Tuesday, December 30, 2014

फर्सीको परिकार खानुस्, मोटोपना घटाउनुस् !

फर्सीलाई गरीबको तरकारी भनेर हेँप्ने गरिन्छ । केही सस्तो चिजको कुरा गर्नुपर्यो भने फर्सीको भाउमा पाइन्छ भनेर हो्ँच्याइन्छ । तर यसको मूल्य कम भएपनि महत्व र गुणभने निकै धेरै छ ।


फर्सीमा भिटामिन ए, फलाम, फाइबर लगायतका विभिन्न पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने भएकाले यसको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । अझ खुसीको कुरा त के भने फर्सीको नियमित सेवनले मोटोपनाबाट पीडित मानिसलाई आफ्नो तौल घटाउन समेत सहयोग गर्छ ।

फर्सीलाई वजन घटाउने खानेकुराको रुपमा उपयोग गर्नका लागि उच्च क्यालोरीयुक्त खानेकुरालाई फर्सीका परिकारले प्रतिस्थापन गर्नुपर्छ । उदाहरणका लागि यदि तपाइँले उच्च प्रोटिनयुक्त गेडागुडी तथा सलाद भोजन गर्ने गर्नुहुन्छ भने त्यसको साटो फर्सीको सुप खान थाल्नुहोस् । फर्सीमा कम क्यालोरी मात्र होइन उच्च मात्रामा फाइबर पनि पाइन्छ ।

फर्सीमा उच्च मात्रामा फाइबर पाइने भएकाले यसको सेवनपछि समग्र पाचन क्रिया धिमा हुन्छ र भोक कम लाग्न थाल्छ । फर्सीमा रोग प्रतिरोधी पोषणहरु जस्तै भिटामिन, पोटासियम तथा म्याग्नेसियम समेत पाइन्छ जसले जिउको प्रतिरोधी क्षमता बढाउँछ । फर्सीलाई तरकारीको रुपमा, सलादको रुपमा तथा उसिनेर खाजाको रुपमा समेत सेवन गर्न सकिन्छ ।

0 comments:

Post a Comment