Sunday, December 28, 2014

तोडिन् जर्ज बुसको रेकर्ड १०० वर्षकी वृद्धाले लगाइन् आकाशमा छलाङ

आफ्नो १०० औँ जन्मदिनको अवसरमा एक वृद्धाले निकै साहसिक तरिकाले मनाउने निधो गरेसँगै उनले स्काइडाइभिङमा जाने सोच बनाइन् जुन साधारण कुरा थिएन ।


न्यूयोर्कको होवेस केभमा बस्ने एलियनर कनिङह्याम, १००, ले गत कात्तिक २२ गते ग्यान्स्भोर्ट साराटोगा स्काईडाइभिङमा आफ्नो १०० औँ जन्मदिनको ‘जम्प’ हानेकी छिन् ।

स्काइडाइभिङमा जानुभन्दा अगाडि यी हजुरआमाले आफ्नी पनातिनीकी सात महिने छोरीलाई चुम्बन गरेकी थिइन् । तर उनको यो पहिलो अनभव भने होइन । उनले आफू ९० वर्षको हुँदा पनि स्काइडाइभिङ गरेकी छिन् । आफू ९५ वर्षको हुँदा पनि उनी पुनः आकाशमा केहिबेरका लागि घुमेकी थिइन् ।

आफ्नी नातिनीसँग मध्य न्यूयोर्कमा बस्ने कनिङह्याम स्काइडाइभिङको लागि निकै उत्साहित थिइन्, डेली मेलले बतायो ।


उनको यो स्काइडाइभले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको रेकर्डलाई पनि तोडेकी छिन् । बुसले आफू ९० वर्षको हुँदा स्काइडाइभ गरेका थिए ।

उनका परिवारले उनको प्रत्येक कदमलाई रेकर्ड गरिरहँदा उनको अनुहार खुसीले चम्किरहेको थियो । उनी त्यतिबेला निकै खुसी देखिएकी थिइन् ।

उनका पाँच सन्तान, १४ नातीनातिना, २५ पनातिपनातिना र ३ जनातीजनातिना रहेका छन् । आफू शाकाहारी र सधैँ युवा पुस्तासँग रहिरहने उनको दैनिकीका कारण यति वर्षसम्म बाँच्न सफल भएको उनी बताउँछन् ।
स्काइडाइभिङका लागि उनकी डाक्टरले हस्ताक्षरसहित सहमती दिएकी थिइन् ।

0 comments:

Post a Comment