखौँ करौडौ मान्छेहरु जब डराउँछन् जब बिपत् पर्छन् अनि भगवानको सहारा दिन मन्दिर धाउँछन्।

समाजमा नियमित साक्षतकार भइरहने घटनालाई छुन्छ यो डायलगले।

अहिले हिन्दुत्वको नारा बोकेर मेची महाकाली यात्रामा हिँडेका कमल थापाको सन्दर्भ यहीँनेर, मिट हुन्छ पनि।

कमल थापाजस्ता नेताहरु हरहमेशा हिन्दुत्वको नारा बोकेर माघ ८ गते जारी हुने संविधानमा कसैगरी हिन्दुु अधिराज्य सहितको संविधान हुुनुुपर्छ भन्दै मन्दिर धाउँदैछन्।

यो रथयात्रा तोकिएको समयमा संबिधान र सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम राख्न हो रे।

कति झुटा छन् हाम्रा नेताहरुको अभियान। मानौ उनीहरुका भगवानका संदेशबाहक मेनेजर हुन्।

कमल थापाजी संबिधान समयमा ल्याउन रथयात्रा गर्ने हैन। संसदमा बहस र छलफल गर्नुस् न बरु।

फिल्मको स्टोरी अघि बढ्छ। टिभी रिर्पोटर जगत् जननी अर्थात 'जग्गु'।
 
ब्रेकिङ न्यूजका लागि दौडिरहने उनले अनौठो देखिने पीकेलाई भेटि्छन्।

पीकेले आफू अर्कै ग्रहबाट आएको एलियन हँुु भन्छ। उसले बोल्ने गरेको भाषा एउटी भोजपुरी केटी हातलाई ६ घण्टासम्म समातेर मानाँै एउटा इलेक्ट्रिक डिभाइसबाट अर्कोमा सारेको हो भन्छ।

जग्गुु पीकेलाई मानसिक रोगी हुन सक्ने शंका गर्छिन्। पीके जग्गुलाई भन्छन् 'हमारे गोलेमे कोई झुट नही बोलता' पीकेको यो भनाई पृथ्वीमा धेरै मान्छेहरु आफनो स्वार्थका लागि झूटो बोल्छन् भन्ने ब्यङ्ग्य हो।

यहीँ हाम्रो राजनीतिक परिवेश हेरौँ न ठूला बडा सबै नेताहरु माघ ८ मा जसरी भएपनि संविधान आउँछ भन्दै फलाकिरहेका छन्।

जबकि, दलहरुबीच शासकीयस्वरुप राज्य पुनसंरचना निर्वाचन प्रणाली लगायतका बिषयमा फरक मत छ।

कांग्रेस एमालेको सात प्रदेश अनि माओवादी दश प्रदेशको अडानबाट लचिलो हुने समाचारहरु आएकै हुन्। जे होस् उनीहरु सहमतिमा माघ ८ मै संविधान जारी गर्ने भन्दै फुकिरहेका छन्।

पीकेले फिल्ममा भनेझैँ 'हम कन्फूजिया होए ए जी!'

चाहे त्यो प्रधानमन्त्री शुशील कोइराला होऊन् या शीर्ष दलका अरु नेताहरु नै।

उनीहरु एक साताभित्र विवादित बिषयमा सहमति जसरी नि हुन्छ भनिरहेका छन्। अझ केही दिनअघि प्रधानमन्त्रीले भने, 'हाम्रो देश धर्म निरपेक्ष भयो, यो मलाई थाहा थिएन।' कत्ति हाँस्नु!

हामी जनता पनि वास्तवमै कन्फयूजनमै छौँ। पीकेमा अमिर खान रुमलिए झैँ।

यति लामो समयसम्म नजुटेको सहमति कसरी जुट्न सक्छ त, केही दिनमै? पीकेको स्टोरीसँगै डेभ्लप भएको डायलग, हाम्रो देशको राजनीतिक संस्कारसँग ठ्याक्कै उल्टोगरी मिल्छ, 'हमारे गोलेमे सब पोलिटिसयन झुट बोलता है।'

अनि पीकेकै अर्को डायलग 'ए रंग नम्बर है' पनि उत्तिकै चोटिलो छ। भगवानसँग प्रत्यक्ष सञ्चार गर्न सक्ने भनेर तपस्वी महाराजले उसको रिमोट राखेको हुन्छ।

तपस्वी झूटा भबिष्यवाणि गरेर सबैलाई अलमल पारिरहेका हुन्छन्। हाम्रा नेताहरुले संविधानसभाको दोस्रो चुनावताका गरेका बाचा अनि यत्रो ताहुर माहुरले पनि माघ ८ मा संबिधान ल्याउन सकेनन् भने हामीले पनि फलानो पार्टीका फलानो नेता 'रङ नम्बर' हो, भनेर भन्ने पालो आउँदैछ।

अर्को छुटाउनै नहुने डायलग मान्छेहरु 'आइ लभ फिस, आइ लभ चिकेन' भन्छन्। त्यसको अर्थ म माछालाई माया गर्छु,म कुखुरालाई माया गर्छु भन्ने होइन। बरु ठ्याक्कै उल्टो 'म माछा र कुखुरालाई मार्छु र खान्छु' भन्ने अर्थ हो।

अर्थात, त्यत्रो शसस्त्र युद्ध गरेर आएको माओवादी राजतन्त्रलाई काखी च्यापेको कांग्रेस, एमाले मधेशवादी पार्टीहरु लगायत आठ राजनीतिक दलहरुसँगको सयुक्त प्रयासमा संविधानसभाको चुनाबमा गए।

४ बर्षमा संविधानसभा तुहियो, विना संविधान। सोझा जनता झुक्किए। त्यतिखेर “आइ लभ संविधानसभा' भनेर दलहरुले भने अनि चुनाब भएपछि 'आइ लभ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' पनि भने तर, 'आइ लभ संविधानसभाको चुनाव' भनेको संविधान बनोस् भनेर संविधान निमार्णका लागि हैन रहेछ। संविधानसभा भंग गर्नका लागिरहेछ। अब माघ ८ आउँदैछ। हामी फेरि पनि झुक्किदैछौँ की भन्ने लाग्दैछ।

एयर एसियाको वेपत्ता विमान जाभा सागरमा खसेको आशंका

आइतवार बिहान वेपत्ता भएको एयर एशियाको विमान इन्डोनेशियाको जाभा सागरमा खसेको अनुमान गरिएको छ।


त्यसको खोजीका लागि अहिले समुद्रमा इन्डोनेशिया तथा सिंगापुरका फौँजी विमानहरू परिचालन गरिएको छ।

आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरतर्फ उडेको एयर एसियाको एक विमान बेपत्ता भएको थियो। सो विमानमा चालकदलका सदस्यसहित १६२ जना यात्रु सवार रहेका जनाइएको छ।

पूर्वी जाभा प्रान्तको सुराबायास्थित ज्वान्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयाअनुसार आइतबार बिहान ५:३० बजे सो विमान उडेको बताइएको छ।

उक्त विमानसँग आइतबार स्थानीय समयअनुसार ८.५५ मा सम्पर्कविहीन भएको इन्डोनेसियाली यातायात मन्त्रालयका प्रवक्ता जे.ए बराताले एएफपी समाचार समितिलाई बताएका छन्।

सो विमान सिङ्गापुरस्थित स्थानीय समयानुसार आइतबार बिहान ८.३० मा पुग्नु पर्ने समयतालिका रहेको पनि जनाइएको छ।

इन्डोनेसियाको हवाई यातायातका महानिर्देशक दजोको मुर्जात्मोद्जोले सो विमानमा सात चालक दलका सदस्य र १५५ जना यात्रु रहेका र ती मध्ये १७ जना बालबालिका रहेका बताएका छन्।

स्थानीय टेलिभिजन च्यानल मेट्रोका अनुसार सो विमानमा १४९ जना इन्डोनेयाली, तीन जना दक्षिण कोरियाली, एक ब्रिटिस, र एक मलेसियाली नागरिक रहेका जनाइएको छ।

हिन्दी चलचित्र ‘पीके’ बहिष्कार गर्न बाबा रामदेवको अपील

योग गुरु बाबा रामदेवले अमिर खान अभिनित चलचित्र ‘पीके’लाई बहिष्कार गर्न अपील गरेका छन् ।


एक टेलिभिजनसँग कुरा गर्दै रामदेवले अहिले कोही व्यक्ति हिन्दु धर्मविरुद्ध आपत्तिजनक रूपमा आएको भन्दै त्यसलाई बहिष्कार गर्नुपर्ने बताएका हुन् ।

अमिर खानको चलचित्रविरुद्ध देशैभरी एफआइआर दर्ता भएको भन्दै रामदेवले हिन्दु धर्मावलम्बीहरुलाई ‘पीके’ विरुद्ध उत्रन आह्वान गरेका हुन् ।

आमिर खानप्रति इङ्गित गर्दै उनले भने-‘यती ठूलो मानिस आपत्तीजनक रुपमा हिन्दु देविदेवताहरुको विरुद्धमा उत्रिएर आनन्दित देखिएका छन् ।

चलचित्र ‘पीके’विरुद्ध पहिलो पटक यस्तो आवाज सुनिएको भने होइन । यसअघि पनि यो चलचित्रले धर्मको चर्को आलोचना गरेको भन्दै भारतका विभिन्न स्थानमा एफआइआर दर्ता भएका थिए ।

तर, राजकुमार हिरानीको निर्देशन र अमिर खान, अनुष्का शर्मा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बक्स २ सय करोडमाथि व्यापार गरिसकेको छ ।